१. सन् २०२२ जुन ८ मा नेपाल संयुक्त राष्ट्रसङ्घको कुन पदमा निर्वाचित भएको हो ?
उपाध्यक्ष (एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपाल सो पदमा निर्वाचित भएको ।)
– ७७औँ महासभाका लागि उपाध्यक्षमा निर्वाचित अन्य राष्ट्र (१६ राष्ट्र)
– एसिया–प्रशान्त क्षेत्रबाट: नेपाल, मलेसिया, ताजकिस्तान र तुर्कमेनिस्तान
– अफ्रिकाबाट: केन्या, बुरुन्डी, बेनिन, नाइजर, जिम्बाब्वे, मौरिटानिया ।
– पूर्वी युरोपबाट: स्टोनिया
– ल्याटिन अमेरिकाबाट: चिली, एल साल्भाडोर र जमैका
– पश्चिमी युरोप र अन्यबाट: इजरायल र अस्ट्रेलिया
– ७७औँ महासभाका लागि अध्यक्षमा निर्वाचित हुने: सावा कोरोसी (हङ्गेरी)
२. सन् २०७९ साउनमा आइक्यान अवार्डबाट सम्मानित संस्था कुन हो ?
बुटवल पावर कम्पनी
– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आ.व. २०७७÷७८ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१ अवार्डबाट सम्मानित गरेको ।
– कम्पनीले हाल १२ मे.वा. तथा ९.४ मे.वा. क्षमताका दुईवटा जलविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गरिरहेको र अन्य जलविद्युत् आयोजनामा लगानी गरेको ।
– सिद्धार्थ बैङ्क लिमिटेड बैङ्किङ क्षेत्रको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१ अवार्डबाट सम्मानित भएको ।
– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आर्थिक वर्ष २०२०÷२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको ।
३. सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा कसलाई नियुक्त ग-यो ?
भुवन केसी (अभिनेता, निर्माता तथा निर्देशक)
– (वि.सं. २०७९ साउन ९ को मन्त्रिपरिषद् बैठकले भुवन केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको ।)
४. स्थानीय तह निर्वाचन (२०७९)मा कुल मतदाता कति रहेका थिए ?
१,७७,३३,७२३ (पुरुष मतदाता: ८९,९२,०१०, महिला मतदाता: ८७,४१,५३०, अन्य: १८३)
– निर्वाचन मिति: २०७९ वैशाख ३० (एकै चरणमा)
– जम्मा मतदान केन्द्र: २१९५५
– मतदान स्थल: १०,७५६
– कुल खसेको मत: ७०.९६ प्रतिशत
– बदर मत: २.४ प्रतिशत
– सबैभन्दा कान्छा जनप्रतिनिधि: वशिष्टकुमार, २१ वर्ष (कालिकामाई गा.पा.को अध्यक्षमा जनता समाजवादी पार्टीको तर्फबाट विजयी)
– सबैभन्दा बढी उमेरका जनप्रतिनिधि: रामपदारथ शाह ८० वर्ष (सर्लाहीको ब्रह्मपुरी गा.पा.को अध्यक्ष पदमा ने.का. को तर्फबाट)
– मताधिकारका लागि उमेर हद: १८ वर्ष
– धेरै मतदाता भएका जिल्लाहरू: मोरङ, झापा, काठमाडौँ
– कम मतदाता भएका जिल्लाहरू: मनाङ, मुस्ताङ, डोल्पा
– धैरै मतदाता भएका स्थानीय तह: काठमाडौँ, पोखरा र भरतपुर महानगरपालिका
– कम मतदाता भएका स्थानीय तह: नार्पाभूमि गा.पा. (मनाङ), चामे गा.पा. (मनाङ), छार्का ताङसोङ गा.पा. (डोल्पा)
५. इन्टरनेटको जन्मदाता भनी कसलाई चिनिन्छ ?
ल्यारी रोबर्ट
६. नेपालको कुन राजनीतिक घटनालाई अप्रिल क्रान्तिका नामले चिनिन्छ ?
२०६२/६३ सालको जनआन्दोलन
७. हाइड्रोफोन केका लागि प्रयोग गरिन्छ ?
पानीभित्रको आवाजको मापन
८. इन्टरनेटको सुरुवात कुन देशबाट भएको हो ?
अमेरिका
९. सूचना समाज निर्माणसम्बन्धी पहिलो विश्व सम्मेलन कहिले भएको थियो ?
सन् २००३
१०. नेपालमा गाउँपालिका मात्र भएका जिल्ला कतिवटा छन् ?
पाँच
११. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महिला कर्मचारी तथा स्वास्थ्यकर्मीलाई तलब सुविधासहित कति दिन प्रसूति बिदा दिने निर्देशन गरेको हो ?
९८ दिन (वि.सं. २०७९ जेठ ३१ गते)
१२. औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार ऊर्जामूलक उद्योगअन्तर्गत कुन–कुन उद्योग पर्छन् ?
जलस्रोत, सौर्यशक्ति, कोइला, प्राकृतिक तेल र इन्धन वा ग्यास, वायोग्यास वा अन्य स्रोतबाट ऊर्जा उत्पादन गर्ने उद्योग, त्यस्तो ऊर्जा उत्पादन गर्न प्रयोेग गरिने मेसिन÷उपकरण निर्माण गर्ने उद्योग, विद्युत् प्रसारण लाइन, विद्युत् वितरण प्रणाली, बायोग्यासमा आधारित ऊर्जा, चिनी उद्योगको सह–उत्पादनका रूपमा उत्पादन हुने विद्युतीय ऊर्जा, ऊर्जाको सम्भाव्यता अध्ययन गर्ने उद्योग ।
१३. औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार ‘बौद्धिक सम्पत्ति’ भन्नाले के बुझिन्छ ?
पेटेन्ट, डिजाइन, ट्रेडमार्क, भौगोलिक सङ्केत चिह्न, व्यापारिक गोपनीयतालगायतका बौद्धिक सम्पत्तिका साथै प्रचलित कानुनले प्रतिलिपि अधिकारका रूपमा परिभाषित गरेको विषय ।
१४. नेपालको दोस्रो गौतम बुद्ध भनी कसलाई चिनिन्छ ?
जयपृथ्वीबहादुर सिंह
१५. तामाङ भाषाको लिपि रोङ हो भने लिम्बू भाषाको लिपि कुन हो ?
सिरिजङ्गा
१६. पाटन दरबारलाई पहिले के भनी चिनिन्थ्यो ?
मनिगल
१७. सन्की राजा भनी श्री ५ सुरेन्द्रलाई चिनिन्छ भने अयोग्य राजा भनी कसलाई चिनिन्छ ?
श्री ५ राजेन्द्र
१८. पूर्वको गोसाइँकुण्ड भनेर चिनिने प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कुन हो ?
तिम्बुपोखरी
– पाँचथरको याङवरक गाउँपालिका–२ र ताप्लेजुङको सिदिम्बा गाउँपालिका–१ को सीमामा अवस्थित तिम्बुपोखरी पर्यटकीय र धार्मिक दृष्टिले महìवपूर्ण गन्तव्यका रूपमा चिनिएको ।
– समुद्री सतहबाट ४४८० मिटरको उचाइमा रहेको तिम्बुपोखरी नेपालको नक्सा आकारमा फैलिएको ।
– तिम्बुपोखरी आसपासमा हाडीपोखरी, रामलक्ष्मण, लक्ष्मी पोखरी, मयुरपोखरी, दुधपोखरी लगायतका पोखरी रहेका ।
– कञ्चनजङ्घासहित अन्य हिमशृङ्खला दृश्यावलोकनका साथै यात्राका क्रममा हिमाली जनजीवनसँग प्रत्यक्ष साक्षात्कार गर्न सकिनेलगायतका आकर्षण यस क्षेत्रमा रहेको ।
१९. संयुक्त राष्ट्रसङ्घले कुन वर्षलाई इन्टरनेसनल इयर अफ क्रिएटिभ इकोनोमी फर सस्टेनेबल डेभलपमेन्टका रूपमा मनायो ?
सन् २०२१
२०. नेपाल पन्छी संरक्षण सङ्घले नेपालमा पाइने चराको गणनाका लागि प्रयोगमा ल्याएको एप कुन हो ?
छिमेकी चरा
– सङ्घले छिमेकी चरा एपमार्फत नेपालमा पाइने चराको गणना गर्नुका साथै संरक्षणको पहल गर्ने भएको ।
– सो एपमार्फत चराको सङ्ख्या, जिल्लाअनुसार चराको जातिको विवरण प्राप्त हुने जनाइएको ।
– यो एप जो कोहीले पनि आफ्नो मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सकिने । एप प्रयोग गर्ने व्यक्तिले आफ्नो घर वरपर, बगैँचा, वन, जङ्गल वा कुनै स्थानमा चराको विवरण एपमार्फत सङ्घलाई सूचना दिन सक्ने । एपमा भएका चरामध्ये जुन चरा हो, सोही चराको फोटो क्लिक गर्नुपर्ने । चराको फोटोसँगै नम्बरहरू पनि राखिएको । चरा चिन्न नसकेमा वा एपमा राखिएका एक सय चरामध्ये आपूmले देखेको चरा छुट्याउन नसकेमा एपमा नै सहयोग माग्न सकिने ।
– विदेशमा यस्तो अभ्यास धेरै अघिदेखि हुँदै आएको ।
२२. हालसम्म रेकर्ड भएको सबैभन्दा लामो चट्याङ कुन हो ?
सन् २०२० मा अमेरिकामा परेको चट्याङ
– सोसम्बन्धी तथ्य सन् २०२२ फेब्रुअरी १ मा सार्वजनिक भएको ।
– सन् २०२० अप्रिल २९ मा परेको सो चट्याङ ७६८ कि.मि. (४७७.२ माइल) लामो रहेको ।
– तीन अमेरिकी राज्य टेक्सास, मिसिसिपी र लुइजिनियाको आकाशमा सो बिजुली चम्किई विद्युतीय लहर आकाशबाट जमिनमा खसेको ।
– यसअघि सन् २०१८ मा ब्राजिलमा परेको चट्याङलाई सबैभन्दा लामो (७०९ कि.मि. अर्थात् ४४०.६ माइल) चट्याङ मानिएको थियो ।
२३. हालसम्मको रेकर्डमा समयावधिका हिसाबले सबैभन्दा लामो चट्याङ कुन हो ?
– उरुग्वे र अर्जेन्टिनामा परेको चट्याङ
– यससम्बन्धी तथ्य सन् २०२२ फेब्रुअरी १ मा सार्वजनिक भएको ।
– सन् २०२० जुन १८ मा परेको सो चट्याङ १७.१०२ सेकेन्डसम्म देखिएको ।
– यसअघि सन् २०१९ मा अर्जेन्टिनामा देखिएको १६.७३ सेकेन्ड समयावधिको मेघा फ्ल्यासलाई मानिएको थियो ।
0 Comments