१. कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा घर-परिवारमध्ये कति प्रतिशत कृषक परिवार रहेको तथ्यांक रहेको छ?
६२ प्रतिशत
- पहिलो कृषि गणना - २०१८ साल
- कृषियोग्य जमिन - २२ लाख हेक्टर
- कृषि बीमा गर्ने कृषक - ४ प्रतिशत
- सरकारी अनुदान लिने कृषक - ७ प्रतिशत
- मुख्य कृषक महिला- ३२ दशमलव ४ प्रतिशत(पुरुष ६७ दशमलव ६ प्रतिशत )
- सिँचाइ सुविधा उपयोग भएको कृषकको जग्गा- ५४ दशमलव ५ प्रतिशत
- कृषि उत्पादन गरेर वषैभर खान पुग्ने परिवारको संख्या- ४५ प्रतिशत
- कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गर्ने परिवार- २६ प्रतिशत
- आफूले उत्पादन गरेका सबै कृषि उपज बिक्री गर्ने कृषक - १ प्रतिशत
- उन्नत बीउ लगाउने कृषक परिवार - २२ दशमलव २ प्रतिशत
- विषादीको प्रयोग गर्ने कृषक परिवार - २६ दशमलव ७ प्रतिशत
- बाली सघनता दर -१९ दशमलव १
- जलवायु परिवर्तन बारे थाहा पाउने किसान-४३ दशमलव ७ प्रतिशत
२. नेपाल सरकारले लैङ्गिक उत्तरदायी बजेट प्रणालीको अवलम्बन कहिलेदेखि गरेको हो?
- आव २०६४/०६५
३. नेपाली सेनाको परमाधिपति को हुने संवैधानिक व्यवस्था रहेको छ?
- राष्ट्रपति
४. चीनद्वारा निर्मित कृत्रिम सूर्यलाई के भनिन्छ?
- जी-२
५. आर्थिक सर्वेक्षणका अनुसार सामुदायिक विद्यालयमा आधारभूत तहका महिला शिक्षिकाको संख्या कति प्रतिशत रहेको छ?
- ४७ दशमलव २ प्रतिशत
६. नेपालले विकासशील मुलुकमा स्तरोन्नति हुनका लागि पूरा गरेका मापदण्ड कुन-कुन हुन्?
- मानव सम्पत्ति सूचकांक र आर्थिक तथा वातावरणीय जोखिम सूचकांक
७. नेपालमा होमस्टे सेवा कहिलेदेखि शुरू भएको हो?
- विसं २०६७ भदौ १
८. पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक उडान कहिले भएको हो?
- २०८० साल भदौ २३
९. निजामती सेवा दिवस कहिलेदेखि मनाउन थालिएको हो?
- २०६१
१०. कुख्येन फालक ताल कुन जिल्लामा पर्दछ?
- डोल्पा
११. जापानद्वारा प्रक्षेपण गरिएको चन्द्रयान कुन हो?
- मुन स्नाइपर (Moon Sniper)
१२. जी-२० को लोगोमा कुन फूलको प्रयोग गरिएको छ?
- कमल
१३. आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाल सेमिफाइनलमा नेपाल कुन देशसँग पराजित भएको हो?
- थाइल्यान्ड
१४. पीपी प्रसाई लाइफटाइम अचिभमेन्ट अवार्ड-२०८० उपाधि विजेता को हुन्?
- आङ छिरिङ शेर्पा
0 Comments