१. एसिया डेभलपमेन्ट लिडरसिप
अवार्ड
, २०२२ बाट सम्मानित हुने नेपाली को हुन् ?



 >> सुरेन्द्र भट्टराई



– मलेसियास्थित विश्वभर अनुसन्धान÷खोजमा
कार्य गर्दै आएको रिसर्च अन्डर लिटरल एक्सेस नामक संस्थाले नेपालका सुरेन्द्र
भट्टराईलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको
 ।



– ५० भन्दा बढी विधामा प्रदान गरिने अवार्डमा नेपालका तर्फबाट
भट्टराई सम्मानित हुनुभएको
 ।



२. सञ्चारकर्मी रवि लामिछानेले
नेपाल स्वतन्त्र पार्टी गठनको घोषणा कहिले गरेका हुन्
?



 >> वि.सं. २०७९ असार ७



– सङ्घ र प्रदेशको आमनिर्वाचन घोषणाको पूर्वसन्ध्यामा
लामिछानेले राजनीतिक यात्राको सुरुवात गरेका
 ।



– केन्द्रीय समितिमा ५० प्रतिशतभन्दा बढी युवालाई समेट्ने, प्रत्यक्ष
निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको एजेन्डासहित आमनिर्वाचनमा सहभागी हुने
बताइएको
 ।



३. अन्तर्राष्ट्रिय सङ्गीत दिवस
कहिले मनाइन्छ
?



 >> जुन २१



– सङ्गीत दिवसको सुरुवात सन् १९८२ मा फ्रान्सबाट भएको मानिन्छ ।



– नेपालमा वि.सं. २०५५ देखि यो दिवस मनाउन थालिएको ।



४. मानव जातिको भावी पुस्तामा
सुधार ल्याउने उद्देश्यका साथ विकसित गरिएको जेनेटिक्स इन्जिनियरिङलाई के भनी
चिनिन्छ
?



 >> युजेनिक्स



५. नेपालका प्रमुख पर्यटकीय
गन्तव्य एवं सोसँग सम्बन्धित विविध गतिविधि समेटिएको एपलाई के भनी चिनिन्छ
?



 >> वेलकम नेपाल



६. नयाँ ग्रह पत्ता लागेको
सैद्धान्तिक आधार प्रस्तुत गर्ने नेपाली वैज्ञानिक को हुन्
?



 >> सुमन सत्याल



७. गोल्डन रुल भन्नाले के बुझिन्छ ?



 >> कुनै कार्यमा सफलता हासिल गर्न स्थापित सिद्धान्त तथा नियमका साथै नैतिक
आचरणसँग सम्बन्धित नियमहरू
 ।



८. ‘लिच्छवि लिपि’
नामक कृतिका लेखक को हुन् ?



 >> डा. नयनाथ पौडेल



९. हाल (मे २०२२) नेपालका लागि
भारतीय राजदूत को नियुक्त भएका छन्
?



 >> नवीन श्रीवास्तव



– भारतीय विदेश मन्त्रालयका पूर्वी एसिया डिभिजनका प्रमुख
श्रीवास्तव सन् २०१५ देखि १०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रूपमा काम
गरिसकेका
 ।



– उनी अमेरिका,
चीन र हङकङमा विभिन्न जिम्मेवार पदमा रही
कार्य गरेका
 ।



१०. उत्कृष्ट एनओसी अवार्ड, २०२२ बाट पुरस्कृत हुने खेलाडी को हुन् ?



 >> पौडीकी ओलम्पियन गौरिका सिंह र व्याडमिन्टन खेलाडी प्रिन्स दाहाल



– अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा गौरिकाले एनओसी
उत्कृष्ट महिला खेलाडी अवार्ड प्राप्त गरेकी
 ।



– त्यस्तै सन् २०२२ को पुरुषतर्फ उत्कृष्ट भएका व्याडमिन्टनका
दाहालले एनओसी अवार्ड प्राप्त गरेका
 ।



११. मन्ट्रियल महासन्धि कहिले जारी
भएको हो
?



 >> सन् १९९९ मे ८



– (यो सन्धि सन् २००३ नोभेम्बर ४ बाट लागू भएको ।)



१२. लमजुङ जिल्लास्थित डादीखोलामा
निर्माण गरिएको न्यादी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ
?



 >> ३० मे.वा.



– न्यादी जलविद्युत् आयोजनाले २०७९ वैशाखदेखि परीक्षण उत्पादन
सुरु गरेको
 ।



– सो आयोजनाले वैशाख २७ देखि उत्पादित विद्युत् शुल्क पाउने
गरी २०७९ असार ७ मा नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरेको
 ।



– आयोजनाको बिजुली २२० केभी मस्र्याङ्दी कोरिडोर प्रसारण
लाइनअन्तर्गतको खुदी सबस्टेसनबाट राष्ट्रिय प्रणालीमा जोडिएको
 ।



१३. काठमाडौँको मौसम सम्बन्धमा
जानकारी गराउने उद्देश्यले
‘सफा हावा एप’ कहिले सार्वजनिक गरियो ?



 >> वि.सं. २०७४ चैत १५



१४. सङ्घीय संसद्अन्तर्गतको
प्रतिनिधि सभामा सांसद र मन्त्रीबीच प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको सुरुवात
कहिलेदेखि गरिएको हो
?



 >> वि.सं. २०७५ भदौ १८



– प्रतिनिधि सभा नियमावली, २०७५ को परिच्छेद ८ को
व्यवस्थाअनुसार प्रत्यक्ष कार्यक्रम सुरु गरिएको
 ।



– प्रश्नोत्तर कार्यक्रम सञ्चालनका लागि मन्त्रालयअनुसार बार
निर्धारणसमेत गरिएको
 ।



१५. विराटनगर र वीरगञ्जलाई
महानगरपालिका घोषणा कहिले गरिएको हो
?



 >> वि.सं. २०७४ जेठ १७



१६. सबैभन्दा धेरै नगरपालिका भएको
जिल्ला कुन हो
?



 >> रौतहट (१६ वटा)



१७. भृकुटी कागज कारखाना कहिलेदेखि
बन्द भएको हो
?



 >> वि.सं. २०६७



– वि.सं. २०३७ देखि सञ्चालित सरकारी स्वामित्वको यो कारखाना
२०४८ सालमा गोल्छा अर्गनाइजेसनलाई ३० करोड ९८ लाख रुपियाँमा बिक्री गरिएको थियो
 ।



– यो कारखाना करिब ५६ बिघा क्षेत्रफलमा फैलिएको छ ।



१८. विश्वकप फुटबल–२०२२ को सञ्चालन अवधि कुन हो ?



 >> सन् २०२२ नोभेम्बर २१ देखि डिसेम्बर १८ 
(आयोजक : कतार)



– यस प्रतियोगितामा विभिन्न महादेशबाट छनोट हुन सफल ३२ राष्ट्र
:



– एसिया तथा अस्ट्रेलिया महादेश ; आयोजक
कतार
, साउदी अरब, जापान,
दक्षिण कोरिया, इरान र
अस्ट्रेलिया
,



– युरोप : जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्स, क्रोएसिया, स्पेन, सर्बिया, इङ्ग्ल्यान्ड, स्विट्जरल्यान्ड, पोर्चुगल, पोल्यान्ड, वेल्स ।



– उत्तर तथा मध्य–अमेरिका  : क्यानडा, अमेरिका, मेक्सिको
र कोस्टारिका
 ।



– दक्षिण अमेरिका :ब्राजिल, अर्जेन्टिना, उरुग्वे
र इक्वेडर
 । यस पटक
दक्षिण अमेरिकी क्षेत्रबाट कोलम्बिया
, पेरु र चिली विश्वकपमा छनोट हुन
नसकेका
 ।



– अफ्रिका :घाना, सेनेगल, ट्युनिसिया, मोरक्को  र क्यामरुन ।



१९. हाल अतिकम विकसित राष्ट्र
सबैभन्दा बढी कुन महादेशमा रहेका छन्
?



 >> अफ्रिका



२०. व्यापार तथा निकासी प्रवर्द्धन
विकास समितिको अध्यक्ष को हुने व्यवस्था छ
?



 >> वाणिज्यमन्त्री वा राज्यमन्त्री



२१. अमेरिकी अन्तरिक्ष एजेन्सी
(नासा)ले कुन ग्रहको एउटा पर्वतको नाम सगरमाथामा पहिलो पाइला राख्ने नेपाली आरोही
तेन्जिङ नोर्गेको नाममा
‘नोर्गे मोन्टस’ राखेको छ ?



 >> प्लुटो



२२. भ्रष्टाचार निवारणका सम्बन्धमा
प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो
?



 >> धर्म कचहरी



२३. नेपालमा दिगो आर्थिक विकास र
मजबुत ग्रामीण अर्थतन्त्रद्वारा गरिबी निवारण गर्ने बलियो आधार केलाई मानिएको छ
?



 >> कृषि



२४. नेपालमा सन् २०३० सम्ममा
कुपोषणको दर कति प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ
?



 >> १४ प्रतिशत



– कुपोषणलाई सन् २०२५ सम्म २४ प्रतिशतमा र सन् २०३० सम्म १४
प्रतिशतमा झार्ने लक्ष्य राखिएको
 ।
नेपालका बालबालिकामा यो दर घट्दो क्रममा रहको
 । सन् २००१ मा ५७ प्रतिशतमा रहेको कुपोषण
सन् २०१६ मा ३६ प्रतिशतमा झरेको
 ।



– नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०१६
अनुसार पाँच वर्षमुनिका बालबालिकामध्ये ३६ प्रतिशतमा पुड्कोपन
, २७
प्रतिशतमा कम तौल र १० प्रतिशतमा ख्याउटेपन रहेको
 ।



– पाँच वर्षमुनिका बालबालिकाको अधिक तौल १.२ प्रतिशत, प्रजनन
उमेरका महिलामा दुब्लोपन १७ प्रतिशत रहेको
 ।



– राष्ट्रिय सूक्ष्म पोषकतìव सर्वेक्षण २०१६ अनुसार नेपालका
३२ प्रतिशत किशोर किशोरीमा भोकमरीको जोखिमका कारण पुड्कोपन देखिएको
 । त्यस्तै २३ प्रतिशत
किशोर र १४ प्रतिशत किशोरीमा दुब्लोपन देखिएको
 ।



– कुपोषणको समस्या समाधान गर्न सन् २०१३ देखि पाँचवर्षे
बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याइएको
 ।



– पहिलो योजना सम्पन्न भएपछि अहिले दोस्रो चरणको पाँचवर्षे
(२०१८
–२०२२) योजना कार्यान्वयन भएको ।



२५. क्लोरिन ग्यासको खोजकर्ता को
हुन्
?



 >> कार्ल–विलहेल्म शिले (सन् १७७४)



– (हरित पहेँलो रङ मिश्रित यो ग्यास औद्योगिक क्षेत्रमा प्रयोग
हुन्छ साथै विषालु ग्यास हतियार बनाउनसमेत प्रयोग गरिन्छ
 ।)



२६. प्रसिद्ध गोकर्णेश्वर महादेव
मन्दिर कहाँ रहेको छ
?



 >> काठमाडौँ



– (पितृतीर्थका रूपमा समेत प्रख्यात गोकर्णेश्वर महादेव मन्दिर
काठमाडौँदेखि करिब १० किलोमिटर उत्तर
–पूर्व बागमती नदी किनारमा रहेको ।)



२७. सरकारले नेपाल स्वच्छ वातावरण
महाअभियान घोषणा कहिले गरेको हो
?



 >> वि.सं. २०७५ असार २२



२८. कुन राष्ट्रले विश्वको पहिलो ‘स्वच्छ वाणिज्य आणविक रिएक्टर’ बनाउन लागेको हो ?



 >> चीन



२९. भारतीय प्रिमियर लिग
(आईपीएल)को १५औँ संस्करणको उपाधि कसले जित्यो
?



 >> गुजरात टाइटन्स



– राजस्थान रोयल्सलाई हराएर गुजराजले डेब्युमै उपाधि हात
पार्न सफल भएको
 ।



– उपाधिसँगै हार्दिक पाण्डेको नेतृत्वमा रहेको टोली गुजरातले
२० करोड भा.रु. पुरस्कार प्राप्त गरेको
 ।
त्यस्तै उपविजेता बनेको राजस्थानले १२.५ करोड भा.रु. हात पारेको
 । तेस्रो स्थानमा
रहेको रोयल च्यालेन्जर्स



बैङ्गलोरले सात करोड भा.रु.
पुरस्कार प्राप्त गरेको
 ।



– लखनउ सुपर जायन्टस्ले चौथो हुँदै ६.५ करोड भा.रु. प्राप्त
गरेको
 ।



– राजस्थान रोयल्सका जोसवटलरले छ विधामा उत्कृष्ट हुँदै धेरै
पुरस्कार रकम हात पारेका
 ।



– फाइनलमा टोलीलाई जित दिलाउन प्रमुख भूमिका निर्वाह गरेका
हार्दिक पाण्डेले फाइनलको प्लेयर अफ द म्याच घोषित हुँदै पाँच लाख भा.रु. प्राप्त
गरेका
 ।



३०. यस वर्षको इच्छुक स्मृति
पुरस्कार
–२०७८ कसलाई प्रदान गरियो ?



 >> प्रगतिवादी धाराका साहित्यकार रविकिरण निर्जीव र यज्ञबहादुर डाँगी
(संयुक्त रूपमा)



– पुरस्कारको राशि रु. एक लाख रहेको ।



– यस वर्षको साहित्यतर्फको इच्छुक प्रतिभा पुरस्कार–२०७८
काजीबाबु श्रेष्ठ (काजी गाउँले) र कविता पुन मगरलाई प्रदान गरिएको
 ।



– जनयुद्धका क्रममा सहादत प्राप्त गरेका प्रगतिवादी धाराका
साहित्यकार कृष्ण सेन इच्छुकको नाममा पुरस्कार स्थापना गरिएको
 ।



– यो पुरस्कार इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष
प्रगतिवादी साहित्य र कला क्षेत्रका साहित्यकार तथा कलाकर्मी एवं प्रतिभालाई प्रदान
गर्दै आएको
 ।