प्रश्न. अधिकार प्रत्यायोजन बारे चर्चा गर्दै यसका महत्व, तरीका र सीमाहरू उल्लेख गर्नुहोस् ? (१+३+३+३)
"सहज कार्यवातावरणको लागि अधिकार प्रत्यायोजन"
माथिल्लो तह वा पदाधिकारीमा निहित अधिकार र जिम्मेवारीलाई कानुन बमोजिम मातहतका निकाय वा पदाधिकारीहरूमा हस्तान्तरण गर्ने कार्यलाई अधिकार प्रत्यायोजन भनिन्छ । अधिकार प्रत्यायोजनलाई प्रशासनिक विकेन्द्रीकरणको व्यवहारिक आयामको रूपमा समेत लिने गरिन्छ । यो पदसोपान पद्धतिमा आधारित हुन्छ जहाँ अधिकारको प्रत्यायोजन भएतापनि उक्त्त काम प्रतिको उत्तरदायित्व भने प्रत्यायोजकमा नै रहन्छ । अधिकार प्रत्यायोजनलाई कर्मचारीतन्त्रको उर्जाशक्ति वा उत्प्रेरणाको रूपमा लिने गरिन्छ । अधिकार प्रत्यायोजन हुन अधिकार प्रत्यायोजन गर्ने व्यक्ति निकाय र पदाधिकारीहरूबीच पारस्परिक विश्वास, समन्वय र सहकार्य हुनु जरूरी हुन्छ ।यो संघीयताको पूर्व सर्त पनि हो ।
अधिकार प्रत्यायोजनको महत्व
- संगठनको कार्यवातावरणमा सहजता ल्याउन
- प्रशासनिक कृयाकलापलाई विकेन्द्रित गर्न एवं विकेन्द्रीकरणलाई व्यवहारीक तुल्याउन
- उच्च र अधिनस्त कर्मचारीहरूबीच सहकार्य र समन्वय बढाउन
- कार्यवातावरणलाई Office friendly बनाउन
- कार्यसम्पादनमा effectiveness र efficiency बढाउन
- कार्यालयको कार्यबोझ कम गर्न र कर्मचारीहरूलाई काम प्रति जिम्मेवार तुल्याउन
- सेवाप्रवाहलाई सरलीकरण गरी कार्यसम्पादनलाई छिटो छरितो बनाउन
- समग्रमा सहभागितामूलक व्यवस्थापन पद्धतिलाई व्यवहारिक बनाउन
- तल्लो तहमा र उपल्लो तहमा ( Top –Down approach)
- समान तहमा हुने ( Horizontal Approach)
- पूर्ण वा आंशिक (Holistic or Partial Approach)
- शर्त वा शर्तरहित ( Conditional or Unconditional Approach)
- औपचारिक(लिखित) वा अनौपचारिक(अलिखित)( Formal or Informal)
- प्रत्यक्ष वा अप्रत्यक्ष (Direct or Indirect)
अधिकार प्रत्यायोजनको सीमाहरू वा प्रत्यायोजन गर्न नमिल्ने अधिकारहरू
- आफैले निर्णय गर्नुपर्ने भनी कानूनमा स्पष्ट किटान गरिएका विषयसम्बन्धी अधिकारहरू
- कानूनमा प्रत्योजन गर्न मिल्दैन भनी स्पष्ट किटान गरिएका विषयसम्बन्धी अधिकारहरू
- पुनरावेदन सुन्ने तथा दण्ड एवं पुरष्कृत गर्ने विषयहरू
- नीति तथा योजना निर्माणका विषयहरू
- बजेट निर्माण र कार्यान्वयन सम्बन्धी अधिकारहरू
- आफू मातहतका कर्मचारीहरूको सुपरीवेक्षण अनुगमन र मूल्याकंन गर्ने सम्बन्धी अधिकारका विषयहरू
यसरी
अधिकार प्रत्यायोजन प्रशासनिक विकेन्द्रीकरणको एउटा महत्वपूर्ण आयाम हो । अधिकार प्रत्यायोजन व्यवस्थापकीय प्रकृया भएकोले यसले हरेक संगठनमा कार्यवोभभः कम गर्न र मातहतका कर्मचारीलाई जिम्मेवार बनाउन भूमिका खेल्छ । तथापी सबै अधिकारहरू प्रत्यायोजन गर्न नमिल्ने र अधिकार प्रत्यायोजनसँगै उत्तरदायित्व व्यक्तिमा नै रहने हुँदा अधिकार प्रत्यायोजन गर्दा प्रचलित कानूनी व्यवस्थाको परिपालना गर्नु अहिलेको खाँचो हो ।
प्रश्न. समन्वयका तरिका के हुन्? सार्वजनिक प्रशासनमा यसको महत्व उल्लेख गर्दै समन्वयका लागि नेपालमा भएका व्यवस्थाहरू बारे चर्चा गर्नुहोस्? (४+३+३)
"Coordination is the crux of management"
संगठनको निर्दिष्ट लक्ष्य हासिल गर्न संगठनका व्यक्ति भौतिक स्रोत साधन एवं समग्र क्रियाकलापहरूबीच सामञ्जस्यता कायम गर्ने कार्यलाई नै समन्वय भनिन्छ ।संगठनका विभिन्न अंग र तिनका कृयाकलापहरूबीच अन्तरसम्बन्ध कायम गरी सांगठनिक लक्ष्य प्राप्तिको दिशातर्फ उन्मुख गर्ने कार्य समन्वय हो । प्रशासनमा विभिन्न निकाय इकाइ र सरचना हुने भएकाले समन्वयको विशेष महत्व रहन्छ । सार्वजनिक प्रशासन वृहत सांगठनिक संरचना भएकोले यसको सफलता र असफलता नै समन्वयमा निर्भर रहने गर्छ ।
समन्वयका तरीकाहरू
क) औपचारिक समन्वय
- नीतिगत स्पष्टता र उद्देश्य निश्चित गरिन्छ
- औपचारिक रूपमा नै नीति तथा कार्यक्रम तय गरिन्छ
- कार्ययोजना र सांगठनिक ढाँचाको व्यवस्थापन हुन्छ
- आयोग कार्यदल गठन बैठक भेला आदि गरिन्छ
- काम कर्तव्य र जिम्मेवारीको स्पष्ट किटान हुन्छ
- नेतृत्वको चयन हुन्छ
- व्यवस्थापन सञ्चार प्रणाली हुन्छ।
ख) अनौपचारिक समन्वय
- अनौपचारिक समूहको प्रर्वद्धन हुन्छ
- स्व समन्वय वा आत्म समन्वय हुने गर्छ
- कर्मचारी तालिम र प्रशिक्षणको व्यवस्था हुने गर्छ
- समूहकार्यमा जोड दिइन्छ
- नेतृत्व र सहायक बीच अन्तरकृया हुने गर्छ
- गुनासो सुनुवाई र व्यवस्थापन हुने गर्छ।
सार्वजनिक प्रशासनमा समन्वयको महत्व
- सार्वजनिक प्रशासनको प्रभावकारीता वृद्धि गर्न
- कामको गुणस्तर परिणाम र लागतबीच सामन्ञ्जस्यता कायम गर्न
- भौतिक मानवीय लगायतका स्रोत र साधनको optimum utilization गर्न
- सेवा प्रभावलाई सरलीकृत र नियमित तुल्याउन
- काममा हुने overlapping र gaping कम गर्न
- प्रशासनिक कृयाकलापमा आदेश नियन्त्रण र संचार प्रकृयालाई व्यवस्थित तुल्याउन
- अन्तर निकाय समबन्धलाई प्रगाढ तुल्याउन
- सुरपरिवेक्षण नियन्त्रण र निर्देशनको कार्यमा सहजता ल्याउन
- संगठनको कार्यसम्पादन स्तरमा Synergistic effect ल्याउन
- समस्याको समयमै पहिचान गरी समाधान गर्न
- संगठनमा द्धन्द एवं विवादको अवस्था सृजना हुन नदिन र नियन्त्रण गर्न
- समग्रमा संगठनका कार्यमा सुधार गर्दै संगठनको ख्याति वृद्धि गर्न।
नेपालको सार्वजनिक प्रशासनमा समन्वयका लागि भएका व्यवस्थाहरू
- नेपालको सार्वजनिक प्रशासन पदसोपानिक पद्धतिमा आधारित रहेको छ
- कार्यजिम्मेवारी र कार्यविभाजन स्पष्ट रूपमा हुने गर्छ
- माथिल्लो निकाय वा पदाधिकारीबाट मातहतकालाई अधिकार प्रत्यायोजन गर्न सक्ने स्पष्ट व्यवस्था रहेको छ
- सेवा प्रवाहलाई सरलीकरण गर्न प्रत्येक कार्यालयमा नागरिक बडापत्रलाई अनिवार्य बनाइएको छ
- आधुनिक सूचना प्रविधिको प्रयोगमा जोड दिइएको छ
- प्रत्येक कार्यालयमा सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको व्यवस्था रहेको छ
- कार्यालयले प्रत्येक चार महिनामा सार्वजनिक सुनवाई गर्नुपर्ने व्यवस्था रहेको छ
- सम्रगमा सार्वजनिक प्रशासनलाई अन्तरनिकाय समन्वय र बाह्य समन्वयमा प्रभावकारी बनाउन जोड दिइएको छ।
अन्त्यमा
संगठन आफैमा विभिन्न पक्षहरूबीचको अन्तरसम्बन्धात्मक जटिल संरचना तथा सञ्जाल हो। यस्तो संरचना र सञ्जालमा रहेर साझा र संगठनात्मक लक्ष्य हासिल गर्न सबैबीच उचित तादाम्यता कायम गर्नु अति जरूरी हुन्छ। तसर्थ व्यवस्थापनको समग्र क्रियाकलापलाई प्रतिफलमुखी एकीकृत र समृद्ध बनाउन संगठनमा सम्बन्धित सबैको सहकार्य र समन्वय आजको आवश्यकता हो।
0 Comments