Advertisement

गोरखापत्र वस्तुगत, २९ असार २०७९

 १. संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष
(यूएनएफपीए)का अनुसार सन् २०२२ नोभेम्बर १५ मा विश्वको जनसङ्ख्या कति पुग्ने
तथ्याङ्क सार्वजनिक गरिएको छ
?



आठ अर्ब



– विश्व जनसङ्ख्या दिवस जुलाई ११ का
दिन यूएनएफपीएले सो घोषणा गरेको
 ।



– अहिले विश्वको जनसङ्ख्या सात अर्ब
९५ करोडभन्दा बढी रहेको जनाएको
 । सन् १९८७ जुलाई ११
मा विश्वको जनसङ्ख्या करिब पाँच अर्ब थियो
 । सन् १९८९ देखि
संयुक्त राष्ट्रसङ्घले ११ जुलाईलाई विश्व जनसङ्ख्या दिवसका रूपमा मनाउन थालेको
 ।



– सन् २०२२ को नारा : ‘आठ
अर्ब जनसङ्ख्या सबैको छनोट र अधिकारको सुनिश्चिततासहित उज्ज्वल भविष्यका लागि
अवसरको प्राप्ति रहेको
 ।



– विश्व जनसङ्ख्या कोषले जुलाई ११ मा
सार्वजनिक गरेको
‘वल्र्ड पपुलेसन प्रोस्पेक्टस २०२२
अनुसार विश्वको जनसङ्ख्या सन् २०८० को दशकमा करिब १०.४ अर्बसहित उच्च बिन्दुमा
पुग्ने र सन् २१०० सम्म त्यही स्तरमा रहने
 ।



– कोषका अनुसार विश्वको जनसङ्ख्या
सात
–आठ अर्बसम्म पुग्न १२ वर्ष लागेको र छदेखि सात अर्ब
पुग्न पनि उत्तिकै समय लागेको थियो
 । अहिलेको
वृद्धिदरलाई हेर्दा अब अर्को एक अर्ब थपिन भने करिब साढे १४ वर्ष लाग्ने अनुमान
गरिएको
 ।



– विश्व जनसङ्ख्यामा थपिएको छ
अर्बमध्ये आधा एसियाको जनसाङ्ख्यिक विस्तारको परिणाम रहेको
 । यसमा अफ्रिकाको
दोस्रो स्थान रहेको
 ।



– विश्व जनसङ्ख्याको तथ्याङ्क हेर्दा
सातदेखि आठ अर्ब जनसङ्ख्या वृद्धिमा १० वटा देशको बढी योगदान रहेको
 । यो वृद्धिमा भारत,
चीन र नाइजेरियाको स्थान क्रमशः पहिलो,
दोस्रो र तेस्रो रहेको कोषले जनाएको ।



– विश्वमा अहिले सबैभन्दा बढी चीनमा
एक अर्ब ४४ करोड र दोस्रो भारतमा एक अर्ब ४० करोडको हाराहारीमा रहेको
 । तेस्रो अमेरिकामा
३३ करोड जनसङ्ख्या रहेको
 ।



– सन् २०२३ मा जनसङ्ख्यामा भारतले
चीनलाई उछिन्ने प्रक्षेपण रहेको
 ।



– एसिया र अफ्रिकाले नौ अर्ब पुगुञ्जेलसम्म
जनसङ्ख्या वृद्धिको नेतृत्व गर्ने जुन सन् २०३७ रहने र सोपश्चात् भने वृद्धिदर
सामान्य हुने प्रक्षेपण रहेको
 ।



२. संस्कृति,
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा राष्ट्रिय
प्रतिभा पुरस्कार कस
–कसलाई
प्रदान गरियो
?



हरिवंश आचार्य, सोमराज
अभय
, रमेश ढुङ्गेल र हेम पौडेल



– यज्ञश्वर निरौला,
अयोध्यानाथ चौधरी, हरिप्रसाद
सिलवाल
, बालकृष्ण अधिकारी,
विष्णुबहादुर सिंह, बखतबहादुर
थापा
, गणेशराज जोशीलगायतलाई प्रादेशिक प्रतिभा पुरस्कार
प्रदान गरिएको
 ।



– वेञ्जु शर्मा,
राम विनय, पुष्करराज
भट्ट
, विजय चालिसे र आरडीप्रभास चटौतलाई महाकवि देवकोटा
पुरस्कार प्रदान गरिएको
 ।



– गोपालप्रसाद रिमाल राष्ट्रिय
पुरस्कार अमरराज गिरीलाई प्रदान गरिएको
 ।



– त्रिरत्न मानन्धरलाई इतिहास
शिरोमणि बाबुराम आचार्य पुरस्कार तथा लालबहादुर विश्वकर्मा र खगेन्द्र
सङ्ग्रौलालाई भगत सर्वजित मानव मर्यादा पुरस्कारबाट पुरस्कृत गरिएको
 ।



३. नेपाल इन्स्टिच्युट फर पोलिसी रिसर्चले
सार्वजनिक गरेको नेपाल कम्पिटेटिभनेस इन्डेक्स २०२२ अनुसार सात प्रदेशमा सबैभन्दा
प्रतिस्पर्धी (अब्बल) रहन सफल प्रदेश कुन हो
?



बागमती प्रदेश



– सो संस्थाले वि.सं. २०७९ असार २१
मा सार्वजनिक गरेको नेपालको आन्तरिक प्रतिस्पर्धात्मक क्षमतासम्बन्धी
प्रतिवेदनअनुसार बागमती प्रदेश सबै सूचकमा अब्बल देखिएको
 ।



– बृहत् आर्थिक स्थायित्व,
सरकार र संस्थागत व्यवस्था, वित्तीय
व्यवसाय र जनशक्ति अवस्था
, जीवनको
गुणस्तर र पूर्वाधार विकासजस्ता सूचकमा बागमती प्रदेश सबैभन्दा अगाडि देखिएको
 ।



– प्रतिवेदनले समेटेको उल्लिखित
चारवटा सूचकमा मधेश
, प्रदेश १,
लुम्बिनी, गण्डकी,
सुदूरपश्चिम र कर्णाली प्रदेश क्रमशः दोस्रोदेखि सातौँ
स्थानमा रहेका
 ।



– त्यस्तै सरकार र संस्थागत व्यवस्था
सूचकमा प्रदेश १
, लुम्बिनी,
सुदूरपश्चिम, कर्णाली,
गण्डकी र मधेश क्रमशः दोस्रोदेखि सातौँ स्थानमा रहेका ।



– वित्तीय व्यवसाय र जनशक्ति
अवस्थाअन्तर्गत गण्डकी र प्रदेश १ समान तेस्रो स्थानमा रहेका प्रतिवेदनमा यस
सूचकमा दोस्रो स्थान उल्लेख नगरिएको
 । यसै सूचकको चौथोमा
लुम्बिनी
, पाँचौँमा सुदूरपश्चिम,
छैटौँमा कर्णाली र सातौँमा मधेश प्रदेश रहेको ।



– जीवनको गुणस्तर तथा पूर्वाधार
विकास सूचकमा गण्डकी
, प्रदेश १,
लुम्बिनी, सुदूरपश्चिम,
मधेश र कर्णाली प्रदेश क्रमशः दोस्रोदेखि सातौँ स्थानमा
रहेका
 ।



– एसिया कम्पिटेटिभिनेस
इन्स्टिच्युटको सहकार्यमा यो पहिलो पटक तयार गरिएको प्रतिवेदन हो
 ।



४. कुन स्थानीय तहले ‘एक
घर
, एक बाँदर’
पाल्ने कार्यक्रम ल्याउने भएको छ ?



कालिञ्चोक गाउँपालिका (दोलखा)



– गाउँपालिकाले बाँदर नियन्त्रणका
लागि आ.व. २०७९/८० को नीति तथा कार्यक्रममा यो कार्यक्रम समावेश गरी पारित गरेको
 ।



– बाँदर निर्मूल पार्ने अन्य कुनै
उपाय नभएपछि पालिकाले बाँदर पाल्ने नीति लिएको जनाइएको
 ।



५. विश्वकै अग्लो होटल कहाँ रहेको छ ?



साङ्घाई (चीन)



– होटल सन् २०२१ जुन १९ देखि सञ्चालन
भएको
 ।



– ६३२ मिटर अग्लो यस होटलकोे नाम ‘जे’
होटल रहेको ।



६. नेपाल र भारतबीच महाकाली नदीको पानी
सामूहिक र बहुउपयोग गर्ने सन्धि भएको साढे दुई दशकपछि नेपालतर्फ कहिलेदेखि आउन
थालेको हो
?



वि.सं. २०७९ असार १५



– महाकाली सन्धिमा उल्लेख भएबमोजिम
नेपालले यस अघिदेखि नै पाउने भनिएको पानी बल्ल प्राप्त भएको
 ।



– नेपालतर्फ बनाइनुपर्ने २२ वटा शाखा
नहरको निर्माण योजना कार्यलाई तीव्रता दिनुपर्ने आवश्यकता देखिएको
 । महत्वपूर्ण
आयोजनाका रूपमा राखिएको यो योजना निर्माणमा ढिलाइ नगरी विगतमा सिँचाइ सुविधा
नपाउँदा भएको क्षतिलाई कम गर्ने प्रयासमा नेपाल केन्द्रित हुनुपर्ने
 । २२ वटा शाखा नहरको
निर्माणपछि कैलालीको मालाखेती तथा कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वाससम्म ५३ सय
हेक्टरभन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको
 ।



७. जापानका पूर्वप्रधानमन्त्री सिन्जो
आवेको हत्या कहिले भएको हो
?



सन् २०२२ जुलाई ८



– राजधानी टोकियोनजिकै नारा सहरमा
चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उहाँमाथि गोली प्रहार भएको र उपचारका क्रममा
उहाँको मृत्यु भएको
 ।



– सन् २००६ देखि २०२० सम्म दुई
कार्यकाल जापानको प्रधानमन्त्री बन्नुभएका आवेले २०२० मा स्वास्थ्य समस्या
देखाउँदै प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको
 ।



– उहाँ जापानको अर्थतन्त्रलाई माथि
पु-याउने उद्देश्यले ल्याइएको नीति
‘अबेनोमिक्स’का
कारण पनि लोकप्रिय बन्नुभएको थियो
 ।



– नेपाल र जापानबीचको आधुनिक
सम्बन्धको बीउ रोप्न सिन्जो आबेको मह
ìवपूर्ण
भूमिका रहेको मानिन्छ
 ।



– नेपालसँग दौत्य सम्बन्ध गाँसेयता
आवेकै पहलमा सन् २००० मा तत्कालीन प्रधानमन्त्री यासिरो मोरी नेपाल भ्रमणमा
आउनुभएको
 ।



– आवेको शासनकालमा दुई देशबीचको
शैक्षिक सम्बन्ध प्रगाढ बनेको
 । आवेको शासनकालमा
नेपालका हजारौँ विद्यार्थीले जापानमा पढ्ने र काम गर्ने अवसर पाएका
 ।



– जापानले नेपालको पूर्वाधारका लागि
सहुलियतपूर्ण ऋण पनि उपलब्ध गराउने काम उहाँकै पालामा भएको
 ।



– जापान नेपालको एक महìवपूर्ण
व्यापार साझेदार हो
 । यसको सुरुवात
पनि उहाँकै पालामा भएको थियो
 ।



८. विश्वकै सबैभन्दा अग्लो सगरमाथा शिखर
चढ्ने पहिलो कान्छो आरोही शम्भु तामाङको निधन कहिले भएको हो
?



वि.सं. २०७९ असार २३



– उनले सन् १९७३ मे ५ मा सगरमाथा
आरोहण गरेका
 । त्यो बेला उनको
उमेर १७ वर्ष छ महिना १५ दिन रहेको
थियो ।



– सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण
गरेर उनको नाम गिनिज बुकमा लेखिएको थियो
 ।



९. सन् २०२२ को विश्वकप टी–२०
क्रिकेट खेलकुद प्रतियोगिताको आयोजक राष्ट्र कुन हो
?



अस्ट्रेलिया (सन् २०२२ अक्टोबर १६ देखि नोभेम्बर १३
सम्म)



– विश्वकप ट्रफी जुलाई ८ मा अस्ट्रेलियाको
मेलवर्नमा सार्वजनिक गरिएको
 ।



– निशान कम्पनीको पहलमा जुलाई ८ मा
नै ट्रफीको विश्व भ्रमण सुरु भएको
 । जुन ट्रफीको विश्व
भ्रमण अक्टोबर १३ मा अस्ट्रेलियाको जिलोङमा आएर सकिने
 ।



– अन्तर्राष्ट्रिय क्रिकेट
काउन्सिलले ट्रफीको भ्रमणअन्तर्गत अगस्ट ३० र ३१ मा काठमाडौँमा प्रदर्शन गरिने
जनाएको
 ।



– ट्रफी भ्रमण चार महादेशमा १३ देशका
३५ स्थानमा पुग्ने
 । पुरुष टी–२०
विश्वकप ट्रफी पहिलो पटक नेपाल आउने
 । सन् २०१९ मा
एकदिवसीय विश्वकपको ट्रफी पनि नेपालमा ल्याइएको थियो
 ।



१०. बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले
प्रधानमन्त्री पदबाट कहिले राजीनामा दिएका हुन्
?



सन् २०२२ जुलाई ७



११. नबिल बैङ्क लिमिटेडले नेपाल बङ्गलादेश
बैङ्कलाई प्राप्ति गरी एकीकृत कारोबार कहिलेदेखि सुरु गरेको हो
?



वि.सं. २०७९ असार २७



१२. अर्थमन्त्री जनार्दन शर्माले पदबाट
राजीनामा कहिले दिनुभएको हो
?



वि.सं. २०७९ असार २२



– आ.व. २०७९/८० को बजेट निर्माणका
सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे प्रश्न उठेपछि सोको छानबिनका लागि ११
सदस्यीय संसदीय समिति गठन भएपश्चात् उनले संसदीय समितिलाई छानबिनमा सहयोग पु
¥याउन
भन्दै राजीनामा दिएका
 ।



– मन्त्रालयमा करको दर हेरफेर गरिएको
एवं सोसम्बन्धी सीसी टीभीको फुटेज गायब भएको भन्ने समाचार प्रकाशित भएपछि राजीनामा
दिन थप दबाब बढेको थियो
 ।



१३. निर्माणाधीन पृथ्वीनारायण शाह
सङ्ग्रहालय कहाँ रहेको छ
?



नुवाकोट



१४. आमाको नामबाट नागरिकता दिन सकिने
व्यवस्था कहिलेदेखि गरिएको हो
?



वि.सं. २०६३ मङ्सिर १०



– (नेपाली र अङ्ग्रेजी दुवै भाषाबाट
नागरिकता प्रदान गर्न सुरु : वि.सं. २०६६ मङ्सिर १)



१५. हराएको वस्तु पाएबापत दिइने
पुरस्कारलाई के भनिन्छ
?



पलौनी



१६. मिस इन्डिया–२०२२
को उपाधि जित्ने सुन्दरी को हुन्
?



सिनी सेट्टी



– प्रतियोगितामा राजस्थानकी रुबल
शेखावत फस्र्ट रनर्स अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेन्ड रनरअप बनेका
 ।



१७. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
ड्यालसद्वारा महानन्द साहित्य साधक सम्मान
–२०२२
बाट कसलाई सम्मानित गरियो
?



कथाकार माया ठकुरी



– शिक्षा एवं साहित्यको क्षेत्रमा
योगदान पु
¥याएका महानन्द सापकोटाको सम्मान र
समकालीन वाङ्मयको सम्मानका निम्ति सन् २०१३ देखि यो पुरस्कार बर्सेनि प्रदान
गरिँदै आएको
 ।



– सम्मान राशि रु. ५० हजार रहेको ।



– सर्वप्रथम यो सम्मान सन् २०१३ मा
विप्लव प्रतीकलाई प्रदान गरिएको
 ।



१८. विश्वकै ठूलो संस्कृत–नेपाली
शब्दकोश कसले निर्माण गरेका हुन्
?



स्वामी केशवानन्द गिरी



– यस शब्दकोशमा संस्कृत,
नेपाली, हिन्दी
र अङ्ग्रेजी भाषाका शब्दको अर्थ अवगत हुने
 ।



– शब्दकोशमा चार भाषाका गरी चार लाख
शब्द समेटिएको
 ।



– यसको वेबसाइट : ‘knswami.com’ रहेको ।



१९. साउदी अरबद्वारा कतारमाथि लगाइएको
नाकाबन्दी कहिलेदेखि हटाइएको हो
?



सन् २०२१ जनवरी ५



– साउदी अरबमा आयोजित गल्फको अपरेसन
काउन्सिल (जीसीसी)को पूर्वसन्ध्यामा सो प्रतिबन्ध हटाइएको
 ।



– साउदीद्वारा तीन वर्षअगाडि
कतारमाथि प्रतिबन्ध लगाइएको थियो
 ।

Post a Comment

0 Comments