Advertisement

सार्वजनिक व्यवस्थापनका नवीनतम अवधारणा

प्रश्न. सार्वजनिक व्यवस्थापनका नवीनतम अवधारणाहरू उल्लेख गर्दै नेपालको सन्दर्भमा ती अवधारणाका व्यवस्थाहरूलाई कुन हदसम्म आत्मसात् गरिएको छ? लेख्नुहोस।  (५+५)
सार्वजनिक हितका लागि उपलब्ध स्रोत साधनको कुशलतापूर्वक सञ्चालन गरी नतिजा प्राप्तिमा केन्द्रित व्यवस्थापकिय कौशल नै सार्वजनिक व्यवस्थापन हो। सार्वजनिक प्रशासनको तुलनात्मक अध्ययनपछि यसलाई आर्थिक र व्यवस्थापकीय कोणबाट अध्ययन, विश्लेषण गरिनुपर्छ भन्ने मान्यताको विकास भएसँगै सार्वजनिक प्रशासनको नवीनतम अवधारणाको रूपमा सार्वजनिक व्यवस्थापनको अवधारणा विकास भएको हो।  समयक्रमसँगै सार्वजनिक व्यवस्थापनमा विकास भएका नवीनतम अवधारणाहरूलाई देहायअनुसार उल्लेख गरिएको छ।
विश्वव्यापी रूपमा सार्वजनिक व्यवस्थापनको क्षेत्रमा विकसित भएका नवीनतम अवधारणालाई नेपालले समेत कुनै न कुनै रूपमा आत्मसात् गरेको पाइन्छ:
  • नयाँ सार्वजनिक व्यवस्थापन (NPM):– १९८० को दशकमा विकसित यो अवधारणाले सार्वजनिक प्रशासनमा निजी क्षेत्रका राम्रा व्यवस्थापकीय अभ्यासहरू भित्र्याउने तथा नयाँ अर्थशास्त्रीय सिद्धान्तहरूलाई आत्मसात् गर्यो। सार्वजनिक प्रशासनमा व्यवस्थापनवाद, करारवाद, निजीकरण तथा बजारीकरणजस्ता विषय भित्रिए। प्रभावकारिता, कार्यदक्षता, मितव्ययिता तथा Value for money लाई जोड दिइयो।
  • नयाँ सार्वजनिक सेवा (NPS):– २००० को दशकको पूर्वाधमा विकसित भएको यो अवधारणाले नागरिकलाई केन्द्रबिन्दुमा राखेर लोकतान्त्रिक मूल्यमान्यताअनुरूप सेवा प्रवाह गर्नुपर्ने विषयलाई आत्मसात् गर्यो। सार्वजनिक व्यवस्थापनमा Civic Engagement, Transparency र Openness लाई भित्र्यायो। सरल सरकार, सहज सेवालाई जोड दियो।
  • Digital Era Governance:– २००० को दशकमा विकसित यो अवधारणाले शासकीय व्यवस्थालाई लाइनबाट अनलाइनतर्फ सूचना प्रविधिको महत्तम प्रयोग गर्ने विषयलाई जोड दियो। शासन, विकास र सेवा प्रवाहलाई सूचना प्रविधिमा आबद्ध गर्दै नवप्रवर्तनलाई भित्र्यायो। यसले Service at Hand लाई जोड दियो।
  • नयाँ सार्वजनिक शासन (NPG):- शासकीय व्यवस्थामा बहुपात्रको सहभागिता र अन्तरक्रियालाई जोड दियो। Public service for the public बाट Public service by the public मा रूपान्तरित गर्यो। Co-Production र Co-Construction को सिद्धान्तअनुरूप शासन व्यवस्था सञ्चालन हुनुपर्ने मान्यता अघि सार्यो।
  • New Public Passion:- सार्वजनिक व्यवस्थापनमा त्याग, समर्पण, अध्यात्म, नैतिकता, व्यवसायिकता, उत्प्रेरणाजस्ता पक्षहरूमा जोड दियो।
सार्वजनिक व्यवस्थापनका नवीनतम अवधारणा र नेपालमा यसकाे प्रयोग
विश्वव्यापी रूपमा सार्वजनिक व्यवस्थापनको क्षेत्रमा विकसित भएका नवीनतम अवधारणालाई नेपालले समेत कुनै न कुनै रूपमा आत्मसात् गरेको पाइन्छ । जसलाई देहायअनुसार उल्लेख गरिएको छ।
  • नयाँ सार्वजनिक व्यवस्थापनको अवधारणा विकास भएसँगै: सार्वजनिक संस्थानको निजीकरण, कर्मचारीको संख्या कटौती, एजेन्सिफिकेशन, Quasi Marketization, कार्यसम्पादन सम्झौता, Public Private Partnership, नागरिक वडापत्र लागू गरियो।
  • नयाँ सार्वजनिक सेवाको अवधारणा विकास भएसँगैः Civic Engagement, Openness, गुनासो सुन्ने अधिकारी, गुनासो सुनुवाइ संयन्त्र, सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण, घुम्ती सेवा केन्द्र, एकल बिन्दु सेवा केन्द्रको व्यवस्था गरियो ।
  • Digital Era Governance को अवधारणा विकास भएसँगै: Service re-design, Data को Digitization, Online Based Service, विद्युत्तीय भुक्तानी प्रणाली, System Development, हेलो सरकार, Action Room, नागरिक एप, Network Expand जस्ता प्रविधिमैत्री प्रणालीहरुको विकास गरियो।
  • नयाँ सार्वजनिक शासनको अवधारणा विकास भएसँगैः समुदाय प्रहरी साझेदारी, सामुदायिक वन विकास कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकाजस्ता कार्यक्रम कार्यान्वयनमा ल्याइयो। यद्यपि, यी कार्यक्रमहरू यो अवधारणा विकास हुनुपूर्व नै हाम्रोमा कार्यान्वयनमा रहेका थिए।
  • New Public Passion को अवधारणा विकास भएसँगै: सार्वजनिक प्रशासनको संरचनागत पक्षमा मात्र नभई आध्यत्मिक प्रशासन, नैतिकता, व्यवसायिकता तथा उत्प्रेरणाजस्ता अन्तस्करणबाट सिर्जित हुने पक्षहरूमा समेत ध्यान दिनुपर्ने विषयहरुमा जोड दिइएको छ।
निष्कर्ष
समयक्रमसँगै सार्वजनिक व्यवस्थापनमा विभिन्न नवीनतम अवधारणाहरू विकसित हुँदै आएका छन्। विकसित यस्ता नवीनतम अवधारणाहरूलाई देशअनुकूल परिमार्जन गरी सार्वजनिक व्यवस्थापनलाई नतिजाकेन्द्रित र नागरिकउन्मुख बनाउदै लैजान आवश्यक छ ।

Post a Comment

0 Comments