१. ग्रिन हाइड्रोजन नीति-२०८० कहिले स्वीकृत भएको हो?
- २०८० माघ ३ गते
२. ५ किलोग्राम पानीबाट कति हाइड्रोजन निकाल्न सकिन्छ?
- १ किलोग्राम (१ किलो हाइड्रोजन इन्धन उत्पादन गर्न करिब ५० युनिट बिजुली आवश्यक पर्ने)
३. विश्वमा शुद्ध नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड पाउने पहिलो व्यक्ति को हुन्?
- कनिथ युजिन स्मिथ (अमेरिकाको अलाबामा राज्यले हत्यामा दोषी ठहर भएका ५८ वर्षीय स्मिथलाई नाइट्रोजन ग्यासको प्रयोग गरेर तथा नाइट्रोजन हाइपोक्सियाको विधिद्वारा मृत्युदण्ड दिएको)
४. बोलिभियाका पहिलो आदिवासी राष्ट्रपति को हुन्?
- इभो मोरालेस
५. प्रोबा-३ मिसन के सँग सम्बन्धित छ?
- कृत्रिम सूर्यग्रहणको सिर्जना
६. आणविक ऊर्जाबाट चल्ने पहिलो ब्याट्री उत्पादन गर्ने पहिलो कम्पनी कुन हो?
- बेटाभोल्ट (यो ब्याट्रीले १ सय माइक्रोवाट ऊर्जा उत्पादन गर्ने, सन् २०२५ सम्म १ वाट पुयाउने लक्ष्य राखिएको)
७. वागमती प्रदेशले नेपाली भाषाको अतिरिक्त कुन-कुन भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता प्रदान गरेको छ?
- तामाङ र नेपाल भाषा
८. नेपाल पर्यटन बोर्डले रेन्बो टुरिजम एम्बेसडर कसलाई घोषित गरेको छ?
- सुनीलबाबु पन्त
९. नेपाल अफगानिस्तानलाई कति विकेटले पराजित गर्दै यु-१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको थियो?
- एक विकेट
१०. बुटवल उपमहानगरपालिकाले प्रयोगमा ल्याएको नगर प्रतीक चिह्न कसले बनाएका हुन्?
- सौरभ न्यौपाने (प्रतीक चिह्नमा बुटवलको नेपाल-अंग्रेज युद्धताकाको झलकसहित जितगढी किल्ला, उजिरसिंह थापा, मणिमुकुन्द सेन, बुटवल शहर, तिनाउ नदीजस्ता संकेत रहेको)
११.सोहराय पर्व कुन जातिले मनाउने पर्व हो?
- सन्थाल
१२. राइनासकोट कुन जिल्लामा पर्दछ?
- लमजुङ
0 Comments