प्रश्न. नेपालको चालु आवधिक योजनाको दीर्घकालीन सोच “समृद्ध नेपाल र सुखी नेपाली” रहेको सन्दर्भमा उक्त योजनामा ‘समृद्धि’ र ‘सुख’ लाई कसरी बुझाइएको छ, उल्लेख गर्नुहोस, साथै चालु आवधिक योजनाको दीर्घकालीन राष्ट्रिय रणनीति लेख्नुहोस। (५+५ =१०)
विषय प्रवेश
चालु आवधिक पन्ध्रौं योजनामा समृद्धि र सुखको बुझाइ देहाय अनुसार गरिएको छ।
समृद्धिप्रतिको बुझाइ:
- सर्वसुलभ आधुनिक पूर्वाधार एवम् सघन अन्तरआवद्धता
- मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग
- उच्च र दिगो उत्पादन तथा उत्पादकत्व
- उच्च र समतामूलक राष्ट्रिय आय
सुखप्रतिको बुझाइ:
- परिष्कृत तथा मर्यादित जीवन
- सुरक्षित, सभ्य र न्याययपूर्ण समाज
- स्वास्थ्य र सन्तुलित पर्यावरण
- सुशासन
- सबल लोकतन्त्र
- राष्ट्रिय एकता, सुरक्षा र सम्मान
चालु आवधिक योजनाको दीर्घकालीन राष्ट्रिय रणनीति
चालु आवधिक योजनाको दीर्घकालीन राष्ट्रिय रणनीतिहरु देहाय अनुसार रहेका छन् :
१. तीब्र, दिगो र रोजगारमूलक आर्थिक वृद्धि गर्ने,
२. सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चिता गर्ने,
३. आन्तरिक तथा अन्तरदेशीय अन्तरआवद्धता एवम् दिगो शहर बस्ती विकास गर्ने,
४. उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने,
५. पूर्ण दिगो र उत्पादनशील सामाजिक सुरक्षा तथा संरक्षण गर्ने,
६. गरिवी निवारण र आर्थिक सामाजिक समानता सहितको न्यायपूर्ण समाज निर्माण गर्ने,
७. प्राकृतिक श्रोतको संरक्षण र परिचालन तथा उत्थानशीलता विकास गर्ने,
८. सार्वजनिक सेवाको सुदृढीकरण, प्रादेशिक सन्तुलन र राष्ट्रिय एकता सम्बर्द्धन गर्ने।
0 Comments