Advertisement

गोरखापत्र विषयगत, ११ श्रावण २०७९

१. नेपालको
संविधानको कार्यान्वयनमा सङ्घीय संसद्को महत्त्वपूर्ण
  भूमिका रहन्छ, यस भनाइलाई
स्पष्ट पार्नुहोस्।

शासन सञ्चालनको ढाँचा तय गर्ने, सरकारका
अङ्गको शक्ति र सीमा निर्धारण गर्ने
, नागरिकका हकअधिकारको
रक्षा गर्ने राजनीतिक एवं कानुनी दस्तावेज संविधान हो
 । नेपालका राजनीतिक दलहरूको आपसी मिलनबिन्दुको साझा दस्तावेजका रूपमा संविधान सभाबाट नेपालको संविधान जारी भएको हो। जनतामा निहित
सार्वभौमसत्ता र राजकीय सत्ता
, सङ्घीयता, लोकतान्त्रिक गणतन्त्र, धर्म
निरपेक्षता
, समावेशिता र सामाजिक न्याय, बहुलवाद र बहुदलीयता, समाजवाद
उन्मुख राज्य र अर्थव्यवस्था
, मौलिक हक एवं राज्यका नीति, निर्देशक
सिद्धान्त र दायित्वहरू यस संविधानका मूलभूत अन्तरवस्तुहरू हुन्
 । संविधानमा रहेका यिनै व्यवस्थाहरूको व्यवहारमा रूपान्तरण नै संविधानको कार्यान्वयन हो । संविधानको कार्यान्वयनमा सङ्घीय संसद्को देहायको भूमिका रहन्छ: 

 क) कानुनको
तर्जुमा र परिमार्जन

– संविधानले प्रत्याभूत गरेका मौलिक हक र राज्यका
नीतिहरूको कार्यान्वयन गर्नका लागि नयाँ कानुनको निर्माण र पुराना कानुनको संशोधन
एवं परिमार्जन गर्ने
,

– संविधानको मर्म र भावनाअनुसार नयाँ कानुन
निर्माण एवं पुराना कानुन परिमार्जन गरी सङ्घीय व्यवस्था अनुकूल बनाउने
,

– संविधानले परिकल्पना गरेका संस्था र संरचना
निर्माण गर्न आवश्यक कानुन निर्माण एवं परिमार्जन गर्ने
,

– संविधानलाई गतिशील बनाउन आवश्यकताअनुसार
संविधानको संशोधन गर्ने
,

– अन्तर्राष्ट्रिय समुदायसमक्ष जाहेर गरेको
प्रतिबद्धता पूरा गर्न कानुन निर्माण गर्ने
, 

– कानुन निर्माणमा स्वतन्त्र र खुला बहस एवं छलफल
गर्ने
,

– कानुन निर्माण र परिमार्जनमा सङ्घीय संसद्का
दुवै सदनले आपसी सहयोग र सहकार्यलाई प्रवद्र्धन गर्ने
,

 ख) सरकारको
गठन र विघटन

– कार्यकारिणी शक्तिको अभ्यास गर्न सरकारको
निर्माण गर्ने
,

– जनभावनाविपरीत एवं संवैधानिक मूल्य र मान्यता
प्रतिकूल व्यवहार गरेमा अविश्वासको प्रस्तावमार्फत सरकारलाई विस्थापन गर्ने
,

– प्रधानमन्त्रीले संसद्को विश्वास परीक्षण गर्न
चाहेमा विश्वासको मत दिने वा नदिने
, 

 ग) राष्ट्रपति
र उपराष्ट्रपतिको चयन र पदमुक्त

– लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने
,

– संविधान र कानुनको गम्भीर उल्लङ्घन गरेमा
महाअभियोग लगाई पदमुक्त गर्ने
,

 घ) सरकारको
निगरानी

– सरकारका कामकारबाही सम्बन्धमा निगरानी गर्ने, विभागीय
मन्त्रीलाई प्रश्न सोध्ने
, प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोधी
सार्वजनिक उत्तरदायित्व वहन गराउने।

– सरकारी निर्णय र कामकारबाहीले राष्ट्र र
जनतालाई हानि नोक्सानी हुन सक्ने देखिएमा जाँचबुझ एवं छानबिन समिति गठन गरी
अनुसन्धान गर्ने
,

– संसदीय समितिहरूमा मन्त्रीहरूलाई उपस्थित गराई
जवाफ माग्ने
,

– संसदीय अनुगमनमार्फत सुशासन कायम गर्न सहयोग गर्ने,

– संवैधानिक निकायका प्रतिवेदनहरूमाथि छलफल गरी
कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिने
, 

 ङ) जनआवाजको
प्रतिनिधित्व

– संसद् सदस्यमार्फत पेस हुने विविध
प्रस्तावहरूमाथि छलफल गरी सरकारको ध्यानाकर्षण गराउने
, 

– शून्य र विशेष समयमा समसामयिक र सार्वजनिक
सरोकारका विषयमा आवाज उठाउने र विभागीय मन्त्रीसँग जवाफ माग्ने
, 

 च) वित्तीय
नियन्त्रण

– सरकारले पेस गरेको नीति तथा कार्यक्रम, विनियोजनका
उद्देश्य र सिद्धान्तमाथि छलफल गरी पारित गर्ने
 ।

– वार्षिक रूपमा सरकारको आय र व्ययमाथि छलफल
गर्ने
, अर्थसम्बन्धी अन्य विधेयकहरूमाथि छलफल गरी पारित गर्ने,

– मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल चलाउने, प्रश्न गर्ने
र विभागीय मन्त्रीबाट
  जवाफ माग्ने, 

– अन्तरसरकारी वित्तीय हस्तान्तरण र आन्तरिक
ऋणसम्बन्धी व्यवस्था राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस र
सुझावबमोजिम भए नभएको यकिन गर्ने
, 

– बेरुजुमाथि छलफल गरी बेरुजु फस्र्योटको
प्रक्रिया चलाउने।

– उल्लिखित भूमिकाहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक
व्यवस्थाको सुदृढीकरणका लागि मह
ìवपूर्ण छन्। सरकारलाई जनताप्रति निरन्तर जवाफदेही बनाउने
काम सङ्घीय संसद्ले गर्ने भएकाले यो संस्था आफ्नो भूमिकालाई अझै सुदृढ गराउँदै
जनताप्रति जिम्मेवार र जवाफदेही बन्न सकेमा संविधानको ठोस कार्यान्वयन
 हुन सक्छ ।

२. नेपाल राष्ट्र
बैङ्क ऐन
, २०५८ ले व्यवस्था गरेअनुसार नेपाल राष्ट्र बैङ्क स्थापनाका
उद्देश्य उल्लेख गर्नुहोस्।

अर्थतन्त्रको दिगो विकासमा सहयोग पुग्ने गरी मूल्य स्थिरता, शोधनान्तर
स्थिरता र वित्तीय क्षेत्रको स्थायित्व कायम राख्न एक स्वशासित र सङ्गठित संस्थाका
रूपमा नेपाल राष्ट्र
 बैङ्कको स्थापना भएको हो । मुलुकको आर्थिक अवस्थालाई तन्दुरुस्त राख्न केन्द्रीय बैङ्कको कार्य स्वायत्तताको परिकल्पना गरिएको हुन्छ। नेपाल राष्ट्र बैङ्कले कानुनी रूपमा कार्य स्वायत्तता प्राप्त गरी आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको छ ।

 नेपाल राष्ट्र
बैङ्क ऐन
, २०५८ अनुसार नेपाल राष्ट्र बैङ्कका उद्देश्यहरू निम्न छन् :

– आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकास

– मूल्य स्थिरता र शोधनान्तर स्थिरताका लागि
मौद्रिक नीति र विदेशी विनिमय नीति निर्माण र व्यवस्थापन

– वित्तीय सेवाको पहुँच अभिवृद्धि

– बैङ्किङ तथा वित्तीय क्षेत्रको स्थायित्व,

– वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वास
अभिवृद्धि
,

– सुरक्षित, स्वस्थ र सक्षम
भुक्तानी प्रणालीको विकास

– नेपाल सरकारको आर्थिक नीति कार्यान्वयनमा
सहयोग।

३. नेपाली
जनतालाई अनिवार्य र निःशुल्क शिक्षा उपलब्ध गराउने सम्बन्धमा नेपालमा भएका प्रयास
उल्लेख गर्नुहोस्।

मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रले प्रारम्भिक
शिक्षा अनिवार्य हुने र प्रारम्भिक एवं आधारभूत शिक्षा निःशुल्क हुने उल्लेख
गरेसँगै शिक्षा प्राप्त गर्ने अधिकार मानवको नैसर्गिक अधिकार र वैश्विक सरोकारको
विषयका रूपमा स्थापित भएको छ
 । नेपालको संविधानले नेपाली नागरिकलाई आधारभूत तहसम्म अनिवार्य र निःशुल्क एवं माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क हुने व्यवस्था गरेको छ। संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न
अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन
, २०७५ जारी भएको छ।
राष्ट्रिय शिक्षा नीति
, २०७६ ले यस विषयमा थप नीतिगत मार्गदर्शन गरेको
छ।

नेपालमा अनिवार्य र निःशुल्क शिक्षा सम्बन्धमा
निम्नानुसारका नीतिगत
, कानुनी, संरचनागत एवं
कार्यक्रमगत प्रयास गरिएको छ :

– संविधानले शिक्षालाई नागरिकको आधारभूत
आवश्यकताका रूपमा स्वीकार गरी राज्यको लगानी बढाउने
, निजी लगानीलाई नियमन र
व्यवस्थापन गरी सेवामूलक बनाउने
, उच्च शिक्षालाई समेत पहुँच योग्य बनाई क्रमशः
निःशुल्क बनाउँदै लैजाने नीतिगत मार्गदर्शन गरेको छ
 ।

– शिक्षा ऐन तथा नियमावलीबाट नेपालको विद्यालय
शिक्षालाई मार्गदर्शन प्रदान गरिएको छ। यी कानुनले सरकारी अनुदानमा सञ्चालन हुने
सामुदायिक विद्यालय र सोको व्यवस्थापन
, सरकारबाट अनुमति
प्राप्त संस्थागत विद्यालय
, शैक्षिक गुठी, राष्ट्रिय परीक्षा
बोर्ड
, शिक्षक सेवा आयोग, विद्यालय शिक्षा सेवा गठनलगायतका व्यवस्था
गरेका छन्। यी संरचना नेपालको विद्यालय शिक्षा प्रणाली सञ्चालन र व्यवस्थापन गर्न
क्रियाशील रहेका छन्।
 

– शिक्षा प्राप्त गर्ने विषयलाई प्रत्येक
नागरिकको अधिकार एवं राज्यको दायित्वका रूपमा स्वीकार गरिएको छ।

– आधारभूत तहसम्मको शिक्षा हासिल गर्नु प्रत्येक
नागरिकको कर्तव्यका रूपमा लिइएको छ।
 

– चारदेखि १३ वर्षभित्रका बालबालिकालाई एक वर्ष
प्रारम्भिक बालविकास र शिक्षासहित स्थानीय तहमार्फत आधारभूत तहसम्म अनिवार्य
शिक्षा प्रदान गर्ने व्यवस्था छ
 ।

– अभिभावकले उमेरअनुसारको कक्षामा भर्ना
गराउनुपर्ने
, नजिकको पायक पर्ने विद्यालयबाट शिक्षा प्रदान गर्ने, विद्यालयमा
मनासिव कारणबिना भर्ना गर्न इन्कार गर्न नहुने
, विद्यालयबाट निष्कासन
गर्न नहुने
, विद्यार्थीको खराब आचरण भएमा परामर्श सेवा प्रदान गरी सुधार
गर्नुपर्नेजस्ता कानुनी प्रावधान रहेका छन्।

– पुनः भर्ना गर्ने, स्थानान्तरण
गर्ने तथा अभिभावकको पहिचान नभएका बालबालिकाको शिक्षाको जिम्मेवारी र दायित्व
स्थानीय तहमा रहने व्यवस्था छ।

– अनौपचारिक तथा वैकल्पिक शिक्षा प्रदान गरी
औपचारिक शिक्षाको समकक्षता प्रदान गर्न सकिने व्यवस्था छ। त्यसका लागि राष्ट्रिय
योग्यता प्रारूपसमेत तयार भएको छ
 । 

– गुरुकुल, मदरसा, गुम्बा, आश्रमजस्ता
परम्परागत शिक्षा पद्धतिलाई मान्यता र सम्मान प्रदान
 गरिएको छ।

– विद्यार्थीका लागि पाठ्यपुस्तक, शैक्षिक
सामग्री
, छात्रवृत्ति, स्वास्थ्य उपचार र दिवाखाजासम्बन्धी कार्यक्रम
सञ्चालित छन्।
 

– अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न नेपाल
सरकारबाट ससर्त अनुदानका रूपमा राष्ट्रिय कार्यक्रम स्थानीय तहमा हस्तान्तरण भई
कार्यान्वयन भइरहेका छन्
 । समपूरक र विशेष अनुदानका रूपमा शैक्षिक क्षेत्रका भौतिक पूर्वाधार विकासमा नेपाल सरकार र प्रदेश सरकारले लगानी गरेका छन् ।

– दिगो विकास लक्ष्य हासिल गर्न नेपाल प्रयत्नशील
छ। दिगो विकास लक्ष्यलाई पन्ध्राँै योजनामा आन्तरिकीकरण गरी शिक्षासम्बन्धी रणनीति
र कार्यक्रम प्राथमिकताका साथ समावेश गरिएको छ
 । दिगो विकास लक्ष्यलाई स्थानीयकरण गरी प्रदेश र स्थानीय तहको जिम्मेवारीलाई समेत परिभाषित गरिएको छ।

– वैदेशिक सहायताका रूपमा शिक्षामा ठूलो परिमाणमा
स्रोत परिचालन हुने गरेको छ। गैरसरकारी सङ्घ संस्थाहरूले दुर्गम र ग्रामीण
क्षेत्रमा निःशुल्क तथा अनिवार्य शिक्षाका लागि वातावरण तयार गर्ने कार्यमा लगानी
गर्दै
 आएका छन्।

– यति हुँदाहुँदै पनि उल्लिखित नीतिगत एवं कानुनी
व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। सङ्घीय व्यवस्था अनुकूलको
शिक्षा ऐन जारी हुन नसक्दा संविधान र अन्य कानुनले व्यवस्था गरेका विषयको
कार्यान्वयनमा ढिलाइ भएको छ
 । शिक्षालाई तीनै तहको एकल र साझा अधिकारको सूचीअन्तर्गत समावेश गरिएकाले अधिकारको बाँडफाँट अझै स्पष्ट हुन सकेको छैन। अब धेरै ढिला नगरी सङ्घीयता अनुकूलको शिक्षा ऐन जारी गरी तीनै तहका सरकारहरू
आ–आफ्नो भूमिका र जिम्मेवारीप्रति इमानदार बन्नुपर्छ।

४. बेरुजुका
प्रकारहरू उल्लेख गर्दै महालेखा परीक्षकको ५९औँ प्रतिवेदनअनुसार नेपालमा बेरुजुको
समग्र स्थिति दर्शाउनुहोस्।

लेखापरीक्षण गर्दा रुजु हुन नसकेको आर्थिक कारोबार बेरुजु हो।
यसलाई रीत नपु-याएको
, राख्नुपर्ने लेखा नराखेको, अनियमित वा
बेमनासिव कारोबार भनी लेखापरीक्षणका क्रममा औँल्याइने गरिन्छ
 । बेरुजुलाई देहायबमोजिमका तीन प्रकारमा विभाजन गर्न सकिन्छ :

 क) असुल
गर्नुपर्ने बेरुजु : यसमा हिनामिना
, हानि नोक्सानी र अन्य
असुल गर्नुपर्ने बेरुजु समावेश गरिन्छ।

 ख) नियमित
गर्नुपर्ने बेरुजु : यसमा अनियमितता भएको
, प्रमाण कागजात पेस
नभएको
, जिम्मेवारी नसारेको र शोधभर्ना नलिएको विषयलाई समावेश गरिन्छ।

 ग) पेश्की
बेरुजु : यसमा पेश्की लिई फस्र्योट नभएका कर्मचारी पेश्की
, मोबिलाइजेसन
पेश्की र अन्य पेश्की समावेश गरिन्छ।

 महालेखा
परीक्षकको ५९औँ प्रतिवेदनका आधारमा बेरुजुको स्थिति :

– सङ्घीय एवं प्रादेशिक सरकारी निकाय र स्थानीय
तह
, समिति तथा अन्य संस्था र सङ्गठित संस्थाहरूको आर्थिक वर्ष २०७७/७८ को आर्थिक
कारोबार एवं बक्यौतासमेतको लेखापरीक्षण गरी प्राप्त नतिजा
, निष्कर्ष र
सुझावहरू समेटेर ५९औँ प्रतिवेदन प्रकाशित गरिएको छ
 । नेपाल लेखापरीक्षण व्यवस्थापन प्रणालीको प्रयोग गरी जोखिममा आधारित लेखापरीक्षण विधिमार्फत लेखापरीक्षण सम्पन्न
गरी यो प्रतिवेदन तयार भएको छ। यस प्रतिवेदनअनुसार नेपालको अद्यावधिक बेरुजु
, बेरुजुको
वर्गीकरण
, तहगत सरकारहरूको बेरुजुको अवस्था, टुङ्गो लगाउनुपर्ने
बेरुजु निम्नबमोजिम रहेको छ :
 

– सङ्घीय एवं प्रादेशिक निकायहरू र स्थानीय तह, समिति तथा अन्य
संस्थाको गरी यस वर्ष जम्मा रु. एक खर्ब १५ अर्ब पाँच करोड बेरुजु कायम भएको छ।

– उल्लिखित बेरुजुमध्ये २९.३३ प्रतिशत असुल
गर्नुपर्ने
, ६०.५१ प्रतिशत नियमित गर्नुपर्ने र १०.१६ प्रतिशत पेश्की बेरुजुका
रूपमा रहेको छ। नियमित गर्नुपर्ने बेरुजुको ठूलो हिस्सा प्रमाण कागजात पेस नभएको
प्रकृतिको छ
 ।

– सङ्घीय सरकारी निकाय वा कार्यालयको लेखापरीक्षण
अङ्कको १.७५ प्रतिशत
, प्रदेश निकाय वा कार्यालयको २.५ प्रतिशत, स्थानीय तहको
४.१८ प्रतिशत र समिति तथा अन्य निकायको ६.८९ प्रतिशत रकम बेरुजु कायम भएको छ
 ।

– गत वर्षसम्मको बेरुजुमा फस्र्योट रकम घटाई यस
वर्षको बेरुजु थप हुँदा जम्मा अद्यावधिक बेरुजु अङ्क रु. चार खर्ब ८३ अर्ब ५९ करोड
कायम भएको छ।

– उल्लिखित बेरुजुका अतिरिक्त लेखापरीक्षण
बक्यौता
, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने अनुदान र ऋण सम्बन्धमा
कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम रु. तीन खर्ब ४५ अर्ब ५६ करोड रहेको छ
 । बेरुजु अङ्कसहित कारबाही गरी टुङ्गो लगाउनुपर्ने अद्यावधिक रकम रु. आठ खर्ब २९ अर्ब १५ करोड रहेको छ । यो रकम बर्सेनि बढ्दै गएको देखिएको छ। यसले नेपालको सार्वजनिक कोष व्यवस्थापनमा अनुशासनहीनताको अवस्था चित्रण गर्छ।

















































































































































– बर्सेनि बढ्दै गएको बेरुजु र टुङ्गो
लगाउनुपर्ने रकमको अङ्कले सार्वजनिक स्रोत परिचालनको जिम्मेवारीमा रहेका
पदाधिकारीको कार्यदक्षता
, आचरण र निष्ठामाथि प्रश्न उठाएको छ । सालबसाली रूपमा फस्र्योट हुने बेरुजु रकमभन्दा थप हुने बेरुजु र बक्यौताका कारण यो अङ्क घट्न सकेको छैन । कुल गार्हस्थ्य उत्पादनको करिब १७ प्रतिशत हुन आउने यस्तो रकमलाई जिम्मेवार व्यक्ति, लेखा
उत्तरदायी अधिकृत
, सार्वजनिक जवाफदेहीको व्यक्ति, सरकार र संसद् सबैले
प्राथमिकतामा राखी कम गर्नुपर्छ।

Post a Comment

0 Comments