Advertisement

गोरखापत्र वस्तुगत, ४ श्रावण २०७९

 १.
वि.सं. २०७८ को पुष्पलाल राष्ट्रिय पुरस्कार कस कसलाई प्रदान गरियो
?



घनेन्द्र
बस्नेत (राजनीतिक
/सैद्धान्तिकतर्फ),
डा. ढाकाराम सापकोटा (इतिहास) र जगन्नाथ आचार्य (साहित्य,
संस्कृति, विज्ञान)



–
२०७७ सालको यो पुरस्कार मोहनचन्द्र अधिकारी (राजनीतिक तथा
सैद्धान्तिक)
, प्रा.डा. कृष्णप्रसाद पोखरेल
(इतिहास) र पवित्रा घर्ती (साहित्य
, संस्कृति
तथा विज्ञान)लाई प्रदान गरिएको
 ।



–
पुरस्कारको राशि नगद रु. एक लाख रहेको ।



–
संस्कृति, पर्यटन
तथा नागरिक उड्डयन मन्त्रालयले हरेक वर्ष विभिन्न विधामा पुष्पलाल राष्ट्रिय
पुरस्कार प्रदान गर्दै आएको
 ।
सरकारले आ.व. २०६८-६९ को नीति तथा कार्यक्रम र सोही वर्षको बजेट वक्तव्यमा
पुष्पलाल राष्ट्रिय पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको र सोहीबमोजिम हरेक वर्ष
विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टालाई प्रदान गरिँदै आएको
 ।



२.
१२औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल
गर्ने टिम कुन हो
?



लुम्बिनी
प्रदेश (१६ स्वर्ण
, ११ रजत र ११ कांस्य)



–
दोस्रो भएको बागमती प्रदेशले १६ स्वर्ण,
नौ रजत र २० कांस्य पदक एवं तेस्रो भएको सुदूरपश्चिम
प्रदेशले आठ स्वर्ण
, नौ रजत र आठ कांस्य पदक प्राप्त
गरेको
 ।



–
गण्डकी र कर्णालीले समान पाँच-पाँच स्वर्ण हात पारेका ।
गण्डकीले थप ११
–११ रजत र कांस्य पदक पनि हात
पारेको
 । कर्णालीले १० रजत र १५ कांस्य
पदक जितेको
 ।



–
प्रतियोगितामा भलिबलको छात्रमा गण्डकी तथा छात्रामा
बागमतीले उपाधि जितेका
 ।



–
मार्सल आर्ट्समा बागमतीकै दबदबा रहेको ।
कराँते
, तेक्वान्दो र उसुमा बागमती टिम
च्याम्पियन बनेको
 ।



३.
विश्वकै बढी उचाइमा गल्फकोर्स कहाँ निर्माण गरिएको छ
?



ल्होमन्थाङ
(मुस्ताङ)



–
उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका–५
लोवाथाङमा चार हजार ६५० मिटरको उचाइमा गल्फकोर्स निर्माण गरिएको
 ।



–
गण्डकी प्रदेश सरकारको प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार
विकास कार्यक्रमअन्तर्गत निर्मित सो गल्फकोर्स नौ होलयुक्त रहेको
 ।
यसलाई
‘मुस्ताङ गल्फ कोर्स’
नामकरण गरिएको ।



–
अहिले नौ होलको गल्फकोर्स निर्माण सम्पन्न भएको र पछि
त्यहाँ १८ होलको गल्फकोर्स निर्माण गर्न सकिने सम्भावनासमेत देखिएको
 ।



–
भारतको सिक्किममा तीन हजार ९०० मिटरको उचाइमा रहेको
गल्फकोर्स गिनिज बुकमा दर्ज भएको र मुस्ताङ गल्फकोर्स चार हजार ६५० मिटरको उचाइमा
रहेकाले यस गल्फकोर्सले विश्व कीर्तिमान कायम राख्दै गिनिज बुकमा रेकर्ड राख्ने
दाबी गरिएको
 ।



४.
नेपालकै पहिलो कोभिडविरुद्धको पूर्णखोप सुनिश्चित उपमहानगर कुन हो
?



बुटवल
उपमहानगरपालिका



–
वि.सं. २०७९ असार २७ मा बुटवल उपमहानगरपालिकालाई १२
वर्षमाथिका उमेर समूहको कोभिड
–१९
विरुद्धको पूर्ण खोप सुनिश्चित उपमहानगर तथा नियमित खोपको दिगोपना सुनिश्चितता
घोषणा गरिएको
 ।



५.
काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाह (ड्राइपोर्ट)बाट पहिलो पटक स्वदेशी वस्तुको
निर्यात सुरु कहिलेदेखि भएको हो
?



वि.सं.
२०७९ असार २८



–
सञ्चालनमा आएको झन्डै तीन महिनापछि यस बन्दरगाहबाट नेपालमा
उत्पादन भएका सामान विदेश निर्यात सुरु भएको
 ।



–
वि.सं. २०७८ चैत २२ देखि बन्दरगाह औपचारिक रूपमा सञ्चालनमा
आएको थियो
 ।



–
चोभारबाट भन्साार पास गरेर सिधै सामान डेनमार्क गएको ।



–
सञ्चालनमा आएको बन्दरगाहमा अहिलेसम्म सात करोड ३९ लाख
रुपियाँ बराबरको १६ कन्टेनर सामान बाहिरी मुलुकबाट आयात भएको
 ।



–
चोभार बन्दरगाहबाट सबै भन्सार चेकजाँच भएर जाने हुँदा बीचमा
नरोकिई सम्बन्धित ठाउँमा सामान निर्यात हुने
 ।
त्यस्तै छिमेकी भारत हुँदै तेस्रो मुलुकबाट आएका सामान वीरगञ्ज भन्सारमा चेकजाँच
नभई सिधै चोभारमा आउन सक्ने भएकाले सामान ढुवानीमा लाग्ने समय र लागत बचत हुने
 ।



–
बन्दरगाहभित्र भन्सार जाँच पास कार्यालय,
क्वारेन्टाइन, प्रशासनिक
भवन
, कन्टेनर पार्किङ, गोदाम
घर
, चेकजाँच कक्ष सबै सुविधा एकै ठाउँमा रहेको ।



–
विश्व बैङ्कको एक अर्ब ५४ करोड रुपियाँ सहयोगमा २६० रोपनी
क्षेत्रफलमा बन्दरगाह निर्माण भएको
 ।



६.
सबैभन्दा अग्लो स्थानमा निर्मित सबस्टेसन कुन हो
?



३३-११
केभीको स्यार्कु सबस्टेसन
, (मनाङ)



–
लमजुङको मस्र्याङ्दी गाउँपालिका–५
चिप्लेबँेसी सबस्टेसनबाट २९ किलोमिटर टाढा ३३ केभी लाइनमार्फत दुई हजार ७०० मिटर
उचाइमा निर्माण गरिएको मनाङको स्यार्कु सबस्टेसन सञ्चालनमा ल्याइएको
 ।



–
गतवर्ष (२०७८)को असारमा अविरल वर्षासँगै आएको बाढीले मनाङको
विद्युत् संरचनाको पूर्वाधार तथा सडक सञ्जालमा ठूलो क्षति भएको थियो
 ।



७.
गण्डकी रत्न अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ
?



महावीर
पुन (२०७९ असार)



–
पुनले अनुसन्धानबाट मुलुकलाई समृद्ध बनाउन चालेका कदमको
सम्मान गर्दै गण्डकी रत्न प्रदान गरिएको
 ।



–
यो अवार्डबाट सम्मानित हुने पहिलो व्यक्ति पुन हुनुभएको ।



–
राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक पुन वायो–मेडिकल,
कृषि, शिक्षा,
विज्ञानलगायतका क्षेत्रबाट राष्ट्र सेवा गर्दै आउनुभएको ।



–
उहाँ रोमन म्यागासेसे पुरस्कारबाट सम्मानित व्यक्तित्व
हुनुहुन्छ
 ।



८.
राष्ट्रिय आविष्कार केन्द्रको स्थापना कहिले भएको हो
?



वि.सं.
२०७६ कात्तिक १



–
केन्द्रका अध्यक्ष महावीर पुनको नेतृत्वमा यो संस्था
स्थापना भएको
 ।



–
केन्द्रको निर्माण कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय
परिसरमा गरिएको
 ।



–
केन्द्रको निर्माण लागत करिब आठ करोड रुपियाँ रहेको ।



९.
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान
हासिल गर्ने जिल्ला कुन हो
?



बागलुङ



–
प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा सम्पन्न सो
प्रतियोगिताको उपाधि बागलुङले जितेको
 ।
समग्रमा १० स्वर्ण
, १३ रजत र चार कांस्यसहित रनिङ
शिल्ड हात पारेको
 ।



–
नवलपुरले नौ स्वर्ण, छ रजतका
साथ दोस्रो स्थान र स्याङ्जा छ स्वर्ण
, दुई रजत
र दुई कांस्य पदकसहित तेस्रो स्थान प्राप्त गर्न सफल भएका
 ।



–
प्रतियोगितामा गण्डकी प्रदेशका १० जिल्लाका ५७४ खेलाडीको
सहभागिता रहेको
 ।



–
यसअघि जिल्लास्तरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
सम्पन्न भएको थियो
 । उक्त
प्रतियोगितामा विजेता बन्न सफल खेलाडी प्रदेशस्तरमा सहभागिता जनाएका
 ।
प्रदेशस्तरको प्रतियोगिताबाट छनोट भएका खेलाडी राष्ट्रियस्तरको राष्ट्रपति रनिङ
शिल्ड खेलकुद प्रतियोगितामा सहभागी हुने प्रावधान रहेको
 ।



१०.
हालै (२०७९ असार) गुणस्तर प्रमाणीकरण आईएसओ ९००१
:२०१५
प्राप्त गर्न सफल नेपाली संस्था कुन हो
?



भूमि
व्यवस्थापन प्रशिक्षण केन्द्र
, धुलिखेल
(काभ्रे)



–
क्वालिटी अस्ट्रिया नामक संस्थामार्फत केन्द्रलाई गुणस्तर
व्यवस्थापन प्रणाली कायम गरेबापत आईएसओ प्रदान गरिएको
 ।



–
केन्द्रले प्रदान गर्दै आएको तालिम अन्तर्राष्ट्रियस्तरको
गुणस्तरीय रहेको प्रमाणस्वरूप आईएसओ प्राप्त गरेको बताइएको
 ।



–
केन्द्रले हरेक वर्ष सर्वेक्षण तथा नक्साङ्कन
(जियोमेट्रिक्स)को क्षेत्रमा शैक्षिक तथा गैरशैक्षिक तालिम तथा शिक्षा प्रदान
गर्दै आएको
 ।



–
केन्द्रले काठमाडौँ विश्वविद्यालयसँग मिलेर शैक्षिक
कार्यक्रमअन्तर्गत स्नातक र स्नातकोत्तर तहमा जियोमेट्रिक्स इन्जिनियरिङका कक्षा
सञ्चालन गर्दै आएको
 ।



–
यसैगरी केन्द्रले सरकारी निकायमा कार्यरत नापी र मालपोतमा
काम गर्ने कर्मचारी तथा अन्य नापनक्साको काम गर्ने कर्मचारीका लागि लामो र छोटो
अवधिका विभिन्न तालिम सञ्चालन गर्ने
 ।



–
केन्द्रले दस जोड दुईमा विज्ञान विषय अध्ययन गरेका
विद्यार्थीलाई एकवर्षे जुनियर नापी तालिम तथा यस वर्ष जिल्ला न्यायाधीशका लागि
जग्गा प्रशासनसम्बन्धी अनुशिक्षण
समेत
गरेको
 ।



–
केन्द्रको मानव संशाधन विकास, प्रशिक्षार्थी
छनोटको मापदण्ड
, तालिमपछिको प्रभाव मूल्याङ्कन,
कार्यालयको कागजात, पुस्तकालयको
व्यवस्थापन
, गुनासो व्यवस्थापन तथा सम्बोधन,
प्रशिक्षकको दक्षतालगायतका विषयलाई सूचक मानेर क्वालिटी
अस्ट्रिया नामक संस्थाले उक्त आईएसओ प्रमाणीकरण गरेको
 ।



११.
हालसम्म सार्क शिखर सम्मेलन आयोजना नगरेको सार्क राष्ट्र कुन हो
?



अफगानिस्तान



१२.
काठमाडौँ उपत्यकामा घुम्ती हुलाक सेवाको सुरुवात कहिलेदेखि भएको हो
?



वि.सं.
२०७४ वैशाख १५



१३.
युरोमनी अवार्ड फर एक्सलेन्स वेस्ट बैङ्क नेपाल २०२२ बाट सम्मानित हुने नेपालको
वित्तीय संस्था कुन हो
?



 ग्लोबल आईएम बैङ्क लि.



–
सन् १९९२ मा स्थापित यो अवार्ड बैङ्किङ क्षेत्रको एक
प्रतिष्ठित अवार्ड हो
 ।



–
युरोमनी समूहमा बैङ्क तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त
तथा अनुभवी व्यक्तिहरू रहेका
 ।



१४.
हिल स्टेसन अफ नेपाल भनी कुन ठाउँलाई चिनिन्छ
?



शैलुङ
(दोलखा)



१५.
व्यावसायिक रूपमा प्रयोग गरिएको नेपालको पहिलो रोबोट कुन हो
?



 रोबोट परी



–
निर्माणकर्ता:
इन्जिनियर (पाइला टेक्नोलोजी)



–
प्रयोग गर्ने संस्था: एसबीआई
बैङ्क



–
प्रयोगमा ल्याउन थालिएको: वि.सं.
२०७४ असारदेखि
 ।



१६.
साउथ एसियन फेडरेसन (साफ) गेमलाई कहिलेदेखि साउथ एसियन गेम्समा रूपान्तरण गरिएको
हो
?



 सन् २००६ (१०औँ दक्षिण एसियाली
खेलकुद)



१७.
कुन क्रान्तिलाई यान्त्रिक क्रान्ति पनि भनिन्छ
?



औद्योगिक
क्रान्ति



१८.
नेपालमा कृषि तथा पशु बीमाको सुरुवात कहिलेदेखि भएको हो
?



वि.सं.
२०६९ माघ



१९.
महालेखा परीक्षकको कार्यालयले २०७९ असार ३० मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार
छवटा महानगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु कुन महानगरको रहेको छ
?



विराटनगर
महानगरपालिका



–
विराटनगरमा कुल लेखापरीक्षण गरिएको रकमको तुलनामा १६.५७
प्रतिशत बेरुजु देखिएको
 ।



–
सो प्रतिवेदनअनुसार सबैभन्दा कम बेरुजु (०.५६ प्रतिशत)
भरतपुर महानगरको रहेको
 ।



–
त्यस्तै लेखापरीक्षण भएको रकमको तुलनामा वीरगञ्जको ९.८
प्रतिशत
, ललितपुरको ८.६ प्रतिशत,
काठमाडौँको ५.४ प्रतिशत र पोखराको ५.३५ प्रतिशत देखिएको ।



२०.
शाही सेनालाई कहिलेदेखि नेपाली सेना भन्न थालिएको हो
?



वि.सं.
२०६३ जेठ ४



२१.
वि.सं. २०७९ असार ३१ को प्रतिनिधि सभाले उपसभामुखमा कसलाई निर्वाचित गरेको हो
?



 पुष्पा भुषाल (कांग्रेस नेत्री)



–
तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले २०७६ साल
माघमा राजीनामा दिएपश्चात् उपसभामुख पद रिक्त रहेको थियो
 ।



–
प्रतिनिधि सभामा असार ३१ मा भएको निर्वाचनमा भुसालको प्रस्तावको
पक्षमा १४८ मत परेको
, त्यस्तै विपक्षमा ९३ मत परेको र एक
मत तटस्थ रहेको
 ।



२२.
२०७९ असार २७ मा साक्षर घोषित हुने जिल्ला कुन हो
?



सोलुखुम्बु



–
साक्षर घोषित हुने ५८औँ जिल्ला सोलुखुम्बु रहेको ।



–
सामाजिक विकास मन्त्रालय प्रदेश १ का अनुसार सोलुखुम्बु साक्षर
जिल्ला घोषणा भएसँगै प्रदेश १ नै साक्षर बनेको
 ।



२३.
पहिलो पटक चन्द्रमामा कपासको बिरुवा उमार्ने राष्ट्र कुन हो
?



चीन



–
चीनले चन्द्रमामा पहिलोपटक कपासको बिरुवा उमार्न सफल भएको ।



–
सो बिरुवा केही दिनमै मरेको जनाइएको ।



–
चीनले चाङ ई–४
यानमार्फत कपास र आलुको बीउ चन्द्रमामा पठाएको थियो
 ।

Post a Comment

0 Comments