Advertisement

गोरखापत्र वस्तुगत, २२ असार २०७९

 १. नेपालमा राष्ट्रिय धान दिवस कहिले मनाउने गरिन्छ?

असार १५ 

– धानको
बहुआयामिक मह
त्वलाई थप उजागर गरी यसको उत्पादन
तथा उत्पादकत्व वृद्धि एवं व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यसाथ आ.व. २०६१/
६२ मा अन्तर्राष्ट्रिय धान वर्ष
मनाउने सन्दर्भमा असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने
घोषणा भई तत्पश्चात् राष्ट्रिय धान दिवस मनाउन थालिएको
 ।

– नेपाल
सरकारले कृषि जैविक विविधताको संरक्षण
, संवद्र्धन र उपयोगलाई प्रवद्र्धन गर्न यस वर्षलाई ‘कृषि जैविक विविधता वर्ष’ मनाउने घोषणासमेत गरेको ।

– असार १५
गतेको दिनलाई मानो रोपेर मुरी फलाउने पर्वका रूपमा समेत लिने गरिन्छ
 । सरकाद्वारा कृषि जैविक विविधता वर्षको समेत सन्दर्भ पारेर ‘धानबालीमा जैविक विविधताको
उपयोग
, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ ‘१९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको ।

२. सात औद्योगिक राष्ट्रको समूह जी–७ को सम्मेलन सन् २०२२ मा कहाँ
आयोजना गरियो
?

जर्मनी

– सात
औद्योगिक राष्ट्रको समूह जी
–७ को सम्मेलन सन् २०२२ जुनमा जर्मनीमा सम्पन्न भएको ।

– सम्मेलनमा
जी
–७ का नेताहरूले विकासशील
देशहरूमा पूर्वाधार विकासमा पाँच वर्षमा खर्च गर्ने गरी छ खर्ब डलरको कोष खडा
गरेका
 । 

– विश्वव्यापी
अर्थतन्त्रलाई नयाँ आकार दिने लक्ष्यसहित बसेको जी
–७ का नेतृत्वको सम्मेलनले विश्वव्यापी पूर्वाधार लगानीमा
साझेदारीको नारासहित लगानी प्रस्ताव चीनको बीआरआई परियोजनाको विकल्पका रूपमा
ल्याइएको जनाइएको
 ।

– जी–सातमा संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, क्यानडा, इटाली, जापान र बेलायत सदस्य रहेका ।

– (स्मरण
रहोस्: चीनले सयभन्दा बढी देशमा लगानी गर्ने गरी सन् २०१३ देखि बीआरआई योजना
कार्यान्वयनमा ल्याएको
 ।)

३. बूढीगण्डकी जलासययुक्त विद्युत् आयोजना कम्पनी मोडेलमार्फत
निर्माण गर्ने निर्णय कहिले भएको हो
?

वि.सं. २०७९ असार १४

– २०७९
असार १४ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको
बूढीगण्डकी जलाशययुक्त आयोजनालाई कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरेको
 ।

– यसअघि सो
आयोजना चीनको गेजुवा कम्पनीलाई दिइएकोमा उक्त कम्पनीले काम नगरेपछि फिर्ता गरिएको
थियो
 ।

– हालसम्म
आयोजना प्रभावितका लागि मात्रै ४० अर्ब रुपियाँ बराबरको मुआब्जा वितरण गरिसकिएको छ
 ।

– अब भने
अर्थ मन्त्रालय
, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र
स्थानीयवासीको लगानीको कम्पनी स्थापना भई त्यसैमार्फत आयोजना अगाडि बढाइनेछ
 ।

– कम्पनीको
चुक्ता पुँजी १० अर्ब रुपियाँ
, अधिकृत पुँजी ६० अर्ब रुपियाँ तथा तत्काल जारी पुँजी २० अर्ब रुपियाँ
बराबर हुनेछ
 ।

– कम्पनीको
सञ्चालक समिति सात सदस्यीय हुनेछ
; जसमा सरकारको तर्फबाट तीन जना, ऊर्जा मन्त्रालय र अर्थ मन्त्रालयका एक/एक जना राजपत्राङ्कित प्रथम
श्रेणीको अधिकृत
, नेपाल
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक र स्वतन्त्र सञ्चालक रहने व्यवस्था
गरिएको छ
 ।

 – संस्थापक सञ्चालकबाहेक अन्य सञ्चालकको कार्यकाल पाँच वर्षको हुनेछ ।

– सन् २०१४
मा फ्रान्सेली कम्पनी ट्याक्वेलले सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार
पारेर सरकारलाई बुझाएको थियो
 ।

– आयोजनाका
लागि भनेर नै पूर्वाधार कर लगाएर नेपाल आयल निगममार्फत ७० अर्ब रुपियाँभन्दा बढी
सङ्कलन गरिएको थियो
 ।

४. राष्ट्रिय एकता अभियान पार्टीको स्थापना कहिले भएको हो?

वि.सं. २०७९ असार १४

– नेकपा
पार्टी विभाजन भएसँगै तटस्थ भूमिकामा रहेका ७३ वर्षीय वामदेव गौतमले २०७९ असार १४
गते आफ्नो संयोजकत्वमा राष्ट्रिय एकता अभियान पार्टी घोषणा गरेका
 ।

– यसअघि अभियानका
रूपमा रहेको राष्ट्रिय एकता अभियानलाई नै पार्टीमा रूपान्तरण गरिएको घोषणा गरेको
बताइएको
 ।

– आफ्नो
पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहने र पार्टी बहुपदीय प्रणालीमा जाने बताएका
 ।

– नयाँ
पार्टीमा एक अध्यक्ष
, प्रत्येक
प्रदेशमा इन्चार्जको जिम्मेवारी वहन गर्ने गरी सात उपाध्यक्ष
, सङ्गठनात्मक कामको मुख्य
जिम्मवारी पूरा गर्ने गरी एक महासचिव
, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने व्यवस्था गरिएको ।

५. वि.सं. २०७९ मा प्रदान गरिने अदिकवि भानुभक्त पुरस्कारबाट
सम्मानित हुने स्रष्टा को हुन् 
?

चित्तरञ्जन नेपाली (अदिकवि भानुभक्त पुरस्कार २०५२ सालदेखि प्रदान
गरिँदै आएको
 ।)  

६. नेपालमा कुपोषणलाई सन् २०२५ सम्म कति प्रतिशतमा झार्ने लक्ष्य
रहेको छ
?

२४ प्रतिशत (सन् २०३० सम्म १४ प्रतिशतमा झार्ने लक्ष्य लिइएको ।) 

७. नेपालको राष्ट्रिय प्रकृति संरक्षण कोषलाई ‘प्रत्यक्ष पहँुच एकाइ’का रूपमा मान्यता दिने संस्था
कुन हो
?

हरित जलवायु कोष (जीसीएफ)

८. कुन स्थानीय तहमा कृषि ज्ञान केन्द्र स्थापना गरिने भएको छ?

फक्ताङलुङ गाउँपालिका (ताप्लेजुङ)

– ताप्लेजुङको
फक्ताङलुङ गाउँपालिकाले कृषि ज्ञान केन्द्र स्थापना गर्ने भएको
 । 

– प्राङ्गारिक
तथा जैविक मल उत्पादनसँगै कृषिलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित कृषि ज्ञान
केन्द्र स्थापना गर्ने गरी गाउँपालिकाले
‘अलमोस्ट हेवन फाम्र्स’सँग
सम्झौता गरेको
 । 

– परियोजनाको
अवधि २०७९ भदौदेखि २०८२ साउनसम्म कायम रहने गरी गाउँपालिका र फाम्र्स
बीच
सम्झौता भएको
 । 

 ९. नेपालको पहिलो खोप सुनिश्चित प्रदेश कुन हो?

 गण्डकी प्रदेश

 – (यो प्रदेश २०७५ भदौ १३ मा खोप
सुनिश्चित प्रदेश घोषित भएको हो
 ।) 

१०. अर्थमन्त्री जनार्दन शर्माद्वारा २०७९ जेठ १५ मा प्रस्तुत
आ.व. २०७९/८० को बजेटको राशि कति रहेको छ
?

रु. १७ खर्ब ९३ अर्ब ८३ करोड 

- आन्तरिक
उत्पादनमा आधारित अर्थतन्त्रको निर्माणमार्फत समृद्धि हासिल गर्ने लक्ष्यसहित
सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सो बजेट प्रस्तुत गरिएको
 । 

- यो बजेट
आ.व. २०७८
/७९ को बजेटको तुलनामा एक खर्ब
४६ अर्ब २६ करोड रुपियाँले बढी रहेको
 । आ.व. २०७८/७९ मा सरकारले १६ खर्ब ४७ अर्ब
५७ करोड रुपियाँको बजेट सार्वजनिक गरेको थियो
 ।

- आ.व.
२०७९
/८० मा कुल बजेटमध्ये चालूतर्फ
सात खर्ब ५३ अर्ब ४० करोड रुपियाँ -४२ प्रतिशत) विनियोजन गरिएको
 । 

– पुँजीगततर्फ
कुल विनियोजनको तीन खर्ब ८० अर्ब ३८ करोड (२१.२ प्रतिशत) बजेट छुट्याइएको
 । 

– वित्तीय
व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड (१२.८ प्रतिशत विनियोजन गरिएको
 । 

– बजेटले
सङ्घीयताको मर्मअनुरूप प्रदेश र स्थानीय तहमा जाने वित्तीय हस्तान्तरणको ठोस
कार्यान्वयनको पहल लिएको यसका लागि प्रदेश र स्थानीय तहमा गरेर कुल बजेटको २४
प्रतिशत अर्थात् चार खर्ब २९ अर्ब ८३ करोड रुपियाँ विनियोजन गरिएको
 । यसमध्ये वित्तीय समानकीरण अनुदानतर्फ प्रदेशलाई ६१ अर्ब ४३ करोड र
स्थानीय तहलाई एक खर्ब २३ करोड रुपियाँ हस्तान्तरण गरिने
 ।

– त्यस्तै
ससर्त अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई एब खर्ब ८३ अर्ब ७२
करोड रुपियाँ बजेट विनियोजन गरिएको
 ।

– समपूरक
अनुदानतर्फ प्रदेशलाई छ
अर्ब ३० करोड तथा स्थानीय तहलाई सात अर्ब २७ करोड र विशेष अनुदानतर्फ
प्रदेशलाई चार अर्ब ५६ करोड तथा स्थानीय तहलाई नौ अर्ब १४ करोड रुपियाँ बजेट
विनियोजन गरिएको
 ।

– राजस्व
बाँडफाँटबाट प्रदेश र स्थानीय तहमा गरी एक खर्ब ६३ अर्ब तीन करोड रुपियाँ बजेट
हस्तान्तरण हुने अनुमान रहेको
 ।

– विनियोजित
बजेटका लागि सरकारले १२ खर्ब ४० अर्ब ११ करोड रुपियाँ राजस्वमार्फत खर्च बेहोर्ने
अनुमान गरेको
 ।

– यसबाहेक
नपुग बजेटका लागि आन्तरिक ऋणमार्फत दुई खर्ब ५६ अर्ब र वैदेशिक ऋणबाट दुई खर्ब ४२
अर्ब रुपियाँबाट पूर्ति गरिने
 । त्यस्तै ५५ अर्ब ४६ करोड
रुपियाँ वैदेशिक अनुदानस्वरूप प्राप्त हुने सरकारी अनुमान रहेको
 ।

– नेपाली
उत्पादनको प्रवद्र्धन र कृषि उत्पादकत्व बढाउँदै आधारभूत कृषि उत्पादनको आयात
कम्तीमा ३० प्रतिशतले घटाउने सरकारी लक्ष्य रहेको
 । 

– बढ्दो
व्यापार घाटा कम गर्दै आगामी पाँच वर्षभित्र व्यापार सन्तुलनमा ल्याउने पनि
बजेटमार्फत सार्वजनिक गरिएको
 । 

– आगामी
आ.व.मा ८ प्रतिशतको आर्थिक वृद्धि हुने सरकारको अनुमान रहेको
 ।

– मुद्रास्फीति
७ प्रतिशतमा सीमित राखिने
 ।

– ज्येष्ठ
नागरिक भत्ता पाउने उमेर ७० वर्षबाट दुई वर्ष घटाई ६८ वर्ष कायम गरिएको
 ।

– आयकरको
यसअघिको सीमामा बढाइएको
; जसअनुसार
व्यक्तिगत तर्फ पाँच लाख (यसअघि चार लाख) रुपियाँसम्म आयकर नलाग्ने
 । त्यस्तै दम्पतीको हकमा छ लाख (यसअघि चार लाख ५० हजार)
रुपियाँसम्मको वार्षिक आम्दानीमा आयकर नलाग्ने भएको
 । 

– बजेटले
कोभिड प्रभावित व्यवसायीलाई आ.व. २०७८/७९ को आयमा ३० लाख रुपियाँसम्मको कारोबारमा
७५ प्रतिशत र ३० लाख देखि एक करोड रुपियाँसम्मको कारोबारमा ५० प्रतिशत आयकर छुटको
व्यवस्था गरेको
 ।

– पर्यटन र
चलचित्रसँग सम्बन्धित व्यवसायका लागि चालू आवको व्यावसायिक करयोग्य आयमा ५०
प्रतिशत छुटको व्यवस्था बजेटले गरेको
 ।

– कृषि
औजार कारखाना नेपालमै खोल्न प्रोत्साहन गर्ने उद्देश्यसहित उद्योग स्थापना भएमा
कारोबार भएको मितिले पाँच वर्षसम्म आयकर पूर्ण रूपमा छुट हुने
 ।

– साउन १
गतेदेखि लागू हुने गरी कर्मचारीको तलब १५ प्रतिशतले बढाइएको
 ।

११. नेपालमा पहिलो पटक फरक फरक रक्त समूह भएका व्यक्तिबीच
मिर्गाैला प्रत्यारोपण कहिले भएको हो
?

- वि.सं.
२०७३ चैत २१ (त्रि.वि. शिक्षण अस्पताल
, महाराजगञ्ज)

१२. नेपालमा पहिलो पटक डीएनए परीक्षण गरिएको वनस्पति कुन हो?

- चिराइतो

१३. कुन ठाउँलाई कछुवा संरक्षण क्षेत्र घोषणा गरिएको छ?

- सुखानी
सीमसार क्षेत्र (झापा)

१४. यस वर्ष (२०७९ मा) प्रदान गरिने गोपाल पाँडे असीम पुरस्कारबाट
सम्मानित हुने स्रष्टा को हुन्
?

- रामप्रसाद
पन्त (यो पुरस्कार २०५० सालदेखि प्रत्येक वर्ष प्रदान गरिँदै आएको
 ।)

१५. गीत–सङ्गीत क्षेत्रका व्यक्तित्वलाई प्रदान गरिने छिन्नलता गीत
पुरस्कार
–२०७८ कसलाई प्रदान गर्ने निर्णय भएको छ?

- छिन्नलता
गीत पुरस्कार: वसन्त चौधरी
, सङ्गीत
रचनातर्फ : आनन्द राई
, गायनतर्फ:
पवित्रा सुब्बा र लोकप्रिय युवा प्रतिभातर्फ :गायिका एलिना चौहान
 

 छिन्नलता पुरस्कार : २०७७

 गीत रचनातर्फ : आनन्द अधिकारी

 सङ्गीत रचनातर्फ :शान्तिराम राई

 गायनतर्फ : शम्भु राई

 लोकप्रिय युवा प्रतिभा पुरस्कार
:मिलन नेवार
 

 छिन्नलता पुरस्कार : २०७६

 गीत रचनातर्फ : जसयोञ्जन प्यासी

 सङ्गीत रचनातर्फ : हरि लम्साल

 लोकप्रिय युवा प्रतिभा पुरस्कार
: गायिका अस्मिता अधिकारी
 











































































































































































 कोरोना कहरका कारण कार्यक्रम
गर्ने अवस्था नभएकाले यो वर्ष एक साथ तीन वर्षका लागि पुरस्कार प्रदान गर्ने
निर्णय गरिएको
 ।

Post a Comment

0 Comments