१. सापेक्ष शब्दले सकारात्मक र निरपेक्षले नकारात्मक अर्थ बुझाउछ ?
सापेक्ष शब्दले स्वतन्त्र रुपले रहेको नभएर अर्कोसंग सम्बद्ध भएको वा अर्कोसंगको तुलनायोग्य भन्ने अर्थ दिन्छ भने निरपेक्ष शब्दले अर्कोसंग सम्बद्ध नभएको वा कसै वा केहीसंग तुलना गर्न नमिल्ने स्वतन्त्र र अलग भन्ने अर्थ दिन्छ । तपाईले भने जस्तो सापेक्षको अर्थ सकारात्मक र निरपेक्षको अर्थ नकारात्मक होइन ।
२. सामाजिक सुरक्षाका सबै कार्यक्रमहरु सकारात्मक विभेदका कार्यक्रम भित्र पर्दछन ?
सामाजिक सुरक्षा र सकारात्मक विभेद फरक विषय हुन । सामाजिक सुरक्षा नीतिले समाजद्धारा स्वीकार गरिएका जोखिम र संकटावस्थाका व्यक्ति तथा समुहको जीवनको अस्तित्वलाइ सुरक्षित तुल्याउने ध्येयले न्यूनतम आवश्यकताको सम्बोधन गर्न आवश्यक वित्तीय तथा अन्य सहायता एवं सुविधाको सुनिश्चित गर्दछ भने सकारात्मक विभेदले समाजमा पछि परेका वा पारिएका वर्ग, समूहलाई उनीहरुको पछौटे अवस्थाबाट बाहिर ल्याई मूल प्रवाहमा आवद्ध गर्न वा मूल प्रवाहका वर्ग, समूह सरह समान तुल्याउन गरिने फरक वा विशेष व्यवहारलाई बुझाउँछ ।
त्यसैले सामाजिक सुरक्षा र सकारात्मक विभेद सामाजिक न्याय तथा सामाजिक समानताका औजार हुन । यी दुबै सामाजिक पुनर्वितरण र सामाजिक समताका विधि हुन । तर सामाजिक सुरक्षा सकारात्मक विभेदको वा सकारात्मक विभेद सामाजिक सुरक्षाको अंग वा परिपुरक चाहीं होइनन ।
३. वातावरण ह्रास र वातावरण प्रदुषणमा के फरक छ ?
वाततावरण प्रदुषणले वातावरणको गुणस्तर र स्वच्छतामा ह्रास ल्याउँछ जसलाई नै वातावरण विनास वा वातावरण ह्रास भनिन्छ । त्यसैले वातावरण प्रदुषण वातावरण ह्रासको एउटा कारक हो । वातावरण ह्रास परिणाम हो भने प्रदुषण सो को कारण हो ।
४. तुलनात्मक लाभका क्षेत्र भन्नाले के बुझ्ननुपर्छ ?
कुनै वस्तु वा सेवाको उत्पादन लागत अन्य मुलुकका तुलनामा अाफ्नाे मुलुकमा कम लाग्ने अवस्था छ भने त्यस्तो वस्तु वा सेवाको क्षेत्रलाई तुलनात्मक लाभको क्षेत्र भनिन्छ । यस्तो अवस्थामा कुनै मुलुकले आफुले सस्तोमा उत्पादन गर्न सक्ने वस्तु वा सेवाको उत्पादनमा केन्द्रित भई अाफ्नाेमा भन्दा कम लागतमा अर्को मुलुकले उत्पादन गर्न सक्ने वस्तु वा सेवा सोही मुलुकलाई उत्पादन गर्न छोडिदिन्छ र आफ्नाे सस्तोमा उत्पादन गरेको वस्तु त्यस्तो मुलुकमा निर्यात गरी सो मुलुकले सस्तोमा उत्पादन गरेको वस्तु वा सेवा आफूले आयात गर्ने गरी व्यापारिक अन्तरसम्बन्ध कायम गर्छ । यसलाई तुलनात्मक लाभको सिद्धान्त भनिन्छ र यही सिद्धान्तका आधारमा अन्तराष्ट्रिय व्यापार सम्भव भएको हो ।
५. ऐन, नियम, गठन आदेश र अध्यादेश तर्जुमामा सैद्धान्तिक सहमतिको अवधारणा लेख्नुहोस् ।
सैद्धान्तिक सहमति भनेको कुनै कानून तर्जुमा गर्नु पूर्व सोको अवधारणापत्र निर्माण गरी मन्त्रिपरिषदमा पेश गरेर मन्त्रिपरिषदले सो अवधारणा पत्रको अध्ययन तथा विश्लेषण गरी सो बमोजिम कानून बनाउनु उचित छ भन्ने ठानेमा कानून तर्जुमा प्रकि्रया अगाडि बढाउन विषयगत मन्त्रालयलाई स्वीकृती वा सहमति प्रदान गर्ने कार्य हो । कुनै पनि नर्या कानून बनाउनु पर्दा विषयगत मन्त्रालयले सर्वप्रथम मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमतिप्राप्त गर्नु पर्दछ ।
६. शासन र सुशासनका समानता र भिन्नता प्रकाश पार्नुहोस् ।
शासन र सुशासन भिन्नता नै छुट्याउनु पर्ने गरी फरक विषय होइनन् । सुशासन शासनको पछिल्लो अवधारणा हो । यसको अर्थ शासनलाई सहभागिता, पारदर्शिता, उत्तरदायित्व र कानूनमा आधारित बनाएर खुला र पूर्वानुमानयोग्य बनाउनु भन्ने हुन्छ । त्यसैले सुशासन शासनभन्दा फरक अवधारणा नभएर शासनकै उन्नत र सुधारात्मक प्रयत्न हो ।
यद्यपि भिन्नता लेख्नु भनेरै सोधिएको अवस्थामा शासनलाई क्रियाकलाप, संरचना, प्रणाली र नियमहरुको समष्टि रुपमा समग्रतामा र सुशासनलाई शासनको सुधारात्मक उपायका रुपमा प्रस्तुत गर्न सकिन्छ ।
७. नेपालमा भ्रष्टाचार वृदि्ध हुनुको प्रमुख कारण सुचनाको हक र पारादर्सिताको प्रभावकरिता नहुनु हो, यस भनाइलाई पुष्टि गर्नुहोस् ।
यस प्रश्नको उत्तर लेख्दा भ्रष्टाचार नियन्त्रणमा सूचनाको हक र पारदर्शिताको भूमिका उल्लेख गर्दै नेपालमा सूचनाको हक र पारदर्शिताको अवस्था र त्यसले भ्रष्टाचार नियन्त्रण गर्नमा खेलेको भूमिका अलग अलग शीर्षकमा बुँदागत रुपमा लेख्न सकिन्छ ।
८. नेपालको आर्थीक कार्यप्रणालीबारे चर्चा गर्नुहोस भन्ने १० नम्बरकोे प्रश्नमा कुन–कुन कुरालाई समेट्नु पर्छ ?
यस प्रश्नको उत्तर लेख्दा संविधानको भाग १० मा उल्लिखित संघीय आर्थिक कार्यप्रणाली बुँदागत रुपमा लेख्नु पर्दछ र अन्तिममा एउट अनुच्छेदमा यसैगरी संविधानले क्रमशः भाग १६ र १९ मा प्रादेश र स्थानीय आर्थिक कार्यप्रणाली समेत तोकेको छ भनी उल्लेख गर्नुपर्दछ ।
९. सरकारको आर्थीक कार्यप्रणालीको बारेमा लेख्दा – सरकारको आर्थिक कार्यप्रणालीको परिचय लेखेर संघको आर्थिक कार्यप्रणालीको १० वटा धारा उल्लेख गरे उत्तर पुग्छ ?
यो प्रश्नको उत्तर केवल संघीय आर्थिक कार्यप्रणालीका १० वटा धाराहरु मात्र उल्लेख गरेर पूर्ण हुँदैन । त्यसभित्र भएका व्यवस्था समेत संक्षेपमा लेख्नु आवश्यक हुन्छ । प्रदेश र स्थानीय तहको छुट्टा छुट्टै आर्थिक कार्य प्रणाली समेत संविधानले तोकेको छ भन्ने कुरा समेत उल्लेख गर्नु पर्छ तर तिनीहरुका व्यवस्थाहरु भने उल्लेख गरिरहनु पर्दैन ।
१०. संवैधानीक विकासक्रमको प्रश्न सामाधान गर्दा कुन–कुन कुरा समावेस गर्दा सान्दर्भिक हुन्छ ?
संवैधानिक विकासक्रम लेख्दा हरेक संविधानलाई तिनको विषयवस्तु, सन्दर्भ र प्रक्रिया को दृष्टिकोणबाट सबल र दुर्वल पक्षलाई अत्यन्तै संक्षेपमा अनुच्छेदमा (एउटाको बढीमा ३-४ लाइनमा) लेख्नु राम्रो हुन्छ ।
११. नेपाल अधिराज्यको संविधान २०४७ र नेपालको संविधान बिच तुलना गर्नुहोस् भन्ने प्रश्नको कसरी समाधान गर्न सकिन्छ ?
कुनै पनि दुई संविधानलाई तुलना गर्नु पर्यो भने दुबै संविधानका समान विशेषताहरु र भिन्न विशेषताहरुलाई अलग अलग शीर्षक दिएर लेख्नु पर्ने हुन्छ । त्यसपछि नेपाल अधिराज्यको संविधान, २०४७ भन्दा नेपालको संविधान के कति कारणले उन्नत र अग्रगामी छ भनी संक्षेपमा व्याख्या गर्नु राम्रो हुन्छ ।
१२. बस्तुगत प्रश्नमा एउटा प्रश्न छोड्दा पास हुने सम्भावना रहन्छ ? नराम्रो अक्षरले बस्तुगत प्रश्नमा के कति फरक पार्दछ ?
विषयगत प्रश्नमा १० नम्बरको एउटा प्रश्न छोडेर पास हुने सम्भावना ज्यादै न्यून हुन्छ । बाँकी ९ वटा प्रश्नको उत्तर अति उत्कृष्ठ हुँदा मात्र पास हुन सक्ने सम्भावना रहन्छ जुन कठिन कुरा हो । विषयगत उत्तर लेख्दा राम्रो नम्बर पाउन अक्षरको भूमिका महत्वपूर्ण हुन्छ । अक्षर राम्रो भन्दा पनि स्पष्ट बुझिने, मोटो, गाढा र अलि ठूलो हुनु पर्छ ।
१३. लामो प्रश्नमा कति ठुलो उत्तर लेख्दा ठिक हुन्छ ?
उत्तरको भोल्यूम भन्दा पनि कन्टेन्ट ज्यादा महत्वपूर्ण हुन्छ । त्यसैले कति अंकको प्रश्नमा कति पेज लेख्ने भन्ने कुनै नियम हुँदैन । सम्भव भए सम्म कम भोल्युममा मागेजती कुरा दिन सके समय व्यवस्थापन र परीक्षकको सहजता दुबैका हिसाबले राम्रो हुन्छ । तर पनि सामान्यतया ५ अंकको उत्तर एक देखि डेढ पेजसम्म र १० अंकको उत्तर दुई देखी ३ पेज सम्म लेख्न सकिन्छ । लेखाइको स्पिड, पेपर फोलि्डङ् गर्दा छोडिने मार्जिन र अक्षरको साइजले पनि भोल्यूम फरक पर्छ ।
१४. पाँच नम्बरको प्रश्नमा निष्कर्ष दिनु वा नदिनुले केही फरक पार्छ ?
पाँच नम्बरको प्रश्नमा निष्कर्ष लेखिरहनु पर्छ भन्ने छैन । मागेको कुरा बुँदागत रुपमा प्रस्तुत गर्दा हुन्छ । निष्कर्षमा खर्चने समय बरु थप कन्टेन्ट दिनमै प्रयोग गर्दा फाइदा हुन्छ ।
१५. सरकारका तीन तहबिच राजनैतिक,आर्थिक र प्रशासनिक अन्तरसम्बन्धबारे प्रष्ट पार्नुहोस् ? – १०
सरकारका तीन तह बीचको अन्तर सम्बन्ध संविधानले गरेको व्यवस्थाका आधारमा लेख्नु पर्छ । नेपालमा संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध पारस्परिक सहयोग, सहअसि्तत्व, सहकारिता र समन्वयमा आधारित छ । नेपालको संविधानको धारा ५१, ५६, ५७, ५८, २३२ र २३५ ले राजनीतिक अन्तर सम्बन्धलाई परिभाषित गरेका छन् । धारा ५९ र ६० ले आर्थिक अन्तरसम्बन्धको आधार तय गरेका छन् । त्यसैगरी धारा ५६, ५७, २३२, २३५, २२७ र २८५ ले प्रशासनिक अन्तरसम्बन्धलाई परिभाषित गरेका छन् । यो प्रश्नको उत्तर संविधानका यिनै व्यवस्थाहरुका आधार लेख्नु पर्ने हुन्छ ।
१६. सामाजिक समस्या र बिकृति सुधारका उपायहरु उल्लेख गर्नुहोस् ? – १०
यो प्रश्नको उत्तर लेख्दा समाजमा विद्यमान रहेका समस्या तथा विकृतिहरु संक्षेपमा उल्लेख गरी तिनको सुधारका उपाएलाई नीतिगत, संस्थागत, प्रशासनिक र आचरणगत सुधारमा समुहिकृत गरी बुँदागत रुपमा लेख्नु राम्रो हुन्छ ।
१७. सामाजिक द्धन्द्ध कारण, असर र द्धन्द्ध व्यवस्थापनका उपायहरु उल्लेख गर्नुहोस् ? – १०
यस प्रश्नको हकमा सर्बप्रथम सामाजिक द्धन्द्धको संकि्षप्त परिभाषा लेखी फरक फरक शीर्षकमा सामाजिक द्धन्द्धका कारण र असरहरुलाई बुँदागत रुपमा लेख्नु पर्छ । अर्को खण्डमा द्धन्द्ध व्यवस्थापनका उपाएहरु बुँदागत रुपमै लेख्नु पर्छ । कारणहरु लेख्दा राजनीतिक, सामाजिक, आर्थिक र जानसांखि्यक पक्षलाई छुटाउनु हुन्न । असर लेख्दा यस्ता कारणहरुले शानि्त, विकास, सामाजिक सहिष्णुता, स्थायित्व र राषि्टय एकता जस्ता विषयमा केनि्द्रत भएर लेख्नु पर्छ । द्धन्द्ध व्यवस्थापनका उपाएहरु लेख्दा माथि उल्लेख गरिएका कारणका पक्षहरुमै आधारित भएर ती कारणको समाधान गर्न निरोधात्मक र उपचारात्मक दुबै उपाएहरु लेख्नु पर्छ ।
१८. नेपालको विकासका पुर्वाधारहरुको विकासको अवस्थाबारे प्रष्ट पार्नुहोस् ? – १०
यो प्रश्नको उत्तर लेख्दा तथ्यांकहरुमा आधारित भएर लेख्नु पर्छ । पूर्वाधार अन्तर्गत सडक यातायात, सिंचाई, खानेपानी, सहरी विकास, ऊर्जा जस्ता क्षेत्रहरुलाई छुटाउनु हुन्न । यी क्षेत्रहरुको सि्थतिलाई तथ्यांकमा प्रस्तुत गरे पछि संक्षेपमा पूर्वाधार विकासमा रहेका समस्या तथा कम्जोरीहरुको समेत चर्चा गर्नु पर्दछ।
१९. पाठ्यक्रमको अन्त्यतिर विभिन्न ऐन छन्, जस्तै– स्थानीय सरकार ऐन– ०७४ । यस ऐनमा धेरै लामो र सबै कुरा उल्लेख गरेको छ, के यो सबै अनिवार्य पढ्नुपर्छ ? यसलाई कसरी पढ्दा उपयुक्त र सहज होला ?
ऐनहरू पढ्दा त्यसका उद्देश्य, विशेषता र प्रमुख व्यवस्था बनाएर पढ्नुपर्छ । यसका लागि एकपटक ऐन राम्रोसँग पढ्नुपर्छ र सोका आधारमा उद्देश्य, सिद्धान्त, विशेषता र प्रमुख व्यवस्था बनाउनुपर्छ । उद्देश्य र सिद्धान्त प्रस्तावनाका आधारमा बनाउन सकिन्छ भने विशेषताहरू प्रस्तावना र ऐनका व्यवस्थाका आधारमा बनाउन सकिन्छ । ऐनका प्रमुख व्यवस्था ऐनमा उल्लिखित दफाका टाइटलका आधारमा थाहा पाउन सकिन्छ ।
२०. स्थानीय तहको राजस्व परिचालन भन्नाले संकलित राजस्वको सदुपयोग तथा खर्चका क्षेत्रहरू हुन् भन्ने बुझाइ भेटियो । के यो ठिक हो ?
राजस्व परिचालन भनेको विभिन्न स्रोतहरूबाट राजस्व संकलन गर्ने कार्य हो । स्थानीय तहको राजस्व परिचालनमा स्थानीय तहले कुन–कुन क्षेत्रमा कर लगाउने र राजस्व संकलन गर्ने भन्ने विषयहरू पर्छन् । स्थानीय तहको राजस्व परिचालनका मूलतः आन्तरिक स्रोत र बाह्य स्रोत गरी दुई स्रोत हुन्छन् । आन्तरिक स्रोतमा कर राजस्व र गैरकर राजस्व पर्छन् भने बाह्य स्रोतमा अन्तर–सरकारी वित्तीय हस्तान्तरण र स्थानीय ऋण पर्छन् । अन्तरसरकारी वित्तीय हस्तान्तरणमा संघ र प्रदेशले हस्तान्तरण गर्ने समानीकरण अनुदान, ससर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान पर्छन् । स्थानीय तहको राजस्व परिचालनमा यिनै विषयको अध्ययन गरिन्छ ।
२१. राजस्व र करमा के फरक छ ? प्रस्ट पार्नुहोस् ।
सरकारलाई प्राप्त हुने सबैखाले आम्दानी राजस्व हो भने कर भन्नाले व्यक्तिको आम्दानी वा व्यवसायको मुनाफा वा कुनै वस्तु, सेवा वा कारोबारमा भएको मूल्य अभिवृद्धिबापत राज्यलाई अनिवार्य रूपमा तिर्नुपर्ने तिरो हो । त्यसैले राजस्व सरकारको समग्र आय हो भने कर राजस्वको प्रमुख स्रोत हो ।
२२. कानुन–निर्मित निकायहरू भन्नाले कुन–कुन निकायलाई जनाउँछ ?
कानुन निर्मित निकायहरू भनेका कुनै खास एवं विशिष्ट प्रकृतिको कार्य व्यावसायिक एवं स्वायत्त तवरले सम्पादन गर्न कानुनद्वारा स्थापित स्वायत्त निकाय हुन् । यिनीहरूको गठन, काम, कर्तव्य र अधिकार एवं कार्यविधि कानुनले नै तोकेको हुन्छ । प्राधिकरणहरू, विकास समितिहरू, सार्वजनिक संस्थानहरू, बोर्डहरू आदि यस्ता कानुन निर्मित निकायका उदाहरण हुन् ।
२३. जनताको कर्तव्य र जिम्मेवारीबीच के फरक छ ?
कर्तव्य र जिम्मेवारी फरक–फरक कुरा होइनन् । त्यसैले जनताका कर्तव्य र जिम्मेवारीको एउटै अर्थ लाग्छ ।
२४. आन्तरिक नियन्त्रण र आन्तरिक लेखापरीक्षण एकै हुन् वा यी दुईबीच केही भिन्नता छ ?
आन्तरिक नियन्त्रण भन्नाले कुनै संगठन वा व्यवसायमा प्रक्रिया, स्रोत–साधन, नतिजा र गुणस्तरको सुनिश्चितताका लागि व्यवस्थापनले संगठनभित्रैबाट विभिन्न विधिको प्रयोग गरी गर्ने नियन्त्रणलाई बुझिन्छ । आन्तरिक लेखापरीक्षण यस्तो आन्तरिक नियन्त्रणअन्तर्गत वित्तीय नियन्त्रण कायम गर्ने विधि हो ।
२५. नेपालमा कानुन निर्माणको प्रक्रियाबारे उल्लेख गर्नुहोस् । यस प्रश्नको उत्तर लेख्दा विधायिकाबाहेकका निकायको सक्रियतामा कानुन निर्माण गर्ने प्रक्रिया लेख्ने वा विधायिकाको आफ्नै सक्रियतामा कानुन निर्माण प्रक्रिया उल्लेख गर्ने ?
कानुन निर्माण प्रक्रिया लेख्दा विषयगत मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट स्वीकृत भएको विधेयकलाई संसद्मा दर्ता गरेपछि संसदीय प्रक्रियाबाट विधेयकमा छलफल, संशोधन र स्वीकृतिसम्मका सम्पूर्ण प्रक्रिया लेख्नुपर्छ । यदि सांसदले निजी विधेयक संसद्मा दर्ता गर्छन् भने त्यस्ता विधेयकको हकमा कानुन निर्माण प्रक्रियामा संसद्भित्र हुने क्रियाकलाप मात्र समेटिन्छन् ।
२६. समावेशी आर्थिक वृद्धि भन्नाले के बुझिन्छ ?
समावेशी आर्थिक वृद्धि भन्नाले आर्थिक वृद्धिका प्रक्रियामा सबै वर्ग, समुदाय, लिंग, जाति, क्षेत्र र उमेरका मानिसको संलग्नता हुने गरी र वृद्धिका लाभहरूको यस्ता सबै समूहबीच समान वितरण हुने गरी गरिने आर्थिक वृद्धिलाई बुझिन्छ ।
२७. वर्तमान संरचनामा प्रदेश र स्थानीय राजस्व अधिकार परिचालन भनिएको छ । बजारमा उपलब्ध सबै किताबमा एकरूपता पाइँदैन । कसैमा संविधानको धारा नै उल्लेख गरिएका छन् त कसैमा टेबल बनाएर प्रस्तुत गरिएको छ । यसलाई कसरी लेख्दा परीक्षामा प्रभावकारी होला ?
विषयवस्तुलाई प्रस्तुत गर्ने आ–आफ्नै शैली हुन सक्छन् । प्रदेश र स्थानीय तहको राजस्व अधिकार संविधानको धारा उल्लेख गरेर बुँदागत रूपमा लेख्दा वा तुलनात्मक रूपमा टेबलमा लेख्दा दुवै सही नै हुन्छ । मुख्य कुरा जुन शैलीमा लेखे पनि संविधानका व्यवस्थामा आधारित भएर नै लेख्नुपर्छ । टेबलमा लेख्ने हो भने पृष्ठभूमिमा संविधानका भाग र धारा उद्धृत गरी विषयवस्तुलाई भने टेबलभित्र राख्न सकिन्छ वा तेस्रो विकल्प पृष्ठभूमिमै भाग र धारा उद्धृत गरी व्यवस्थाहरूलाई प्रदेश र स्थानीय तहमा छुट्याई बुँदागत रूपमा मात्र लेख्न पनि सकिन्छ ।
२८. नेपालको भौगोलिक वातावरणले जनजीवनमा पारेको प्रभाव र हावापानीले पारेको प्रभावको उत्तर एउटै ढाँचाबाट लेख्दा हुन्छ वा फरक–फरक ढाँचाबाट उत्तर लेख्दा राम्रो होला ? जस्तै– कसैमा सकारात्मक र नकारात्मक छुट्याएको छ त कसैमा प्रत्येक तत्वहरू लेखी प्रभाव लेखिएको पाइन्छ । यसमा कुन तरिका राम्रो हो ?
नेपालको भौगोलिक वातावरण र हावापानी भौगोलिक स्थानअनुसार फरक–फरक रहेको र प्रत्येक स्थानको भिन्न वातावरण वा हावापानीको सकारात्मक र नकारात्मक दुवैखाले प्रभाव हुने हुँदा भौगोलिक वातावरण र हावापानीको वर्गीकरणअनुसार प्रत्येकको सकारात्मक र नकारात्मक प्रभाव लेख्नुपर्छ । तर, सामान्य व्यवस्थापनलाई ध्यान दिई सीधै बुँदागत रूपमा र प्रत्येकको सकारात्मक प्रभाव तीन–चारवटा र नकारात्मक प्रभाव तीन–चारवटा बुँदामा मात्र लेख्नुपर्छ ।
२९. द्वन्द्व व्यवस्थापन गर्ने तरिका र प्रक्रिया एउटै हो ? किताबमा समग्रमा लेखेको भेटिन्छ र कुनैमा छुट्टाछुट्टै लेखेको हुन्छ । वास्तविक कुन राम्रो हो ?
द्वन्द्व व्यवस्थापनको तरिका भन्नाले यसका विधि, ढाँचा, उपाय वा रणनीतिलाई बुझिन्छ भने यसको प्रक्रिया भन्नाले द्वन्द्व व्यवस्थापनका क्रमबद्ध क्रियाकलाप, विधि वा चरणलाई बुझिन्छ । त्यसैले द्वन्द्व व्यवस्थापनका तरिका र प्रक्रिया फरक–फरक कुरा हुन् ।
३०. कुनै पनि प्रश्नको अवधारणा प्रस्ट पार्नुहोस् भन्ने प्रश्नमा सबै किताबमा एउटै भेटिँदैन कुनैमा परम्परागत, आधुनिक लेखेको भेटिन्छ भने कसैमा विकासक्रम रूपमा लेखेको हुन्छ । यसको उत्तर कसरी लेख्ने ?
अवधारणा भनेको बुझाइ, धारणा, अर्थ वा विचार हो । त्यसैले कुनै पनि विषयको अवधारणा लेख्दा त्यो भनेको के हो भनी सोको अर्थ, परिचय वा परिभाषा, विशेषता, क्षेत्र, मान्यताजस्ता कुरा समेटिनुपर्ने हुन्छ । अन्तिममा एक–दुई वाक्यमा सो अवधारणाको उत्पत्ति र विकासक्रमसमेत लेख्नु राम्रो हुन्छ ।
३१. उत्तर लेख्दा शीर्षक राखेर लेख्दा राम्रो भन्छन् । कुनै आफूलाई आउने प्रश्नको मात्र शीर्षक राख्दा अंकमा फरक पर्छ कि सबैमा अनिवार्य हो ?
उत्तर लेख्दा प्रश्नले मागेका विषयवस्तुको अलग–अलग शीर्षक दिएर लेख्नाले उत्तरमा सबै पक्ष सन्तुलित रूपमा समेटिने र कुनै पनि कुरा नछुट्ने हुन्छ । त्यसैले सम्भव भएसम्म सबै प्रश्नको उत्तर शीर्षक छुट्याई लेख्नु राम्रो हुन्छ । तर, कुनै प्रश्नको शीर्षक छुट्याउन सकिएन भने कुनै उत्तर शीर्षक छुट्याएर र कुनै नछुट्याएर लेख्दा पनि फरक पर्दैन ।
३२. शीर्षक अंग्रेजीमा लेख्दा केही फरक पर्छ ? त्यसैगरी उत्तरको बीचमा अंग्रेजी शब्द लेख्दा कुनै फरक पर्छ ?
उत्तर लेख्दा माध्यम भाषा नेपाली बनाउनुहुन्छ भने बीच–बीचमा आवश्यक भएको अवस्थामा अंग्रेजी शब्द लेख्न सकिन्छ । त्यसैगरी बढी उपयुक्त लागेको अवस्थामा शीर्षक–उपशीर्षकसमेत अंग्रेजीमा लेख्न सकिन्छ । यद्यपि अनावश्यक र भद्दा लाग्ने ढंगले अंग्रेजी शब्दको प्रयोग गर्नाले भने उत्तर अनाकर्षक बन्छ ।
३३. रोगको परिचय दिई यसको मानसिक, शारीरिक, सामाजिक आयामको चर्चा गर्नुहोस् ? आयाम भन्नाले के बुझिन्छ ?
यो प्रश्नमा आयाम भनेर पक्षलाई भनिएको हो । त्यसैले यस प्रश्नमा रोगले व्यक्तिको मानसिक, शारीरिक र सामाजिक पक्षमा कस्तो असर पार्छ लेख्नुहोस् भन्न खोजेको हो ।
३४. सार्वजनिक खरिद ऐनका विशेषता लेख्नुहोस् भन्ने प्रश्नमा कस्ता कुरा लेख्नुपर्छ ?
कुनै पनि ऐनको विशेषता लेख्दा त्यस ऐनले प्रस्तावनामा उल्लेख गरेका विषय र ऐनका प्रमुख व्यवस्थाकै आधारमा लेख्नुपर्ने हुन्छ । यसभित्र उद्देश्य, सिद्धान्त, मान्यता, विशिष्ट व्यवस्था, क्षेत्र, लक्षित वर्ग वा समुदाय, कार्यान्वयन संयन्त्र, विगतका यस्तै ऐनका तुलनामा वर्तमान ऐनमा भएका नयाँ र महŒवपूर्ण व्यवस्था आदि कुरा समेट्न सकिन्छ ।
३५. सामाजिक सुरक्षाका अंगअन्तर्गत के–के पर्छन् ?
सामाजिक सुरक्षाका अंगमा सामाजिक सहायता, सामाजिक बिमा र श्रमबजार कार्यक्रम गरी तीनवटा विषय पर्छन् । सामाजिक सहायतामा सरकारले विनायोगदान निश्चित मापदण्ड पूरा गरेका व्यक्तिलाई तोकिएअनुसारको सहायता प्रदान गर्छ । सामाजिक बिमामा व्यक्तिको समेत योगदानका आधारमा वा सरकारले व्यक्तिको योगदानविना नै अग्रिम रूपमा कोषको व्यवस्था गरेर परेको अवस्थामा त्यस्तो कोषबाट सुरक्षा उपलब्ध गराउँछ । त्यसैगरी श्रमबजार कार्यक्रमअन्तर्गत सरकारले सामाजिक सुरक्षाको सुनिश्चितता गर्न व्यक्तिलाई श्रम गर्न लगाई नगद हस्तान्तरण गर्ने व्यवस्था मिलाउने गर्छ ।
३६. प्रश्नको शीर्षकमाथि समीक्षा गर्नुहोस् भनेमा कसरी उत्तर लेख्न सकिन्छ ?
समीक्षा गर्नुहोस् भन्ने प्रश्नको उत्तर लेख्दा सम्बन्धित विषयका सम्बन्धमा विद्यमान व्यवस्थाको संक्षेपमा चर्चा गरी त्यसबाट प्राप्त उपलब्धि र त्यसमा रहेका कमजोरी वा समस्यालाई बुँदागत रूपमा लेख्नुपर्छ । समीक्षा गर्दा अलग्गै मागेको अवस्थामा बाहेक सुझाब दिइरहनु भने पर्दैन ।
३७. वातावरण र विकासबीचको अन्तरसम्बन्ध प्रस्ट पार्नुहोस् ? यस प्रश्नको उत्तर लेख्दा कुनै कुरा नछुटाई कसरी लेख्न सकिन्छ ?
यो प्रश्नको उत्तर लेख्दा वातावरण र विकासलाई अलग–अलग एक–एक वाक्यमा परिभाषित गरी यी दुवै विषय अन्तरसम्बन्धित छन् भन्ने देखाउन अर्को एक वाक्य लेखेर त्यस्ता अन्तरसम्बन्धलाई वातावरणले कसरी विकासमा प्रभाव पार्छ र विकासले वातावरणमा कसरी प्रभाव पार्छ भन्ने कुरालाई बुँदामा लेख्नु राम्रो हुन्छ । प्रभाव लेख्दा सकारात्मक र नकारात्मक दुवैखाले प्रभाव लेख्नुपर्ने हुन्छ ।
३८. पारदर्शिता र सूचनाको हकबीच कुनचाहिँ बृहत् अवधारणा हो ? यी दुईबीचको समानता र भिन्नता कसरी लेख्न सकिन्छ ?
पारदर्शिता र सूचनाको हक कुनै एक ठूलो र अर्को सानो विषय होइनन् । तर, यिनीहरू एकअर्कामा अन्योन्याश्रित वा अन्तरसम्बन्धित विषय भने पक्कै हुन् । अर्को तरिकाले भन्नुपर्दा पारदर्शिता परिणाम हो भने सूचनाको हक पारदर्शिता कायम गर्ने औजार हो । सूचनाको हकले पारदर्शिता प्रवद्र्धन गर्न मद्दत गर्छ भने पारदर्शिता कायम गर्न सके सूचनाको हक कार्यान्वयन गर्न सजिलो हुन्छ । यही अर्थमा आधारित भएर यी दुई बीचको भिन्नतालाई टेबलमा तुलनात्मक ढंगले प्रस्तुत गर्नु राम्रो हुन्छ ।
३९. "अबको शासन भनेको नेै सुशासन हो ।" यस कथनलाई कसरी पुष्टि गर्न सकिन्छ ?
यस्तो कथनलाई पुष्टि गर्न सुशासनको परिभाषा, विशेषता, विधि र महत्वलाई संक्षिप्त रूपमा लेखी वर्तमान विश्वमा शासन प्रणालीबाट अपेक्षा गरिएका उपलब्धिको पहिचान गरेर सुशासनले त्यस्ता अपेक्षित उपलब्धि हासिल गर्न कसरी योगदान पु-याउँछ भनी लेख्नुपर्ने हुन्छ ।
४०. व्यवस्थापनको आधुनिक दृष्टिकोण भन्नाले के बुझिन्छ ?
व्यवस्थापनको आधुनिक दृष्टिकोण भन्नाले सन् १९८० पछि विकास भएका व्यवस्थापनका नवीन अवधारणाले अघि सारेका मान्यता र सिद्धान्त बुझिन्छ । अर्थात् नयाँ सार्वजनिक व्यवस्थापन, सरकारको पुनः आविष्कार, नयाँ सार्वजनिक सेवा, नयाँ सार्वजनिक शासनजस्ता अवधारणाले अघि सारेका मान्यताको प्रयोग नै व्यवस्थापनको आधुनिक दृष्टिकोण हो ।
४१. मौलिक अधिकार र संवैधानिक अधिकार एउटै विषय हुन् वा फरक हुन् ?
मौलिक अधिकार भनेको संविधानले संवैधानिक उपचारको व्यवस्थासमेत गरी तोकेको जनताको राजनीतिक, नागरिक, सामाजिक तथा सांस्कृतिक एवं आर्थिक अधिकार हुन् । राज्यविरुद्धका नागरिक अधिकार मानिने मौलिक अधिकारको उल्लंघनविरुद्ध नागरिकले न्यायालयसमक्ष सीधै रिट निवेदन दिन सक्छन् भने न्यायालयले यस्ता रिट निवेदनको तत्काल सुनुवाइ गरी उपचार प्रदान गर्छ । संवैधानिक अधिकार भनेकोचाहिँ मौलिक अधिकारका अतिरिक्त संविधानले जनताका लागि व्यवस्था गरेका सबै अधिकार हुन् । मौलिक हकबाहेकका अन्य संवैधानिक अधिकारको संवैधानिक उपचारको व्यवस्था भने गरिएको हुँदैन ।
४२. किन आरक्षणलाई नकारात्मक धारणा र सकारात्मक विभेदलाई सकारात्मक धारणामा अधारित मानिन्छ ?
आरक्षणलाई नकारात्मक र सकारात्मक विभेदलाई सकारात्मक धारणा मान्नुपर्छ भन्ने छैन । आरक्षण र सकारात्मक विभेद दुवै समाजमा विगतदेखि पछाडि परेका वा पारिएका व्यक्ति वा समुदायलाई विशेष व्यवस्थाद्वारा राज्य संरचनामा मूल प्रवाहीकरण गर्ने प्रक्रिया हुन् । सामान्यतया आरक्षणले योग्यता प्रणालीमा असर गर्ने तर सकारात्मक विभेदले योग्यता प्रणालीको प्रवद्र्धन गर्नमा जोड दिने भएकाले आरक्षणलाई नकारात्मक र सकारात्मक विभेदलाई नकारात्मक धारणामा आधारित भनिएको हुन सक्छ ।
४३. राज्य पुनर्संरचना र संघीयता भनेको एउटै विषय हो ?
राज्य पुनर्संरचना भन्नाले राज्यको विद्यमान स्वरूप, शासकीय प्रणाली, संरचना र संस्थाहरूमा फेरबदल, पुनरावलोकन एवं समायोजन गर्ने प्रक्रिया हो । संविधान निर्माण वा भइरहेकै संविधानको परिमार्जन वा पुनर्लेखनमार्फत राज्य पुनर्संरचना गर्ने गरिन्छ । संघीयता राज्यशक्तिको दुई वा दुईभन्दा बढी तहका सरकारहरूबाट गर्ने गरी व्यवस्था गरिएको राज्यको स्वरूप हो । त्यसैले एकात्मक व्यवस्थामा परिवर्तन गरी संघीय व्यवस्थामा राज्यको स्वरूपलाई रूपान्तरण गर्ने प्रक्रिया पनि राज्य पुनर्संरचना नै हो । तर, राज्य पुनर्संरचना राज्यको संघीयकरणभन्दा थप कुरा पनि हो । राज्यको संघीयकरणचाहिँ राज्यको राजनीतिक पुनर्संरचना हो भने यसबाहेक राज्य पुनर्संरचनाका आर्थिक पुनर्संरचना, सामाजिक सांस्कृतिक पुनर्संरचना र प्रशासनिक पुनर्संरचनाजस्ता पक्षसमेत हुन्छन् ।
४४. अदालतबाट लागू नै हुन नसक्ने राज्यका नीति निर्देशक सिद्धान्तहरू संविधानमा राख्नुको आवश्यकता र औचित्यबारे उल्लेख गर्नुहोस् ।
राज्यको निर्देशक सिद्धान्तहरू मुलुकलाई बृहत् स्तरबाट दिशानिर्देश गर्ने मार्गदर्शन हुन् । यिनीहरूले मूलतः राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र परराष्ट्र मामिला सम्बन्धमा समष्टिगत मार्गदर्शन तय गरेका हुन्छन् । राज्यले विभिन्न ऐन, नियम, नीति, योजना, कार्यक्रम आदि तर्जुमा गर्दा यस्ता सिद्धान्तको अध्ययन गरी तिनीहरूअनुकूल हुने गरी गर्नुपर्ने हुन्छ । यद्यपि निर्देशक सिद्धान्तमा उल्लेख भएका विषयहरूको कार्यान्वयन नभएको विषय अदालती अनुसन्धानको विषय बन्दैन । यिनीहरूलाई राज्यले आफ्नो क्षमताका अधारमा क्रमशः कार्यान्वयन गर्दै लानुपर्ने हुन्छ ।
४५. कर्मचारीतन्त्रमा Red Tap is भनेको के हो ?
लाल फिलाशाही भनेको कर्मचारीतन्त्रमा रहेको विद्यमान ढिलासुस्ती वा समयमै काम सम्पन्न नगर्ने प्रवृत्ति हो । रातो फित्ताले फाइल बाँधेर थन्क्याउने र कहिले त्यसलाई नखोल्ने विकृति लाल फित्ताशाही हो ।
४६. स्रोत–साधन वितरणमा सीमान्तीकरण भन्नाले के बुझिन्छ ? वितरणमा यसले कस्तो प्रभाव पार्न सक्छ ?
स्रोत–साधनको वितरण गर्दा न्यायोचित, समान र सन्तुलित एवं समन्यायिक ढंगले नगर्दा यसको लाभबाट वञ्चित हुने वर्ग–समूह क्रमशः किनारा लाग्दै जाने प्रक्रियालाई स्रोत–साधनको वितरणका कारण हुने सीमान्तीकरण भनिन्छ । यसले समाजमा धनी र गरिबबीचको खाडल बढाउने, कमजोर वर्ग समूहलाई मूल प्रवाहभन्दा बहिर सीमित गर्ने, गरिबीलाई प्रश्रय दिने, स्रोतको वितरणमा सन्तुलन र विवेकशीलता र न्याय कायम नहुने, राज्यको कल्याणकारी दायित्व र संरक्षकारी भूमिका कमजोर हुनेजस्ता प्रभाव पर्छन् ।
४७. गाउँसभा र कार्यपालिका अथवा नगरसभा र कार्यपालिकाको गठन प्रक्रियाबारे लेख्नुहोस् । यस प्रश्नको उत्तर कसरी लेख्न सकिन्छ ?
स्थानीय सरकार सञ्चालन ऐन, ०७४ ले गाउँ–कार्यपालिका तथा गाउँसभा र नगर कार्यपालिका तथा नगरसभाको गठन, काम, कर्तव्य र अधिकार समावेश गरेको छ । त्यसैका आधारमा यो प्रश्नको उत्तर लेख्नुपर्ने हुन्छ ।
४८. प्रदेश र स्थानीय तहको राजस्व क्षेत्रबारे चर्चा गर्नुहोस् ?
प्रदेश र स्थानीय तहको राजस्वको क्षेत्र लेख्दा संविधानको धारा ५९ र ६० तथा अनुसूचीमा रहेका प्रदेश एवं स्थानीय तहका अधिकारका सूचीहरूका आधारमा लेख्नुपर्छ । धारा ५९ मा आर्थिक अधिकारको प्रयोगका सम्बन्धमा संघ, प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकारको क्षेत्रका विषयमा कानुन बनाउन सक्ने तथा धारा ६० ले तिनीहरूका आर्थिक अधिकारका क्षेत्रभित्रका विषयमा कर लगाउन एवं राजस्व उठाउन सक्ने व्यवस्था गरेको छ । संविधानको अनुसूची ६ को खण्ड (४) मा प्रदेशको र अनुसूची ८ को खण्ड (४) मा स्थानीय तहको राजस्वका क्षेत्रहरू तोकिएको छ । अनुसूची ९ को खण्ड (६) मा संघ, प्रदेश र स्थानीय तहको राजस्वका साझा क्षेत्रसमेत तोकिएको छ ।
४९. स्थानीय तहको अनुदान भनेको के हो ? यसमा कस्ता–कस्ता अनुदान पर्छन् ?
स्थानीय तहको अनुदान भनेको संघले वा प्रदेशले स्थानीय तहलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तय गरेको मापदण्ड र सूत्रका आधारमा हस्तान्तरण गर्ने अनुदानलाई बुझिन्छ । यस्ता अनुदानहरूमा समानीकरण अनुदान, ससर्त, विशेष र समपूरक अनुदान पर्छन् ।
५०. मौद्रिक नीति भनेको के हो ? यसले देशको अर्थतन्त्र कसरी सन्तुलित राख्न मद्दत गर्छ ?
मौद्रिक नीति भनेको बजारमा मुद्रा प्रवाहलाई सन्तुलित र नियन्त्रित तुल्याई वित्तीय स्थायित्व, आर्थिक वृद्धि तथा सामाजिक न्याय काम गर्न सरकारको मौद्रिक अधिकारी वा केन्द्रीय बैंकले जारी गर्ने नीति हो । यसले मूलतः बजारमा साख नियन्त्रण मुद्राको माग र आपूर्तिबीच सन्तुलन कायम गरी मुद्रास्फीति, ब्याजदर र विनिमयदरलाई स्थिर तुल्याएर अर्थतन्त्रलाई सन्तुलित तथा अनुशासित राख्न मद्दत गर्छ ।
५१. वैदेशिक सहायता र अन्तर्राष्ट्रिय सहयोगबीच के फरक छ ?
वैदेशिक सहायता भनेको विकासशील मुलुकको आर्थिक, सामाजिक विकासका लागि सामान्यतया विकसित मुलुकहरूले द्विपक्षीय वा बहुपक्षीय दातृ कायमार्फत अनुदान, ऋण वा प्राविधिक सहायताका रूपमा उपलब्ध गराउने वित्तीय, वस्तु तथा सामग्री एवं प्रविधिको समष्टि हो ।
अन्तर्राष्ट्रिय सहयोग भनेको दुई वा दुईभन्दा बढी मुलुकहरू साझा उद्देश्य प्राप्तिका लागि सँगसँगै मिलेर काम गर्ने प्रणाली हो । यसभित्र मुलुकहरूबीचको आर्थिक, राजनीतिक, वातावरणीय, सांस्कृतिक, भौगोलिक, रणनीतिक, व्यापारिकलगायतका कारणले हुने सबैखाले सहकार्य र साझेदारीका स्वरूपहरू पर्छन् । त्यसैले अन्तर्राष्ट्रिय सहयोग बृहत् हो भने वैदेशिक सहायता त्यसैको एउटा पक्ष हो ।
वैदेशिक सहायतालाई अन्तर्राष्ट्रिय सहयोग भन्न सकिन्छ तर अन्तर्राष्ट्रिय सहयोग वैदेशिक सहायता मात्र चाहिँ होइन ।
५२. स्थानीय सेवा भनेको निजामती सेवा हो वा होइन ?
नेपालको संविधानले गरेको व्यवस्थाका आधारमा स्थानीय सेवा भनेको निजामती सेवा होइन । यो गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आ–आफ्नो प्रशासन सञ्चालन गर्न कानुनबमोजिम गठन गर्ने एक सरकारी सेवा हो ।
५३. गरिबी भनेको के हो ? यो कति प्रकारको हुन्छ । नेपालमा गरिबी घट्न नसक्नुका कारणहरू के–के हुन् । के गर्दा नेपालमा गरिबी निवारण हुुन सक्छ ।
गरिबी भनेको व्यक्तिको न्यूनतम जीवन निर्वाह गर्न आवश्यक पर्ने आम्दानीको अभावमा पछाडि परेको अवस्था हो । नेपालमा गरिबीलाई आम्दानीका आधारमा प्रतिदिन प्रतिव्यक्ति न्यूनतम १ दशमलव २५ अमेरिकी डलरभन्दा कम आय भएको अवस्था वा उपभोगका आधारमा प्रतिदिन प्रतिव्यक्ति २२२० क्यालोरी उपभोग गर्न सक्ने गरी आर्य आर्जन नभएको अवस्थाका रूपमा परिभाषित गर्ने गरिएको छ ।
गरिबी आय गरिबी, सामाजिक वञ्चितीकरण तथा बहिष्करणका कारण हुने गरिबी र मानवीय गरिबी गरी तीन प्रकारको हुन्छ । नेपालमा गरिबी घट्न नसक्नुका प्रमुख कारण गरिबको सही पहिचान नहुनु, गरिबीका कारणलाई नभई लक्षणलाई सम्बोधन गर्ने कार्यक्रम बन्नु, धेरै निकायमा छरिएर धेरै कार्यक्रमहरू सञ्चालन हुनु, कार्यक्रमहरू गरिबीको दिगो समाधान गर्नेभन्दा पनि अल्पकालीन समाधान गर्ने किसिमका हुनु, गरिबमुखी बजेट प्रणालीको अभाव हुनु, आर्थिक वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित कार्यक्रम न्यून हुनु, कृषिको आधुनिकीकरण र बजारीकरण गर्न नसकिनु, उद्योगधन्दाको विस्तार र उत्पादन तथा उत्पादकत्व वृद्धिका प्रभावकारी कार्यक्रम नहुनु, सामाजिक सुरक्षाको दायरामा ठूलो संख्याको जनसंख्यालाई समेट्न नसकिनुजस्ता कारणहरू जिम्मेवार छन् । गरिबी कसरी घटाउन सकिन्छ भन्ने प्रश्नको उत्तरमा भने यिनै कारणलाई सम्बोधन गर्ने गरी सुझाब दिनुपर्छ ।
५४. राज्यशक्ति भनेको के हो ?
सरकार वा राज्यसंस्था एवं संरचनाहरूले मुलुकको शासन सञ्चालन गर्न प्रयोग गर्ने शक्ति नै राज्यशक्ति हो । राज्यशक्ति कार्यकारी, विधायिकी र न्यायिक गरी तीन किसिमको हुन्छ । निरंकुशता र स्वेच्छाचारिता नियन्त्रण गरी नागरिकको स्वतन्त्रताको संरक्षण यी तीन प्रकृतिका अधिकार (कानुन बनाउने, कार्यान्वयन गर्ने र व्याख्या गर्ने)लाई तीन अलग–अलग अंगमा विभाजन गरी त्यस्ता अंगलाई एकअर्काबीच अन्तरसम्बन्धित र सन्तुलित तथा नियन्त्रित ढंगले सञ्चालन हुने व्यवस्था लोकतान्त्रिक मुलुकले मिलाएको हुन्छ ।
५५. संघीयतालाई सहकारितामूलक बनाउन वर्तमान संविधानले व्यवस्था गरेका प्रावधान उल्लेख गर्नुहोस् ।
नेपालको संविधानले सहकारितामूलक संघीयताको मान्यतालाई देहायअनुसारका व्यवस्था गरेर आत्मसात् गरेको छः
- पारस्परिक सहयोगमा आधारित संघीय प्रणालीको अवलम्बन गर्ने (धारा ५०)
- संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सह–अस्तित्व, सहकारिता र समन्वयमा आधारित हुने (धारा २३२)
- तीन तहबीचको सम्बन्धसम्बन्धी संघीय सरकारले कानुन बनाउने (धार २३५)
- नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई महŒवपूर्ण विषयमा निर्देशन दिन सक्ने र त्यस्तो निर्देशनका पालना गर्नु उनीहरूको कर्तव्य हुने
- संघीय कानुनसँग बाझिने गरी प्रदेश र स्थानीय तहले र प्रदेश कानुनसँग बाझिने गरी स्थानीय तहले कानुन बनाउन नपाउने
- प्रदेश लोकसेवा आयोगको कानुनसम्बन्धी मापदण्ड संघीय ऐनले तोेकेबमोजिम हुने
- गाउँपालिका र नगरपालिकाको कार्यालय र कर्मचारीसम्बन्धी व्यवस्था प्रदेश कानुनबमोजिम हुने (धारा २२७)
५६. सापेक्ष शब्दले सकारात्मक र निरपेक्षले नकारात्मक अर्थ बुझाउँछ हो ?
सापेक्ष शब्दले स्वतन्त्र रूपले रहेको नभएर अर्कोसँग सम्बद्ध भएको वा अर्कोसँगको तुलनायोग्य भन्ने अर्थ दिन्छ भने निरपेक्ष शब्दले अर्कोसँग सम्बद्ध नभएको वा कसै वा केहीसँग तुलना गर्न नमिल्ने स्वतन्त्र र अलग भन्ने अर्थ दिन्छ । तपाईंले भनेजस्तो सापेक्षको अर्थ सकारात्मक र निरपेक्षको अर्थ नकारात्मक होइन ।
५७. सामाजिक सुरक्षाका सबै कार्यक्रमहरू सकारात्मक विभेदका कार्यक्रमभित्र पर्छन् ?
सामाजिक सुरक्षा र सकारात्मक विभेद फरक विषय हुन् । सामाजिक सुरक्षा नीतिले समाजद्वारा स्वीकार गरिएका जोखिम र संकटावस्थाका व्यक्ति तथा समूहको जीवनको अस्तित्वलाई सुरक्षित तुल्याउने ध्येयले न्यूनतम आवश्यकताको सम्बोधन गर्न आवश्यक वित्तीय तथा अन्य सहायता एवं सुविधाको सुनिश्चित गर्छ भने सकारात्मक विभेदले समाजमा पछि परेका वा पारिएका वर्ग, समूहलाई उनीहरूको पछौटे अवस्थाबाट बाहिर ल्याई मूल प्रवाहमा आबद्ध गर्न वा मूल प्रवाहका वर्ग, समूहसरह समान तुल्याउन गरिने फरक वा विशेष व्यवहारलाई बुझाउँछ । त्यसैले सामाजिक सुरक्षा र सकारात्मक विभेद सामाजिक न्याय तथा सामाजिक समानताका औजार हुन् । यी दुवै सामाजिक पुनर्वितरण र सामाजिक समताका विधि हुन् । तर, सामाजिक सुरक्षा सकारात्मक विभेदको वा सकारात्मक विभेद सामाजिक सुरक्षाको अंग वा परिपूरकचाहिँ होइनन् ।
५८. वातावरण ह्रास र वातावरण प्रदूषणमा के फरक छ ?
वातावरण प्रदूषणले वातावरणको गुणस्तर र स्वच्छतामा ह्रास ल्याउँछ, जसलाई नै वातावरण विनाश वा वातावरण ह्रास भनिन्छ । त्यसैले वातावरण प्रदूषण वातावरण ह्रासको एउटा कारक हो । वातावरण ह्रास परिणाम हो भने प्रदूषण सोको कारण हो ।
५९. तुलनात्मक लाभका क्षेत्र भन्नाले के बुझ्नुपर्छ ?
कुनै वस्तु वा सेवाको उत्पादन लागत अन्य मुलुकका तुलनामा आफ्नो मुलुकमा कम लाग्ने अवस्था छ भने त्यस्तो वस्तु वा सेवाको क्षेत्रलाई तुलनात्मक लाभको क्षेत्र भनिन्छ । यस्तो अवस्थामा कुनै मुलुकले आफूले सस्तोमा उत्पादन गर्न सक्ने वस्तु वा सेवाको उत्पादनमा केन्द्रित भई आफ्नोमा भन्दा कम लागतमा अर्को मुलुकले उत्पादन गर्न सक्ने वस्तु वा सेवा सोही मुलुकलाई उत्पादन गर्न छाडिदिन्छ र आफूले सस्तोमा उत्पादन गरेको वस्तु त्यस्तो मुलुकमा निर्यात गरी सो मुलुकले सस्तोमा उत्पादन गरेको वस्तु वा सेवा आफूले आयात गर्ने गरी व्यापारिक अन्तरसम्बन्ध कायम गर्छ । यसलाई तुलनात्मक लाभको सिद्धान्त भनिन्छ र यही सिद्धान्तका आधारमा अन्तर्राष्ट्रिय व्यापार सम्भव भएको हो ।
६०. ऐन, नियम, गठन आदेश र अध्यादेश तर्जुमामा सैद्धान्तिक सहमतिको अवधारणा लेख्नुहोस् ।
सैद्धान्तिक सहमति भनेको कुनै कानुन तर्जुमा गर्नुपूर्व सोको अवधारणा पत्र निर्माण गरी मन्त्रिपरिषद्मा पेस गरेर मन्त्रिपरिषद्ले सो अवधारणा पत्रको अध्ययन तथा विश्लेषण गरी सोबमोजिम कानुन बनाउनु उचित छ भन्ने ठानेमा कानुन तर्जुमा प्रक्रिया अगाडि बढाउन विषयगत मन्त्रालयलाई स्वीकृति वा सहमति प्रदान गर्ने कार्य हो । कुनै पनि नयाँ कानुन बनाउनुपर्दा विषयगत मन्त्रालयले सर्वप्रथम मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति प्राप्त गर्नुपर्छ ।
६१. शासन र सुशासनका समानता र भिन्नता प्रकाश पार्नुहोस् ।
शासन र सुशासन भिन्नता नै छुट्याउनुपर्ने गरी फरक विषय होइनन् । सुशासन शासनको पछिल्लो अवधारणा हो । यसको अर्थ शासनलाई सहभागिता, पारदर्शिता, उत्तरदायित्व र कानुनमा आधारित बनाएर खुला र पूर्वानुमानयोग्य बनाउनु भन्ने हुन्छ । त्यसैले सुशासन शासनभन्दा फरक अवधारणा नभएर शासनकै उन्नत र सुधारात्मक प्रयत्न हो । यद्यपि भिन्नता लेख्नु भनेरै सोधिएको अवस्थामा शासनलाई क्रियाकलाप, संरचना, प्रणाली र नियमहरूको समष्टिका रूपमा समग्रतामा र सुशासनलाई शासनको सुधारात्मक उपायका रूपमा प्रस्तुत गर्न सकिन्छ ।
६२. नेपालमा भ्रष्टाचार वृद्धि हुनुको प्रमुख कारण सूचनाको हक र पारदर्शिताको प्रभावकारिता नहुनु हो, यस भनाइलाई पुष्टि गर्नुहोस् ।
यस प्रश्नको उत्तर लेख्दा भ्रष्टाचार नियन्त्रणमा सूचनाको हक र पारदर्शिताको भूमिका उल्लेख गर्दै नेपालमा सूचनाको हक र पारदर्शिताको अवस्था र त्यसले भ्रष्टाचार नियन्त्रण गर्नमा खेलेको भूमिका अलग–अलग शीर्षकमा बुँदागत रूपमा लेख्न सकिन्छ ।
६३. नेपालको आर्थिक कार्यप्रणालीबारे चर्चा गर्नुहोस् भन्ने १० नम्बरको प्रश्नमा कुन–कुन कुरालाई समेट्नुपर्छ ?
यस प्रश्नको उत्तर लेख्दा संविधानको भाग १० मा उल्लिखित संघीय आर्थिक कार्यप्रणाली बुँदागत रूपमा लेख्नुपर्छ र अन्तिममा एउट अनुच्छेदमा यसैगरी संविधानले क्रमशः भाग १६ र १९ मा प्रदेश र स्थानीय आर्थिक कार्यप्रणालीसमेत तोकेको छ भनी उल्लेख गर्नुपर्छ ।
६४. सरकारको आर्थिक कार्यप्रणालीबारे लेख्दा सरकारको आर्थिक कार्यप्रणालीको परिचय लेखेर संघको आर्थिक कार्यप्रणालीको १० वटा धारा उल्लेख गरे उत्तर पुग्छ ?
यो प्रश्नको उत्तर केवल संघीय आर्थिक कार्यप्रणालीका १० वटा धारा मात्र उल्लेख गरेर पूर्ण हुँदैन । त्यसभित्र भएका व्यवस्थासमेत संक्षेपमा लेख्नु आवश्यक हुन्छ । प्रदेश र स्थानीय तहको छुट्टाछुट्टै आर्थिक कार्यप्रणालीसमेत संविधानले तोकेको छ भन्ने कुरासमेत उल्लेख गर्नुपर्छ, तर तिनीहरूका व्यवस्थाहरू भने उल्लेख गरिरहनुपर्दैन ।
६५. संवैधानिक विकासक्रमको प्रश्न सामाधान गर्दा कुन–कुन कुरा समावेश गर्दा सान्दर्भिक हुन्छ ?
संवैधानिक विकासक्रम लेख्दा हरेक संविधानलाई तिनको विषयवस्तु (Content), सन्दर्भ (Context) र प्रक्रिया (Process)को दृष्टिकोणबाट सबल र दुर्बल पक्षलाई अत्यन्तै संक्षेपमा अनुच्छेदमा (एउटाको बढीमा ३/४ लाइनमा) लेख्नु राम्रो हुन्छ ।
६६. नेपाल अधिराज्यको संविधान ०४७ र नेपालको संविधानबीच तुलना गर्नुहोस् भन्ने प्रश्नको कसरी समाधान गर्न सकिन्छ?
कुनै पनि दुई संविधानलाई तुलना गर्नुप-यो भने दुवै संविधानका समान विशेषता र भिन्न विशेषतालाई अलग–अलग शीर्षक दिएर लेख्नुपर्ने हुन्छ । त्यसपछि नेपाल अधिराज्यको संविधान, ०४७ भन्दा नेपालको संविधान के–कति कारणले उन्नत र अग्रगामी छ भनी संक्षेपमा व्याख्या गर्नु राम्रो हुन्छ ।
६७. सार्वजनिक नीति–निर्माण कसरी गरिन्छ ?
सार्वजनिक नीति–निर्माण गर्दा नीतिको विषय तय गर्ने, तय भएको विषयको विद्यमान अवस्थाको अध्ययन गर्ने, सोही विषयका सम्बन्धमा विगतमा भएका नीतिको पुनरावलोकन गर्ने, नीति अवधारणाको तर्जुमा, विश्लेषण र स्वीकृति गर्ने, नीति मस्यौदा तर्जुमा र छलफल एवं परामर्श गर्ने, नीतिको स्वीकृति र घोषणा गर्ने, नीति कार्यान्वयन कार्ययोजना बनाउने जस्ता चरणबद्ध क्रियाकलाप पूरा गरिन्छ ।
६८. सार्वजनिक नीति विश्लेषण भनेको के हो र यसको कार्य कसरी गरिन्छ ?
सार्वजनिक नीतिको विश्लेषण भनेको स्वतन्त्र, व्यावसायिक र प्राज्ञिक निकाय वा व्यक्ति वा व्यक्तिहरूको समूहद्वारा सार्वजनिक नीतिको वैज्ञानिक एवं वस्तुगत आधारबमोजिम निष्पक्ष रूपमा लेखाजोखा गर्ने, समस्याको पहिचान र व्याख्या गर्ने र सुधारका विकल्पको विकास र विश्लेषण गर्ने र लाभ–हानिको पूर्वानुमानसहितका सुझाबका विकल्प दिने कार्य हो ।
६९. सुपरीवेक्षण, अनुगमन र मूल्यांकनबीच के फरक छ ?
सुपरीवेक्षण प्रशासनिक संरचना र पदसोपानमा माथिल्लो तहको अधिकारी वा सुपरीवेक्षकले आफूमातहतको कर्मचारीको कामकारबाहीको रेखदेख गर्ने, कमजोरीहरूको पहिचान र सुधार गर्ने र सम्पादित कामको मूल्यांकन गरी दण्ड र पुरस्कारसँग आबद्ध गर्ने कार्य हो ।
अनुगमन भनेको खासगरी विकास आयोजना एवं कार्यक्रम वा सेवा प्रवाह प्रणालीको कार्यान्वयन अवस्थाको माथिल्लो तहको अधिकारी वा निकाय वा तोकिएको संयन्त्र वा समूहद्वारा नियमित रेखदेख गर्ने, अपेक्षित र प्राप्त उपलब्धिको तुलना गरी अन्तर पहिचान गर्ने र सुधारात्मक कदम चाली लक्ष्य प्राप्तिको दिशामा दिशानिर्देश गर्ने कार्य हो ।
मूल्यांकनचाहिँ कुनै पनि नीति, कार्यक्रम वा आयोजना निर्धारित लक्ष्य तथा उद्देश्य प्राप्त गर्नमा के–कति मात्रामा सफल होला वा भयो भनी तर्जुमाकै क्रममा र कार्यान्वयनपश्चात गरिने विस्तृत लेखाजोखा गरी नयाँ नीति, कार्यक्रम वा आयोजना निर्माणका लागि पृष्ठपोषण प्रदान गर्ने प्रक्रिया हो । यिनै परिभाषाहरूका आधारमा यी तीन विषयबीच भिन्नता देखाउनुपर्ने हुन्छ ।
७०. कानुनको शासन र सुशासनमा केही फरक छ वा उस्तै हो ?
सुशासन समग्र शासन प्रक्रियालाई सहभागितामूलक, पारदर्शी, उत्तरदायी र विधिमा आधारित तुल्याई सरकारलाई खुला र पूर्वानुमानयोग्य बनाउने अवधारणा हो । कानुनको शासन शक्तिको प्रयोग कानुनमुताबिक मात्र गर्न सकिने, कानुनको नजरमा सबै समान हुने वा कानुनभन्दा माथि कोही पनि नहुने, स्वविवेकीय र स्वेच्छाचारी शक्तिको प्रयोग गर्न नसकिने तथा मुलुकभित्रका सामान्य कानुनको उपजका रूपमा संविधान रहने पद्धति हो । कानुनको शासन सुशासनको एउटा पक्ष हो वा पूर्वसर्त हो । सुशासन बृहत् हो भने कानुनको शासन सुशासनकै एउट खम्बा हो । त्यसैले यी दुई विषय एकअर्कामा अन्तरसम्बन्धित र परिपूरक हुँदाहुँदै पनि एकै भने होइनन् ।
७१. विश्वव्यापीकरण र स्थानीयकरणमा के फरक छ ?
विश्वव्यापीकरण स्थानीय बजार, संस्कृति, विचार, वस्तु, प्रविधि, सूचना, पुँजी आदिको विश्वव्यापी प्रवाह, विस्तार र एकीकरणको प्रक्रिया हो भने स्थानीयकरण भनेको बाह्य विचार, संस्कृति, वस्तु, प्रविधि आदिलाई स्थानीय आवश्यकता, छनोट, सामाजिक, सांस्कृतिक, भौगोलिक एवं पर्यावरणीय विशेषताअनुकूल समायोजन, तिनीहरूबाट स्थानीय मानिस, संस्था वा राज्यले अधिकतम लाभ लिने वातावरणको विकास गर्ने प्रक्रिया हो । यी दुई परस्परविरोधी मान्यताजस्ता देखिए पनि एकअर्काका परिपूरक हुन् र एउटाबाट अर्कोले लाभ लिन सक्ने हुन्छ ।
७२. परियोजना बैंक कस्तो अवधारणा हो ?
विकासका परियोजनाहरूको पहिचान, पूर्वसम्भाव्यता तथा सम्भाव्यता अध्ययन तथा सम्भावित उपलब्धि र जोखिमको विश्लेषणसमेत गरी आयोजना चक्रको पहिचान र तयारी तथा विश्लेषणका सबै चरण पूरा गरेर विस्तृत आयोजना दस्ताबेज तयार गरी कार्यान्वयन गर्न ठिक्क अवस्थामा रहेका परियोजनाहरूको प्राथमिकताक्रमसहितको संग्रह तयार गरी राख्ने र वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा सोही संग्रहबाट प्राथमिकताका आधारमा परियोजना लिई कार्यान्वयन गर्ने प्रयोजनका लागि बनाइएको परियोजनाहरूको संग्रह हो ।
७३. आयोजनाको प्राविधिक र वित्तीय जवाफदेहिता भन्नाले के बुझिन्छ ?
आयोजनाको प्राविधिक जावफदेहिता भन्नाले आयोजना छनोटका क्रममा प्राविधिक पक्षको मूल्यांकन गरी प्राविधिक दृष्टिले आयोजना उपयुक्त छ भन्ने कुराको सुनिश्चितता गर्ने र कार्यान्वयनपछि प्राविधिक मापदण्ड र गुणस्तर तोकिएबमोजिम नै हासिल भएको छ भन्ने कुराको यकिन गरी सोको सार्वजनिकीकरण गर्ने वा सरोकारवालाले प्रश्न गर्दा सोको चित्तबुझ्दो जवाफ दिने सम्बन्धित अधिकारीको दायित्व हो ।
वित्तीय जवाफदेहिताले आयोजनाको वित्तीय कामकारबाही अनुशासित, नियम संगत, मितव्ययी, कुशल, प्रभावकारी र विवेकपूर्ण तवरले भएको छ भन्ने कुराको पुष्टि गर्न आयोजना तर्जुमाका क्रममा वित्तीय मूल्यांकन गर्ने, कार्यान्वयनका क्रममा सीमा र कानुनी प्रक्रियाभित्र रहेर खर्च गर्ने, नियमानुसार लेखा राख्ने, आन्तरिक तथा अन्तिम लेखापरीक्षण गर्ने–गराउने र प्रतिवेदन सार्वजनिक गर्नेजस्ता क्रियाकलापको समष्टिलाई जनाउँछ ।
७४. शासनलाई कसरी परिभाषित गर्न सकिन्छ ?
शासन भनेको नियम बनाउने र परिपालना गर्ने–गराउने प्रक्रिया हो । शक्ति र स्रोत तथा साधन शासनका दुई आधारभूत तत्व हुन् । शक्तिले कुनै संस्था वा व्यक्तिलाई नियम बनाउने वा निर्णय लिने हैसियत प्रदान गर्छ भने त्यस्तो नियम वा निर्णयको कार्यान्वयन गर्न स्रोत–साधन आवश्यक पर्छ । यद्यपि त्यस्तो शक्ति र स्रोत–साधन त्यसको प्रयोग गर्ने संस्था वा व्यक्तिले कानुन तथा विवेकसंगत तवरले प्राप्त गरेको हुनुपर्छ ।
राज्यको सन्दर्भमा भन्नुपर्दा शासन विकासका लागि आर्थिक तथा सामाजिक स्रोतको व्यवस्थापन गर्न आवश्यक नीति बनाउने र कार्यान्वयन गर्ने प्रयोजनका लागि शक्तिको प्रयोग गर्ने प्रक्रिया हो । तर, यसका लागि लोकतान्त्रिक प्रक्रियाबाट स्थापित सत्ता, त्यस्तो सत्ताले उसमा निहित शक्तिको प्रयोग गर्ने पूर्वनिर्धारित प्रक्रिया र त्यस्तो सत्ताको निर्णय गर्ने तथा कार्यान्वयन गर्ने क्षमता हुनु आवश्यक हुन्छ ।
शासनमा सरकार मूल पात्र एवं उपरी संरचनाका रूपमा रही निजी क्षेत्र र नागरिक समाजसमेतसँग सहकार्य र साझेदारीमा कार्य गर्छ । तहगत रूपमा शासनले परराष्ट्रिय, राष्ट्रिय र उपराष्ट्रिय तहबीच सहसम्बन्ध कायम गरी कार्य गर्छ । त्यसैले शासन बहुपात्र तथा बहुतह संरचना हो । समग्रमा भन्नुपर्दा लोकतान्त्रिक सरकारद्वारा विभिन्न तह र क्षेत्रका पात्रसँगको सहकार्य र साझेदारीमा मुलुकको विकासका लागि उपलब्ध स्रोत–साधनको व्यवस्थापन गर्न गरिने शक्ति प्रयोग तथा सोका लागि उपायोग गरिने संरचना र नियमहरूको समष्टि नै शासन हो ।
७५. राष्ट्र र राज्यलाई परिभाषित गर्दै यिनीहरूमा के भिन्नता छ ? लेख्नुहोस् ।
राष्ट्र भनेको साझा सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानद्वारा एकताको सूत्रमा आबद्ध मानिसहरूको समुदाय हो । राज्य भनेको निश्चित भूगोल, जनसंख्या, सरकार, सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय मान्यतासहितको राजनीतिक समुदाय हो । यसैका आधारमा राष्ट्र र राज्यबीचको भिन्नतालाई छुट्याउनुपर्ने हुन्छ ।
७६. बहुस्तरीय शासन भनेको के हो ? व्यावसायिक शासन भनेको के हो ?
शासकीय शक्तिको प्रयोग एकभन्दा बढी तह र क्षेत्रबाट हुने प्रणालीलाई बहुस्तरीय शासन भनिन्छ । बहुस्तरीय शासनमा शासनका ठाडो रूपमा पराराष्ट्रिय, राष्ट्रिय र उपराष्ट्रिय गरी तीन स्तर वा तह र क्षितिजीय रूपमा सार्वजनिक, निजी र गैरसरकारी गरी तीन स्तर वा तह हुन्छन् ।
व्यावसायिक शासन भनेको व्यावसायिक संस्थाहरूको स्थापना र सञ्चालनका लागि प्रयोग हुने संरचना, प्रणाली र नियमहरूको समष्टि हो । अर्थात् संगठित संस्था कसरी स्थापित, सञ्चालित र व्यवस्थित हुन्छन् भन्ने कुराको समग्रता नै व्यावसायिक शासन हो ।
७७. संघीयताको किसिमबारे जानकारी दिनुहोस् । ती प्रकारमध्ये नेपालले अवलम्बन गरेको संघीयता कुन प्रकारको हो?
संघीयताका किसिममा केन्द्रमुखी तथा केन्द्रविमुख संघीयता, प्रतिस्पर्धी तथा सहकारितामूलक संघीयता र अधिकारको समान बाँडफाँड भएको तथा अधिकारको असमान बाँडफाँड भएको संघीयता पर्छन् । नेपालको संघीयता सहकारितामूलक संघीयता हो । यसको पुष्टि संविधानको धारा ५० मा पारस्परिक सहयोगमा आधारित संघीयता र धारा २३२ मा तीन तहबीचको सम्बन्ध सहअस्तित्व, सहकारिता र समन्वयमा आधारित हुने व्यवस्थाले गर्दछन् ।
७८. आरक्षणका आधार के–के हुन् ? आर्थिक र लैंगिक आधारमा कसरी आरक्षणको व्यवस्था गरिन्छ ?
आरक्षणका प्रमुख आधारमा जाति, रंग, क्षेत्र, लिंग, वर्ग र शारीरिक अवस्था पर्छन् । आर्थिक आधारमा परिवारको आम्दानीको अवस्था वा गरिबी सूचक वा मानवीय विकासको अवस्थालाई सूचकका रूपमा लिई यस्ता सूचकमा पछाडि परेको व्यक्तिलाई आरक्षण दिन सकिन्छ भने लैंगिक आधारमा सबै महिलालाई वा महिलामध्ये पनि दोहोरो वञ्चितिमा परेका महिलालाई वा आर्थिक–सामाजिक परिसूचकमा पछाडि परेका महिलालाई आरक्षण प्रदान गर्न सकिन्छ ।
७९. स्थानीय तहमा सेवा प्रवाह गर्ने माध्यम के–के हुन् ? यसलाई कसरी लेख्न सकिन्छ ?
स्थानीय तहमा सेवा प्रवाह गर्ने प्रमुख माध्यममा गाउँ कार्यपालिका तथा नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय र स्थानीय सेवा केन्द्रहरूजस्ता सरकारी निकाय, संघीय सरकार र प्रदेश सरकारका स्थानीयस्तरका कार्यालय, स्थानीय तहभित्र कार्यरत बाह्य विकास साझेदारहरू तथा सामुदायिक संस्था, गैरसरकारी संस्था, सार्वजनिक–निजी साझेदारी संस्थाहरू र विभिन्न निजी संस्था पर्छन् ।
८०.आजको लोकतान्त्रिक युगमा सरकारको भूमिका तथा कार्यक्षेत्रहरू के–के हुन सक्छन् ?
लोकतान्त्रिक प्रणालीमा सरकारको भूमिका नियमनकर्ता, प्रवद्र्धनकर्ता र सहजकर्ताका रूपमा सीमित रही निजी क्षेत्र, नागरिक समाज र सामुदायिक संस्थाहरूको परिचालन र उनीहरूसँगको सहकार्य र साझेदारीमा राज्यका लक्ष्य तथा उद्देश्य प्राप्त गर्ने प्रयत्न गर्नु हुन्छ । सरकारले यस्तो भूमिकामा रहेर ऐन, नियम निर्माण गर्ने, ठूला पूर्वाधार निर्माण गर्ने, समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने, समाजका कमजोर वर्ग तथा समूहको रक्षा गर्ने र निजी क्षेत्रको नियमन गर्ने कार्य गर्छ ।
८१. बहुर्राष्ट्रिय राज्य भन्नाले के बुझिन्छ ? नेपालको राष्ट्र निर्माणको प्रक्रियामा रहेका समस्या एवं चुनौती उल्लेख गर्नुहोस् ।
बहुराष्ट्रिय राज्य भनेको एउटै राज्यभित्र धेरैवटा राष्ट्रहरू (फरक–फरक सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचान बोकेका समुदायहरू) रहेको अवस्था हो । नेपालको राष्ट्र निर्माणका चुनौतीमा मूलतः बृहत् स्तरको विविधता, पहिचानको मुद्दाको राजनीतीकरण, विगतमा भएको लामो समयसम्मको द्वन्द्व, राजनीतिमा क्षेत्रीयता, सामाजिक सांस्कृतिक विभेद र असमानता, अन्धविश्वास, रुढिवाद र भाग्यवाद, जातीय विभेद, राज्यको कमजोर नियमनकारी भूमिका र सुशासनको अभावजस्ता कुरालाई समेटेर लेख्नुपर्ने हुन्छ ।
८२. सरकारले भ्रमण वर्ष ०२० घोषणा गरेको छ र सन् ०२० मा २० लाख पर्यटक भित्र्याउने उच्च महत्वाकांक्षी सोच लिएको छ । तपाईंको विचारमा के यो सम्भव छ ? यस क्रममा के–के व्यवधान रहेको देख्नुहुन्छ पहिचान गरी यसलाई सफल पार्ने स्पष्ट आधार प्रस्तुत गर्नुहोस् ।
यस प्रश्नको उत्तर लेख्दा सम्भव छ वा छैन भनी लेख्नुभन्दा पनि सरकारले लिएको सोच महत्वाकांक्षी भएकाले यसको प्राप्तिका लागि संवेदनशील भई प्रयत्न गर्नु आवश्यक छ । यसका लागि देहायका व्यवधान आउन सक्छन् र तिनको समाधानका लागि सरकारले देहायका कार्य गर्नुपर्छ भनेर सम्भावित व्यवधान र समाधानका उपायलाई छुट्टाछुट्टै शीर्षकमा बुँदागत रूपमा लेख्नु राम्रो हुन्छ ।
८३. नेपाल भ्रमण वर्ष ०२० लाई अपेक्षाकृत रूपमा सफल बनाउन तीन तहका सरकारले के–कस्तो भूमिका निर्वाह गर्नुपर्ला ? आफ्नो धारणा राख्नुहोस् ।
यस प्रश्नको उत्तर लेख्दा संघीय सरकारले भ्रमण वर्षको राष्ट्रिय कार्ययोजना र सोअनुरूपका राष्ट्रिय कार्यक्रम तय गरी तिनको कार्यान्वयनको अनुगमन र मूल्यांकन गर्ने गरी र प्रदेश र स्थानीय तहले राष्ट्रिय कार्ययोजना र कार्यक्रमअनुरूप आफ्नो तहका योजना, कार्यक्रम र कार्ययोजना तर्जुमा र कार्यान्वयन गर्नुपर्छ भन्ने आशयको उत्तर अलि विस्तृत खाकामा लेख्नु उपयुक्त हुन्छ ।
८४. कानुनको स्रोत भन्नाले के बुझिन्छ ? यस्तै प्रश्नमा उत्तर लेख्दा स्रोत भनेको के मात्र लेख्ने वा स्रोतभित्र के–के पर्दछन् त्यो पनि लेख्नुपर्छ ।
कानुनको स्रोत भन्नाले के बुझिन्छ ? भन्ने प्रश्नको उत्तर लेख्दा कानुनको स्रोत भनेको के हो भन्ने नै लेख्ने हो । तर त्यसैसँग गाँसेर कानुनका प्रमुख स्रोतभित्र के–के पर्दछन् भनी मुख्य–मुख्य स्रोत पनि लेख्नु राम्रो हुन्छ ।
नेपालको संविधानअनुसार संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धका आधार लेख्दा : १. राजनीतिक अन्तरसम्बन्ध, २. प्रशासनिक अन्तरसम्बन्ध, ३. आर्थिक अन्तरसम्बन्ध लेख्ने तर तीन तहको अन्तरसम्बन्ध मात्र भन्दाचाहिँ
१. संघ र प्रदेशको अन्तरसम्बन्ध ।
२. संघ र स्थानीयको अन्तरसम्बन्ध ।
३. प्रदेश र स्थानीयको अन्तरसम्बन्ध । यसरी छुट्याएर लेख्न सकिन्छ? यदि सकिँदैन भने कसरी लेख्न सकिन्छ ?
तपाईंले प्रश्नमै छुट्याउनुभएको राजनीतिक, प्रशासनिक र आर्थिक अन्तरसम्बन्धभित्र संघ र प्रदेश, संघ र स्थानीय तथा प्रदेश र स्थानीय तहबीचको सम्बन्ध समेटिने गरी संविधानले गरेका व्यवस्थाको आधारमा लेख्नुपर्छ ।
८५. योगदानमा आधारित सामाजिक सुरक्षा योजना भनेको के हो ? यससम्बन्धी भएका व्यवस्थाहरू के–के हुन् ?
योगदानमा आधारित सामाजिक सुरक्षा भनेको श्रमिक र रोजगारदाता दुवैको योगदानमा श्रमिकको सामाजिक सुरक्षाको प्रबन्ध गरिने प्रणाली हो । यसअन्तर्गत श्रमिकको तलबबाट निश्चित प्रतिशत रकम काटी त्यसमा रोजगारदाताले निश्चित प्रतिशत थप गरेर गरिएको योगदानका आधारमा सम्बन्धित श्रमिकले सामाजिक सुरक्षा प्राप्त गर्छ ।
नेपाल सरकारले ०७६ साउन १ देखि लागू हुने गरी श्रमिकले ११ प्रतिशत र रोजगारदाताले २० प्रतिशत रकम योगदान गरी जम्मा आधारभूत तलबको ३१ प्रतिशत रकम सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने र सोबापत सामाजिक सुरक्षा कोषले औषधि उपचार तथा मातृत्व सुरक्षा, दुर्घटना तथा असक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा गरी चारवटा सामाजिक सुरक्षा योजनाअन्तर्गत सुविधा दिन सुरु गरेको छ ।
यी व्यवस्था योगदानमा आधारित सामाजिक सुरक्षा ऐन ०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि ०७५ बमोजिम कार्यान्वयनमा ल्याइएका हुन् । र, यसबाट संविधानको धारा ३४ (२) ले गरेको नेपाली नागरिकको सामाजिक सुरक्षा पाउने मौलिक हकलाई सुनिश्चित गर्न मद्दत पुग्नेछ ।
८६. सार्वजनिक सेवा–प्रवाहमा Cross-cutting issues भन्नाले के बुझिन्छ ?
सार्वजनिक सेवा–प्रवाहमा अन्तरसम्बन्धित विषय भन्नाले सेवा–प्रवाहका सबै क्षेत्रसँग सरोकार राख्ने उत्तिकै महत्वपूर्ण मानिने र सेवा–प्रवाहका क्रममा सबै क्षेत्रले ध्यान दिनुपर्ने विषय भन्ने बुझिन्छ । यस्ता प्रमुख विषयमा लैंगिक सवालहरू, वातावरणसम्बन्धी मामिला, सहभागिता र समावेशीकरणसम्बन्धी विषय, पारदर्शिता र उत्तरदायित्व, सूचनाको हक, मानव–अधिकार, सामाजिक समता र न्याय, नैतिकता तथा सदाचारिता, सुशासनजस्ता कुरा पर्छन् ।
८७. Federalism/Principle of subsidiarity बीच के–कस्तो सम्बन्ध छ ?
सन्निकटताको सिद्धान्त (Principle of Subsidiarity) भनेको राज्यबाट जनताले पाउने सेवा–सुविधा उनीहरू नजिकैको बिन्दुबाट पाउनुपर्छ भन्ने मान्यता हो । यो मान्यता कार्यान्वयन गर्न राज्यको शक्ति, स्रोत र कार्यलार्ई जनताको सन्निकटमा हस्तान्तरण गर्ने प्रक्रिया विकेन्द्रीकरण हो । यदि यस्तो शक्तिको हस्तान्तरण तल्लो तहले सार्वभौमसत्ताकै प्रयोग गर्न सक्ने गरी संविधानले नै गरिएको छ भने त्यस्तो व्यवस्थालाई संघीयता भनिन्छ । संघीयता पनि विकेन्द्रीकरण नै हो र संघीयता वा विकेन्द्रीकरण सन्निकटताको सिद्धान्तलाई परिपालना गर्ने विधि हुन् । त्यसैले संघीयता र सन्निकटताको सिद्धान्त एकअर्कामा अन्तरसम्बन्धित छन् ।
८८. नेपालको सार्वजनिक प्रशासनमा Good Enough Government (GEG)/Whole of the Government Approach (WGA) भनेको के हो ? किन यसको आवश्यकता छ ?
गुड एनफ गभरर्नेन्स भनेको राजनीतिक तथा आर्थिक विकास हासिल गर्ने सरकारको लक्ष्यमा व्यवधान नपुग्ने हदसम्मका मात्र सुशासनका सर्तहरू हुने शासन हो । सुशासनका परम्परागत मानकजन्य सर्तका लामा सूचीले तीव्र र शीघ्र विकासलाई अवरोध गर्ने जोखिम हुने हुनाले शासन ठिक्क हदसम्मको मात्र असल हुनुपर्छ, जसले विकासलाई सहज तुल्याओस् । होल अफ द गभर्नेन्स् भनेकोचाहिँ शासनमा सरकारका सबै निकाय र तहहरू तथा सरकारभन्दा बाहिरका निजी क्षेत्र, नागरिक समाज, सामुदायिक संस्थाहरूबीचको अन्तरसम्बन्ध र सहकार्यको अवस्था हो । यस्तो शासकीय पद्धतिबाट फरक–फरक क्षेत्रको सक्षमता, विशिष्ट गुण र सबल पक्षहरूको संयोजनबाट सिनर्जी लाभ प्राप्त गरी शासनको प्रतिफल अधिकतम तुल्याउन सम्भव भएकाले यस्तो शासनको आवश्यकता परेको हो ।
८९. संघ, प्रदेश र स्थानीय तहको अधिकारको सूची तथा संघ र प्रदेशको साझा अधिकारको एवं संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची लेख्दा क्रमशः लेख्नुपर्छ कि तलमाथि लेख्दा पनि हुन्छ ?
यी सबै सूचीहरूमा धेरैवटा अधिकार समावेश भएका हुँदा परीक्षामा यिनीहरू सबैलाई जस्ताको तस्तै लेख्न सम्भव छैन । त्यसमाथि पनि अनुसूचीमा भएको सिरिअल क्रममै लेख्न त सम्भव नै हुँदैन । त्यसैले उत्तर लेख्दा सूचीमा भएका अधिकारको अर्थ र भाव फरक नपर्ने गरी छोटो–छोटो बुँदा बनाएर आफ्नै हिसाबले लेख्न सकिन्छ । क्रमशः नै लेख्नुपर्छ भन्ने छैन ।
९०. कुनै पनि प्रश्नले कानुनी व्यवस्था सोधेको अवस्थामा कुन–कुन कानुनमा सोसम्बन्धी व्यवस्था गरिएको छ भनेर कानुनको नामहरू मात्रै उल्लेख गरे पुग्छ वा सो कानुनको धारा, नियम र त्यसमा भएको व्यवस्थासमेत उल्लेख गर्नुपर्छ ?
कानुनी व्यवस्था लेख्नुहोस् भनेकोमा कानुनको नाम मात्र लेखेर पुग्दैन । त्यसमा भएको व्यवस्था लेख्नुपर्छ । तर, यसको मतलब सबै दफा, उपदफा उल्लेख गरी अक्षरशः जस्ताको तस्तै लेख्नुपर्छ भन्ने छैन । आफूलाई थाहा छ भने त्यस्तो व्यवस्था कुन दफा वा उपदफामा उल्लेख छ भनी खुलाउँदाचाहिँ राम्रै हुन्छ ।
९१. शासनका नवीनतम प्रवृत्ति र शासनका आयामबीच फरक छ वा छैन ? फरक भएमा कस्ता बुँदालाई समावेश गर्ने ?
शासनका नवीनतम प्रवृत्ति भनेका शासनका सम्बन्धमा पछिल्लो समयमा विकास भएका विकास र अभ्यास भएका नयाँ मान्यता, विधि र औजारहरू हुन् । तर, शासनका आयाम लेख्दा यसका राजनीतिक, आर्थिक, संस्थागत र नैतिक पक्षहरू लेख्नुपर्ने हुन्छ ।
९२. चौधौँ योजनाका प्रमुख उपलब्धिहरू उल्लेख गर्नुहोस् । यस प्रश्नको उत्तर लेख्दा कुन–कुन क्षेत्रका उपलब्धि समावेश गर्दा उत्तम हुन्छ ? र, छुटाउनै नहुने कुरा के–के हुन् ?
चौधौँ योजनाका उपलब्धि लेख्दा आर्थिक वृद्धि, गरिबी, शिक्षा, स्वास्थ्य, पूर्वाधार, लगानी, उद्योग, पर्यटनजस्ता क्षेत्रका उपलब्धि लेख्नुपर्छ । सँगसँगै प्राप्त उपलब्धि अपेक्षित नतिजाको तुलनामा पर्याप्त नभएको भए त्यसका कारणसमेत संक्षेपमा उल्लेख गर्नु राम्रो हुन्छ ।
९२. नेपालमा कानुन निर्माणको प्रक्रिया लामो छ । सबै कुरा समेटिने गरी यसलाई छोटकरीमा कसरी लेख्न सकिन्छ?
कानुन निर्माण प्रक्रिया लेख्दा समय व्यवस्थापनका लागि व्याख्यात्मकभन्दा पनि बुँदागत रूपमा लेख्नु राम्रो हुन्छ । यसभित्र नसमेटी नहुने विषय भनेका अवधारणापत्र तर्जुमा, कानुन र अर्थ मन्त्रालयको राय, मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति, प्रारम्भिक मस्यौदा, छलफल र राय–परामर्श, कानुन मन्त्रालयबाट मस्यौदा, मन्त्रिपरिषद्बाट स्वीकृति, संसद्मा दर्ता, छलफल र संशोधन प्रस्ताव, विषयगत समितिमा दफाबार छलफल र स्वीकृति, संसद्बाट बहुमतले पारित, राष्ट्रपतिद्वारा प्रमाणीकरण हुन् ।
प्रायः लेखकले संविधान र कानुनसँग सम्बन्धित प्रश्नको उत्तर दिँदा संविधान र कानुनमा भएका प्रावधान जस्ताको तस्तै साभार गरेको पाइन्छ । संविधान र कानुनको मूल मर्मलाई नमारी उपयुक्त शैलीमा उत्तर लेख्ने उपाय के हो ?
संविधान, ऐन, नियमका विषय लेख्दा लेख्नुपर्ने विषयको विषयवस्तु कति धेरै छ भन्ने कुराले जस्ताको तस्तै लेख्ने वा मूल मर्म नमर्ने गरी आफ्नै भाषामा लेख्ने भन्ने कुरा निर्धारण गर्छ । जस्तै– ५ नम्बरमा राज्यका निर्देशक सिद्धान्तहरू लेख्नुहोस् भनी सोधेको छ भने संविधानको व्यवस्था सबै जस्ताको तस्तै लेख्न सम्भव हुँदैन । तर ५ नम्बरमै संसद्बाट सरकार गठन प्रक्रिया लेख्नुहोस् भनी सोधेको छ भने संविधानको धारा ७६ को व्यवस्था जस्ताको तस्तै लेख्न सकिन्छ ।
९३. अवशिष्ट अधिकार(Residual Power) भनेको के हो ? प्रस्ट पार्नुहोस् ।
अवशिष्ट अधिकार (Residual Power) भनेको संविधानले संघ, प्रदेश र स्थानीय तहको एकल अधिकारको सूची वा साझा सूचीमा उल्लेख नभएको वा संविधानमा कुनै तहले प्रयोग गर्ने गरी नतोकिएको विषयमा संघको अधिकार हुने व्यवस्थालाई अवशिष्ट अधिकार भनिन्छ ।
९४. संघ, परदेश र स्थानीय तहको अन्तरसम्बन्धलाई कसरी लेख्न सकिन्छ ?
संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धलाई राजनीतिक, प्रशासनिक र आर्थिक अन्तरसम्बन्ध गरी तीन शीर्षकमा खण्डित गरेर संविधानका सम्बन्धित व्यवस्थालाई आधार मानेर लेख्नुपर्ने हुन्छ । यस विषयकै उत्तर ०७६ साउन ९ गते बिहीबारको नयाँ पत्रिकाको यसै पेजमा प्रकाशित छ, हेर्नुभयो भने प्रस्ट हुनेछ ।
९५. सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षणबीच के फरक छ ? यसको उत्तर एउटै हुन्छ वा फरक–फरक हुन्छ ?
सार्वजनिक सुनुवाइ, समाजिक परीक्षण र सार्वजनिक परीक्षण सार्वजनिक उत्तरदायित्वका तीन फरक–फरक औजार हुन् । तसर्थ यी तीन विषयका बारेमा लेख्नुपर्दा फरक–फरक लेख्नुपर्ने हुन्छ ।
९६. मोनोपोली र कार्टेलिङमा के भिन्नता छ ?
एकाधिकार बजारमा प्रतिस्पर्धाविरुद्धको अधिकार हो । यसका विभिन्न स्वरूप हुने गर्छन् । तिनीहरूमध्ये कार्टेलिङ एउटा स्वरूप हो, जसमा दुई वा दुईभन्दा बढी व्यवसायीले उत्पादन, मूल्य र आपूर्तिमा नियन्त्रण कायम गरी मुनाफा अभिवृद्धि गर्न मिलेमतो गर्नु कार्टेलिङ हो ।
नारायण घिमिरेको जिज्ञासा
कार्य र भूमिका एउटै हुन् वा फरक हुन् ? सार्वजनिक सेवाको कार्य र भूमिका लेख्नुहोस् भनेको प्रश्नमा कसरी लेख्नुपर्छ ?
कार्य र भूमिका भन्नु एउटै हो । यदि कार्य र भूमिका अलग–अलग लेख्न सोधेको छ भने भाषाको हिसाबले मात्र अलि फरक गर्न सकिएला, तर विषयवस्तु एउटै हुन्छ । कार्य र भूमिका अलग–अलग लेख्दा दुवै खण्ड ठ्याक्कै एकैचाहिँ नहोस् भन्नेमा ध्यान दिनुपर्छ । जस्तोः सार्वजनिक सेवाको कार्य लेख्दा आमनागरिकका लागि सेवा प्रवाह गर्नु, निजी क्षेत्र तथा बजारको नियमन गर्नु, समाजमा शान्ति सुव्यवस्था कायम गर्नु आदि लेख्न सकिन्छ भने त्यही विषयलाई भूमिकाको रूपमा लेख्दा सेवाप्रदायकको भूमिका, नियमनकारी भूमिका, संरक्षकको भूमिका आदि भनेर लेख्न सकिन्छ ।
सदाचार र नैतिकतामा के फरक छ ? उदाहरणसहित प्रस्ट पार्नुहोस् ?
सदाचार भनेको समाजले ठीक, असल वा राम्रा भनी स्वीकार गरेका मूल्य, आचरण र व्यवहारहरूको धारण गर्नु हो भने नैतिकता भनेको व्यक्तिको अन्तस्करण, विवेक र चेतनाले सही, ठीक वा असल भनी ठहर गरेको मूल्य हो । आचरण नियमहरूद्वारा बाँधिएको हुन्छ । तर, नैतिकता कहिलेकाहीँ नियमभन्दा बाहिर हुन सक्छ । समाजले स्वीकार गरेका सबै आचरण नैतिकताको कसीमा राम्रा नहुन सक्छन् । उदाहरणका लागि कुनै समाजमा बहुविवाहलाई सामान्य मानिन्छ भने त्यस समाजका लागि आचरणको दृष्टिबाट त्यो खराब नहुन सक्छ, तर नैतिकताको आँखाले हेर्दा बहुविवाह कुनै पनि अर्थमा सही मान्न सकिन्छ । त्यसैगरी छाउपडी प्रथालाई त्यहाँको समाजले पालना गर्नुपर्ने आचरणको रूपमा लिएको छ, तर नैतिकताको कसीमा जाँच्ने हो भने यो चरम अमानवीय व्यवहार हो । आचरण संस्थागत, पेसागत, सामाजिक–सांस्कृतिक वा पारिस्थितिक हुन सक्छ । नैतिकता यी सबै कुराभन्दा बढी वैयक्तिक हुन्छ । एउट वकिलले जस्तोसुकै अपराधी भए पनि ऊ अपराधी हो भनेर जान्दाजान्दै उसको मुद्दा लिनु र उसलाई जिताउन आप्mनो क्षमताको प्रयोगमा कुनै कसर नराखी प्रयास गर्नु वकिलको पेसागत आचरण हो भने नैतिकताले उसलाई पेसागत आचरणको बेवास्ता गर्दै त्यस्तो मुद्दा नलिने निर्णय गर्ने बनाउन पनि सक्छ ।
सरोज अधिकारीको जिज्ञासा
सामाजिक न्याय र समानताबीच के कस्तो भिन्नता र अन्तरसम्बन्ध रहेको छ ?
सामाजिक न्याय सामाजिक समानताको औजार वा माध्यम हो । सामाजिक समानता बृहत् र सामाजिक न्याय सामाजिक समानताको समन्यायिक आयाम भए तापनि यी दुवै एक–अर्काका परिपूरक छन् । सामाजिक न्यायविना सामाजिक समानता सम्भव छैन । त्यसैगरी सामाजिक समानतामा मात्र सामाजिक न्याय कायम हुन सक्छ ।
संक्रमणकालीन न्याय भनेको के हो ?
संक्रमणकालीन न्याय भन्नाले द्वन्द्वपछिको पुनःसंस्थापना र पुनःएकीकरणमा द्वन्द्वको समयका पीडकहरूलाई पीडितसामु र आममानिसहरूसमक्ष आफ्नो अपराधलाई स्वीकार गरी याचना गरेपछि पीडक र पीडितबीच मेलमिलाप गराई समाजमा दुवै पक्षलाई पुनस्र्थापित र एकीकृत गराउने कार्यलाई बुझिन्छ । यद्यपि यसमा निहत्था व्यक्तिको पाशविक हत्या, नरसंरहार, बलात्कारजस्ता जघन्य अपराधहरूलाई भने मेलमिलाप गराई आममाफी दिइँदैन ।
सामाजिक बहुलवाद भनेको के हो ?
धेरै प्रकारका जातीय, धार्मिक तथा सांस्कृतिक समुदायहरू बसोवास गरेको समाज बहुल समाज हो । बहुल समाज भएको मुलुकमा राज्यले यस्ता सामाजिक बहुलतालाई मान्यता, पहिचान, संरक्षण र सम्मान गर्दै जाति, भाषा, धर्म, संस्कृति, पहिचान आदिमा भएका भिन्नताका आधारमा कुनै विभेद नगर्ने नीति लिएको छ भने त्यसलाई सामाजिक–सांस्कृतिक बहुलवाद भनिन्छ । नेपाल १२५ जातजाति, १२३ भाषा र १० वटा धार्मिक समुदाय भएको बहुल समाज भएको मुलुक हो भने संविधानले धार्मिक, सांस्कृतिक तथा भाषिक निरपेक्षता, पहिचान, समावेशिता र तटस्थ राज्यको मान्यतालाई अवलम्बन गरेर सामाजिक बहुवादलाई आत्मसात् गरेको छ ।
राजु सुवेदीको जिज्ञासा
संवैधानिक विकासक्रमका बारेमा के कति लेख्न सकिन्छ ?
संवैधानिक विकासक्रम लेख्नुहोस् भन्ने प्रश्नको उत्तर लेख्दा सबै संविधानलाई छुने, तर विस्तृतमा नजाने गरी हरेक संविधानको सम्बन्धमा ३ देखि ४ लाइन नबढ्ने गरी क्रिटिकल्ली लेख्नुपर्छ । हरेक संविधानका छुट्टाछुट्टै सबल र दुर्बल पक्ष लेख्न सम्भव हुन्न । जस्तैः वि.सं. २००४ सालमा नेपालको अन्तरिम शासन विधान जारी भएपछि सुरु भएको नेपालको संवैधानिक विकासक्रमको इतिहासले हाल कार्यान्वयनमा रहेको नेपालको संविधानसम्म आइपुग्दा सात दशक पूरा गरिसकेको छ । पहिलो संविधानका रूपमा मानिए तापनि २००४ को संविधानमा लोकतन्त्र र संविधानवादका आधारभूत चरित्रहरूसमेत समेटिएका थिएनन् । भलै यो कार्यान्वयनमै आएन । विधान सभाको निर्वाचन गरी नयाँ संविधान बनाउने उद्देश्यले जारी नेपालको अन्तरिम शासन विधान, २००७ ले समयमै आप्mनो उद्देश्य पूरा गर्न नसकेपछि राजाले नेपाल अधिराज्यको संविधान २०१५ जारी गरे । ००७ र ०१५ का दुवै संविधानले प्रजातन्त्रका आधारभूत चरित्र बोकेका भए पनि राजामा विशेष अधिकार दिनाले राजाले सो को फाइदा उठाई ०१७ सालमा प्रजातन्त्रको हत्या गरी पञ्चायती व्यवस्था लागू गरे र सो व्यवस्थाअनुकूल हुने गरी नेपालको संविधान, २०१९ जारी गरे । ....... यसरी नै बाँकी संविधानहरूको पनि लेख्नुपर्छ ।
नितेश भट्टको जिज्ञासा
शाखा अधिकृतको विषयगततर्फको पाठ्यक्रममा रहेका निम्न विषयका कन्फ्युजनबारे बुझाइदिनुहोलाः
राजनीतिक तटस्थता र प्रतिबद्धता तटस्थताको मान्यताले प्रशासन संयन्त्र र यसमा काम गर्ने कर्मचारी कुनै पनि राजनीतिक विचारधाराबाट प्रभावित हुनु हुन्न र निर्वाचित सरकारलाई राजनीतिक आस्थाबाट मुक्त रहेर आपूmमा रहेको व्यवसायिक एवं प्राविधिक दक्षताको पूर्ण प्रयोग गरी सहयोग गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्छ । राजनीतिक प्रतिबद्धताले भने कर्मचारीहरूको सत्तासीन सरकारप्रतिको पूर्ण बफादारिता वा समर्पणलाई जनाउँछ । सिद्धान्ततः तटस्थता र प्रतिबद्धता एक–अर्कामा परस्पर विपरीत मान्यता हुन् । यद्यपि आधुनिक शासकीय प्रबन्धमा पूर्ण तटस्थता वा पूर्ण प्रतिबद्धता दुवै व्यावहारिक हुँदैनन् । यी दुई मान्यताबीचको सन्तुलन बोकेको याने कि न्युट्रल–कम्पिटेन्ट प्रशासन आजको आवश्यकता हो ।
सहकारितामूलक शासन भन्नाले सहकारी संस्थाको शासन बुझ्ने कि सबै तह, क्षेत्र मिलेर गर्ने शासन ?
सहकारितामूलक शासन भनेको बहुस्तरीय शासकीय प्रबन्धमा शक्तिको बहु तहहरूका बीचमा बाँडफाँड गरी त्यस्ता तहहरूबीचमा परस्परमा सहअस्तित्व, सहकारिता र सहसम्बन्ध कायम गरी गरिने शासन हो ।
शासनको सन्दर्भ भन्नाले संसारमा अहिले कस्तो कस्तो प्रकृतिको शासन चलिरहेको छ भनेर बुझ्ने कि विकासक्रम ?
शासनको सन्दर्भ भन्नाले शासन सम्बन्धमा फरक–फरक कालखण्डमा आएका अवधारणागत परिवर्तनको पछाडिका कारणहरूलाई बुझिन्छ । त्यसैले शासनको सन्दर्भले कुन समयमा शासनलाई के भनेर बुझियो र त्यसको सन्दर्भ के थियो भन्ने कुरालाई जनाउँछ । जस्तोः शासनसम्बन्धी आधुनिक अवधारणाको सन्दर्भमा आर्थिक उदारीकरण, अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक अन्तरनिर्भरता, लोकतान्त्रीकरण, निजी क्षेत्र र नागरिक समाजको भूमिकामा अभिवृद्धि, सरकारको भूमिकामा परिवर्तन, विकेन्द्रीकृत एवं सहभागितामूलक शासन प्रणालीको विकास, बहुस्तरीय शासनको अभ्यास आदि पर्दछन् ।
वित्तीय व्यवस्थापन र सामाजिक उत्तरदायित्व भन्नाले सार्वजनिक क्षेत्रको बुझ्ने कि निजी क्षेत्रको ?
शाखा अधिकृतको पाठ्यक्रममा उल्लिखित सबै विषयवस्तुहरूलाई सार्वजनिक क्षेत्रको सन्दर्भमा बुझनुपर्ने हुन्छ । त्यसैले वित्तीय व्यवस्थापन र सामाजिक उत्तरदायित्व पनि सार्वजनिक क्षेत्रकै सन्दर्भमा हो । यद्यपि सार्वजनिक क्षेत्रको अर्थभित्र सार्वजनिक उद्देश्यले सरकारको नियमनभित्र रही हुने सार्वजनिक सरोकारका सबै कार्यहरू समेटिन्छन् । त्यसैले सार्वजनिक क्षेत्र भनेर हामीले सरकारलाई मात्र बुभ्mनु हुँदैन । जस्तोः सामाजिक उत्तरदायित्वभित्र सरकार र सरकारी निकाय तथा अधिकारीको आम नागरिकप्रतिको उत्तरदायित्व, निजी संस्थाहरूको सामाजिक व्यावसायिक उत्तरदायित्व तथा नागरिकको समाजप्रतिको उत्तरदायित्व सबै समेटिन्छन् ।
पोर्टफोलियो र प्रत्यक्ष वैदेशिक लगानीमा के फरक छ ?
प्रत्यक्ष वैदेशिक लगानी भन्नाले विदेशी लगानीकर्ताले लगानी गरेको व्यवसाय वा कम्पनीको स्वामित्व, व्यवस्थापन, निर्णय र नियन्त्रणमा प्रत्यक्ष संलग्न हुने गरी गरेको लगानीलाई बुझिन्छ । यो प्राथमिक बजारमा दीर्घकालसम्म निरन्तर प्रतिफल प्राप्त गर्ने उद्देश्यले गरिन्छ । पोर्टफोलियो लगानी भन्नाले चाहिँ लगानी गरेको संस्थामा प्रत्यक्ष संलग्न नभई शीघ्र प्रतिफल पाउने ध्येयले माध्यमिक बजार अर्थात् धितोपत्र बजारमा गर्ने लगानीलाई बुझिन्छ ।
शान्ति र द्वन्द्व संवेदनशील विकाससँग अध्ययन गर्ने विषय हुन् या छुट्टाछुट्टै विषय हुन् ?
यी दुवै सँगसँगै अध्ययन गर्ने विषय हुन् । शान्ति खलबलिन नदिने गरी गरिने विकास शान्ति संवेदनशील विकास हो भने भएको द्वन्द्वलाई अझ बिग्रन नदिने वा विकासका कारण द्वन्द्व सिर्जना नहुने गरी गरिने विकास द्वन्द्व संवेदनशील विकास हो । त्यसैले यी दुवै विषय एक–अर्कामा परिपूरक र अन्तरसम्बन्धित हुन् ।
संकट र विपद्मा के फरक छ ?
विपद् मानवीय र भौतिक क्षतिसहितको असामान्य परिस्थिति हो भने संकट सामान्य अवस्थामा नियमित चलिरहेको प्रणाली वा वातावरण वा जीवन क्रियामा आकस्मिक रूपमा आएको अनपेक्षित अवस्था हो । संकटको समयमै उचित समाधान गर्न सकिएन भने त्यसले विपद् सिर्जन गर्न सक्छ भने विपद्का वेला अनेकन् किसिमका संकटहरू आइपर्न सक्छन् । जस्तोः भूकम्प गएर धनजनको क्षति हुनु विपद् हो भने भूकम्पले सडक भत्कँदा उद्धारका लागि मानिस पुग्न नसक्नु वा खाद्यान्न ढुवानी गर्न नसक्दा प्रभावित जनसंख्यामा असामान्य परिस्थिति सिर्जना हुनु संकट हो ।
समृद्धि धिमालको जिज्ञासा
१. संयुक्त राष्ट्रसंघका उद्देश्य र सिद्धान्तहरू उल्लेख गर्नुहोस् । संयुक्त राष्ट्रसंघले आफ्नो उद्देश्य कतिको हासिल गरेको ठान्नुहुन्छ ? चर्चा गर्नुहोस् ।
यस प्रश्नको पहिलो खण्डमा खाली संयुक्त राष्ट्रसंघको उद्देश्य र सिद्धान्त बुँदागत रूपमा लेखे पुगिहाल्छ । दोस्रो खण्डमा भने संयुक्त राष्ट्रसंघका उद्देश्यका आधारमा यसले सम्पादन गरिरहेका कार्यहरू के–कति मात्रामा उपलब्धिमूलक छन् भन्ने देखाउन यसले गर्ने गरेका कार्यहरू र त्यसबाट उद्देश्यप्राप्तिमा परेका सकारात्मक प्रभावहरू उल्लेख गर्नुपर्छ । अर्को खण्डमा यसमा रहेका कमजोरीहरू केलाएर निष्कर्षमा यस्ता कमजोरीमा सुधार गर्न सके संयुक्त राष्ट्रसंघ आफ्ना उद्देश्यप्राप्तिमा सफल हुन्छ भन्ने आशयमा उत्तर लेख्नुपर्छ ।
२. नेपालले सुरु गरेको संघीय शासन प्रणालीलाई प्रभाकारी तुल्याउन विद्यमान प्रशासनिक संरचनामा के–कस्ता सुधारहरू गर्नु उपयुक्त होला ? तर्क प्रस्तुत गर्नुहोस् ।
यस्तो प्रश्नको उत्तर लेख्दा संघीय प्रणालीको संक्षिप्त परिचय, नेपालले अवलम्बन गरेको संघीय प्रणालीको खाका र यसको कार्यान्वयनका चुनौतीहरू अत्यन्तै संक्षेपमा उल्लेख गरी संघीयता कार्यान्वयनमा प्रशासनिक संरचनाको भूमिका पहिचान गरेर हालको संरचनामा त्यस्तो भूमिका निर्वाह गर्न सक्ने गरी सुधार गर्न तपाईंलाई लागेका सुझाबहरू मौलिक रूपमा प्रस्तुत गर्नु राम्रो हुन्छ ।
३. नेपालको सुरक्षा व्यवस्थापनको परिचय दिनुहोस् । राष्ट्रिय सुरक्षा व्यवस्थापनमा देखिएका सामाजिक सवालहरूको विवेचना गर्दै नेपालले अवलम्बन गर्नुपर्ने भावी रणनीतिबारे चर्चा गर्नुहोस् ।
यस प्रश्नको हकमा सर्वप्रथम राष्ट्रिय सुरक्षा व्यवस्थापनलाई परिभाषित गर्नुपर्छ । त्यसपछि सोही परिभाषाका आधारमा नेपालमा राष्ट्रिय सुरक्षा व्यवस्थापनका लागि के–कस्ता नीतिगत, संस्थागत र कार्यगत व्यवस्थाहरू गरिएको छ भनी संक्षेपमा उल्लेख गर्नुपर्छ । दोस्रो खण्डमा राष्ट्रिय सुरक्षाका सन्दर्भमा देखिएका सामाजिक सवालहरू बुँदागत रूपमा उल्लेख गर्नु राम्रो हुन्छ । र, अन्तिम खण्डमा राष्ट्रिय सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपालले अबका दिनमा अवलम्बन गर्नुपर्ने रणनीतिहरू बुँदागत रूपमै सुझाब दिनु राम्रो हुन्छ ।
४. नेपालको प्रशासनिक संरचना जनमैत्री बनाउन के–कस्ता सुधार आवश्यक ठान्नुहुन्छ ? व्याख्या गर्नुहोस् ।
जनमैत्री प्रशासन भनेको जनताको सहभागिता, रुचि र विश्वासमा जनताकै हितका लागि काम गर्ने प्रशासन हो । यसका लागि प्रशासन र जनताका बीचमा सम्बन्ध, सहकार्य, अपनत्व र विश्वास अभिवृद्धि गर्ने विधि र उपायहरूको प्रयोग गरिनुपर्छ । त्यस्ता उपायहरू सहभागितामूलक योजना, बजेट र नीति–निर्माण, पारदर्शी कार्यशैली, सरल, संक्षिप्त र स्पष्ट कार्यविधि, लचक र परिवर्तनलाई ग्रहण गर्ने संरचना, सूचना प्रविधिको प्रयोग, सार्वजनिक सुनुवाइ, नागरिक बडापत्र, घुम्ती सेवा, मुस्कानसहितको सेवा, उत्तरदायी कार्यप्रणाली, नागरिक अनुगमन र मूल्यांकनजस्ता विधिको प्रयोग गर्दै प्रशासनको संरचना, प्रक्रिया, प्रविधिमा र व्यवहारमा सुधार गर्नुपर्छ । उत्तर लेख्दा सुधारका यी चारवटा क्षेत्रभित्र माथिका औजारहरू समेटिने गरी अरू आवश्यक सुझाब पनि बुँदागत रूपमा अलग–अलग क्षेत्रगत शीर्षकमा लेख्नु राम्रो हुन्छ ।
मिलन राईको जिज्ञासा
संघीय संरचनामा नेपालको आर्थिक कार्यप्रणाली कस्तो हुन्छ ? यो प्रश्नको उत्तरमा संविधानको भाग १० पूरै लेख्नुपर्छ वा कसरी जवाफ लेख्दा हुन्छ ?
यस्तो प्रश्नको उत्तर लेख्दा संविधानमा भएको व्यवस्था धारा, उपधारासहित हुबहु लेख्नुपर्दैन । सो व्यवस्थाको स्पष्ट चित्रण हुने गरी संक्षिप्तमा आफ्नै भाषामा लेख्न सकिन्छ । कति लेख्ने भन्ने कुरा दिइएको समय कति छ, त्यसमा भर पर्छ । सामान्यतया १० नम्बरको एउटा प्रश्नको उत्तर लेख्न १८ मिनेट समय हुने हुँदा यति समयमा औसत व्यक्तिले ३ सय शब्दको हाराहारीमा उत्तर लेख्न सक्छन् । त्यसमा २०–३० शब्द घटी वा बढी हुन पनि सक्छ ।
तुलसीरामको जिज्ञासा
व्यवस्थापन परीक्षणका उद्देश्यहरू उल्लेख गरी व्यवस्थापन परीक्षण प्रशासकीय र व्यवस्थापकीय सुधारको औजार हो भन्ने भनाइमा तर्क प्रस्तुत गर्नुहोस् । यसको उत्तरमा उद्देश्य, कानुनी व्यवस्था, समस्या, सुझाबहरू समेट्न सकिन्छ ?
यो प्रश्नको जवाफमा सर्वप्रथम व्यवस्थापन परीक्षण के हो भनी परिचय दिनुपर्छ । त्यसपछि यसका उद्देश्यहरू बुँदागत रूपमा लेख्नुपर्ने हुन्छ । दोस्रो खण्डमा भने तपाईंले भनेजस्तो नेपालमा के कानुनी व्यवस्था छन्, के समस्या छन्, सुधार गर्न के गर्नुपर्छ भन्ने विषयहरू लेख्नुपर्दैन । खालि व्यवस्थापन परीक्षणको महत्वलाई प्रशासकीय र व्यवस्थापकीय सुधारको सन्दर्भमा उजागर गर्नुपर्छ । अर्थात्, यसले प्रशासकीय र व्यवस्थापकीय सुधारमा कसरी मद्दत गर्छ भन्ने कुरा बुँदागत रूपमा लेख्नुपर्छ ।
नारायण तमूको जिज्ञासा
स्थानीय तहमा अब लगत्तै हुने विषयगत परीक्षामा १५औँ योजनाबाट प्रश्न सोध्ने सम्भावना हुन्छ कि हुँदैन ?
परीक्षाको मितिभन्दा तीन महिनाअघि स्वीकृत वा संशोधन भएको ऐन, नियम तथा नीतिहरूबाट प्रश्न सोध्न सकिने व्यहोरा पठ्यक्रममै उल्लेख छ । पन्ध्रौँ योजनाको आधारपत्र ०७६ वैशाखमा स्वीकृत भई जारी भएको हुँदा परीक्षाको मितिसम्ममा तीन महिना पूरा हुने भएकाले यसबाट प्रश्न सोध्न सकिन्छ । अन्य प्रश्नमा योजनाको कुरा लेख्नुपर्दा पनि पन्ध्रौँ योजनालाई नै उद्धृत गरी लेख्नुपर्छ ।
निपूर्ण शासन (Efficient governance) र प्रभावकारी शासन (भाभअतष्खभ नयखभचलबलअभ) को बीचको भिन्नतालाई शासनका सिद्धान्तका आधारमा कसरी छुट्याउन सकिन्छ
निपूर्ण शासन र प्रभावकारी शासन भनेर भिन्नता छुट्याउन मिल्ने विषय होइन । शासन, व्यवस्थापन वा प्रशासन सबैको केन्द्रबिन्दु सीमित स्रोत–साधनको मितव्ययी, कुशल र प्रभावकारी परिचालनद्वारा अपेक्षित नतिजा प्राप्त गर्नु नै हो । शासन भन्नेबित्तिकै निपूर्ण र प्रभावकारी तवरले सामाजिक तथा आर्थिक स्रोत परिचालन गर्न शक्तिको प्रयोग गर्ने कार्यलाई बुझिन्छ । त्यसैले निपुणता र प्रभावकारिता शासनका अलग गरेर हेर्न नसकिने दुई चरित्र हुन ।
सार्वजनिक–निजी साझेदारीलाई द्रुतगतिको विकास गर्ने एउटा माध्यमको रूपमा लिइन्छ, तर नेपालमा यो त्यति सफल भइसकेको छैन । अतः सार्वजनिक–निजी साझेदारी (ppp)को स्थितिमा सुधार ल्याउन कस्तो तरिका अपनाउनुपर्छ ?
यो प्रश्नको उत्तर लेख्दा सर्वप्रथम सार्वजनिक–निजी साझेदारीलाई परिभाषित गरी नेपालमा यसको अभ्यासको उपलब्धि र समस्या संक्षेपमा लेख्नु आवश्यक हुन्छ । दोस्रो खण्डमा सार्वजनिक–निजी साझेदारीलाई विकासको प्रभावकारी मोडलका रूपमा प्रयोग गर्न के गर्नु आवश्यक छ भनी बुँदागत रूपमा सुझाब दिनुपर्ने हुन्छ ।
संगीता महत्राको जिज्ञासा
नागरिक चेतनाले संघीयताको सफल कार्यान्वयनमा खेल्ने भूमिकाबारे चर्चा गर्नुहोस् ।
संघीयता कार्यान्वयनका लागि नागरिकमा आफ्नो अधिकार र कर्तव्यको बोध, राजनीतिक प्रक्रिया र प्रणालीको ज्ञान, अर्थपूर्ण राजनीतिक सहभागिताका लागि राजनीतिक चेतना र सशक्तीकरण, राजनीतिक सहनशीलता, कानुनी तथा नीतिगत साक्षरता, राष्ट्रियताको भावना, नैतिकता, सदाचारिता र निष्ठाजस्ता गुण हुनु आवश्यक छ । नागरिक सचेतनाले नागरिकमा यस्ता गुण विकास गर्न मद्दत पु-याउने हुँदा संघीयता कार्यान्वयनमा नागरिक चेतना महत्वपूर्ण छ भन्ने आसयमा आधारित भएर भूमिकालाई तर्क र उदाहरणसहित बुँदागत रूपमा लेख्नु राम्रो हुन्छ ।
विपना पौडेलको जिज्ञासा
नयाँ सार्वजनिक व्यवस्थापन र नयाँ सार्वजनिक सेवाबारे स्पष्ट पार्नुहोस् ।
यस्तो प्रश्नमा दुवै विषयको परिभाषा, विशेषता, सिद्धान्त र क्षेत्रको व्याख्या गरी दुईबीचका समानता र भिन्नता वा अन्तरसम्बन्ध के हुन्छ त्यो लेख्नुपर्ने हुन्छ । नयाँ सार्वजनिक व्यवस्थापन र नयाँ सार्वजनिक सेवा शासनसम्बन्धी पछिल्लो समयमा विकास भएका अवधारणा हुन् । नयाँ सार्वजनिक व्यवस्थापनको कमजोरीमा सुधार गर्न र अपूर्णतालाई पूरा गर्न नयाँ सार्वजनिक व्यवस्थापनको अवधारणा आएको हो । त्यसैले यी दुवै शासनको मान्यतामा सुधारको खोजीका रूपमा एकपछि अर्को गरी आएका अवधारणा भएको हुँदा यिनीहरूमा रहेका भिन्नता उल्लेख गर्नुपर्ने हुन्छ । कुनै ऐनको विशेषता उल्लेख गर्दा कुन कुरालाई बढी समावेश गर्ने ? जस्तै– स्थानीय सरकार सञ्चालन ऐन, ०७४ ।
कुनै पनि ऐनको विशेषता लेख्दा त्यसको प्रस्तावनामा आधारित भएर लेख्नुपर्छ । त्यसबाहेक उक्त ऐनमा भएका प्रमुख व्यवस्थाका आधारमा समेत केही विशेषता बनाउन सकिन्छ ।
शोभा ओझाको जिज्ञासा
योजनाबद्ध विकासक्रम र चालू आवधिक योजनाबाट कस्ता प्रश्न आउँछन् ?
योजनाबाट योजनाबद्ध विकासको समीक्षात्मक टिप्पणी लेख्ने वा नेपालमा योजानाबद्ध विकास प्रयासबाट अपेक्षाकृत उपलब्धि हासिल हुन नसक्नुका कारण लेख्ने वा गरिबी निवारणमा योजनाबद्ध विकासले खेलेको भूमिकाको समीक्षा गर्ने वा योजनाको असफलतामा आयोजना व्यवस्थापनको भूमिका कस्तो रहेको छ वा आर्थिक उदारीकरणको सन्दर्भमा नेपालमा योजनाको आवश्यकताको विश्लेषण गर्ने वा नेपालमा योजना आयोगको औचित्यतामाथि टिप्पणी गर्नेजस्ता प्रश्न सोधिन सक्छन् ।
चालू आवधिक योजनाबाट भने चौधौँ योजनाको समीक्षा, विगतका योजना कार्यान्वयनमा देखिएका समस्याबाट पन्ध्रौँ योजना कार्यान्वयनमा सिक्नुपर्ने पाठ, पन्ध्रौँ योजनाले अघिसारेको दीर्घकालीन सोच २१०० का लक्ष्य, रणनीति र संवाहकहरू, दीर्घकालीन सोच २१०० प्राप्तिका चुनौती, पन्ध्रौँ योजनाको सोच, लक्ष्य र रणनीति, विगतका योजनाको तुलनामा पन्ध्रौँ योजना के–कति कारणले भिन्न छ भन्नेजस्ता प्रश्न सोधिन सक्छन् ।
पदम अधिकारीको जिज्ञासा
टिप्पणी लेख्नुहोस् भन्ने प्रश्नमा बुँदागत रूपमा लेख्नु उचित हुन्छ कि अनुच्छेदमा ?
टिप्पणी लेख्नुहोस् भन्ने प्रश्नको उत्तरमा क्रमशः परिचय वा परिभाषा, क्षेत्र, कार्य, महत्व , विशेषता, सिद्धान्तजस्ता कुरा संक्षेपमा लेख्नुपर्ने हुन्छ । त्यसैले यसको उत्तर बुँदामा भन्दा छोटो–छोटो अनुच्छेदमा लेख्नु राम्रो हुन्छ ।
समृद्धि धिमालको जिज्ञासा
नेपालमा संघीयता कार्यान्वयनको अवस्थालाई कति हदसम्म सफल भएको ठान्न सकिएला ? आगामी दिनमा संघीयता कार्यान्वयनलाई अझ बढी प्रभावकारी र सफल तुल्याउन के–कस्ता कदम चाल्नु उपयुक्त होलान् ? तर्क पेस गर्नुहोस् । नेपालमा संघीयता सफल छ भन्दै गर्दा यदि संघीयताको नेपालमा राम्रो अभ्यास भएको छैन भन्ने मत भएको जाँचकीले कापी जाँच्नुभयो भने त पक्कै राम्रो अंक पाउन गाह्रो होला ? सन्तुलित उत्तर लेख्न के गर्नुपर्ला ?
बौद्धिक जगत्मा उत्तिकै बलिया भिन्न–भिन्न मत रहेका विषयमा आफ्नो धारणा माग गर्ने किसिमको प्रश्नमा कुनै एउटा विषय ठीक र अर्को विषय बेठीक भनेर किटानी गरी लेख्नुभन्दा पनि दुवै विषयका सैद्धान्तिक आधार, अन्तर्राष्ट्रिय अभ्यासका उदाहरण र सबल तथा दुर्बल पक्ष केलाई दुवैका राम्रा पक्ष र कमजोरी हुने हुँदा जुन व्यवस्थाको अवलम्बन गरे पनि त्यसका नकारात्मक पक्षहरूको प्रभावलाई कम गर्दै सकारात्मक पक्षबाट बढी लाभ लिन प्रयत्न गर्नुपर्छ भन्ने आशय प्रस्तुत गर्नु राम्रो हुन्छ ।
यो प्रश्नको हकमा पनि नेपालमा संघीयता कार्यान्वयनको हालसम्मको उपलब्धि र कमजोरी दुवैलाई उल्लेख गरी हाम्रा अगाडि तत्कालका लागि संघीयतालाई सफल कार्यान्वयनमा लानुको विकल्प नरहेको परिस्थितिमा हाल देखिएका समस्याको सावधानीपूर्वक समाधान खोज्दै र भविष्यमा आउन सक्ने समस्या तथा चुनौतीको पूर्वानुमान गरी तिनको सामनाका उपाय समयमै खोज्ने र प्रयोग गर्ने कुरामा ध्यान दिनुपर्छ भनी तर्क गर्नु राम्रो हुन्छ ।
परीक्षक जुनसुकै विचारको भए पनि उत्तर पुस्तिका परीक्षण गर्दा तटस्थ रही व्यावसायिक र प्राज्ञिक धर्म नै निर्वाह गर्छ । आफ्नो विचारविपरीतको धारमा लेख्ने परीक्षार्थीलाई कम नम्बर दिने भन्ने हुँदैन । अंक दिँदा तर्क र पुस्ट्याइँलाई हेर्ने हो । तर पनि यसरी बीचको धारबाट लेखियो भने जुन किसिमको सोच राख्ने परीक्षक भए पनि अंक दिँदा बायस हुने सम्भावना रहँदैन ।
सार्वजनिक नीतिको जीवन्तताको आधार सार्वजनिक नीतिको विश्लेषण हो भन्ने भनाइ तर्कसहित पुष्टि गर्नुहोस् ।
यो प्रश्नको उत्तर लेख्दा सर्वप्रथम सार्वजनिक नीति र सार्वजनिक नीति विश्लेषणलाई परिभाषित गर्नु राम्रो हुन्छ । दोस्रो खण्डमा सार्वजनिक नीति विश्लेषणका उद्देश्य तथा महŒव लेखी तिनैका आधारमा सार्वजनिक नीति विश्लेषणले कसरी सार्वजनिक नीतिलाई जीवन्तता दिन्छ भन्ने कुरा तर्क र उदाहरणसहित पुष्टि गर्नुपर्छ ।
विकास प्रक्रियामा सरकारबाहेकका क्षेत्रको भूमिका किन आवश्यक छ ? देशको विकासका लागि सरकारबाहेकका क्षेत्रलाई प्रोत्साहन गर्न नेपाल सरकारले के–कस्ता व्यवस्था अघि सारेको छ ? संक्षिप्त चर्चा गर्नुहोस् ।
यो प्रश्नको उत्तरलाई दुई खण्डमा विभाजन गरी लेख्नुपर्छ । पहिलो खण्डमा विकासमा सरकारबाहेकका क्षेत्रको के भूमिका हुन्छ भन्ने कुरा बुँदागत रूपमा उल्लेख गर्नुपर्छ । भूमिका लेख्दा क्षेत्र छुट्याएर, जस्तै– निजी क्षेत्रको भूमिका, सहकारी क्षेत्रको भूमिका, नागरिक समाजको भूमिका, सामुदायिक क्षेत्रको भूमिका आदि लेख्नु राम्रो हुन्छ । दोस्रो खण्डमा यस्ता क्षेत्रलाई प्रोत्साहित गर्न सरकारले गरेका व्यवस्थालाई नीतिगत, संस्थागत, कार्यक्रमगत र प्रशासनिक वा व्यवस्थापकीय गरी चार शीर्षकमा बुँदागत रूपमा लेख्नु उचित हुन्छ ।
कुनै पनि विषयवस्तुको वर्तमान अवस्थाबारे चर्चा गर्नुहोस् भन्ने प्रश्नमा कहीँकतै त्यस विषयवस्तुको विगत वर्षदेखि यस वर्षसम्मको तथ्यांक पेस गरिएको पाइन्छ भने त्यही प्रश्नको उत्तर कहीँकतै क्जयचत ब्लबथिकष्क गरिएको पाइन्छ ? यी दुवै किसिमका उत्तर सही हुन् वा कुनै एक मात्र ? जस्तै– नेपालमा वैदेशिक लगानीको अवस्था, नेपालमा गरिबीको अवस्था, नेपालमा लोकतन्त्रको अवस्था, नेपालमा वैदशिक रोजगारीको अवस्था ।
कुनै विषयवस्तुको वर्तमान अवस्था विश्लेषण गर्नुप-यो भने त्यससम्बन्धी गरिएका विद्यमान नीतिगत तथा संस्थागत व्यवस्था लेखी त्यसबाट प्राप्त उपलब्धि र त्यसमा देखिएका कमजोरी वा समस्यालाई लेख्ने हो । विगतदेखिको तथ्यांक प्रस्तुत गर्नुपर्दैन । वर्तमान अवस्थालाई देखाउने तथ्यांक ‘उपलब्धि र समस्या’ खण्डमा लेख्न सकिन्छ ।
दीपक बिसीको जिज्ञासा
मानव संसाधन विकास र जनशक्ति विकास फरक हुन् वा एउटै हो ?
मानव संसाधन विकास र जनशक्ति विकास दुवै एउटै विषय हुन् । पहिले–पहिले जनशक्ति विकास शब्दको प्रयोग बढी हुन्थ्यो । आजभोलि मानव संसाधन विकास शब्दको प्रयोग बढी हुने गरेको छ ।
मिलन रातघियाको जिज्ञासा
लोकसेवा परीक्षामा कति प्रश्न मिलाउने पास हुन्छन् अथवा कति नम्बर ल्याउँदा पास हुन सकिन्छ ?
प्रतिस्पर्धाको परीक्षा भएकाले कति मिलाउँदा वा कति अंक ल्याउँदा उत्तीर्ण भइन्छ भन्ने हुन्न । सफल हुन सर्वप्रथम उत्तीर्णाङ्क त ल्याउनै प-यो सबै विषयमा । त्यसपछि प्रतिस्पर्धामा अरूले भन्दा बढी अंक ल्याउने सफल हुने हो । प्रतिस्पर्धा धेरै हुने भएकाले सबै प्रश्नको सही उत्तर नलेख्ने व्यक्ति छनोट हुन कठिन हुन्छ । लोकसेवा परीक्षामा विश्वविद्यालयमा उत्तीर्ण हुन लेखेकोभन्दा बढी नै स्तरीय उत्तर लेख्नुपर्ने चाहिँ पक्कै हुन्छ ।
युवराज पौडेलको जिज्ञासा
भ्रष्टाचार निवारण ऐन ०५९ सम्बन्धी प्रश्नको परीक्षाका लागि तयारी गर्दा कुन–कुन दफा तथा परिच्छेदमा तयारी गर्दा उपयुक्त होला । छैटौँ तहको दोस्रो पत्रका यस सम्बन्धमा १० पूर्णाङ्कका कस्ता–कस्ता प्रश्न आउन सक्लान् ?
भ्रष्टाचार निवारण ऐनबाट यही खण्ड, विषय वा दफाबाट प्रश्न आउँछ भन्ने हुँदैन । तयारी गर्दा ऐनका सबै व्यवस्थालाई हेरेको हुनुपर्छ । खासगरी समग्र ऐनको विशेषता, उद्देश्य, भ्रष्टाचारको परिभाषा, भ्रष्टाचार ठहरिने विषयहरू, अनुसन्धानका प्रक्रिया, सजायका प्रकार र मात्रा जस्ता कुरामा अलि बढी ध्यान पु-याउनु राम्रो हुन्छ ।
दीपेश रिजालको जिज्ञासा
वित्त व्यवस्थापन र वित्तीय व्यवस्थापनमा के फरक छ ? वित्तीय संस्थाको सञ्चालन कुन व्यवस्थापनसँग सम्बन्धित छ ? यी दुई कसरी अन्तरसम्बन्धित छन् ?
वित्त व्यवस्थापन र वित्तीय व्यवस्थापन एउटै विषय हुन् । दुवै शब्दावली मुद्राको सिर्जना, संकलन र लगानी वा खर्चको व्यवस्थापनसँग सम्बन्धित क्रियाकलापलाई जनाउन प्रयोग हुन्छन् । वित्तीय संस्था भनेको वित्त व्यवस्थापन वा वित्तीय व्यवस्थापनअन्तर्गत वित्तीय बजारका माध्यम संस्था (Financial Intermediaries) हुन् । यिनीहरूकै अध्ययन गर्ने विद्यालाई भने वित्तीय क्षेत्र व्यवस्थापन (Financial Sector Management) भनिन्छ । वित्तीय क्षेत्र व्यवस्थापन पनि वित्त व्यवस्थापन वा वित्तीय व्यवस्थापनसँग प्रत्यक्ष गाँसिएको हुन्छ ।
बेरुजु र भ्रष्टाचारमा के–के फरक छ ?
भ्रष्टाचार भनेको सार्वजनिक शक्ति वा स्रोतको दुरुपयोग वा व्यक्तिगत हितमा उपयोग गर्नु हो । बेरुजु लेखा परीक्षणका क्रममा रुजु गर्दा नमिलेको वा रुजु नगरिएको वा नभएको आर्थिक कारोबार हो । यो नियमित गर्नुपर्ने वा असुली गर्नुपर्ने वा पेस्की फस्र्योट गर्नुपर्ने हुन सक्छ । त्यसैले यदि बेरुजु नियमविपरीत खर्च गरेको कारणले भएको छ भने त्यो पनि भ्रष्टाचार हुन सक्छ । तर, सबै बेरुजु भ्रष्टाचार नहुन सक्छ ।
बुद्धिबहादुर रानाको जिज्ञासा
Public administration dichotomy भनेको के हो ?
तपाईंले politics-administration dichotomy भन्न खोजेको जस्तो लाग्यो । यो भनेको प्रशासन र राजनीतिका बीचमा सीमा निर्धारण गरी यी दुई विषय अलग–अलग हुन् भनी विश्वास गर्ने सिद्धान्त हो । उड्रो विल्सनले सन् १८८७ मा प्रशासन राजनीतिभन्दा फरक विधा हो, राजनीतिले नीति बनाउने काम गर्छ भने प्रशासनले त्यस्ता नीतिको कार्यान्वयन, त्यसैलै यी दुई विषयलाई अलग–अलग अध्ययन गरिनुपर्छ भन्ने मान्यता अघि सारेसँगै यो सिद्धान्त बहसमा आएको हो ।
सरला कुमालको जिज्ञासा
आजको विश्वमा विकासका सर्वसम्बन्धित (Cross cutting) तथा समसामयिक विषय के–के हुन् ? यी विषयको प्रभावकारी संयोजन गर्न नेपालको वर्तमान आवधिक योजनाको दस्ताबेजमा कसरी आत्मसात् तथा मूल प्रवाहीकरण गरिएको छ ?
विकासका अन्तरसम्बन्धित (तपाईंले भनेको सर्वसम्बन्धित) विषय भनेको विकासका सबै क्षेत्रमा प्रयोगमा आउने वा सबै क्षेत्रलाई प्रभावित पार्ने साझा विषय हुन् । त्यस्ता विषयमा सुशासन, लैंगिक मामिला, मानव–अधिकार, वातावरण संरक्षण, समावेशीकरण, गरिबी निवारण, सामाजिक न्याय र समता आदि पर्छन् । तपाईंको प्रश्नको दोस्रो खण्डको उत्तर यिनै विषयलाई चालू योजनाले कसरी सम्बोधन गरेको छ भनी लेख्नुपर्छ ।
नेपालको आर्थिक सामाजिक विकासमा सामाजिक सांस्कृतिक परम्परा सामाजिक मूल्य–मान्यताले पु्-याएको नकारात्मक र सकारात्मक भूमिकाबारे चर्चा गर्नुहोस् ?
यस प्रश्नको उत्तर लेख्दा पहिले आर्थिक सामाजिक विकास, सामाजिक तथा सांस्कृतिक परम्परा एवं मूल्य–मान्यताबाट कसरी प्रभावित हुन्छ या यी दुईबीच कस्तो अन्तरसम्बन्ध हुन्छ भनी लेख्नुपर्छ । त्यसपछि नेपालको विकासमा यहाँको सामाजिक सांस्कृति परम्परा र मूल्य–मान्यताले कस्तो सकारात्मक र नकारात्मक असर
गरेको छ भनी छुट्टाछुट्टैँ उप–शीर्षकमा बुँदागत रूपमा लेख्नु राम्रो हुन्छ ।
अधिकार निक्षेपणबाट तल्लो तहले निर्णय गर्ने कुरामा अधिकतम स्वतन्त्रता पाउँछ । यस भनाइप्रति आफ्नो धारणा दिनुहोस् भन्ने प्रश्नको उत्तर कसरी लेख्न सकिन्छ ?
यस्तो प्रश्नमा सर्वप्रथम अधिकार निक्षेपणलाई परिभाषित गरी यसका विशेषता लेख्नुपर्छ । त्यसपछि दोस्रो खण्डमा तिनै विशेषताका आधारमा देहायका कारणले निक्षेपणले तल्लो तहलाई निर्णयमा अधिकतम स्वायत्तता प्रदान गर्छ भनी करणहरू बुँदागत रूपमा लेख्नु उपयुक्त हुन्छ ।
नेपालले सुरु गरेको संघीय शासन प्रणालीलाई प्रभावकारी तुल्याउन विद्यमान प्रशासनिक संरचनामा के–कस्ता सुधार गर्नु उपयुक्त होला ? तर्क प्रस्तुत गर्नुहोस् ।
यस प्रश्नको उत्तर दिँदा नेपालको विद्यमान प्रशासनिक संरचानको सबल तथा दुर्बल पक्षहरू उल्लेख गरी संघीयताको सन्दर्भमा यसमा गर्नुपर्ने सुधारलाई नीतिगत, संरचनागत, व्यवस्थापकीय र व्यावहारिक खण्डमा छुट्याएर लेख्न सकिन्छ ।
नवीन शर्माको जिज्ञासा
पत्रपत्रिकामा प्रकाशित सामग्री मात्र अध्ययन गरेर तयारी पुग्छ कि पुग्दैन ?
पत्रपत्रिकामा प्रकाशित सामग्री सहयोगी सामग्री मात्र हुन् । परीक्षामा सफल हुन पाठ्यक्रमसँग मिल्ने विषयलाई विभिन्न पुस्तकमा, इन्टरनेटमा वा विज्ञहरूको लेख–रचनामा हेरी आफ्नो छुट्टै नोट बनाएर पढ्नु प्रभावकारी हुन्छ । पत्रपत्रिकामा प्रकाशित सामग्रीले विद्यार्थीलाई नवीन अवधारणा तथा अभ्यास र अद्यावधिक तथ्य एवं तथ्यांकबारे जानकारी दिन तथा आलोचनात्मक दृष्टिकोण निर्माण गर्न सहायोग पु-याउने हुँदा ती निकै महत्वपूर्ण हुन्छन् ।
धेरै अंक ल्याउन बुलेट बनाएर लेख्नुपर्ने मान्यता धेरै जनाले राख्छन् । तर, पत्रिकामा धेरैजसो प्रश्नका समाधान प्याराग्राफमा लेखिएको देख्छु । सोहीअनुसार नै परीक्षामा लेख्दा हुन्छ कि यसलाई बुँदागत रूपमा बुलेटमा ढालेर लेख्ने प्रयास गर्न जरुरी छ ?के बुलेट बनाएर लेख्नुपर्ने अनिवार्य हो ?
लेख्ने शैली व्यक्तिपिच्छे फरक–फरक हुन सक्छ । यो वा त्यो शैली मात्र ठीक, अर्को बेठीक भन्ने हुँदैन । तर, समयको उचित व्यवस्थापन गर्न र उत्तरलाई अकर्षक एवं व्यवस्थित ढंगले प्रस्तुत गर्न निश्चित ढाँचामा अनुच्छेद र बुँदाको संयोजन गरी लेख्नु राम्रो हुन्छ । अनुच्छेदमा मात्र लेख्दा अनावश्यक कुरा बढी पर्ने र समय धेरै खर्च हुने जोखिम हुन्छ ।
सुमन रिजालको जिज्ञासा
आर्थिक नीति भन्नाले के बुझिन्छ ? के आर्थिक नीतिभित्र मौद्रिक नीति र वित्तीय नीति पनि समाहित हुन्छ ? आर्थिक नीतिका सिद्धान्त भन्नु र मौद्रिक नीति र वित्तीय नीतिका सिद्धान्त भन्नु एउटै कुरा हुन् ?
आर्थिक नीति भनेको कुनै पनि मुलुकले अर्थतन्त्रको व्यवस्थापन गर्न लिने बृहत् नीति नै आर्थिक नीति हो । यसले मुलुकको अर्थतन्त्रलाई दिशानिर्देश गर्ने आर्थिक दर्शनलाई परिभाषित गर्छ । तपाईंले भनेजस्तै मौद्रिक नीति र वित्तीय नीति, आर्थिक नीतिलाई नै कार्यान्वयन गर्ने औजार हुन् । अर्थात् यिनीहरू समष्टिगत आर्थिक नीतिकै अंग हुन् । आर्थिक नीतिका सिद्धान्त, मौद्रिक नीतिका सिद्धान्त र वित्तीय नीतिका सिद्धान्तबीचमा धेरै समानता भए पनि यी तीनवटै नीतिका सिद्धान्त एउटै भने होइनन् ।
दुर्गानन्द झाको जिज्ञासा
परीक्षामा लेख्दा अनुच्छेदमा लेख्न मिल्छ कि पोइन्टमा ?
अनुच्छेदमा मात्र वा बुँदामा मात्र भन्दा पनि आवश्यकताअनुसार दुुवैको मिश्रण गरी लेख्नु राम्रो हुन्छ ।
सुलोचना श्रेष्ठको जिज्ञासा
नेपालमा लघुवित्त बैंकहरूको नीति र सञ्चालन प्रक्रियाबारे स्पष्ट पार्नुहोस्, यस्तो प्रश्नमा कसरी उत्तर लेख्न सकिन्छ ?
यो प्रश्नको उत्तर लेख्दा पहिलो खण्डमा लघुवित्त बैंकका नीतिहरू बुँदागत रूपमा लेख्ने र दोस्रो खण्डमा लघुवित्त बैंकहरू कसरी सञ्चालन हुन्छन् भनी तिनको सञ्चालन प्रक्रियाको संक्षेपमा व्याख्या गर्नु राम्रो हुन्छ ।
धनबहादुर वलीको जिज्ञासा
सामाजिक रूपान्तरण र सांस्कृतिक रूपान्तरणबारे लेखकहरूको किताबमा एकरूपता पाइँदैन । यी दुईमा कुन बृहत् र कुन संकुचित अवधारणा हुन् ?
संस्कृति समाजको चरित्र हो । त्यसैले सामाजिकभित्र सांस्कृतिक पक्ष पनि पर्छन् । तर, संस्कृति व्यक्ति तथा समाजको पहिचान र अस्तित्वको मूल आधार भएको हुँदा यसलाई अलग्गै महत्व दिने चलन छ । प्रायजसो त अझ सामाजिक सांस्कृतिक भनी दुवै शब्दलाई एकै ठाउँमा प्रयोग गर्ने गरिन्छ । त्यसैले सामान्य बुझाइमा सामाजिक रूपान्तरणलाई बृहत् र सांस्कृतिक रूपान्तरणलाई सामाजिक रूपान्तरणकै एक अंगका रूपमा लिन सकिन्छ । तर, यी दुई एक–अर्कामा पूर्णतः अन्तर–निर्भर हुने हुँदा कुनै एक बृहत् र अर्को संकुचित भन्नु उचित हुँदैन ।
विपना पौडेलको जिज्ञासा
नेपालमा विभिन्न प्रयासका बाबजुद पनि सार्वजनिक कोषको दुरुपयोग रोकिएको छैन भने दिनानुदिन भ्रष्टाचार तथा अनियमितताको घटनासमेत रोकिएको छैन, यी कुरालाई मध्यनजर गर्दै कर्मचारीमा सदाचार र नैतिकता बढाउने कर्ययोजना पेस गर्नुहोस् । यस प्रश्नको उठान कसरी गर्ने ?
यस प्रश्नको उत्तरमा सर्वप्रथम सार्वजनिक कोषको दुरुपयोग र भ्रष्टाचार तथा अनियमिततालाई एक–एक वाक्यमा परिभाषित गर्नुपर्छ । त्यसपछि अनुच्छेद परिवर्तन गरी सदाचार र नैतिकतालाई परिभाषित गर्नुपर्छ र सार्वजनिक कोषको दुरुपयोग र भ्रष्टाचार तथा अनियमितता रोक्न नैतिकता र सदाचारको भूमिका बुँदागत रूपमा संक्षेपमा उल्लेख गर्नुपर्छ । यो सबै गरेर बढीमा एक पेजभन्दा धेरै हुनुहुँदैन । उत्तरको दोस्रो खण्डमा कर्मचारीमा सदाचार र नैतिकता बढाउने उपायलाई बुँदागत रूपमा प्रस्तुत गर्नुपर्छ । यसमा नदोहोरिने गरी उदाहरण र छोटो तार्किक व्याख्यासहित १० देखि १५ वटासम्म बुँदा लेख्न सकिन्छ । यस्ता बुँदा लेख्दा नीतिगत, संस्थागत, प्रक्रियागत, व्यावहारिक र पर्यावरणीय पक्षहरू समेटिने गरी लेख्नुपर्छ । तर, यी पक्षलाई अलग–अलग समूहमा शीर्षक नै दिएर लेख्नु भने आवश्यक छैन ।
विपीन पौडेलको जिज्ञासा
क्षेत्र र कार्य भन्नु र कार्यक्षेत्र भन्नु फरक हो वा एउटै हो ? सार्वजनिक व्यवस्थापनको क्षेत्र र कार्य तथा सार्वजनिक व्यवस्थापनको कार्यक्षेत्रबारे स्पष्ट पार्नुहोस् ।
क्षेत्र र कार्य फरक–फरक कुरा हुन् । कार्यक्षेत्र र क्षेत्रचाहिँ एउटै कुरा हो । त्यसैले तपाईंको प्रश्नको उत्तरमा सार्वजनिक व्यवस्थापनको क्षेत्र वा कार्यक्षेत्र एउटा शीर्षकमा र सार्वजनिक व्यवस्थापनको कार्य अर्को शीर्षकमा लेख्नुपर्छ । क्षेत्र, कार्य र कार्यक्षेत्र अलग–अलग लेख्नुपर्दैन ।
दीपेन्द्र शाहको जिज्ञासा
देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भइसकेको अवस्थामा विकेन्द्रीकरण र स्थानीय स्वायत्त शासनसम्बन्धी प्रश्नको जवाफ कसरी लेख्ने ?
संघीयतामा समेत विकेन्द्रीकरण उत्तिकै महत्वपूर्ण विषय हो । संघीयकरण स्वयंमा केन्द्रको शक्ति संविधानतः प्रदेश र स्थानीय तहमा विकेन्द्रीकरण गर्ने प्रक्रिया हो । त्यस्तै संघ र प्रदेशको एकल अधिकारको सूचीमा रहेका कार्यलाई जनताको नजिकैबाट सञ्चालन गर्न तिनको समेत स्थानान्तरण, प्रत्यायोजन र निक्षेपण गरी तल्लो तहसम्म विकेन्द्रित गर्नुपर्ने हुन्छ । स्थानीय स्वायत्त शासन सामान्यतया एकात्मक व्यवस्थामा स्थानीय निकायले कानुनद्वारा अधिकार प्राप्त गरी स्वनिर्णय, स्वव्यवस्थापन र स्वनियन्त्रण गर्न सक्ने गरी स्वायत्तता पाएको अवस्था हो ।
तथापि संघीयतामै पनि स्थानीय तहको शासकीय प्रबन्धलाई स्थानीय (स्वायत्त) शासन भन्ने चलन छ । त्यसैले संघीयता र विकेन्द्रीकरणमा केही भिन्नता त अवश्य छ नै, तर पनि यी दुई विषय बिल्कुलै अलग भने होइनन् र संघीयतामा विकेन्द्रीकरणको औचित्य समाप्त हुन्छ भन्नु सही हुँदैन ।
दिव्या जोशीको जिज्ञासा
राजनीतिक कारण वा अन्य कारणबाट देशभित्रै विस्थापित भएका मानिस शरणार्थीका रूपमा कहलाउँछन् ?
शरणार्थी भन्नाले देशको सीमा काटेर विदेशी भूमिमा शरण लिई बस्ने मानिसलाई बुझिन्छ । देशभित्र आफ्नो बसोवास र थातथलो हिंसा, द्वन्द्व, विपत्, आतंक एवं असुरक्षाजस्ता कारणले बाध्यतावश छाडेर देशभित्रकै अन्य स्थानमा बसोवास गरेका मानिसलाई आन्तरिक रूपमा विस्थापित (Internally displaced peoples, IDPs) भनिन्छ ।
खाद्य सम्प्रभुता उत्पादकसँग (उत्पादन) र खाद्य सुरक्षा उपभोक्तासँग (उपभोग) सम्बन्धित छ भन्न सकिन्छ ?
खाद्य सम्प्रभुत्ता उत्पादक र उपभोक्ता दुवैसँग सम्बन्धित विषय हो । यसले मानिसको स्वस्थ तथा सांस्कृतिक रूपले उपयुक्त एवं पर्यावरणीय हिसाबले उचित तथा दिगो विधिबाट उत्पादित खाद्यान्न प्राप्त गर्ने र उनीहरूको आफ्नो खाद्य तथा कृषि प्रणाली आफैँले निर्धारण गर्न पाउने अधिकारलाई जनाउँछ । यसले मानिसका लागि खाद्यान्न, खाद्यान्न उत्पादकको महत्व, खाद्य प्रणालीको स्थानीयकरण, खाद्यान्नमा स्थानीय नियन्त्रण, स्थानीय खाद्य सीप तथा ज्ञानको संरक्षण तथा प्रवद्र्धन र प्राकृतिक उत्पादनजस्ता कुरामा जोड दिन्छ । खाद्य सुरक्षा भन्नाले चाहिँ आममानिसले स्वस्थ, गुणस्तरीय र पर्याप्त खाद्यान्न सहज, सुलभ एवं सरल रूपमा प्राप्त गर्ने वा खाद्यान्नको अभावमा कोही पनि भोकमरीमा पर्ने अवस्था सिर्जना हुन नदिने सुनिश्चिततालाई जनाउँछ ।
अभिषेक निरौलाको जिज्ञासा
शासन प्रणालीमा देखा परिरहेका नवीनतम् प्रवृत्ति के–के हुन् ?
शासन प्रणालीमा देखिएका नवीनतम् प्रवृत्ति भन्नाले शासनका सन्दर्भमा पछिल्लो समयमा विकास र अभ्यास भएको नयाँ मान्यता, विधि र सिद्धान्त हुन् । उदाहरणका लागि नयाँ सार्वजनिक व्यवस्थापन, नयाँ सार्वजनिक सेवा, सुशासन, सञ्जालमा आधारित शासन, विद्युतीय शासन, बहुस्तरीय शासन, नयाँ सार्वजनिक शासनजस्ता मान्यता र बहुपात्र तथा बहुतह सहकार्य एवं साझेदारी, सह–निर्माण, सह–उत्पादन, सह–व्यवस्थापन आदि जस्ता विधिलाई यस्ता नवीनतम् प्रवृत्ति मान्न सकिन्छ ।
स्थानीय निकायका गाउँसभा र नगरसभाहरूलाई व्यवस्थापिकाका रूपमा लिइने गरिन्छ भने अध्यक्ष र मेयरहरूलाई सभाबाट जनअपेक्षाअनुरूप कार्य नगरे बर्खास्त गर्ने अधिकार रहन्छ कि रहन्न ? जस्तो संसद्को अधिकार ।
स्थानीय तहको कार्यपालिका निर्वाचित भएको अवधिभरका लागि स्थायी संयन्त्र हो । यसलाई न त संघीय सरकारले विघटन गर्न सक्ने व्यवस्था छ, न त सम्बन्धित गाउँसभा वा नगरसभाले अविश्वासको प्रस्तावले नै हटाउन सक्छ ।
डिल्लीप्रसादको जिज्ञासा
लोकसेवाको लिखित परीक्षा दिँदा उत्तर अंग्रेजी भाषामा दिनु र नेपाली भाषामा दिनुमा कुन बढी प्रभावकारी हुन्छ, शब्द चयनले कत्तिको फरक पार्छ ? साथै एकै प्रश्नको हल गर्दा कुनै अनुच्छेद नेपाली र कुनै अंग्रेजीमा गरेको प्रस्तुतिले अंक प्राप्तिमा केही फरक पार्छ कि पार्दैन ?
लोकसेवा आयोगका परीक्षामा उत्तर लेख्दा माध्यम भाषा नेपाली वा अंग्रेजी जुन बनाउन पनि सकिन्छ । कुनै भाषामा लेखेकै भरमा बढी वा कम अंक आउने भन्ने हुँदैन । नेपाली भाषालाई माध्यम भाषा बनाई उत्तर लेख्दा बीच–बीचमा नेपाली शब्द नआएको अवस्थामा वा अंग्रेजी शब्दको प्रयोग गर्दा भन्न खोजेको अर्थ बढी स्पष्ट हुने अवस्थामा अंग्रेजी शब्दको प्रयोग गर्न पनि सकिन्छ । तर, अनावश्यक र अस्वाभाविक देखिन गरी अंग्रेजी प्रयोग गर्नु भने हुँदैन ।
एउटै प्रश्नको उत्तरमा कुनै अनुच्छेद नेपाली कुनै अनुच्छेद अंग्रेजी भाषा प्रयोग गर्नुचाहिँ राम्रो हुँदैन । सम्भव भएसम्म एउटा खण्डको सबै उत्तर एउटै भाषामा लेख्नु राम्रो हुन्छ ।
तुलसीराम चौधरीको जिज्ञासा
सार्वजनिक व्यवस्थापनका पछिल्ला अवधारणा उल्लेख गर्दै नेपालमा तिनका प्रयोगको अवस्थाबारे चर्चा गर्नुहोस्, (५+५) भन्ने प्रश्नको दोस्रो भागको उत्तरमा के–के लेख्नुपर्छ ? निष्कर्षसहित जानकारी पाऊँ ।
यो प्रश्नको पहिलो भागमा सार्वजनिक व्यवस्थापनका पछिल्ला अवधारणा संक्षिप्त परिचयसहित लेख्नुपर्छ भने दोस्रो भागमा त्यस्ता अवधारणाको नेपालमा कहाँ–कहाँ कसरी प्रयोग भएको छ भन्ने कुरा उदाहरणसहित लेख्नु राम्रो हुन्छ । र, निष्कर्षमा सार्वजनिक व्यवस्थापनको क्षेत्रमा विकास भएका नवीनतम् अवधारणाको प्रयोग गरी यसको सुधार र उत्पादकत्व बढाउन सकिन्छ । तर, तिनमा हाम्रो परिवेश र अवस्थाअनुकूल हुने गरी समायोजन गरेर मात्र प्रयोग गर्नु आवश्यक हुन्छ भनी लेख्नु राम्रो हुन्छ ।
मनोज दाहालको जिज्ञासा
विकास प्रशासन र विकास व्यवस्थापनबीचको अवधारणागत भिन्नता के हो ?
विकास प्रशासन र विकास व्यवस्थापन एउटै विषय हो । तर, भिन्नता छुट्याउनुपरेको अवस्थामा विकास प्रशासन परम्परागत मान्यता हो, जसले प्रक्रिया, नियम, कठोरता, पदसोपान तथा औपचारिकताजस्ता कुरालाई महत्व दिन्छ भने विकास व्यवस्थापन भनेको सन् १९९० पछिको आधुनिक मान्यता हो, जसले परिवर्तन, लचकता, नतिजा, नवीनता तथा सिर्जनशीलता, मितव्ययी, कुशल एवं प्रभावकारी स्रोत परिचालनजस्ता कुरालाई महत्व दिन्छ ।
राजन कँडेलको जिज्ञासा
विपत् व्यवस्थापनमा तपाईंको भूमिका उल्लेख गर्नुहोस् भन्ने प्रश्नमा नागरिकको हैसियतले लेख्ने कि कर्मचारीको हैसियतले ?
यस्तो प्रश्नमा तपाईं सेवाभित्रै भए पनि वा सेवाबाहिर भए पनि नागरिकको हैसियतले लेख्ने हो । यदि प्रश्नले नै तपाईं कुनै जिम्मेवार कर्मचारी हुनुहुन्छ भनेको छ भनेचाहिँ कर्मचारीको हैसियतले आफ्नो जिम्मेवारीको आधारमा लेख्नुपर्ने हुन्छ ।
विद्युतीय शासन भनेको के हो ? नेपालमा विद्युतीय शासनको सम्भावनाबारे टिप्पणी गर्नुहोस् । यस्तो प्रश्नमा सम्भावना भनेको के हो ? कस्तो व्यवस्था र सम्भावना समान हुन् ?
यहाँ सम्भावना भन्नाले विद्युतीय शासन कार्यान्वयन गर्न के–कस्ता उपयुक्त र सहजकारी अवस्था, घटना, सन्दर्भ वा वातावरणहरू बनेका छन् लेख्ने हो । उदाहरणका लागि सूचना प्रविधिको तीव्र विकास, प्रविधिको मूल्यमा व्यापक गिरावट, प्रविधिको सहज र शीघ्र हस्तान्तरण, युवा जनशक्तिको प्रविधिप्रतिको आकर्षण, विद्युतीय शासनप्रतिको राजनीतिक प्रतिबद्धता, सरकारको उपयुक्त नीति तथा कार्यक्रम आदि विद्युतीय शासनका सम्भावना हुन् भन्न सकिन्छ ।
रमेश चापागाईंको जिज्ञासा
लोकसेवामा सुब्बा, खरिदार र अधिकृतका लागि परीक्षा दिँदा कसरी लेख्ने ? लेखाइको स्तरमा फरक हुन्छ कि हुँदैन ?
कुन तहको परीक्षाभन्दा पनि प्रश्नको प्रकार र अंकभार तथा समयले कसरी लेख्ने भन्ने कुरा निर्धारण गर्छ । पाँच अंकका प्रश्नहरू सीधै बुँदागत रूपमा लेख्न सकिन्छ भने १० अंकका प्रश्न निश्चित ढाँचामा ढाली शीर्षक, उपशीर्षक दिएर अनुच्छेद र बुँदाको उचित सम्मिश्रण गरी लेख्नुपर्ने हुन्छ । खरिदार र नासुको परीक्षामा सम्भव भएसम्म सरल, स्पष्ट र सोझो भाषामा उत्तर दिनु राम्रो हुन्छ भने शाखा अधिकृतको परीक्षामा उदाहरण, तर्क, विश्लेषणात्मक पक्षले समेत महत्व राख्छ । तर, प्रतिस्पर्धा अधिक हुने भएकाले खरिदार र नासुको परीक्षामा पनि अब्बलस्तरको लेखाइ नभई छनोटमा पर्न कठिन हुन्छ ।
विरेन खड्गीको जिज्ञासा
Equitable Justice भनेको हो ? समानता र समताबीच के भिन्नता छन् ?
समतामूलक न्याय Equitable Justice भनेको अधिकार र अवसरको वितरणमा फरक अवस्थाका व्यक्ति वा वर्ग समूहलाई अवस्थाअनुसार फरक व्यवहार गर्नु (Justice with Equity) हो । अर्थात् अधिकार, स्रोतसाधन र अवसरको वितरणमा समाजमा पछाडि परेका, सीमान्तकृत, अति विपन्न, वञ्चिति वा बहिष्करणमा परेका तथा
शारीरिक वा मानसिक रूपले कमजोर वर्ग समूहलाई विशेष privilege दिनु समतामूलक न्याय हो । यसलाई वितरणकारी न्याय (Distributive Justice) पनि भनिन्छ । समता असमानहरूका बीचमा उनीहरूको अवस्थाअनुरूप फरक व्यवहार गर्नु हो भने समानता भनेको सबैका बीचमा एकैखाले वा समान व्यवहार गर्नु हो । समानता गन्तव्य (Ends) हो भने समता त्यहाँ पुग्ने माध्यम (Means) हो ।
प्रश्नमा सोधिएका महत्व, औचित्य, आवश्यकता, फाइदा, विशेषता, गुण, उद्देश्य, भूमिका आदिका उत्तरहरू उस्तै लेख्न सकिन्छ ?
महत्व, औचित्य, आवश्यकता, फाइदा, उद्देश्य र भूमिका उस्तै–उस्तै हुन् । यी शब्दहरूको उत्तर समान अर्थमा लेख्न सकिन्छ । खालि प्रस्तुतिको शैलीमा केही भिन्नता हुन्छ । लेख्ने विषयवस्तु यी सबैको एउटै हुन्छ । विशेषता र गुण भने तपाईंले उल्लेख गर्नुभएको अन्य शब्दाभन्दा फरक हुन् । यी दुई शब्दहरू भने उस्तै हुन् । यिनीहरूको लेख्ने विषय पनि
एउटै हुन्छ ।
Car telling र Syndicate को वास्तविक अर्थ के हो ? यिनीहरू कुन क्षेत्रमा बढी प्रयोगमा आउँदछ ? जस्तो हरेक व्यापारिक क्षेत्रमा विभिन्न संगठन तथा युनियन बनाएर मूल्य निर्धारण गरिएको हुन्छ, यसलाई Car telling भन्न सकिन्छ ? उदाहरणः हजामले कपाल काटेमा सबैतिर रु. १००, सिमेन्टको मूल्य रु. ९५० भन्दा कममा बेच्न नपाइने ।
कार्टेलिङ र सिन्डिकेट दुवै संगठित अपराध एकाधिकारका विधि हुन् । कार्टेलिङमा उत्पादकहरू सामूहिक मुनाफा वा लाभ वृद्धि गर्न price fixing गर्ने, आपूर्तिलाई सीमित बनाउने वा अन्य चभकतचष्अतष्खभ कदम चाल्दछन् । यसको मूल ध्येय बिक्री मूल्यमा नियन्त्रण कायम गरी सामूहिक रूपमा अधिक मुनाफा आर्जन गर्नु हो । तपाईंले गरेको कार्टेलिङको परिभाषा सही नै हो । उदाहरण भने आंशिक रूपमा मात्र सही छ किनकि बजारमा सबै हजामले १०० रुपैयाँ नै लिने र हरेक सिमेन्टको मूल्य रु. ९५० नै हुने अवस्था छैन । त्यस्तो भयो भनेचाहिँ सिन्डिकेट हुन्छ ।
त्यसैगरी सिन्डिकेट भनेको निश्चित व्यक्तिहरू वा संस्थाहरूको गठबन्धनद्वारा उनीहरूबीचमा मात्र बजारको लाभलाई सीमित गर्न सम्बन्धित व्यवसाय वा कारोबारमा एकाधिकार कायम गर्नु वा अन्य प्रतिस्पर्धीलाई प्रवेश गर्न, सञ्चालन गर्न र टिक्न नसक्ने अवस्था सिर्जना गर्नु हो ।
दिनेश रिजालको जिज्ञासा जवाफदेहिता र उत्तरदायित्वबीच के–के फरक छन् ?
जवाफदेहिता र उत्तरदायित्व समानार्थी शब्दहरू हुन् । तर, यहाँ तपाईंले जवाफदेहितालाई जिम्मेवारीको अर्थमा प्रयोग गर्नुभएकोजस्तो देखिन्छ । यदि त्यो सही हो भने जिम्मेवारी भन्नाले कुनै कर्मचारी वा अधिकारी वा संस्थालाई सुम्पिएको जिम्मेवारी इमानदारीपूर्वक समयमै सम्पन्न गर्नु वा आफ्नो कर्तव्य पूरा गर्नु हो । यसमा आफूले गरेको कामको अन्तिम जवाफ दिने वा सफलता वा असफलता, सही वा खराब, लाभ वा हानिको जिम्मा लिने अन्तिम दायित्व हुँदैन । उत्तरदायित्व भन्नाले चाहिँ जिम्मेवारीको अलावा त्यसको अन्तिम जवाफ दिनुपर्ने तथा जस र अपजसको जिम्मा लिनुपर्ने अवस्थालाई जनाउँछ । निर्णय गर्ने अधिकार जसमा रहन्छ उत्तरदायित्व पनि उसैमा रहन्छ भने कार्यान्वयन गर्ने निकाय वा अधिकारीमा जिम्मेवारी मात्र रहन्छ । जिम्मेवारी प्रत्यायोजन गर्न सकिन्छ, तर उत्तरदायित्व प्रत्यायोजन गर्न सकिन्न ।
सुरक्षा व्यवस्थापन सुरक्षा प्रशासन मात्र होइन, समग्र शासन व्यवस्थाको नीति दर्शन र प्राथमिकता हो । यस्तो प्रश्नको उत्तर कति खण्डमा कसरी लेख्न सकिन्छ ?
यस प्रश्नको उत्तर सुरक्षा व्यवस्थापनको परिचय र सुशासनका लागि सुरक्षा व्यवस्थापनको महŒव गरी दुई खण्डमा लेख्न सकिन्छ ।
सार्वजनिक सेवा र सरकारी सेवामा के फरक छ ?
सार्वजनिक सेवा र सरकारी सेवाले समान अर्थ दिने गर्छन् । यी शब्दहरूको प्रयोग समान अर्थमै हुने गर्छ । तर, भिन्नता छुट्याउने हो भने सार्वजिनक सेवा बृहत् मान्न सकिन्छ जसमा सार्वजनिक सरोकारका विषयमा सरकार, निजी क्षेत्र, गैरसरकारी क्षेत्र जुनसुकै पात्रले दिएका सेवाहरू समेटिन्छन् । तर, सरकारी सेवामा सरकार र यसका संस्था तथा संरचनामार्फत उत्पादित र वितरित सेवा मात्र समेटिन्छन् ।
सेवालाई प्रणाली, संस्था वा संगठनका रूपमा लिने हो भने निजामती, सैन्य, प्रहरी, शिक्षाजस्ता संविधान र कानुनद्वारा गठन र सञ्चालन हुने सेवालाई सरकारी सेवा भनिन्छ भने सार्वजनिक सेवामा यस्ता सरकारी सेवाका अतिरिक्त सम्बन्धित संस्थाको ऐन, नियम वा विनियमद्वारा गठित र सञ्चालित अर्धसरकारी संस्था वा सार्वजनिक संस्थान वा समिति, आयोगलगायतका सार्वजनिक चरित्रका संस्थाहरूको सेवाहरूसमेत समेटिन्छन् ।
परीक्षार्थीले लोकसेवा आयोगको परीक्षामा गर्ने अक्सर गल्ती के–के हुन् ?
लोकसेवा आयोगको परीक्षामा थोरै सिटका लागि धेरैजना प्रतिस्पर्धीहरू सहभागी हुने भएकाले कलेजस्तरीय र अरू परीक्षाभन्दा फरक ढंगले उपस्थित हुनु जरुरी हुन्छ ।
परीक्षार्थीले लोकसेवा आयोगको परीक्षामा मुख्य रूपमा तीनवटा कुरामा गल्ती गरेको पाइन्छ । पहिलो, पर्याप्त तयारी तथा योजनाविना परीक्षार्थीहरू परीक्षा हलमा आएका हुन्छन् । पर्याप्त तयारी तथा योजनाविना परीक्षामा सामेल हुनु केवल परीक्षाको औपचारिकता निर्वाह गर्नु मात्र हो । दोस्रो, परीक्षार्थीहरू सोधिएको प्रश्नको गहिराइमा नपुगी हतारमा उत्तर लेखन कार्यमा लाग्दछन् । प्रश्नले मागेको भन्दा आफूले जानेको उत्तर लेख्नमा परीक्षार्थीहरू बढी केन्द्रित हुन्छन् । यस किसिमको लेखाइले जाँचकी र परीक्षार्थीबीच बुझाइमा फरकपना सिर्जना हुन जान्छ ।
कुनै पनि परीक्षामा जाँचकीलाई लेखाइबाट प्रभावित पार्न सकिएन भने परीक्षार्थी असफल हुनु नै हो । तेस्रो, परीक्षार्थीहरूले प्रभावकारी समय व्यवस्थापनमा ध्यान पु¥याएका हुँदैनन् । उदाहरणका लागि यदि तीन घन्टाको परीक्षामा चारवटा प्रश्न हल गर्नु छ भने अक्सर परीक्षार्थीले पहिलो प्रश्नको उत्तर लेख्दा नै एक घन्टाभन्दा बढी समय लगाएका हुन्छन् । परीक्षामा सफलता पाउन निर्धारित समय अर्थात् ४५ मिनेटको समयसीमाभित्र प्रत्येक प्रश्नको उत्तर दिनु आवश्यक हुन्छ ।
बढीभन्दा बढी अंक ल्याउन परीक्षार्थीले कुन–कुन कुरामा ध्यान पुर्याउनुपर्ला ?
बढीभन्दा बढी अंक ल्याउन परीक्षार्थीले मुख्य रूपमा पाँचवटा कुरामा ध्यान पुर्याउनुपर्छ । पहिलो, योजनाबद्ध अध्ययन र विषयवस्तुको बुझाइमा ध्यान दिनुपर्छ । अध्ययन गर्दा सकेसम्म आधिकारिक स्रोत सामग्रीमा ध्यान दिनुपर्छ । विषयवस्तुसँग सम्बन्धित ख्यातिप्राप्त लेखकका पुस्तकहरू, राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा प्रकाशित अनुसन्धानमूलक लेख रचना, विज्ञ व्यक्तिहरूसँगको निरन्तर सम्पर्क तथा अन्तक्र्रिया परीक्षामा सफलता हासिल गर्ने मुख्य सूत्रहरू हुन् । दोस्रो, विगतमा सोधिएका प्रश्नहरूको पर्याप्त अभ्यास गरेर मात्र परीक्षामा सामेल भएको अवस्थामा लेखाइ परिपक्व र बढी कन्भिसिङ हुन्छ । तेस्रो, परीक्षामा उपस्थित हुँदा रिल्याक्स र कुल माइन्डमा जानु आवश्यक हुन्छ । खानपिन, सुताइ, शारीरिक तथा मानसिक सन्तुलनमा विशेष रूपमा ध्यान दिनुपर्छ । परीक्षाको अघिल्लो दिन परीक्षार्थी रातभर अध्ययन गरेर परीक्षा हलमा पुगेको खण्डमा उत्तरपुस्तिकामा लेख्ने समयमा परीक्षार्थी शारीरिक तथा मानसिक रूपमा कम सक्रिय हुन सक्छ । चौथो, प्रश्नले मागेको क्षेत्रमा मात्र उत्तर केन्द्रित गर्नुपर्छ । लेख्दा ‘भ्यालु एड’ गर्ने र आवश्यक कुरा मात्र लेख्नुपर्छ । अनावश्यक गन्थन र लामो भूमिका लेखनमा अलमलिनुहुँदैन । पर्याप्त उदाहरण र राष्ट्रिय–अन्तर्राष्ट्रिय असल अभ्यास समेट्नुपर्छ । पाँचौँ, लेखाइ निश्चित स्ट्रक्चरमा लेख्दा उपयोगी हुन्छ । उत्तरको सुरुवात र निष्कर्ष जाँचकीको मन जित्ने किसिमको हुनुपर्छ । बीचको भागमा पनि प्रश्नको मागअनुसार सिलसिलेवार, आकर्षक र सरल रूपमा प्रस्तुत हुनुपर्दछ ।
जाँचकीले कस्तो उत्तरको अपेक्षा गर्छ ?
जाँचकीले परिपक्व, सिर्जनशील र समालोचनात्मक उत्तरको अपेक्षा राख्दछ । लेखाइबाट नै जाँचकीले परीक्षार्थीको अध्ययनको स्तर तथा विषयवस्तुको ज्ञानको विषयमा बुझ्ने मौका पाउँछ । परिमाणात्मकभन्दा गुणात्मक लेखाइलाई प्रोत्साहन गर्दछ । सारमा भन्दा जाँचकीले सरल, सिलसिलेवार, तथ्यमूलक, प्रमाणमा आधारित र पर्याप्त अध्ययन तथा विश्लेषणसहितको उत्तरको अपेक्षा गर्दछ ।
परीक्षा हलमा छिरेपछि परीक्षार्थीले के–के कुरामा ध्यान दिनुपर्छ ?
परीक्षा हलमा छिरेपछि परीक्षार्थीले मुख्य रूपमा तीनवटा कुरामा ध्यान दिनुपर्छ । पहिलो, ‘कन्फिडेन्स लेभल’ बलियो हुनुपर्छ । बलियो आत्मविश्वास नै परीक्षामा सफलता प्राप्त गर्ने पहिलो कडी हो । आफू अरू प्रतिस्पर्धीभन्दा कमजोर छु भन्ने धारणा किञ्चित् मनमा लिनु हुँदैन । दोस्रो, प्रश्नलाई राम्रोसँग बुझेर मात्र उत्तरको सुरुवात गर्नुपर्छ । प्रश्नको पर्याप्त बुझाइविना सुरु गरिएको उत्तर सुरुदेखि नै फितलो हुँदै जान्छ । तसर्थ सुरुवातदेखि नै बुझाइको स्तर, उत्तरको ढाँचा र लेखाइको निखारपनमा विशेष जोड दिनुपर्छ । तेस्रो, परीक्षा हलमा बसिसकेपछि आन्तरिक र बाह्य कुनै वातावरणले प्रभावित हुनु हुँदैन । उदाहरणका लागि परीक्षा हलनजिक सवारी गुड्ने सडक भएमा सवारीको कोलाहल आउन सक्छ । परीक्षा हलभित्र पनि अरू परीक्षार्थीले अनावश्यक रूपमा हल्ला गर्न सक्दछन् । वा अन्य कुनै अनपेक्षित अवस्था आउन सक्दछ । यस्तो अवस्थामा कुनै हालतमा विचलित नभई आफ्नो लक्ष्यतर्फ केन्द्रित हुनु परीक्षार्थीका लागि हितकर हुन्छ ।
लोकसेवाको तयारी कसरी गर्दा उपयुक्त हुन्छ ?
लोकसेवाको तयारी गर्दा सुरुवातदेखि नै सकारात्मक सोच र दृष्टिकोणका साथ उपस्थित हुनु उपयुक्त हुन्छ । म गर्न सक्छु भन्ने भावना अन्तर्मनबाट आउनुपर्छ । आधिकारिक र खोजमूलक सामग्री अध्ययनमा विशेष जोड दिनुपर्छ । विज्ञसँगको छलफल, सहकर्मीसँगको सामूहिक अध्ययन र निरन्तरको अभ्यास नै लोकसेवामा सफलता पाउने मन्त्रहरू हुन् । एक–दुईपटक असफल हुँदैमा सक्दिनँ भन्ने धारणा राख्नु हुँदैन । निरन्तरको प्रयासले पक्कै पनि सफलता हासिल गर्न सकिन्छ ।
अनिता गिरीको जिज्ञासा
१. हरेक विषयवस्तुहरूको SWOT Analysis बाट अध्ययन गर्न सम्भव छ त ? जस्तो बहुस्तरीय शासन ।
अनिताजी, सबै विषयको SWOT Analysis गरेरै तयारी गर्नुपर्छ भन्ने छैन । SWOT Analysis मा सबल पक्ष, दुर्बल पक्ष, अवसर र चुनौती पर्दछन् । तर, सामान्यतया हरेक विषयको सबल पक्ष र दुर्बल पक्षलाई भने केलाएर पढ्नु राम्रो हुन्छ । बहुस्तरीय शासनको तयारी गर्दा परिभाषा, विशेषता, महत्व, कमजोरीहरू र नेपालको सन्दर्भमा विभक्त गरी तयारी गर्नु राम्रो हुन्छ ।
२. के राजनीतिक तटस्थताले कर्मचारीतन्त्रलाई मात्र इंगित गरेर अध्ययन गर्दछ ? Neutrality को अर्थ Impartiality हो Indifference चाहिँ होइन भनिन्छ, यसको अर्थ के होला ?
राजनीतिक तटस्थता भनेको कर्मचारीतन्त्रको राजनीतिप्रतिको तटस्थ वा unbiased व्यवहार नै हो । विधिसम्मत तरिकाले जनताबाट निर्वाचित सरकारलाई राजनीतिक आस्थारहित भएर प्रचलित ऐन कानुनको दायरामा रही विशेषज्ञ सेवा दिनु राजनीतिक तटस्थता हो । तपाईंले भनेजस्तै तटस्थ बन्ने नाममा सरकार वा राजनीतिप्रति indifferent नै बन्ने भन्नेचाहिँ पक्कै होइन । कर्मचारीतन्त्र सक्षम, तटस्थ हुनुपर्छ । अर्थात्, नीति निर्णय नहुन्जेलसम्म आफ्नो योग्यता, क्षमता, अनुभव र सूचनाका आधारमा राजनीतिलाई सही दिशानिर्देश गर्ने वा सोका लागि कन्भिन्स गर्न सक्ने हुनुपर्छ भने निर्णय भइसकेको विषयलाई इमानदारीपूर्वक कार्यान्वयन गर्ने हुनुपर्छ ।
३. सार्वजनिक उत्तरदायित्वको क्षेत्रमा सार्वजनिक पदमा बहाल रहेका पदाधिकारीहरूले मात्र निर्वाह गर्नुपर्ने उत्तरदायित्व मात्र पर्छ कि निजी क्षेत्रहरूको पनि पर्छ ?
सार्वजनिक उत्तरदायित्वभित्र सार्वजनिक क्षेत्रका पदाधिकारीहरू र निजी क्षेत्र दुवैको आमनागरिक, समाज र राष्ट्रप्रतिको उत्तरदायित्व समेटिन्छ । निजी क्षेत्रले बहन गर्नुपर्ने त्यस्तो उत्तरदायित्वलाई कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी भनिन्छ ।
४.Bureaucracy is dead, Long live Bureaucracy यसलाई छोटकरीमा बुझाइदिनुहोला ।
कर्मचारीतन्त्र यसका अकर्मण्य चरित्रहरूले अप्रभावकारी बनेको भए तापनि यसको पूर्ण विकल्प छैन । सरकारका नीति, कार्यक्रम र योजना कार्यान्वयन गर्ने स्थायी र वैधानिक संयन्त्र कर्मचारीतन्त्र नै हो । त्यसैले, यसले आफूमा रहेका विकृति, विसंगति र अकर्मण्य चरित्रमा सुधार गरी समय सापेक्ष रूपान्तरित हुनु जरुरी छ, किनकि यो चिरायु रहनु आवश्यक छ । Bureaucracy is dead, Long live Bureaucracy भन्ने भनाइको अर्थ यही हो ।
५. Outsourcing लाई कसरी बुझ्न सकिन्छ ?
सरकारले सम्पादन गर्ने कामका लागि सरकारी निकायमा उपलब्ध नभएको जनशक्ति वा अन्य क्षमताको बजारबाट निश्चित अवधिका लागि खरिद गरी कार्य गर्ने विधि नै आउट सोर्सिङ हो । त्यसैगरी, दीर्घकालीन आर्थिक भारबाट बच्न र वस्तु तथा सेवा उत्पादनको लागत मितव्ययी बनाउन निश्चित सेवाहरू स्थायी जनशक्ति नराखी बाहिरबाट सेवा खरिद गर्ने पनि गरिन्छ । जस्तो विज्ञको परामर्श सेवा लिने, सरसफाइ, सुरक्षा, सवारीचालकजस्ता पदमा संस्था वा व्यक्तिसँग सेवा करार गर्नेजस्ता व्यवस्थाहरू यसअन्तर्गत पर्दछन् ।
सरला कुमालको जिज्ञासा
१. सीमित सरकार भनेको के हो ?
सीमित सरकार भन्नाले पूर्ण रूपले संविधान, ऐन, नियममा आधारित भएर सञ्चालन हुने, सार्वजनिक अधिकारीहरूले स्वविवेकीय र स्वेच्छाचारी शक्तिको प्रयोग गर्न सक्ने अवस्था नरहेको एवं विधिको शासनमा आधारित सरकारलाई बुझिन्छ । अर्थात् निर्धारित कानुनी प्रक्रिया र परिधिभित्र रही चल्ने सरकारलाई सीमित सरकार भनिन्छ ।
२. सैवैधानिक सर्वाेच्चता र संसदीय सर्वाेच्चता भनेको के हो ? नेपालको सन्दर्भमा हेर्दा संवैधानिक सर्वाेच्चता र संसदीय सर्वाेच्चतामध्ये कुन हाबी देखिन्छ ?
संवैधानिक सर्वोच्चता भनेको संविधान सर्वोच्च कानुनका रूपमा रहने र संविधानसँग बाझिने गरी संसद्ले कानुन बनाउन नसक्ने वा बनाएमा स्वतः बदर हुने पद्धति हो । संवैधानिक सर्वोच्चताले विधायिकाको कानुन बनाउने अधिकारमा संवैधानिक सीमा निर्धारण गरिदिन्छ । अर्कोतर्फ संसदीय सर्वोच्चता भनेको कानुन निर्माणमा संसद्को पूर्ण स्वतन्त्रता रहने अवस्था हो । संसदीय सर्वोच्चतामा राज्यका कार्यकारी र न्यायिक अंगभन्दा बलियो हुन्छ । र, सार्वभौसत्ताको पूर्ण उपयोग गर्छ । नेपालमा निश्चय नै संवैधानिक सर्वोच्चता रहेको छ । संविधान मूल कानुनका रूपमा रहेको छ, र संविधानसँग बाझिने गरी संसद्ले कानुन बनाउन सक्दैन ।
३. सकारात्मक विभेद र आरक्षणमा के फरक छ ? यीमध्येमा कुन बृहत् अवधारणा हो ?
सकारात्मक विभेद वञ्चिती र बहिष्करणमा परेका वर्ग समुदायलाई विभिन्न उपायमार्फत मूल प्रवाहीकरण गर्ने विधि हो । आरक्षण सार्वजनिक प्रशासन र अन्य राज्य संरचनामा पछाडि परेका समूहको सम्बन्धित समूहभित्रको सीमित प्रतिस्पर्धाबाट सहभागिता गराउने विधि हो । यो सकारात्मक विभेदकै एउटा औजार हो । त्यसैले, आरक्षणभन्दा सकारात्मक विभेद बृहत् हो ।
४. आरक्षण र सकारात्मक विभेद एवं योग्यता प्रणाली सँगसँगै अगाडि बढ्न सक्छ वा सक्दैन ? आरक्षणले सार्वजनिक प्रशासनको गुणस्तरमा कस्तो प्रभाव पार्न सक्छ ? तर्क प्रस्तुत गर्नुहोस् ।
निश्चय पनि सक्छन् । हामीले निजामती सेवा तथा अन्य सार्वजनिक सेवामा आरक्षण र सकारात्मक विभेदको व्यवस्था गरेका छौँ, तर योग्यता प्रणालीको पनि संरक्षण र सम्मान गरेका छौँ । न्यूनतम उत्तीर्णांक आरक्षित समूह र खुला समूह दुवैको परीक्षामा समान छ । फेरि, योग्यताको मापन प्रमाणपत्रको लब्धांकले मात्र वा प्रतिस्पर्धामा अब्बल ठहरिनाले मात्र गर्न सम्भव छैन । कार्यसम्पादनको स्तर योग्यता पुस्ट्याइँको मूल आधार हो । कार्यसम्पादन बढाउन अन्तरसांस्कृतिक सक्षमता, विविधताको लाभ र संस्था तथा निर्णयहरूको सामाजिक वैधता अति महत्वपूर्ण हुन्छ, जुन सकारात्मक विभेद र आरक्षणबाट प्राप्त गर्न सकिन्छ ।
५. वैदेशिक सहायता र अन्तर्राष्ट्रिय सहयोगमा के भिन्नता छ ? के नेपालले वैदेशिक सहायताको सही उपयोग गरेको छ ? धारणा प्रस्तुत गर्नुहोस् ।
अन्तर्राष्ट्रिय सहयोग र वैदेशिक सहायता समानार्थी शब्दका रूपमा समेत प्रयोग हुने गरेका छन् । तर, अन्तर्राष्ट्रिय सहयोग बृहत् विषय हो जसले दुई वा दुईभन्दा बढी मुलुकहरूको साझा हित अभिवृद्धिका लागि सँगै मिलेर काम गर्ने सबै खाले संयन्त्र, संस्था, प्रणाली र ढाँचाहरूलाई समेट्छ । अन्तर्राष्ट्रिय सहयोग राजनीतिक, आर्थिक, वातावरणीय, शान्तिसुरक्षा, स्वास्थ्य, विकासलगायतका क्षेत्रहरूमा हुन सक्छ । वैदेशिक सहायता सामान्यतया विकसित र तुलनात्मक रूपमा सम्पन्न मुलुकले विकासशील मुलुकको आर्थिक सामाजिक विकासमा दिने वित्तीय तथा प्राविधिक सहयोग हो । त्यसैले, अन्तर्राष्ट्रिय सहयोगअन्तर्गतको विकासको क्षेत्रमा हुने सहयोग हो, र यसलाई विकास सहयोग पनि भनिन्छ । यस अर्थमा वैदेशिक सहायता अन्तर्राष्ट्रिय सहयोगकै एक हिस्सा हो । वैदेशिक सहायतालाई अन्तर्राष्ट्रिय सहयोगभन्दा फरक पर्दैन, तर अन्तर्राष्ट्रिय सहयोग भनेको वैदेशिक सहायतामा मात्र हैन ।
जहाँसम्म वैदेशिक सहायताको नेपालमा सही उपायोग भए/नभएको प्रश्न छ यसको उत्तर भने तपाईंले नेपालमा वैदेशिक सहायताको परिचालनको अवस्था, यसबाट प्राप्त उपलब्धिहरू र यसमा रहेका कमजोरीहरू चर्चा गरी केही हदसम्म उपयोग भएको भए पनि अपेक्षित मात्रामा उपयोग हुन भने सकेको छैन भन्ने आशयमा लेख्नु राम्रो हुन्छ ।
कञ्चन श्रेष्ठको ज्ञिज्ञासा
१. शासनको गुण तथा विशेषता र सुशासनको गुण तथा विशेषता एकै हुन् वा फरक ?
कञ्चनजी, शासन र सुशासनका गुण तथा विशेषताहरूमा खासै भिन्नता हुँदैन, किनकि सुशासन शासनसम्बन्धी अवधारणाको पछिल्लो मान्यता हो । यद्यपि, साहित्यहरूमा सुशासनका विशेषताहरू सार्वजनिक क्षेत्रलाई मात्र समेटेर उल्लेख गर्ने गरेको पाइन्छ भने शासनका विशेषतामा यसका पात्र, क्षेत्र, कार्यशैलीजस्ता कुराहरू पनि समेटिन्छन् । यस अर्थमा शासनका विशेषता सुशासनका भन्दा अलि बढी बृहत् अर्थका र नभलभचष्अ हुन्छन् ।
२. विकेन्द्रीकरण र संघीयताबीच तात्विक फरक के छ ?
विकेन्द्रीकरण र संघीयता दुवै शक्तिलाई शासनका तल्ला तहहरूमा हस्तान्तरण गर्ने विधि हुन् । अर्थात् संघीयता पनि विकेन्द्रीकरण नै हो । तर पनि आमबुझाइमा भने विकेन्द्रीकरणले केन्द्रकै अधिनस्थ एकाइका रूपमा रहने राजनीतिक प्रणालीका तल्ला तहका निकायमा शक्ति दिने कुरालाई मात्र जनाउँछ भने संघीयताले केन्द्रको अधिनस्थ नभई स्वायत्त र स्वशासित राजनीतिक इकाइलाई शक्ति हस्तान्तरण गर्ने कुरालाई बुझाउँछ ।
संघीयता र विकेन्द्रीकरणका तीन मुख्य भिन्नता हुन्छन् । पहिलो, विकेन्द्रीकरणमा तल्ला तहमा ऐनले मात्र अधिकार हस्तान्तरण गरेको हुन्छ, तर संघीयतामा संविधानले नै अधिकार दिन्छ । दोस्रो, विकेन्द्रीकरणमा ऐनले तोकेको अधिकार क्षेत्रमा मात्र स्थानीय तहहरूले आफ्नो निर्णय, व्यवस्थापन र नियन्त्रण आफैँ गर्न सक्छन्, तर संघीयतामा तिनीहरूले संविधानले दिएको अधिकार क्षेत्रमा आफैँ कानुन बनाउनसमेत सक्छन् । तेस्रो, विकेन्द्रीकरणमा तल्ला तहहरू केन्द्रकै अधिनस्थ हुन्छन्, तर संघीयतामा केन्द्रबाट स्वायत्त र स्वतन्त्र हुन्छन् ।
३. राष्ट्र निर्माण र राज्य निर्माणबीच प्रमुख भिन्नताहरू के–के हुन् ?
राष्ट्र निर्माण र राज्य निर्माणबीचका भिन्नता लेख्दा अर्थ, उद्देश्य, क्षेत्र, अन्तरसम्बन्ध, केन्द्रबिन्दु ९ँयअगक०, पात्र र प्रक्रियामा भिन्नता छुट्याएर लेख्न सकिन्छ ।
नारायण घिमिरेको जिज्ञासा
१. निपुण शासन र प्रभावकारी शासनको बीचमा रहेको भिन्नतालाई शासनका सिद्धान्तको आधारमा कसरी छुट्याउन सकिन्छ ?
निपुण शासन र प्रभावकारी शासनबीचको भिन्नता लेख्दा सर्वप्रथम यी दुई विषयलाई परिभाषित गर्नुपर्दछ । त्यसपछि यी दुवै प्रकारको शासनको ध्येय सुशासनमार्फत राज्यको समृद्धि र नागरिकको खुसीको सुनिश्चित गर्नु भए पनि यी दुईबीच केही आधारभूत भिन्नता छन् भन्ने आशयको एक वाक्य लेखी टेबलमा भिन्नता लेख्नुपर्छ । भिन्नता लेख्दा निपुणता कायम गर्ने प्रक्रियामा ध्यान दिनुपर्ने र प्रभावकारिता कायम गर्न नतिजा प्राप्तिमा ध्यान दिनुपर्ने भन्ने कुरामा आधारित भएर लेख्नुपर्छ ।
उमंग अर्यालको जिज्ञासा
कुनै–कुनै प्रश्नमा जष्ममभल कुरा हुन्छ भनिन्छ । त्यस्ता प्रश्न कसरी चिन्ने ? प्रश्नसहित प्रस्ट पारिदिनुहोला ।
लोकसेवा आयोगमा सोधिने प्रश्न प्रायः स्पष्ट नै हुन्छन् । तर, कहिलेकाहीँ स्पष्ट रूपमा उत्तर नमागिएका विषयमा समेत केही लेखेर मात्र मागिएको उत्तर दिन सकिने हुन्छ । सायद तपाईंले भन्न खोजेको लुकेको कुरा त्यही हुनुपर्छ । उदाहरणका लागि नेपालमा सार्वजनिक सेवा प्रवाहमा देखापरेका समस्याको समाधान गर्न के गर्नुपर्ला ? मौलिक सुझाब दिनुहोस् । भन्ने प्रश्नले समस्या समाधानका लागि सुझाब मात्र मागेको हो, तर सुझाब दिनुपूर्व मुख्य–मुख्य समस्या लेख्नु राम्रो हुन्छ । यद्यपि त्यस्ता समस्यालाई छुट्टै शीर्षक दिएर बुँदागत रूपमा लेखिरहनु पर्दैन । सुझाब प्रस्तुत गर्नुपूर्व लेखिने पृष्ठभूमि अनुच्छेदमै त्यस्ता समस्यालाई उल्लेख गर्नु राम्रो हुन्छ ।
अनुशा ज्ञवालीको जिज्ञासा
खासगरी यस्ता प्रश्नहरूमा समय व्यवस्थापन गर्न गाह्रो हुने गर्छ । के–कसरी उत्तर लेख्दा समय व्यवस्थापन गर्न सकिन्छ ? प्रस्ट पारिदिनुहोला । जस्तैः बजेट भन्नाले के बुझ्नुहुन्छ ? बजेटका मुलभूत उद्देश्य र कार्य उल्लेख गर्दै वर्तमान संविधानमा व्यवस्था भएअनुसार राजस्व र व्ययको अनुमान गरी व्यवस्थापिका–संसद्मा बजेट प्रस्तुत गर्दा कुन–कुन बुँदा समावेश गरिन्छ ? प्रस्ट पार्नुहोस् ।
प्रतिस्पर्धाको परीक्षामा समय व्यवस्थापन ज्यादै महत्वपूर्ण हुन्छ । समय व्यवस्थापन गर्न कुनै प्रश्नलाई घटी र कुनै प्रश्नलाई बढी नगरी जुन प्रश्नका लागि जति समय हो, त्यति सोही प्रश्नलाई दिनुपर्छ । त्यसैगरी प्रश्नलाई खण्डित गरी प्रत्येक खण्डलाई शीर्षक दिएर बुँदागत रूपमा लेख्ने र अनावश्यक कुरा नलेखी जानेको भन्दा पनि मागेको कुरा मात्र लेख्नाले समय व्यवस्थापन गर्न सजिलो हुन्छ ।
तपाईंले उल्लेख गरेको प्रश्नमा समय व्यवस्थापन कुशलतापूर्वक गर्न उत्तरलाई बजेट, बजेटका उद्देश्य तथा कार्य र संसद्मा बजेट प्रस्तुत गर्दा समेट्नुपर्ने विषय गरी तीनवटा शीर्षकमा विभाजन गरेर प्रत्येकको छुट्टाछुट्टै बुँदागत रूपमा उत्तर लेख्नुपर्छ । र, अन्त्यमा संक्षिप्तमा निष्कर्ष लेख्नुपर्छ ।
मंगल विष्टको जिज्ञासा
लोकसेवाको विषयगत परीक्षामा आफूलाई जुन प्रश्न पहिले आउँछ, त्यसको उत्तर पहिले नै लेखेर बाँकी पछि लेख्न मिल्छ कि मिल्दैन ? कि क्रमशः लेख्दै जानुपर्ने हो । अनि, लोकसेवाले सोधेको प्रश्न सारेर त्यसपछि उत्तर लेख्ने हो कि यति नम्बरको प्रश्नको उत्तर भनेर मात्रै लेख्दा हुन्छ ।
तपाईंले परीक्षामा जुन प्रश्न राम्ररी आउँछ, त्यसको उत्तर पहिले लेखेर त्यसपछि अरू प्रश्न समाधान गर्न सक्नुहुन्छ । तर, यसो गर्दा कुनै प्रश्न छुट्न सक्ने वा बढी जानेको विषयमा धेरै समय खर्चेर अरू प्रश्नलाई समय नपुग्ने जोखिम हुन सक्छ । यसतर्फ भने ध्यान पु-याउनुपर्छ ।
देवेन्द्र कुमालको जिज्ञासा
सामाजिक सुरक्षा/सामाजिक संरक्षण बचाउ भनेको के हो ? किन यी दुईवटा विषयहरू के हुन् भन्ने विषयमा फरक–फरक लेखकअनुसार ठ्याक्कै विपरीत परिभाषा देख्न पाइन्छ ? वास्तवमा यी दुईमा कुन बृहत् र कुन संकुचित अवधारणा हो । प्रस्ट पारिदिनुहोला ।
सामान्यतया सामाजिक सुरक्षा र सामाजिक संरक्षण एउटै अर्थमा प्रयोग हुने गर्छन् । तर, भिन्नता नै छुट्याउनुपर्दाचाहिँ सामाजिक संरक्षण बृहत् हो भने सामाजिक सुरक्षा संकुचित विषय हो । सामाजिक संरक्षणले प्रभावकारी श्रमबजारको प्रवद्र्धन, मानिसहरूलाई जोखिममा पर्न सक्ने सम्भावनाबाट रोकथाम र उनीहरूमा आर्थिक तथा सामाजिक जोखिमहरूको सामना गर्न सक्ने क्षमता बढाई समाजमा गरिबी र जोखिम न्यूनीकरण गर्न अवलम्बन गरिने नीति तथा कार्यक्रमहरूको समष्टिलाई जनाउँछ । सामाजिक सुरक्षाले भने आर्थिक अभाव वा जीवन गुजाराका लागि आवश्यक आम्दानी व्यक्तिको उमेर, शारीरिक वा मानसिक अवस्था, स्वास्थ्य, विपत् वा यस्तै अन्य कारणले आफैँले आर्जन गर्न नसक्ने मानिसहरूलाई राज्यले प्रदान गर्ने मौद्रिक सहायता तथा सुविधा वा सोका लागि गर्ने विभिन्न व्यवस्थालाई जनाउँछ ।
सामाजिक सुरक्षा पनि सामाजिक संरक्षणकै एक अंग हो । यसभित्र खासगरी वृद्धावस्था पेन्सन, बाल स्याहार सुविधा, बेरोजगार भत्ता, कार्यस्थल दुर्घटना सुविधा, औषधोपचार सुविधा, विपत्को समयमा दिइने राहत तथा सहायता, अपांगता भत्ता, मातृत्व सुविधा आदि कुराहरू पर्दछन् । सामाजिक संरक्षणमा भने सामाजिक सुरक्षाका अतिरिक्त गरिबी न्यूनीकरणका कार्यक्रमहरू, समाजका कमजोर वर्ग समूहको संरक्षणका नीति तथा योजनाहरू, असहाय, अनाथ, वृद्धवृद्धा, बालबालिका, विपत्मा परेका वर्ग, बिरामी आदिलाई सहयोग र संरक्षणका लागि उपलब्ध गराइने मौद्रिक तथा गैरमौद्रिक सहायता तथा सहयोगका सबै कार्यक्रमहरू पर्छन् ।
कुनै दुईवटा उस्तै–उस्तै विषयवस्तु दिएर कुन ठिक भनेर प्रश्न आएमा के–कसरी सन्तुलित उत्तर लेख्न सकिन्छ ? जस्तो तटस्थ कर्मचारीतन्त्र र प्रतिबद्ध कर्मचारीतन्त्र भन्नाले के बुझिन्छ ? कर्मचारी र तटस्थ वा प्रतिबद्ध कस्तो हुनुपर्छ । तर्क प्रस्तुत गर्नुहोस् ।
दुई विचार, धारणा, मान्यता वा सिद्धान्तमध्ये कुन ठीक र कुन बेठीक भनी सोधिएको छ भने सीधै एउट विषयलाई ठीक वा बेठीक नभनी सैद्धान्तिक पक्ष तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरका सिकाइहरूलाई आधार मानी दुवैको सबल र दुर्बल पक्ष संक्षेपमा केलाउनुपर्छ । यसका आधारमा खास सन्दर्भमा दुईटालाई तुलना गर्दा कुन अलि बढी उपयुक्त हुन्छ भन्ने कुरा तर्क र व्याख्याबाट देखाएर तुलनात्मक रूपमा यो उपयुक्त हो भन्ने भावमा उत्तर दिनुपर्छ । कहिलेकाहीँ दुईमध्ये कुनै एक विषय बढी उपयुक्त नभई दुवैको संयोजन वा सन्तुलन बढी उपयुक्त हुने पनि हुन्छ । यदि त्यस्तो हो भने सोही आशयको उत्तर लेख्नुपर्छ ।
तपाईंले उल्लेख गर्नुभएको प्रश्नको जवाफ दिँदा सर्वप्रथम तटस्थ कर्मचारीतन्त्र भनेको के हो र प्रतिबद्ध कर्मचारीतन्त्र भनेको के हो भनी एक–एक वाक्यमा परिभाषित गर्नुपर्छ । त्यसपछि तटस्थता र प्रतिबद्धताका सबल र दुर्बल पक्ष संक्षेपमा लेख्नुपर्छ । अन्त्यमा दुवैका केही सबल र केही दुर्बल पक्ष हुने भएकाले दुवैको सबल पक्षहरू मिलाइएको सन्तुलित वा समिश्रित चरित्र भएको कर्मचारीतन्त्र अर्थात् सन्तुलित वा सक्षम–तटस्थ कर्मचारीतन्त्र आजको आवश्यकता हो भन्ने देखाउनु उचित हुन्छ ।
नेपालको कर्मचारीतन्त्र ज्यादै प्रक्रियामुखी छ, भष्ट्राचारी छ, ढिलासुस्ती छ भन्ने आम जनगुनासो रहेको पाइन्छ । के तपाई सहमत हुनुहुन्छ ? तर्क प्रस्तुत गर्नुहोस् । यस्तो प्रश्न कसरी सन्तुलित भएर उत्तर लेख्न सकिन्छ । किनकि नेपालको कर्मचारीतन्त्र प्रक्रियामुखी भएको कुरा नकार्न सकिँदैन तर कर्मचारीतन्त्रको नकरात्मक कुरा लेख्दै गर्दा जाँचकी पनि कर्मचारी नै हुन् । त्यसैले सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने गरी कसरी सन्तुलित उत्तर लेख्न सकिएला ?
यस्तो प्रश्नको उत्तर लेख्दा पनि बीचको धारबाट लेख्नुपर्ने हुन्छ । सुरुमा कर्मचारीतन्त्रको संक्षिप्त परिचय दिने र नेपालको कर्मचारीतन्त्रका केही आधारभूत विशेषता लेख्ने । त्यसपछि यसमाथि लाग्ने गरेको आरोपहरूको चर्चा गर्ने र त्यसका कारणहरू बुँदागत रूपमा उल्लेख गर्ने । अन्त्यमा कर्मचारीतन्त्र स्वभावैले पहिलेदेखि नै आलोचित छ तर पनि नेपालको सन्दर्भमा पछिल्ला दिनहरूमा यसको आलोचना बढ्दै गएको छ र यसबाट बच्न कर्मचारीतन्त्रको कार्यशैली, आचरण र व्यवहारमा परिवर्तन गर्नु जरुरी छ भन्ने आशयको एउटा अनुच्छेद लेख्नुपर्छ ।
कुनै पनि विषयवस्तुको पूर्वसर्त भन्नाले के बुझिन्छ ? जस्तो लोकतन्त्रका पूर्वसर्तहरू ।
कुनै पनि विषयको पूर्वसर्त भन्नाले त्यस विषय वा अवस्था हुनका लागि नभई नहुने अधारभूत कुराहरूलाई बुभ्नुपर्छ । जस्तो लोकतन्त्रको पूर्वसर्त भन्नाले बालिग मताधिकार, आवधिक निर्वाचन, मौलिक हक र मानव अधिकार, विधिको शासन, सूचनाको हक र पारदर्शिता आदिलाई बुझिन्छ ।
कुनै पनि विषयवस्तुको सीमाहरू भन्नाले के बुझिन्छ ? जस्तो सूचनाको हक र पारदर्शिताको सीमाहरू
उल्लेख गर्नुहोस् ।
कुनै विषयको सीमा भन्नाले सन्दर्भअनुसार फरक अर्थ लाग्छ । कुनै सन्दर्भमा सीमा भन्नाले चुनौती वा दुर्बल पक्षलाई जनाउँछ । जस्तो संघीयताका सीमाहरू वा कर्मचारीतन्त्रका सीमाहरू । तर, कुनै सन्दर्भमा सीमा भन्नाले बाध्यता वा अड्चन वा अनुकूलतालाई जनाउँछ । जस्तो अनुसन्धानका सीमा, तथ्यांकका सीमा, कुनै विधि वा उपचारका सीमा ।
सन्तोष चौलागाईंको जिज्ञासा
प्राय उत्तर कसरी लेख्ने भन्ने कुरा भन्दा पनि पहिले अनुच्छेदमा के–के मुख्य खण्डमा के–के अन्त्यमा के–के कुरा उल्लेख गर्नु उपयुक्त हुन्छ ?
उत्तरको तपाईंले भनेझैँ नै तीन प्रमुख खण्ड हुन्छन्– सुरुवाती खण्ड, मूल खण्ड र निष्कर्ष खण्ड । यी तीन खण्डमध्ये पहिलो खण्डमा म यो उत्तरमा के लेख्न गइरहेको छु भन्ने कुरा स्पष्ट गर्नुपर्छ । अर्थात् यसमा प्रश्नले सोधेको विषयमा आप्mनो सम्पूर्ण धारणा के हो भन्ने कुरा स्पष्ट राख्नुपर्छ ।
दोस्रो खण्डमा त्यस्तो धारणालाई तर्क, तथ्य र उदाहरणसहित व्याख्या, विवेचना वा विश्लेषण गर्नुपर्छ । यो खण्डमा सम्भव भएसम्म मौलिक, वस्तुगत, तटस्थ र आलोचनात्मक हुन सक्नुपर्छ । अन्तिम खण्डमा वा निष्कर्षमा माथि सम्पूर्ण उत्तरमा मैले के लेखेँ र प्रश्नको सन्दर्भमा मेरो धारणा के हो भन्ने कुराको सार वा
भाव खिच्नुपर्छ ।
उत्तर लेख्दा संविधान, ऐन, कानुनमा भएको बुँदा लेख्दा हुबहु लेख्ने कि मर्म नबिग्रने गरी आफ्नै भाषामा लेख्ने ?
संविधान, ऐन तथा नियममा भएका व्यवस्था लेख्नुहोस् भनेकोमा त्यस्ता व्यवस्था बुँदागत रूपमा उल्लेख छन् वा परिभाषाका रूपमा संक्षेपमा उल्लेख भएका व्यवस्था छन् भने वा मौलिक रूपमा लेख्दा तिनको भाव वा अर्थ फरक पर्ने अवस्था छ भने जस्ताको तस्तै लेख्नुपर्छ । अन्य अवस्थामा अर्थ फरक नहुने गरी आप्mनै भाषामा पनि लेख्न सकिन्छ ।
लेखनमा सधैँ प्रस्तुति हेरिन्छ भन्ने गरिन्छ तर प्रस्तुति कस्तो र कसरी विकास गर्न सकिन्छ त ?
लेखनमा प्रस्तुति हेरिन्छ भन्ने कुरा सही हो । प्रस्तुति भनेको तपाईंको भाषाशैली, शब्द तथा वाक्य चयन, वाक्य गठन, अनुच्छेद गठन, सरलता, मिठास, स्पष्टता, शुद्धाशुद्धी, उदाहरण, तथ्यांक, तर्क, विश्लेषणजस्ता कुराहरूको समष्टि हो । यसका आलवा प्रस्तुतिमा उत्तरको ढाँचा, पेपर मार्जिन तथा अक्षर, शब्द, लाइन र अनुच्छेदबीचको स्पेसिङजस्ता कुराहरूसमेत पर्छन् । यस्ता कुराहरूको व्यवस्थित संयोजनले उत्तरलाई अकर्षक र गहन बनाउँछ ।
पूर्ण बरामको जिज्ञासा
नीति तर्जुमाका मुलतत्व भनेको नीतिको विषयवस्तु(Content) नीतिको सन्दर्भ (Context) हुन् । नेपालको सन्दर्भमा यी दुई तत्वबीचका सन्तुलन कसरी मिलाउन सकिएला ? अन्य मुलुकको उदाहरणसहित नेपालको सन्दर्भमा सुझाबहरू प्रस्तुत गर्नुहोस् ।
यस्तो प्रश्नको उत्तर लेख्दा पहिलो खण्डमा सर्वप्रथम नीतिको विषयवस्तु र सन्दर्भलाई अलग–अलग वाक्यमा परिभाषित गर्नुपर्छ । त्यसपछि यी दुवै तत्वको उचित सन्तुलनबाट मात्र कार्यान्वयन योग्य र व्यावहारिक नीति बन्छ भन्ने आसयको अर्को वाक्य लेख्नुपर्छ ।
उत्तरको दोस्रो खण्डमा नेपालमा नीति तर्जुमा प्रक्रियाको संक्षिप्त चर्चा गर्नु राम्रो हुन्छ, तर चार–पाँच लाइनको एक अनुच्छेदमा नबढ्ने गरी । त्यसपछि अर्को अनुच्छेदमा नेपालमा त्यसरी नीति तर्जुमा गर्दा विषयवस्तु र सन्दर्भबीच तादम्य कायम हुन नसकेको व्यहोरा केही उदाहरणसहित उल्लेख गर्नुपर्छ ।
तेस्रो खण्डमा यी दुई तत्वबीच सन्तुलन मिलाउन के गर्नुपर्छ भनी सुझाब दिनुपर्छ । यहाँ अन्य मुलुकको उदाहरणसहित भनेको हुँदा आफूलाई थाहा भएका कुनै मुलुकका केही उदाहरण छन् भने एक–दुईवटा प्रस्तुत गर्नु राम्रो हुन्छ ।
नारायण तमूको जिज्ञासा
प्रौढावस्था र वयस्कलाई Aging people भनिएको छ । यसको परिभाषा यही नै हो भनेर मैले पढेको पुस्तकमा भेटिएन । कुनै पुस्तकमा प्रौढावस्था र वयस्कता फरक हुन् भनिएको छ । ब्नष्लन (Aging people (population) लाई न्ययनभि मा Google गर्दा प्रौढावस्था जसरी मैले अध्ययन गरेको पुस्तक भिन्न भनाइ पाउँछु । त्यसैले यो प्रश्नलाई स्पष्ट पारिदिनुहोस् ।
प्रौढ वा वयस्क भन्नाले उमेर पुगेको व्यक्ति वा परिपक्व भएको व्यक्ति भन्ने बुझिन्छ । त्यसैले प्रौढावस्था वा वयस्कता भनेको Adulthood हो । Aging people भन्नाले बुढ्यौली अवस्थाका मानिसहरू भन्ने बुझिन्छ । अर्थात् जन्मदरमा निरन्तर कटौती र औसत आयुमा वृद्धिका कारण कुल जनसंख्याको औसत उमेर (Median) बढी भएको अवस्थालाई ब्नष्लन population भनिन्छ ।
यो अहिलेको विश्वमा खासगरी विकसित मुलुकको ठूलो चुनौतीका रूपमा देखा परेको छ । यस्तो अवस्थामा युवा तथा आर्थिक रूपले सक्रिय जनशक्ति कम हुन्छ भने काम गर्न नसक्ने तर राज्यले सामाजिक सुरक्षा दिनुपर्ने बुढ्यौली उमेरका डिपेन्डेन्ट जनसंख्याको हिस्सा ठूलो हुन्छ ।
त्यसैले प्रौढावस्था र Aging people फरक–फरक कुरा हुन् । सम्भवत पाठ्यक्रमले भन्न खोजेको बुढ्यौली जनसंख्या नै हुनपर्छ किनकि यो आजको विश्वमा जनसंख्या व्यवस्थापन र मुलुकको आर्थिक विकासको एउटा टड्कारो चुनौतीका रूपमा देखा परेको विषय हो । त्यसैले सबैभन्दा राम्रो तपाईंले युवा जनसंख्या र बुढ्यौली जनसंख्या दुवैको बारेमा अध्ययन गर्नु र परीक्षामा जे विषयको प्रश्न आउँछ, त्यसैको उत्तर लेख्नु बढी बुद्धिमानी हुन्छ ।
सबेर महतोको जिज्ञासा जवाफदेहिता र उत्तरदायित्वबीच फरक छुट्याउनुहोस् । यसको उत्तर कसरी लेख्ने ?
सबेरजी ! यो प्रश्नको उत्तर लेख्दा सर्वप्रथम जवाफदेहिता र उत्तरदायित्वलाई एक–एक वाक्यमा मौलिक परिभाषा सरल भाषामा दिनु राम्रो हुन्छ । त्यसपछि यी दुई विषयबीचका भिन्नतालाई टेबलमा तुलनात्मक रूपमा बुँदागत ढाँचामा लेख्नुपर्ने हुन्छ । र, अन्त्यमा यी दुई विषयबीचको अन्तरसम्बन्धसमेत झल्किेन गरी संक्षिप्त निष्कर्ष लेख्नुपर्छ ।
श्याम धामीको जिज्ञासा
संविधान र ऐन–नियमका प्रश्नमा उत्तर जस्ताको तस्तै लेख्दा पूरा नम्बर आउँछ कि आउँदैन ?
विषयगत प्रश्नको मूल्यांकनमा भाषा, शुद्धाशुद्धि, वाक्य–विन्यास, सरलता तथा स्पष्टता, अक्षरलगायत थुप्रै पक्ष हेरिने हुनाले शतप्रतिशत अंक प्रायः आउँदैन । तर, तथ्यगत, निश्चित बुँदा भएको वा निश्चित परिभाषा भएको संविधान वा ऐन–नियमको प्रावधानसम्बन्धी उत्तर जस्ताको तस्तै लेखेको छ भने पूर्णांकको नजिककै हाराहारीको अंक प्राप्त गर्न सकिन्छ ।
पाँच अंकका प्रश्नहरूमा पनि निष्कर्ष लेख्नुपर्छ कि पर्दैन ? पाँच र दश अंकभार भएका प्रश्नमा कति बुँदा लेख्दा उपयुक्त हुन्छ ?
पाँच अंकको प्रश्नको उत्तर लेख्दा निष्कर्ष लेखिरहनु पर्दैन । बुँदाको कुरा गर्दा यतिवटै लेख्नुपर्छ भन्ने हुँदैन, प्रश्नले मागेको विषय समेट्ने गरी बुँदा लेख्नुपर्छ । धेरै बुँदा लेख्ने नाउँमा कुरा दोहोरिनु हुन्न र कम बुँदा लेख्ने नाममा आवश्यक कुरा छुट्नु पनि हुन्न । त्यसैले सामान्यतया एउटा बुँदा अंकभार ०.५ हुन्छ भन्ने मान्यतामा कति बुँदा लेख्ने भन्ने निधो गर्न सकिन्छ । जस्तो ५ अंकको प्रश्नको उत्तर १० बुँदामा लेख्न सकिन्छ । तर, यो कुनै नियम भने होइन ।
प्रश्नको उत्तर आकर्षक बनाउन उदाहरण दिनुपर्छ भन्ने गरिन्छ । सबै प्रश्नमा उदाहरण बनाउन सकिन्छ कि सकिँदैन ?
उत्तर लेख्दा तथ्यांक र उदाहरण दिई तर्कलाई थप दरिलो बनाउनु राम्रो हुन्छ । तर, अधिक तथ्यांक र अनावश्यक उदाहरणले उत्तरलाई भद्दा र झिँजो लाग्ने बनाउँछ । त्यसैले सबै उत्तरमा हरेक विषयको उदाहरण दिइरहनु पर्दैन । एउटा उत्तरमा महत्वपूर्ण एक वा दुई विषयको उदाहरण दिन भने सकिन्छ । तर, यस्तो उदाहरण सान्दर्भिक र उपयुक्त हुनुपर्छ ।
प्रश्न हल गर्दा बुँदाहरूलाई बढी जोड दिनुपर्छ भनिन्छ । अनुच्छेदमा सटिक तरिकाले लेख्दा जाँचकीलाई कस्तो प्रभाव पार्न सकिन्छ ? प्रश्नको उत्तर पूरै बुँदामा मात्र वा पूरै अनुच्छेदमा मात्र लेख्नु दुवै राम्रो होइन । अनुच्छेद र बुँदाको समिश्रण गर्नु राम्रो हुन्छ । विषय प्रवेश वा पृष्ठभूमि, दुई खण्ड जोड्ने उत्तरको अंश र निष्कर्ष अनुच्छेदमा लेख्नुपर्छ भने प्रश्नले मागेको विषयजति बुँदागत रूपमा प्रस्तुत गरेको राम्रो हुन्छ ।
धनबहादुर वलीको जिज्ञासा अवधारणा र सन्दर्भबीच फरक छ कि एउटै कुरा हुन् ?
धनबहादुरजी, अवधारणा भन्नाले सम्बन्धित विषयको परिचय वा चिनारी र त्यसको कालक्रमिक विकासक्रम हो । सन्दर्भ भन्नाले कुनै विचार, अवधारणा वा सिद्धान्तको उठान वा निर्माण वा प्रयोग हुनुको पछाडिको कारक विषयहरूको समष्टि भन्ने बुझिन्छ । त्यसैले यी अलग–अलग कुरा हुन् । तर, कहिलेकाहीँ एउटै विषयमा समयक्रमअनुसार फरक–फरक सोच, मान्यता र धारणा बन्दै आउनुको सन्दर्भ देखाउनुप¥यो भने अवधारणागत विकासकै शैलीमा कालक्रमिक विकासक्रम उल्लेख गरिन्छ । जस्तो– शासनको सन्दर्भबारे चर्चा गर्नुप¥यो भने शासन गतिशील अवधारणा भएको हुँदा यसमा समयको परिवर्तनसँगै नयाँ–नयाँ मान्यता विकास भएका छन् । त्यसैले शासनको सन्दर्भको अध्ययनमा कुन समयमा शासनलाई के भनेर बुझियो र त्यसको कारण के थियो भन्ने कुराको कालक्रमिक रूपमा अध्ययन गरिन्छ ।
सूर्य लामाको जिज्ञासा
कार्यालयमा कम्प्युटर प्रणालीको महत्वबारे लेख्नुहोस्, व्याख्या, विश्लेषण, चर्चा गर्नुहोस् भन्ने प्रश्नका लागि उत्तर लेख्दा सकारात्मक फेभरका अलावा नकारात्मक फेभरमा कत्तिको जोड दिनुपर्छ ? यस किसिमको प्रश्नका लागि एउटा उत्तरको नमुना पाउन सकिन्छ कि ?
सूर्यजी, महत्व लेख्दा वा यसको व्याख्या वा चर्चा गर्दा सधैँ सकारात्मक पक्षहरू नै लेखिन्छन् । तर, महत्वको विश्लेषण गर्नुहोस् भनेको छ भने विश्लेषणमा सकारात्मक पक्ष र नकारात्मक पक्ष दुवैलाई समेट्नु राम्रो हुन्छ । सकारात्मक पक्षमा कम्प्युटरले कार्यप्रणाली, सेवाको गुणस्तर, उत्पादकत्व, प्रक्रिया, समय र लागतमा कसरी सकारात्मक योगदान पु-याउँछ भन्ने कुरा समेट्नुपर्छ भने कमजोर पक्षमा कम्प्युटरका सीमा र यसको प्रयोगका जटिलता, जस्तो– अतिरिक्त स्रोतको लागत, जनशक्तिको सीप तथा क्षमता, दुरुपयोगको सम्भावना, सूचनाको सुरक्षा जोखिमजस्ता कुरा उल्लेख गर्न सकिन्छ ।
उमंग अर्यालको जिज्ञासा
नेपालको संविधानमा बहुस्तरीय शासन प्रणालीलाई संस्थागत गर्न के–कस्ता प्रावधान रहेका छन् ? संघ, प्रदेश तथा स्थानीय तहका शासकबीचको सहकार्यलाई प्रवद्र्धन गर्ने सन्दर्भमा देखा परेका चुनौतीको विवेचना गर्नुहोस् । यस्तो प्रश्नमा कसरी लेख्ने ? छुटाउनै नहुने कुरा के–के हुन् । यसमा निष्कर्ष कसरी लेख्ने ? परिचय आवश्यकता हुन्छ वा हुँदैन ?
उमंगजी ! बहुस्तरीय शासन भनेको शासकीय शक्तिलाई विभिन्न तहमा विभाजन गरी पारस्परिक सहयोग, सहकार्य, साझेदारी र समन्वयमा प्रयोग गर्ने पद्धति हो । तपाईंले सोध्नुभएको प्रश्नको जवाफ यही अवधारणाको सेरोफेरोमा रहेर दिनुपर्छ । यसका लागि उत्तरलाई बहुस्तरीय शासन, नेपालको संविधानमा बहुस्तरीय शासनसम्बन्धी व्यवस्था र तीन तहबीचको सहकार्यका चुनौती गरी तीन खण्डमा विभाजन गरी छुट्टाछुट्टै शीर्षक दिएर प्रस्तुत गर्नुपर्छ ।
पहिलो खण्डमा बहुस्तरीय शासनको परिचय तीन÷चार लाइनमा नबढ्ने गरी दिनुपर्छ । दोस्रो खण्डमा नेपालको संविधानले तीन तहको शासनका सम्बन्धमा गरेका व्यवस्था बुँदागत रूपमा लेख्नुपर्छ । यसमा कार्यक्षेत्रका हिसाबले सरकार, निजी क्षेत्र र नागरिक समाजको भूमिका संविधानले के–कस्तो परिकल्पना गरेको छ भन्ने कुरा पनि उल्लेख गर्नु राम्रो हुन्छ । तेस्रो खण्डमा राज्य शक्तिलाई हाल संघ, प्रदेश र स्थानीय तहबाट प्रयोग गर्ने क्रममा यी तीन तहबीच संविधानले परिकल्पना गरेबमोजिमको सहअस्तित्व, सहकारिता र समन्वय कायम गर्न के–कस्ता चुनौती तथा समस्या देखिएका छन् भन्ने कुरा उदाहरणसहित लेख्नु राम्रो हुन्छ ।
कुनै पनि उत्तरको निष्कर्ष लेख्दा उत्तरको सार एक वाक्यमा र वे फरवार्ड अर्को वाक्यमा लेख्नु राम्रो हुन्छ । उदाहरणका लागि यो प्रश्नको उत्तरको निष्कर्ष यस्तो लेख्न सकिन्छ ः ‘बहुस्तरीय शासनमा शासनका तहबीचको सहकार्य र समन्वय मजबुत हुनु अनिवार्य हुन्छ । नेपालले पनि संघीयताको प्रभावकारी कार्यान्वयनका लागि तीन तहबीचको अन्तरसम्बन्ध मजबुत राख्नमा पर्याप्त ध्यान दिनु आवश्यक छ ।’
विभेसन श्रेष्ठको जिज्ञासा
राष्ट्रको विषयमा नेपालको सन्दर्भ हेर्दा राई, नेवार, लिम्बू, मगर, थारू, मधेसी समुदायको आ–आफ्नै भाषा, संस्कृति र वेशभूषा छन् । उनीहरूको छुट्टाछुट्टै राष्ट्र हुन् कि होइनन् ?
विभेसनजी ! राष्ट्र भनेको एकैखाले सामाजिक, सांस्कृतिक र ऐतिहासिक पहिचान बोकेका मानिसको समुदाय यो । यो निश्चित समुदायको पहिचानसँग सम्बन्धित हुन्छ । राष्ट्र अमूर्त, भावनात्मक, अभौतिक, अनुभूतिजन्य र मनोवैज्ञानिक विषय हो । राष्ट्रलाई कुन तहबाट परिभाषा गर्ने भन्ने विषय महत्वपूर्ण हुन्छ । सुक्ष्म तहबाट हेर्दा माथिको परिभाषाअनुसार तपार्इंले भन्नुभएका सबै समुदाय राष्ट्र हुन् । तर, समग्र देशको हकमा कुरा गर्दा यस्ता सयौँ समुदायको सहअस्तित्वबीच उनीहरूको अलग–अलग सामाजिक, सांस्कृतिक र ऐतिहासिक पहिचान हुँदाहुँदै पनि नेपाली भन्ने साझा पहिचान र भावनाले बाँधिएको सिंगो नेपाली जनता राष्ट्र हो । कुनै पनि मुलुकले गर्न चाहने राष्ट्र निर्माण भनेको समाजको अलग–अलग पहिचानको संरक्षण, सम्मान र प्रवद्र्धनसहित उनीहरूबीच साझा पहिचान र एकभाव विकास गरी मुलुकभित्र बसोबास गर्ने सम्पूर्ण समुदायलाई एउटै सिंगो राष्ट्रका रूपमा एकताको सूत्रमा आबद्ध गर्नु हो ।
१५औँ योजनाका रणनीतिहरूबारे चर्चा गर्नुहोस् ?
राष्ट्रिय योजना अयोगले आफ्नो वेबसाइटमा पन्ध्रौँ योजनाको आधारपत्र राखेको छ । सो आधारपत्रको पाना नं. २२ को बुँदा नंं. २.६ मा यस योजनाका विभिन्न आठवटा दीर्घकालीन राष्ट्रिय रणनीतिहरू उल्लेख गरिएको छ । यस प्रश्नको उत्तरमा ती ८ वटै रणनीतिहरू जस्ताको तस्तै लेख्नुपर्ने हुन्छ ।
नारायण तमूको जिज्ञासा
कर्मचारीतन्त्रमा पदसोपान भन्नाले के बुझिन्छ ? यसको औचित्य र वर्तमान समयमा किन कर्मचारीहरूको यसप्रति बढी लगाव देखिन्छ, समीक्षा गर्नुहोस ।
यो प्रश्नको उत्तर लेख्दा सबैभन्दा पहिले पदसोपानलाई उदाहरणसहित परिभाषित गर्नुपर्ने हुन्छ । यहाँ औचित्य भनेको महत्व हो । उद्देश्य, महत्व, औचित्य, सान्दर्भिकता वा आवश्यकता लेख्नुहोस् भनेकोमा सबैको उत्तर उही हुन्छ । खालि भाषामा मात्र केही फरक हुन्छ । कुनै पनि विषयको समीक्षा गर्दा सो विषयका सम्बन्धमा हाल भएका व्यवस्था र सोको सकारात्मक तथा नकारात्मक दुवै पक्षको लेखाजोखा गर्नुपर्छ । त्यसैले यहाँ नेपालको कर्मचारीतन्त्रमा पदसोपानसम्बन्धी व्यवस्था, पदसोपानप्रति कर्मचारीको लगाव बढ्नुका कारण र यसका सकारात्मक तथा नकारात्मक असरहरू संक्षेपमा लेख्नुपर्छ ।
सूर्य लामाको जिज्ञासा
लोकसेवामा हुने १०, ५ अंकका प्रश्नको उत्तर दिँदा कति–कति शब्दसम्मको लेख्ने ? कतिवटा अनुच्छेदमा लेख्नुपर्ला ? लेख्दा बुलेट वा व्याख्या कुनचाहिँ प्रभावकारी हुन्छ ?
लोकसेवाको परीक्षामा १० नम्बरको प्रश्नको उत्तरका लागि १८ मिनेट र ५ नम्बरको प्रश्नका उत्तरका लागि ९ मिनेट समय हुन्छ । कति शब्द लेख्ने भन्ने कुने नियम हुँदैन । सकेसम्म छोटोमा मागेको सबै कुरा लेख्नु राम्रो हुन्छ । यद्यपि, एकजना सामान्य व्यक्तिको औसत राइटिङ स्पिडलाई आधार मान्ने हो भने १० नम्बरको उत्तर ३५० शब्ददेखि ४०० शब्दसम्म लेख्न सम्भव हुन्छ भने ५ नम्बरको प्रश्नको उत्तर १७५ शब्ददेखि २०० शब्दसम्म लेख्न सम्भव हुन्छ ।
सामान्यतया एउटा विषय एउटा अनुच्छेदमा लेखिन्छ । तथापि अनुच्छेद धेरै लामो हुनु हुँदैन । एउटा अनुच्छेद ५–६ लाइनको लेख्नु राम्रो देखिन्छ । पूरै उत्तर यति नै अनुच्छेदमा लेख्नुपर्छ भन्ने हुँदैन ।
जहाँसम्म बुँदा वा अनुच्छेद केमा लेख्ने भन्ने प्रश्नका सम्बन्धमा के भन्न सकिन्छ भने हरेक उत्तरमा अनुच्छेद र बुँदाको उचित संयोजन हुनुपर्दछ । विषय उठान वा पृष्ठभूमि अनुच्छेदमा प्रस्तुत गर्नुपर्छ भने प्रश्नले मागेको खास उत्तर भने बुँदागत रूपमा लेख्नु राम्रो हुन्छ ।
देवेन्द्र कुमालका जिज्ञासा
१. कुनै पनि विषयको अवधारणा भन्नाले के बुझिन्छ र यस्तो प्रश्न आएमा के–के विषयवस्तु जवाफमा समेट्नुपर्छ ?
अवधारणाको अर्थ सोच, धारणा, विचार भन्ने हुन्छ । अंग्रेजीमा concept को अर्थ idea, notion, conception हो । त्यसैले अवधारणा लेख्नुहोस् भन्ने प्रश्न छ भने त्यसको उत्तर लेख्दा सो विषयवस्तुको परिचय वा परिभाषा लेख्नुपर्छ । अर्थात् त्यो भनेको के हो ? प्रस्ट पार्नुपर्छ । तर, धेरैले अवधारणा भन्नाले उक्त विषयको ऐतिहासिक विकासक्रम हो भनी बुझ्ने गरेको पाइन्छ । त्यसैले जाँचकीले पनि त्यस्तै मात्र बुझेको रहेछ भने पनि अंक नकाटियोस् भन्नका लागि विषयवस्तुलाई परिभाषित गरिसकेपछि दुई–तीन लाइनको एक अनुच्छेदमा उक्त विषयको ऐतिहासिक विकासक्रमलाई समेत उल्लेख गर्नु चलाखीपूर्ण उपाय हुन्छ ।
२. कुनै पनि विषयको आयाम भन्नाले के बुझिन्छ र यस्तो प्रश्न आएमा के–के विषयवस्तु जवाफमा समेट्नुपर्छ ?
आयाम भनेको पक्ष हो । यो विषयवस्तुलाई विश्लेषण गर्ने कोण हो । विषयवस्तुको विभिन्न पाटो हो । सामान्यतया सार्वजनिक प्रशासनको क्षेत्रमा कुनै पनि विषयवस्तुका आयामहरू राजनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक, सांस्कृतिक, संस्थागत, नैतिक, शासकीय, वातावरणीय आदि हुने गर्दछन् । त्यसैले आयाम लेख्दा उक्त विषयवस्तुका यस्तै सान्दर्भिक पक्षहरूबारे चर्चा गर्नुपर्ने हुन्छ ।
३. कुनै पनि विषयको अवस्था व्यवस्था भन्नाले के बुझिन्छ र यस्तो प्रश्न आएमा के–के विषयवस्तु जवाफमा समेट्नुपर्छ ?
कुनै विषयवस्तुको अवस्था भन्नाले त्यस विषयका सम्बन्धमा हाल भइरहेका व्यवस्था, त्यसका उपलब्धि, अवसर र समस्याहरूको समष्टिलाई बुझिन्छ । त्यसैले यस्तो प्रश्नमा यिनै कुराहरू समेटेर उत्तर लेख्नुपर्छ । हालको व्यवस्थामा नीतिगत, कानुनी, संस्थागत, कार्यक्रगत व्यवस्थाहरू लेख्नुपर्छ भने उपलब्धिमा त्यस्ता व्यवस्थाबाट के कस्ता सकारात्मक नतिजा प्राप्त भएका छन् भनी सम्भव भएसम्म तथ्यांक वा उदाहरणसहित उल्लेख गर्नुपर्दछ । अवसरमा अझ राम्रो गर्न सकिने वा हुने आधारहरूलाई लेख्नुपर्छ भने समस्यामा हाल भएका व्यवस्था र उपलब्ध अवसरका बाबजुद पनि अपेक्षित उपलब्धि नहुनुका कारणहरूलाई लेख्नुपर्छ । यी सबै विषयहरू सकेसम्म ठोस रूपमा बुँदामा लेख्नु राम्रो हुन्छ । यस्तो प्रश्नमा धेरै पाटाहरू हुने भएकाले अनुच्छेदमा लेखियो भने समय व्यवस्थापन गर्न सकिन्न ।
४. समस्या र चुनौतीमा के फरक छ ? कि एकै हुन् ?
समस्या र चुनौती सामान्य बुझाइमा एकै हुन् । तर, सूक्ष्म तहमा गएर हेर्ने हो भने यिनीहरू भिन्न पनि हुन् । समाधान सम्भव हुने वा उपचार गर्न सकिने कठिनाइ वा अप्ठ्याराहरू समस्या हुन् । चुनौतीको भने समाधान हुँदैन, सामना गर्नुपर्ने हुन्छ । अर्थात्, चुनौती भनेको त्यस्तो जटिल अवस्था हो जसको उपचार सम्भव छैन । चुनौतीलाई यथावतै राखेर सोका बाबजुद पनि अघि बढ्नुपर्ने हुन्छ । उदाहरणका लागि नेपाल भूपरिवेष्टित मुलुक हुनु हाम्रो चुनौती हो भने नेपालको व्यापार घाटा निरन्तर बढ्दै जानु समस्या हो । हामी भूपरिवेष्टित अवस्थाबाट मुक्त हुन सक्दैनाैँ तर उपयुक्त आर्थिक, औद्योगिक तथा व्यापारिक नीति अवलम्बन गरेर व्यापार घाटा कम गर्न सक्छौँ ।
कहिलेकाँही परीक्षामा समस्या तथा चुनौती लेख्नुहोस् भनेको छ भने एकठाउँमा एकै कुरा लेखे हुन्छ । तर, समस्या र चुनौती लेख्नुहोस् भनेको छ भनेचाहिँ समस्यालाई अलग र चुनौतीलाई अलग लेख्नुपर्ने हुन्छ ।
स्रोतः प्रकाश दाहाल/नेपालवाच र नयाँ पत्रिका
0 Comments