Advertisement

गोरखापत्र वस्तुगत, १ असार २०७९

१.
सरकारले कहिलेदेखि लागू हुने गरी आइतबार बिदा दिने व्यवस्था खारेज गरेको हो
?

 >> वि.सं. २०७९ असार
१

–
२०७९ जेठ २३ को मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको
 ।

–
सरकारले इन्धन खपत घटाउन भन्दै साताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा
दिने तथा बाँकी समय बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय सञ्चालन
गर्ने निर्णय गरेको थियो
 । परीक्षणका रूपमा लागू गरिएको बिदा जेठ १ देखि कार्यान्वयनमा आएको थियो ।

२.
नेपाल प्रहरीको इतिहासमा पहिलो पटक प्रशासनतर्फबाट महिला एआईजी बन्न सफल व्यक्तित्व
को हुन्
?

 >> पूजा सिंह

–
२०७९ जेठ २३ को मन्त्रिपरिषद्को बैठकले पूजा सिंहलाई एआईजीमा बढुवा गरेको
 ।

–
यसअघि प्राविधिकतर्फ महिला एआईजी भए पनि प्रशासनतर्फबाट भने महिला डीआईजीसम्म
मात्र पुगेका
 । पार्वती थापा र विमला थापा १० वर्षअघि साधारण उपसमूहतर्फ डीआईजी भएका ।

–
२०४९ चैतमा इन्स्पेक्टरमा भर्ना भएकी सिंह गत माघमा डीआईजीमा बढुवा भएकी
 ।

३.
विश्व खाद्य स्वच्छता दिवस कहिले मनाइन्छ
?

 >> जुन ७

–
सन् २०२२ को नारा : स्वच्छ सन्तुलित आहार : स्वस्थ जीवनको आधार

–
सन् २०१८ डिसेम्बर २० का दिन संयुक्त राष्ट्रसङ्घको महासभाले जुन ७ का दिन विश्व
खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेअनुसार सन् २०१९ देखि हरेक वर्ष विश्वव्यापी
रूपमा यो दिवस मनाउँदै आइएको
 ।

–
खाद्य स्वच्छता प्रत्याभूत गर्न नेपाल सरकारले राष्ट्रिय खाद्य स्वच्छता नीति –
२०७६ जारी गरी कार्यान्वयनमा ल्याएको
 ।

–
विगत वर्षहरूमा जस्तै यस वर्ष पनि जुन १ देखि ७ सम्म सप्ताहव्यापी रूपमा समेत यो
दिवस मनाइएको
 ।)

४.
नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ बाट सम्मानित हुने कलाकार
को को हुन्
?

 >> रङ्गकर्मी
ऋद्धिचरण श्रेष्ठ
, वरिष्ठ
जलतरङ्गवाधक मोहनप्रसाद जोशी
, वरिष्ठ नृत्य
निर्देशक विणा राजभण्डारी जोशी
, वरिष्ठ
नाट्यकर्मी मनबहादुर मुखिया
, वरिष्ठ सर्जक
मोहनकृष्ण कार्की ढली
, वरिष्ठ लोकसर्जक
अमर विरही गुरुङ

–
(पुरस्कार राशि जनही एक लाख रुपियाँ रहेको
 ।)

५.
विश्व वातावरण दिवस कहिले मनाउने गरिन्छ
?

 >> जुन ५

–
नेपालमा ‘पृथ्वीको संरक्षण : दिगो प्रकृतिमैत्री जीवनयापन’ भन्ने राष्ट्रिय नाराका
साथ यो दिवस मनाइएको
 । सन् २०२२ मा स्विडेनको स्टकहोममा सन् १९७२ मा भएको
वातावरणसम्बन्धी सम्मेलनको स्वर्ण (५० वर्ष पुगेको अवसरमा) वार्षिकोत्सवसमेत
मनाइएको
 ।

–
वातावरणसम्बन्धी स्टकहोम सम्मेलन
, १९७२
ले तय गरेको नारा ‘ओन्ली अन अर्थ’लाई ५० वर्षपछि आएर फेरि पुनर्जागृत गर्नुले
ब्रह्माण्डमै जीवन जिउन योग्य एक मात्र ग्रह पृथ्वीको वैशिष्ट्य र यसको संरक्षणमा
प्रतिकूल विद्यमान मानवीय क्रियाकलापलाई सुधार गर्नुपर्ने अपरिहार्यतालाई थप उजागर
गरेको
 ।

–
सन् १९७३ देखि यो दिवस मनाउँदै आइएको
 ।

६.
आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार नाफामा रहेका सार्वजनिक संस्थान कति छन्
?

 >> २२ (घाटामा रहेका
संस्थान : १९ र कारोबार शून्य भएका संस्थान : २)

७.
अन्तर्राष्ट्रिय सगरमाथा दिवस कहिले मनाइन्छ
?

 >> मे २९

–
 (सन् २०२२ को नारा : एभरेस्ट : पिक अफ द
वल्र्ड
, प्राइड अफ नेपाल)

८.
अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०२२ मा विश्वको आर्थिक वृद्धिदर कति हुने
अनुमान छ
?

 >> ३.६ प्रतिशत

९.
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान कहिले दुर्घटना भएको हो
?

 >> वि.सं. २०७९ जेठ
१५

–
तारा एयरको ९ एन एईटी जहाज दुर्घटना हुँदा तीन चालक दलसहित २२ जनाको ज्यान गएको
 ।

–
१५ गते बिहान १०ः१० बाट सम्पर्क विच्छेद भई मुस्ताङको आकाशमा हराएको सो विमान
भोलिपल्ट थासाङ–२ को मानापाथी हिमालको फेद सानसुरे भीरमा भेटिएको थियो
 ।

१०.
सगरमाथाको शिखर चुम्ने पहिलो कतारी महिला को हुन्
?

  >> राजकुमारी आस्मा वित्त
थानी अल–थानी

–
उनी सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी
 । उनले सगरमाथाको उत्तर र दक्षिण दुवैतर्फबाट सफल आरोहण गरेकी ।

११.
फिल्म क्षेत्रको प्रतिष्ठित मानिएको कान्सफिल्म फेस्टिभलमा स्पेसल मेन्सन अवार्ड
जित्न सफल नेपाली सर्ट फिल्म कुन हो
?

 >> लोरी

–
अविनाशविक्रम शाहद्वारा निर्देशित फिल्म लोरीले कान्स फिल्म फेस्टिभलमा पहिलो पटक
सर्ट फिल्म विधातर्फ स्पेसल मेन्सन अवार्ड चुमेको
 ।

१२.
राष्ट्रिय महिला अधिकार दिवस कहिले मनाइन्छ
?

 >> जेठ १६

– (वि.सं. २०७९ को
नारा : महिलाको सम्मान : सभ्य समाजको निर्माण
 ।)

१३.
वि.सं. २०७९ जेठ २ गते कतिऔँ बुद्ध जयन्ती मनाइयो
?

 >> २५६६औँ

१४.
बुद्ध जन्मस्थल लुम्बिनीमा निर्मित अन्तर्राष्ट्रिय सभा हल तथा ध्यान केन्द्रको
उद्घाटन कहिले गरियो
?

 >> वि.सं. २०७९ जेठ
२

–
चार बिघा क्षेत्रफलमा निर्माण भएको उक्त सम्मेलन केन्द्रको प्रधानमन्त्री
शेरबहादुर देउवाद्वारा उद्घाटन गरिएको
 ।

–
पाँच हजार जना क्षमताको सम्मेलन केन्द्रको २०७५ वैशाख १७ गते शिलान्यास भएको थियो
 ।

–
छाता शैलीमा निर्मित सम्मेलन केन्द्रमा मुख्य तीनवटा सेन्सर ढोका र ५२ वटा साधारण
ढोका रहेका
 ।

१५.
नाइटिङ्गेल नर्सिङ अवार्डबाट सम्मानित हुने नेपाली को हुन्
?

 >> नर्स विमला
श्रेष्ठ

–
उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रहेकी
 ।

–
यो पुरस्कार अन्तर्राष्ट्रिय नर्सिङ दिवसका अवसरमा हरेक वर्ष प्रदान गरिँदै आएको
 ।

१६.
देशभरका ७५३ स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल कहिले पूरा भएको हो
?

 >> वि.सं. २०७९ जेठ
५

१७.
सबैभन्दा धेरै स्थानीय तह भएको जिल्ला कुन हो
?

 >> सर्लाही (११
नगरपालिका र नौ गाउँपालिका गरी २० स्थानीय तह)

–
सबैभन्दा धेरै स्थानीय तह भएको प्रदेश : प्रदेश १ (१३७)

–
सबैभन्दा कम स्थानीय तह भएको प्रदेश :कर्णाली प्रदेश (७९)

–
दुई/दुईवटा उपमहानगरपालिका भएको जिल्लाको

सङ्ख्या
: तीन (सुनसरी : धरान र इटहरी
, बारा :जितपुर र
कलैया तथा दाङ :तुलसीपुर र घोराही)

१८.
क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही (दाङ) हो भने सबैभन्दा
सानो उपमहानगरपालिका कुन हो
?

 >> नेपालगञ्ज, बाँके

१९.
स्थानीय सरकार सञ्चालन ऐन
, २०७४ अनुसार
गाउँपालिकामा कम्तीमा कति वडा हुनुपर्ने व्यवस्था छ
?

 >> पाँच (बढीमा २१
वडा)

–
(नगरपालिकामा कम्तीमा नौ वडा र बढीमा ३५ वडा हुने गरी निर्धारण गर्नुपर्ने
प्रावधान रहेको
 ।)

२०.
नेपालमा हाल कति प्रजातिका चरा भेटिएको अभिलेख छ
?

 >> ८९०

–
हालै चितवनको गैडहवामा भेटिएको नयाँ प्रजातिको चरासँगै नेपालमा चराका प्रजातिको
सङ्ख्या ८९० पुगेको
 ।

–
‘चाइनिज पोन्ड हेरोन’ नामक प्रजातिको यो चरा चीन
, भारत अनि
भियतनाममा पाइने गरेको
 ।

–
सिमसार क्षेत्रमा बस्न रुचाउने यो चराले विशेषतः माछा
, भ्यागुतालाई आफ्नो
आहारा बनाउने गरको
 ।

२१.
अजर अमर सम्मान २०७८ बाट सम्मानित हुने व्यक्तित्व को हुन्
?

 >> माणिकरत्न स्थापित

२२.
मधुपर्क सम्मान (गद्य) २०७९ बाट सम्मानित सर्जक को हुनुहुन्छ
?

 >> पुरुषोत्तम
बस्नेत

–
उहाँले मधुपर्क प्रकाशनको सुरुदेखि नै यस मासिक तथा अन्य विभिन्न प्रकाशनमार्फत
नेपाली साहित्यमा विशिष्ट योगदान दिनुभएको
 ।

–
त्यस्तै मधुपर्क सम्मान (पद्य) २०७९ बाट गणेश रसिक सम्मानित हुनुभएको
 ।

–
उहाँले मधुपर्क मासिक तथा अन्य विभिन्न प्रकाशनमार्फत नेपाली साहित्यमा विशिष्ट
योगदान दिनुभएको उहाँ कविता
, गीत, संस्मरण, उपन्यास र गायनमा
सुपरिचित हुनुहुन्छ
 ।

–
त्यसैगरी मधुपर्क प्रतिभा सम्मान
, २०७९
बाट युवा पुस्ताका सर्जक मोमिला जोशी सम्मानित हुनुभएको
 । कविता, निबन्ध र
सम्पादनमा उहाँको कलम सशक्त मानिन्छ
 ।

–
सबै पुरस्कारको राशि जनही ३५ हजार रुपियाँ रहेको
 ।

२३.
सन् २०२४ मा हुने ग्रीष्मकालीन ओलम्पिक (समर ओलम्पिक) खेलकुद प्रतियोगिताको आयोजक
राष्ट्र कुन हो
?

 >> फ्रान्स

२४.
रगत नीलो हुने समस्या के को कमीका कारणले हुन्छ
?

  >> पाइरिडोक्सिन

२५.
नासाको ‘दाविन्ची प्लस' र ‘वेरिटास मिसन' केसँग सम्बन्धित छ
?

 >> शुक्र ग्रह मिसन

२६.
काठमाडौँमा आयोजित १०औँ नेपाल अफ्रिका फिल्म फेस्टिभल अवार्ड २०२२ मा
अन्तर्राष्ट्रिय विधातर्फको अवार्ड जित्न सफल लघु फिल्म कुन हो
?

 >> घोस्ट अफ
स्पेसटाइम (मोरक्को)

–
बुर्किनाफासोको आई अफ द स्ट्रोमले उत्कृष्ट फिल्मको अवार्ड जितेको
 ।

–
राष्ट्रियतर्फ कृषा चौलागार्इंको ऐना लघु फिल्म तथा माधवराज खरेलको कुइनेटोले
उत्कृष्ट लघु फिल्मको अवार्ड जितेको
 ।

–
कुइनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी अवार्ड र जीवन पराजुलीले छायाँकारको
अवार्ड जितेका
 ।

–
महोत्सवमा लघु फिल्म ऐनाबाट कृषाले क्रिटिक्सतर्फ निर्देशक र भूपेन्द्र अधिकारीले
सम्पादकको अवार्ड जितेका
 ।

२७.
‘युनाइटेड नेसन पब्लिक सर्भिस डे’ कहिले मनाइन्छ
?





























































































































































































 >> जुन २३

Post a Comment

0 Comments