Advertisement

गोरखापत्र विषयगत, १ असार २०७९

१. भन्सार सुधारका क्षेत्रहरू के के हुन् ? भन्सार
सुधारले कसरी व्यापार सहजीकरणमा सहयोग गर्दछ
? उल्लेख
गर्नुहोस्
 । 

  मालवस्तु आयात निर्यात गर्ने कार्यप्रणालीसँग
भन्सार सम्बन्धित भएकाले भन्सार सुधारका क्षेत्रहरू यसैसँग सम्बन्धित हुनुपर्छ
 । त्यसकारण भन्सार सुधारका क्षेत्रहरू देहायबमोजिम छन् । 

– मालवस्तुको सहज जाँचपास अर्थात् व्यापार सहजीकरण,

– यात्रु जाँचपासमा सुधार र सहजीकरण,

– यथार्थ राजस्व सङ्कलन र प्रतिवेदन,

– भन्सारमा सदाचार र सुशासन प्रवद्र्धन,

– भन्सारमा आधुनिक सूचना प्रविधिको प्रयोग,

– भन्सार जनशक्तिको व्यवस्थापन र क्षमता विकास,

– भन्सारमा आधुनिक पूर्वाधार निर्माण र पर्याप्त  भौतिक
सुविधा
,

– सामाजिक सुरक्षा र संरक्षण,

– भन्सार जोखिमको उचित व्यवस्थापन र राजस्व चुहावट
नियन्त्रण
, 

– समन्वयात्मक सीमा व्यवस्थापन,

– सरोकारवालाबाट भन्सार कानुनको स्वेच्छिक अनुपालन,

– नेपालको भन्सार सुधारमा प्रभावकारिता ल्याउन
वि.सं. २०६० देखि भन्सार सुधार तथा आधुनिकीकरण योजना लागू गरी हालसम्म पाँचवटा
योजना सम्पन्न भएका छन्
 । आर्थिक वर्ष २०७८/७९ देखि आर्थिक वर्ष २०८२/८३ सम्म छैटौँ चरणको योजना लागू गरिएको छ । यस योजनाले भन्सार सुधारका क्षेत्रहरूमा
उपरोक्त विषयलाई समेटेको छ
 । 

 भन्सार
सुधारले व्यापार सहजीकरणमा सहयोग
 

– भन्सार सुधार भन्सारको बहुआयामिक सुधारको समष्टिगत
रूप हो
 । यसभित्र भन्सार सुधारका माथि उल्लिखित क्षेत्रहरू पर्छन् । एक क्षेत्रमा भएको सुधारले अर्को क्षेत्रमा सकारात्मक प्रभाव परेको हुन्छ । जस्तो जनशक्तिको उचित व्यवस्थापन र क्षमता विकासले भन्सार कर्मचारीको मनोबल उच्च हुने, कर्मचारीमा
ज्ञान
, सीपको
विकास हुने
, यसबाट
भन्सार कार्यमा ढिलासुस्ती हट्ने
, स्वअनुशासन बढ्ने हुन्छ ।

मालवस्तुको
जाँचपासमा शीघ्रता आएर व्यापार सहजीकरणमा थप टेवा पुग्छ
 । यसबाट भन्सारप्रति नागरिकले हेर्ने दृष्टिकोणमा समेत सकारात्मक प्रभाव पर्ने हुन्छ । यसरी भन्सार सुधारले व्यापार सहजीकरणमा सहयोग गरेको हुन्छ । भन्सार सुधारले व्यापार सहजीकरणमा गर्ने अरू सहयोगलाई निम्नअनुसार उल्लेख गर्न सकिन्छ: 

– अन्तर्राष्ट्रिय पद्धति अनुकूल आधुनिक सूचना
प्रविधिको प्रयोग गरी आयात निर्यातसँग सम्बन्धित अवरोध हटाएर
,

– विश्व व्यापार सङ्गठनको व्यापार सहजीकरण सम्झौताका
भन्सारसँग सम्बन्धित प्रावधानहरू
, संशोधित क्योटो महासन्धिका मापदण्डहरू र अन्य
अन्तर्राष्ट्रिय मापदण्डहरू अनुकूल हुने गरी भन्सार कानुन लागू गरेर
,

– आयात निर्यात कार्यमा पेस गर्नुपर्ने कागजातको
सङ्ख्या घटाउने तथा व्यवसायी र कर्मचारीको प्रत्यक्ष सम्पर्कको अन्त्य गरी फेसलेस
एवं पेपरलेस अफिसको अवधारणा लागू गरेर
,

– भन्सारबाट मालवस्तु छुटाउँदा लाग्ने समयको अध्ययन
गरी शीघ्र जाँचपास प्रणाली लागू गरेर
,

– भन्सारमा पर्याप्त भौतिक पूर्वाधारको विकास, सेवाग्राही
कक्ष
, स्क्यानर
मेसिन
, क्यामराजस्ता
आधुनिक उपकरणको प्रयोग गर्ने तथा भन्सार जोखिमलाई आधार बनाई जाँचपास गर्ने
प्रणालीको विकास गरी भन्सार जाँचपासलाई अन्तर्राष्ट्रियस्तरको बनाएर
,

– भन्सार मूल्याङ्कन, मालवस्तु घोषणा, वर्गीकरणलगायतका पक्षमा सुधार गरी यथार्थ राजस्व
सङ्कलन गर्ने कार्यलाई प्रभावकारी बनाएर
,

– सीमावर्ती निकाय, स्थानीय निकाय एवं सरोकारवालासँग बैठक एवं
अन्तत्र्रि
mयाको माध्यमबाट समन्वयात्मक
कार्य गरी व्यापार सहजीकरण गरेर
,

– भूकम्प, कोभिड–१९ सङ्क्रमणलगायतका अन्य विपत्को समयमा
भन्सार कार्यप्रणालीमा समसामयिक सुधार गरी सुरक्षित रूपमा छिटोछरितो मालवस्तु तथा
यात्रु जाँचपास प्रणाली लागू गरेर
,

– भन्सार सुधारले यसरी यी र यस्तै कार्यमार्फत
व्यापार सहजीकरणमा उल्लेख्य सहयोग गरेको हुन्छ
 । 

२. नेपालको विद्यमान निजामती सेवाको कमजोर पक्ष के के
हुन्
? लेख्नुहोस् । 

  सरकारी राज्यकोषबाट तलब सुविधा पाउने, विशिष्ट
ज्ञान
, सीप भएका, स्थायी
प्रकृतिका कर्मचारीको पेसागत समूह निजामती सेवा हो
 । नेपालको निजामती सेवालाई व्यवस्थित गर्न निजामती सेवा ऐन, २०४९ र
नियमावली
, २०५०
लागू गरिएको छ
 । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सेवा
समूहसँग सम्बन्धित मन्त्रालयको व्यवस्था छ
 ।

तीन तहको
सङ्घीय प्रणालीअनुरूप सङ्घ
, प्रदेश र स्थानीय तहसम्म निजामती सेवाको सञ्जाल छ । निजामती सेवा सम्बन्धमा कानुनी र संस्थागत व्यवस्था हुँदाहुँदै पनि नेपालकोे विद्यमान निजामती सेवामा विभिन्न कमजोर पक्ष देखिन्छन्, जसलाई
निम्नअनुसार प्रस्तुत गर्न सकिन्छ
 । 

– प्रतिस्पर्धाबाट छनोट भएका क्षमतावान कर्मचारी भएर
पनि नतिजा दिन नसकेको
, 

– राजनीतिक दलपिच्छे ट्रेड युनियन स्थापना हुनुले
राजनीतिक रूपमा तटस्थता कायम गर्न नसकेको
,

– नागरिकप्रति भन्दा हाकिमप्रति जवाफदेहिताको अवस्था
रहेको
,

– स्वच्छता, पारदर्शिता, आचरण एवं अनुशासनमा कमजोर हुँदा नागरिकको विश्वास
आर्जन गर्न नसकेको
,

– नतिजामुखीभन्दा प्रक्रियामुखी बढी भएकाले सेवा
प्रवाह प्रभावकारी हुन नसकेको
, यसबाट राजनीति र नागरिक दुवै तहबाट विश्वास आर्जन
गर्न नसकेको
,

– समयमा निर्णय गर्न नसक्ने, सरल
परिस्थितिमा मात्र कार्य गर्न रुचाउने
, जोखिम मोल्न नसक्ने,

– कर्मचारीको सरुवा, बढुवाजस्ता पक्षहरू सदैव विवादमुक्त हुन नसकेको, अनुमानयोग्य
र पारदर्शी हुन नसकेको
,

– तलब सुविधा समसामयिक हुन नसकेको,

– नयाँ प्रतिभा सेवामा आकर्षण गर्न नसकेको,

– सबै सेवा समूहमा समानता कायम गर्न नसकिएको,

– राजनीति र निजामतीबीच समन्वयमा कार्य हुन नसकेको, एकअर्कामा
दोषारोपणको अवस्था रहेको
,

– सङ्घीय संरचनाअनुरूप कार्य गर्न नसकेको, जनताको
अपेक्षा पूरा गर्न नसकेको
 ।

३. नेपालको सार्वजनिक प्रशासनमा जिन्सी व्यवस्थापनको
आवश्यकतामाथि प्रकाश पार्नुहोस्
 । 

  कार्यालयलाई आवश्यक पर्ने जिन्सी मालसामानको खरिद
योजना बनाउनेदेखि खरिद गर्ने
, अभिलेख गर्ने, प्रयोग गर्ने, मर्मत सम्भार गर्ने, भौतिक अवस्थाको यथार्थ प्रतिवेदन गर्नेलगायतका
समष्टिगत कार्य जिन्सी व्यवस्थापन हो
 । यो कार्यालयमा भौतिक साधनस्रोतको परिचालन एवं व्यवस्थापनको कार्य हो । यसले जिन्सी मालसामानको आम्दानी, खर्च र
बाँकीको यथार्थ अवस्थाको चित्रण गर्दछ
 । नेपालमा जिन्सी मालसामानमा ठूलो लगानी छ, यसमा
दुरुपयोगको अवस्था पनि विद्यमान छ
 । त्यसकारण जिन्सीमा भएको सरकारी लगानीको सही सदुपयोग गर्नका लागि नेपालको सार्वजनिक प्रशासनमा जिन्सी व्यवस्थापनको आवश्यकता छ, जसलाई
निम्नअनुसार उल्लेख
गर्न सकिन्छ :

– खरिद योजना तर्जुमा गरी सोहीअनुसार खरिदको कार्य
गर्न
,

– जिन्सी मालसामानको संरक्षण गर्न,

– जिन्सी मालसामान अनावश्यक खरिद हुन नदिन,

– सरकारी कार्यालयमा नियमित कार्यसञ्चालन गर्न,

– जिन्सी मालसामानको प्रयोगमा मितव्ययिता र
पारदर्शिता कायम गर्न
, दुरुपयोग
रोक्न
,

– जिन्सी मालसामानको यथार्थ अवस्था दर्शाउन,

– पुराना, टुटफुट एवं काम नलाग्ने मालसामान पहिचान गरी लिलाम
बिक्री गर्न
, हटाउन, नष्ट
गर्न
 ।

४. कार्यालयमा पत्रव्यवहार भनेको के हो ? लेख्नुहोस् । 

  एउटा कार्यालयले अर्को कार्यालयलाई लिखित रूपमा
विवरण एवं सन्देश पठाउने कार्यलाई कार्यालयमा पत्रव्यवहार भनिन्छ
 । यो सञ्चारको एक औपचारिक साधन हो । यो एउटा कार्यालय र अर्को कार्यालयबीच सम्पर्क स्थापना गर्ने सरल एवं प्रचलित माध्यम पनि हो । आजकल पत्र व्यवहार विद्युतीय माध्यमबाट पनि हुने गर्छ । पत्रव्यवहार सरल भाषमा स्पष्ट सन्देश प्रवाह गर्ने पूर्ण हुनुपर्छ । पत्रव्यवहारलाई प्रयोगका आधारमा सरकारी पत्र, व्यावसायिक
पत्र
, दरखास्त
पत्र
, व्यक्तिगत
पत्र एवं गैरसरकारी पत्रमा विभाजन गर्न सकिन्छ
 । प्राथमिकताका आधारमा यसलाई साधारण पत्र, जरुरी
पत्र
, अति
जरुरी पत्र र तुरुन्त पत्रमा वर्गीकरण गर्न सकिन्छ
 । त्यसैगरी पत्रव्यवहारलाई गोप्यताका आधारमा अतिगोप्य र गोप्य गरी विभाजन गर्न पनि सकिन्छ ।

५. नेपालको संविधानमा मौलिक हकका रूपमा छुवाछूत तथा
भेदभावविरुद्ध के कस्तोे हकको व्यवस्था छ
? उल्लेख गर्नुहोस् । 

  नेपालको संविधानको धारा २४ मा मौलिक हकका रूपमा
छुवाछूत तथा भेदभावविरुद्ध देहायको हकको व्यवस्था छ :

– कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय
वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको
छुवाछूत वा भेदभाव नगरिने
,

 

– कुनै वस्तु, सेवा सुविधा उत्पादन वा वितरण गर्दा त्यस्तो वस्तु, सेवा
सुविधा कुनै खास जात जातिको व्यक्तिलाई खरिद वा प्राप्त गर्नबाट रोक लगाइने वा
त्यस्तो वस्तु
, सेवा वा
सुविधा कुनै खास जात जातिको व्यक्तिलाई मात्र बिक्री वितरण वा प्रदान नगरिने
,

– उत्पत्ति, जात, जाति वा शारीरिक अवस्थाको आधारमा कुनै व्यक्ति वा
समुदायलाई उच्च वा नीच दर्शाउने
, जात, जाति वा छुवाछूतको आधारमा सामाजिक भेदभावलाई
न्यायोचित ठान्ने वा छुवाछूत तथा जातीय उच्चता वा घृणामा आधारित विचारको प्रचार
प्रसार गर्न वा जातीय विभेदलाई कुनै पनि किसिमले प्रोत्साहन गर्न नपाइने
,

– जातीय आधारमा छुवाछूत गरी वा नगरी कार्यस्थलमा
कुनै प्रकारको भेदभाव गर्न नपाइने
,

– सबै प्रकारका छुवाछूत तथा भेदभावजन्य कार्य गम्भीर
सामाजिक अपराधका रूपमा कानुनबमोजिम दण्डनीय हुने र त्यस्तो कार्यबाट पीडित
व्यक्तिलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हक हुने
 ।

६. पोषणयुक्त खानाका स्रोतहरू के के हुन् ? उल्लेख
गर्नुहोस्
 । 

   शरीरलाई शक्ति प्रदान गर्न, शरीर
वृद्धि गर्न एवं शरीरको रक्षा गर्न आवश्यक पर्ने कार्बोहाइट्रेट्स
, प्रोटिन, चिल्लो
पदार्थ
, खनिज, भिटामिन
र पानीको सन्तुलित मात्रा भएको खाना पोषणयुक्त खाना हो
 । पोषणयुक्त खानामा पौष्टिक तìव हुने गर्दछ । शरीरका अङ्ग परिचालन गर्न एवं रोगबाट बच्न पौष्टिक तìवको आवश्यकता पर्दछ । यसका स्रोतहरू निम्न छन् :

– क. शरीरलाई शक्ति दिने खाना जस्तै: मकै, गहुँ, चामल, जौ, आलु, कोदो, फापर, घिउ आदि ।

– ख. शरीर वृद्धि गर्ने खाना जस्तै: मासु, फुल, माछा, दूध, दाल, गेडागुडी
आदि
 ।

– ग. शरीरको रक्षा गर्ने खाना जस्तै: सागपात, फलफूल । 

७. समावेशीकरण भनेको के हो ? लेख्नुहोस् ।

  राज्य प्रणालीमा पछाडि परेका वर्ग, समुदाय, क्षेत्रलाई
निर्णय गर्ने एवं कार्यसम्पादन गर्ने प्रक्रियामा सहभागी गराउने कार्यलाई
समावेशीकरण भनिन्छ
 । समावेशीकरणले राज्य सञ्चालनका हरेक क्षेत्र एवं अङ्गमा सबैको सहभागिताको वकालत गर्दछ । त्यसमा पनि यसले पछाडि परेका वा पारिएका वर्ग, समुदायलाई
राज्य सञ्चालनका अङ्गमा अर्थपूर्ण सहभागिता गराउनुपर्दछ भन्ने मान्यता राख्दछ
 । यो सुशासनको आधारशीला हो । यसले राज्य सञ्चालनमा सहज पहुँच हुन नसकेकालाई सहज पहुँच बढाउन, साधनस्रोत, अवसरको
समान वितरण गर्न
, विकासमा
सबैको अपनत्व गराउन एवं सामाजिक रूपान्तरण गर्न थप सहयोग गर्दछ
 ।

 

यो
अवधारणा प्रत्यक्ष अप्रत्यक्ष राज्य व्यवस्थाको सुरुवातसँगै भएको पाइन्छ
, तथापि
यसको अर्थपूर्ण प्रयोग पछिल्लो समयमा बढी भएको पाइन्छ
 । नेपालमा समावेशीकरणलाई व्यवस्थित गर्न संवैधानिक, कानुनी र
संस्थागत व्यवस्था छ र पनि यसले वास्तविक लक्षित वर्गलाई समेट्न नसकेको अवस्था छ
 । 

८. गाउँपालिका तथा नगरपालिकाको बजेट पेस गर्ने र
पारित गर्ने प्रक्रियाबारे चर्चा गर्नुहोस्
 । 

  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले
गाउँपालिका तथा नगरपालिकाको बजेट पेस गर्ने र पारित गर्ने प्रक्रियाबारे व्यवस्था
गरेको छ
 । जसअनुसार गाउँपालिकाको उपाध्यक्ष तथा नगरपालिकाको
उपप्रमुख वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको
राजस्व र व्यय (बजेट)को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र
देहायको विवरण खुलाएर गाउँ सभा तथा नगर सभामा बजेट पेस गर्नुपर्ने व्यवस्था छ
 । 

वार्षिक
राजस्व र व्ययमा खुलाउनुपर्ने विवरण
 

– क. गत आर्थिक वर्षको राजस्व र व्ययको यथार्थ विवरण, 

– ख. चालू आर्थिक वर्षको अन्तिमसम्ममा हुने आम्दानी र
खर्चको संशोधित अनुमान
,

– ग. आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र आय
व्ययको अनुमानित विवरण
,

– यसरी पेस भएको बजेटमाथि कार्यतालिका बनाई १५
दिनभित्र छलफलको काम सम्पन्न गरिसक्नुपर्ने र छलफल सम्पन्न भएपछि गाउँ सभा तथा नगर
सभाले बजेट पारित गर्न वा सुझावसहित कार्यपालिकामा पठाउन सक्ने
, यसरी
सुझावसहित प्राप्त भएको बजेटउपर कार्यपालिकाले पुनर्विचार गरी आवश्यक
परिमार्जनसहित वा परिमार्जन गर्नुपर्ने नदेखिएमा कारणसहित गाउँ सभा तथा नगर सभामा
पाँच दिनभित्र पुनः पेस गर्नुपर्ने र गाउँ सभा तथा नगर सभाले यसरी पेस भएको बजेट
असार मसान्तभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ
 । त्यसैगरी पहिलो निर्वाचनबाट गठन भएको गाउँपालिका तथा नगरपालिकाका पदाधिकारीले पद बहाली गरेको दुई
महिनाभित्र बजेट पेस गर्न र पारित गर्न बाधा परेको नमानिने व्यवस्था छ
 ।

९. लोकतन्त्रका मूल्यहरू के के
हुन्
? उल्लेख
गर्नुहोस्
 । 

  जनताद्वारा चुनिएका जनप्रतिनिधिले जनहितका लागि
कार्य गरी शासन गर्ने पद्धति लोकतन्त्र हो
 । यो लोकतान्त्रिक प्रक्रियाद्वारा पदाधिकारी छनोट भई लोकतान्त्रिक तवरले कार्य गर्ने प्रणाली हो । लोकतन्त्रलाई सफल एवं जनमुखी बनाउन अवलम्बन गर्नुपर्ने सर्वमान्य आधारभूत मापदण्डहरू लोकतन्त्रका मूल्यहरू हुन्, जुन
निम्न हुन्छन् :

– लोकतान्त्रिक शासन प्रणाली, 

– नागरिक स्वतन्त्रता, 

– मौलिक अधिकार, 

– मानव अधिकार, 

– बालिग मताधिकार, 

– आवधिक निर्वाचन, 

– कानुनी राज्य,

– पूर्ण प्रेस स्वतन्त्रता,

– स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका,

– समावेशिता ।

१०. नक्साको महत्वबारे चर्चा गर्नुहोस् ।

  पृथ्वीको सतह वा यसको कुनै निश्चित अंशलाई
प्रतिनिधित्व गर्नका लागि कुनै कागज वा अन्य यस्तै वस्तुमा कोरिएको चित्र नक्सा हो
 । नक्सा सूचनाको स्रोत हो । ज्ञानको भण्डार पनि हो । यसबाट धेरै कुराको जानकारी हुन्छ । यसको महìवलाई निम्नानुसार चर्चा
गर्न सकिन्छ :

– उपलब्ध प्राकृतिक साधनस्रोत देखाउन,

– देशको जनसङ्ख्या विवरण प्रस्तुत गर्न,

– विकास निर्माण तथा सेवासुविधाको विस्तार र
सञ्चालनका लागि कार्यालयको भौगोलिक अवस्था चित्रण गर्न
,

– पर्यटकलाई देशको भौगोलिक अवस्था, बाटोघाटो, सेवासुविधा
आदिका बारेमा जानकारी दिन
, विद्यालय तथा विश्वविद्यालयमा अध्ययन अध्यापनका
लागि सजिलो बनाउन
, 

– विश्व नघुमिकनै विश्वबारे विविध जानकारी हासिल
गर्न
 ।

Gorkhaptra Subjective 1 Asar 2079

Post a Comment

0 Comments