Advertisement

गोरखापत्र वस्तुगत, ८ असार २०७९

 १. सबैभन्दा बढी पटक सगरमाथाको शिखरमा पुग्ने
आरोही को हुन्
?



>> कामिरिता शेर्पा (२६औँ पटक, २०७९
वैशाख)



– उहाँले यसअघिको आफ्नै रेकर्ड तोड्नुभएको ।



– विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पालाई
पासाङ दावाले पछ्याइरहनुभएको
 । पासाङ दावाले एकै हप्तामा दुई पटक सगरमाथाको शिखर चुम्नुभएको । उहाँको यो २४औँँ र २५औँ पटकको सगरमाथा आरोहण हो ।



– सोलुखुम्बुको नाम्चेबजारनजिकै पर्ने थिसो
निवासी निग्मानुरु शेर्पाले पनि यसपालि २४आँै पटक आरोहण गर्नुभएको
 । निग्मानुरु विश्वमै धेरै पटक सगरमाथा चढ्ने आरोहीमा तेस्रो बन्नुभएको ।



– यस्तै महिला आरोही ल्हाक्पा शेर्पा सगरमाथा
१०औँ पटक पुग्न सफल हुनुभएको
 । सङ्खुवासभाकी ४८ वर्षीया ल्हाक्पा सगरमाथा आरोहण गर्ने दोस्रो नेपाली महिला हुनुहुन्छ ।



– फुर्वा तेञ्जिङ शेर्पाका आठ जना दाजुभाइ तथा
दिदीबहिनी सबैले सगरमाथा आरोहण गरिसकेका
 ।



२. काठमाडौँ उपत्यकाको बिजुली आपूर्ति दिगो र
भरपर्दो बनाउन अत्यावश्यक मानिएको मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट
प्रसारण लाइन कहिलेदेखि सञ्चालनमा आएको हो
?



>> वि.सं. २०७९ असार २



– योसँगै मस्र्याङ्दी नदी जलाधार क्षेत्रका
जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन सहज हुने भएको
 ।



– कुलेखानी नचलेका बेला मस्र्याङ्दी–काठमाडौँ
प्रसारण लाइनमार्फत विद्युत्लाई काठमाडौँ हुँदै हेटौँडातर्फ र हेटौँडाबाट
काठमाडौँतर्फ थप विद्युत् प्रवाह गराउन सकिने
 । यो लाइन काठमाडौँ उपत्यकामा विद्युत् प्रवाहका लागि लाइफलाइन
हो
 ।



– २२० केभी क्षमता भए पनि केही सबस्टेसनका संरचना
बनिनसकेकाले हाललाई १३२ केभी क्षमतामा सञ्चालन गरिएको प्राधिकरणले जनाएको
 । काठमाडौँको मातातीर्थ र तनहुँको मार्किचोकमा २२०÷१३२÷३३ केभी, ३२० एमभीए
क्षमताको सबस्टेसन निर्माणाधीन छन्
 । ती सबस्टेसनको अन्तिम चरणका थोरै काम बाँकी रहेको र
सम्पन्न हुनासाथ यी प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको
 ।



– यो प्रसारण लाइन निर्माण २०७३ भदौमा सुरु भएको ।



– नेपाल सरकारको लगानी र नर्वे सरकार तथा एसियाली
विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा आयोजना निर्माण गरिएको
 ।



३. नेपालको पहिलो राष्ट्रिय जलस्रोत नीति कहिले
सार्वजनिक भएको हो
?



>> वि.सं. २०७७ पुस २



– ऊर्जा मन्त्रालयद्वारा सार्वजनिक सो नीतिमा
सातवटा उद्देश्य रहेको
 ।



– नीतिमा ११ रणनीति र ११५ कार्यनीति रहेको ।



– जलस्रोत नीतिले कृषियोग्य भूमिमा वर्षैभरि
सिँचाइ सुविधा पु-याउने
, सर्वसुलभ रूपमा खानेपानी सेवा उपलब्ध
गराउने
, वर्षा र सुक्खायामबीचको जलविद्युत् उत्पादन क्षमताको भिन्नतालाई कम
गर्न बहुउद्देश्यीय जलाशययुक्त तथा अन्तरजलाधार जल स्थानान्तरण आयोजनाको विकासलाई
प्राथमिकता दिनेलगायतका कुरालाई विशेष जोड दिएको
 ।



४. मोबाइल उत्पादन गर्ने विश्वकै पहिलो कम्पनी
कुन हो
?



>> मोटोरोला, अमेरिका (सन्
१९७६ अप्रिल)



५. ‘ई–क्लास नेपाल’ एप कहिले सार्वजनिक गरिएको
हो
?



>> वि.सं. २०७७ मङ्सिर २३



– यो एप सिकाइ सहज बनाउने उद्देश्यले तयार
पारिएको
 ।



– कक्षा १ देखि १० सम्मको पाठ्यक्रम र
पाठ्यपुस्तकमा आधारित यो एप शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा सार्वजनिक
गरिएको
 ।



६. अमेरिकन खगोलविद्द्वय लेविस स्विफ्ट र होरस
टटलद्वारा सन् १८६२ मा पत्ता लगाइएको पुच्छ
«
ेतारा कुन हो ?



>> स्विफ्ट टटल



– सन् १९९२ मा सूर्यको नजिक आएको यो पुच्छ«ेतारा
अब सन् २१२५ मा आउने खगोलविद्ले जनाएका
 ।



– हाल पृथ्वीको नजिक नरहेको यो पुच्छ«ेताराले
आफ्नो कक्षमा छोडेका चट्टान र धुलोका कणहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले
प्रवेश गर्दा घर्षण भई जल्न पुग्छन्
, जसलाई उल्का वर्षा भनी चिनिन्छ ।



७. आयात–निर्यात कार्य सहज बनाउन सञ्चालनमा
ल्याइएको पोर्टल कुन हो
?



>> नेपाल ट्रेड (नेपाल सरकारद्वारा ल्याइएको)



८. प्रथम महिला उद्यमी हरित औद्योगिक ग्राम
स्थापनाका लागि चयन गरिएको ठाउँ कुन हो
?



>> पाँचखाल (काभ्रे)



९. राष्ट्रिय योजना आयोगद्वारा ‘समृद्ध नेपाल
सुखी नेपाली’को लक्ष्य प्राप्तिका लागि समृद्धि र सुखका कति कति सूचक तयार गरिएको
छ
?



>> समृद्धि: ३२ र सुख : २३



 



 



 



१०. बीपी कोइराला राष्ट्रिय पुरस्कारबाट कसलाई
सम्मानित गरियो
?



>> संस्थातर्फ: बीपी सङ्ग्रहालय (सुन्दरीजल) र
व्यक्तितर्फ : पुरुषोत्तम बस्नेत



– त्यस्तै बीपी कोइराला राष्ट्रिय पुरस्कारबाट
सम्मानित हुने अन्य व्यक्तित्वमा साहित्यिक आख्यानतर्फ डा. ध्रुवचन्द्र गौतम र
काव्यमा डा. विष्णुविभु घिमिरेलाई सम्मान गरिएको
 ।



११. वि.सं. २०७९ असार ४ मा भएको मिस नेपाल २०२२
को उपाधि जित्ने प्रतिभा को हुन्
?



>> प्रियङ्कारानी जोशी



– यस्तै मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र
मिस नेपाल अर्थ सरिसा श्रेष्ठ घोषित भएका
 ।



– द हिडन ट्रेजरद्वारा आयोजित सो प्रतियोगिताका
लागि २४ जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए
 ।



१२. एसईई नेसनल २०२२ को उपाधि जित्ने प्रतिभा
को हुन्
?



>> दृष्टि बस्नेत



– एसईईका विद्यार्थीबीच एभी इन्टरटेन्मेन्टको
सहकार्यमा युहान इन्टरनेसनलद्वारा आयोजित प्रतिभा प्रदर्शन र सौन्दर्य
प्रतियोगितामा दृष्टिले सो उपाधि जितेकी
 ।



– प्रतियोगितामा प्रमिशा चौलागाईं फस्ट, लिपी
दाहाल सेकेन्ड
, मञ्जिता कुँवर थर्ड र सोनिका सुवेदी फोर्थ
रनर्स अप भएका
 ।



१३. नयाँ ग्रह पत्ता लागेको सैद्धान्तिक आधार
प्रस्तुत गर्ने नेपाली वैज्ञानिक को हुन्
?



>> सुमन सत्याल



१४. इमेल प्राप्त गर्ने र इमेल पठाउने सफ्टवेयर
प्रोग्रामलाई के भनिन्छ
?



 >> ब्राउजर



१५. जैविक विविधतासम्बन्धी महासन्धि कहिले
पारित भएको हो
?



 >> सन्
१९९२



१६. नासाद्वारा पहिलो पटक मङ्गल ग्रहमा रकेट
अवतरण कहिले भएको हो
?



 >> सन्
२०१८ नोभेम्बर २६



– इन्साइड ल्यान्डर नामक सो रकेट सन् २०१८ मे ५
मा प्रक्षेपण गरिएको थियो
 ।



– ‘इन्साइड’ परियोजनाका प्रमुख टम हफम्यान हुन् ।



१७. लोकसेवा आयोगको प्रतीक चिह्न (लोगो)
कहिलेदेखि प्रचलनमा आएको हो
?



 >> वि.सं.
२०७३ असार १



– यस प्रतीक चिह्नका डिजाइनर माधव रेग्मी हुन् ।



– प्रतीक चिह्नमा ‘योग्यता, निष्पक्षता,
स्वच्छता’
नारा समावेश गरिएको
 ।



१८. सरकारले जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय
विभूति घोषणा कहिले गरेको हो
?



>> वि.सं. २०७९ असार ६



– नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु
नेपाललाई चिनाउन पु
¥याएको योगदानको कदरस्वरूप उनलाई राष्ट्रिय
विभूति घोषणा गर्ने निर्णय गरिएको
 ।



– जयपृथ्वीबहादुर सिंह बझाङी राजा हुन् । उनले लेखेको अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । उनले प्राकृतव्याकरण नामक अर्को पुस्तक पनि लेखेका थिए । १९३४ भदौ ५ मा बझाङमा जन्मेका सिंहको वि.सं. १९९७ असोज १ गते निधन भएको थियो ।



– जयपृथ्वीबहादुर सिंहसँगै नेपालका राष्ट्रिय
विभूतिको सङ्ख्या १८ पुगेको
 ।



१९. नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख
अन्तर्राष्ट्रिय पुरस्कार’ कसलाई प्रदान ग-यो
?



>> मोहन सिटौला (पुरस्कार राशि ः रु. दुई लाख)



 –  (नइ गणेश दुर्गा अन्तर्राष्ट्रिय
पुरस्कार (राशि ः रु. एक लाख) भारत आसामका छविलाल उपाध्यायलाई प्रदान गरिएको
 ।)



२०. बुद्ध जयन्तीको अवसरमा भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपालको औपचारिक भ्रमण कहिले भएको हो
?



>> वि.सं. २०७९ जेठ २ (सन् २०२२ मे १६)



२१. उत्तम शान्ति पुरस्कार–२०७८ कसलाई प्रदान
गरियो
?



>> सत्यमोहन जोशी र गिरीश गिरी (संयुक्त रूपमा)



– (उत्तम कुँवर स्मारक पुरस्कार गुठीले
आख्यानमुक्त गद्यकृतिलाई २०४४ सालदेखि नै यो पुरस्कार प्रदान गर्दै आएको
 ।)



२२. २५ फिट अग्लो ढुङ्गाको बुद्धमूर्ति कहाँ
निर्माण गरिएको छ
?



 >> हेटौँडास्थित
गुम्बाडाँडा



– बौद्ध धर्मगुरु लोमसाङ नाङ्गेलद्वारा सो मूर्ति
अनावरण (२०७९ वैशाखमा) गरिएको
 ।



– ललितपुरको बालकुमारीका मूर्तिकार अमर शाक्य र
नवीन शाक्यले बुद्धमूर्ति कुँध्नुभएको
 ।



– २०६९ सालमा त्यहाँ आयोजना गरिएको
अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा कुँदिएका मूर्तिहरू त्यहाँ रहेका
 ।



– नेपाल र अन्य पाँच देशका २३ मूर्तिकारले
कुँदेका २३ प्रकारका मूर्ति गुम्बाडाँडामा सजाइएको
 ।



– गुम्बाडाँडा हेटौँडा बजारबाट करिब १७ किलोमिटर
पूर्व दक्षिणमा पर्ने
 ।



– पछिल्लो समय यो ठाउँ आन्तरिक र बाह्य पर्यटकको
आकर्षक स्थल बन्दै गएको
 ।



२३. राष्ट्रिय कलाश्री सम्मान – २०७८ कसलाई
प्रदान गरियो
?



 >> साहित्यसाधक
परशु प्रधान



– राष्ट्रिय कलाश्री पुरस्कार शब्दसिल्पी मञ्जु
काँचुलीलाई प्रदान गरिएको
 ।



– ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार
स्रष्टा एवं अनुवादक केशव सिग्देललाई प्रदान गरिएको
 ।



– बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार
साहित्यकार एवं कलाकार धीरेन्द्र प्रेमर्षि
, थिरछाया
राष्ट्रिय कलाश्री ललितकला पुरस्कार मूर्तिकार ओम के.सी.
, पद्मनेत्र राष्ट्रिय
कलाश्री पुरस्कार गायक शिव परियारलाई प्रदान गरिएको
 ।



२४. मानव विकासको क्रममा सबैभन्दा छोटो अवधि
कुन हो
?



>> नवजात अवस्था



२५. मानव विकासको कुन अवस्थालाई आँधी र तुफानको
अवस्था भनिन्छ
?



>> किशोरावस्था



२६. नेपालमा केवरत जातिको बसोवास कहाँ रहेको छ ?



>> मोरङ



– यस जातिको आफ्नै केवरत मातृभाषा रहेको ।



– यो जातिमा भूमि, रुख, पानी,
सर्प,
बालीनालीको
पूजा गर्ने परिपाटी रहेको
 । यस जातिमा झारफुक, तन्त्रमन्त्र, लागलगानमा
विश्वास गर्ने प्रचलन रहेको
 ।



– विवाह तथा पितृकार्यमा आफ्नै जातिको बबाजीको
उपस्थिति अनिवार्य मानिने
 ।



– झैझगडा, चोरीडकैतीजस्ता
अपराध नियन्त्रणका लाग ‘सोलोस बाइस’ नामक मुखिया संस्थाले न्याय सम्पादन गर्ने
 । जातीय सरदार र देमानहरू पनि रहने प्रावधान रहेको ।



– नेपालमा केवरत जातिको जनसङ्ख्या करिब १५ हजार
रहेको
 ।



– आधिकारिक रूपमा यस जातिको पहिचान नभए तापनि
केवरत छुट्टै जाति रहेको र जातीय पहिचानका लागि आवाज उठाउँदै आएको
 ।



२७. ‘युनाइटेड नेसन पब्लिक सर्भिस डे’ कहिले
मनाइन्छ
?



 >> जुन
२३

Gorkhaptra objective 8 Asar 2079

Post a Comment

0 Comments