१. न्युयोर्कस्थित ट्विन टावर र अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा आतंकवादी आक्रमण कहिले भएको थियो?
- २००१ सेप्टेम्बर ११
२. सिस्ने र कान्जीरोवा हिमालको छाया देख्न सकिने ताल कुन हो?
- रारा ताल
३. ओजोन तहमा प्वाल परेको पत्ता लगाउने भू-उपग्रह कुन हो?
- निम्बस
४. चीनले हालसम्म कतिपटक एसियाली खेलकुद प्रतियोगिता (एसियाड) आयोजना गरेको छ?
- ३ पटक (१९ औं एसियाडसमेत) सहभागी देशः ४५
- प्रतियोगितामा समावेश गरिएका खेल: ४०
- प्रतियोगिताबाट हटाइएका खेलहरू (५ वटा):- बलिङ, जे स्की, प्याराग्लाइडिङ, पेन्साक सिलाट र साम्बो
- थप भएका खेलहरू(६ वटा): म्याराथन स्विमिङ, ब्रेक डान्सिङ, चेस, ईस्पोर्टस्, गो र सिआरवी
- उद्घाटन स्थलको नाम : बिग लोट्स
- सन् १९५१ मा भारतको नयाँ दिल्लीमा पहिलो संस्करणबाट शुरू भएको २३ सेप्टेम्बरमा शुरू भई ८ अक्टोबरसम्म चल्ने
- मार्चपासमा नेपालको झण्डा बोक्ने खेलाडीहरू उसुकी निमा घर्तीमगर र तेक्वान्दोका वीरबहादुर महरा
- धेरै खेलाडी समावेश गर्ने राष्ट्र चीन
- कम खेलाडी पठाउने राष्ट्र ब्रुनाईः ११ खेलाडी
- सर्वाधिक एसियाडको आयोजना गर्ने राष्ट्रः थाइल्यान्ड (४ पटक)
५. Water Recharge In Terai भनेर कुन क्षेत्रलाई चिनिन्छ?
- चुरे
६. आल्माटा सम्मेलन केसँग सम्बन्धित रहेको छ?
- प्राथमिक स्वास्थ्य उपचार
७. नेपाल राष्ट्र बैंकका अनुसार एक रुपियाँको सिक्का छाप्न कति लागत लाग्दछ?
- २.५० रुपियाँ
८. क्यूआर कोडको सुरुवात कहिलेदेखि भएको हो?
- सन् १९९४
९. नेपाल जैविक विविधता महासन्धिको पक्षराष्ट्र कहिले भएको हो?
- सन् १९९४ मा पक्ष राष्ट्र (जैविक विविधता महासन्धी - CBD भएको १९९२ रियो पृथ्वी सम्मेलनमा)
१०. वातावरणीय प्रभाव मूल्यांकन कुन आवधिक योजनाबाट लागु भएको हो?
- सातौँ
११. बहुआयामिक गरिबी कति मापनका सूचकहरू कतिवटा रहेका छन्?
- ३ आयामका १० उपआयाम
- बहुआयामिक गरिबी सूचकमा ३ आयामहरु रहेका छन् जसमा स्वास्थ्य, शिक्षा र जीवनस्तर पर्दछन् । यी ३ आयालाई थप १० उप आयामहरुमा बर्गीकरण गरिएको छ । जसमा स्वास्थ्यका दुई (बालमृत्युदर र पोषण) शिक्षाका दुई (विद्यालय जाने अवधि र विद्यालयमा हाजिरी) र जीवनस्तरका ६ (खाना पकाउन प्रयोग गरिने इन्धन, शौचालय, पानी, बिजुली, भुइ र छाना, सम्पत्ति) उप आयामहरु रहेका छन्। थप पढ्नुहोस्।
0 Comments