Advertisement

सुरक्षा परिषद्को संरचना, प्रमुख कार्य र बहुराष्ट्रिय शासनमा संयुक्त राष्ट्रसंघको समीक्षा

प्रश्न. संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को संरचना र प्रमुख कार्यहरू उल्लेख गर्दै बहुराष्ट्रिय शासनको नमुनाको रूपमा संयुक्त राष्ट्रसंघको समीक्षा गर्नुहोस्। (१०)

“अन्तर्राष्ट्रिय शान्ति स्थापनाको मेरुदण्ड UNO काे सुरक्षा परिषद्”

विश्व सरकारको रूपमा १९४५ अक्टोवर २४ मा स्थापना भएको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् UNO को दोस्रो महत्त्वपूर्ण अंग हो। सुरक्षा परिषद् अन्तर्राष्ट्रिय शान्ति स्थापनाको आधारभूत संगठन हो। यो महासभापछिको सबैभन्दा शक्तिशाली अंग हो।

UNO को सुरक्षा परिषद्को संरचना:

  • UNO सुरक्षा परिषदमा १५ राष्ट्र सदस्य रहेका हुन्छन्।
  • १५ सदस्य राष्ट्रमध्ये ५ वटा स्थायी र १० वटा अस्थायी सदस्य राष्ट्र छन्।
  • ५ स्थायी सदस्य राष्ट्रहरू क्रमश: अमेरिका, बेलायत, फ्रान्स चीन र रुस हुन्।
  • १० वटा अस्थायी सदस्य राष्ट्रहरूले विभिन्न भौगोलिक रूपमा प्रतिनिधित्व गर्दछन्। जसमा एप्रो एसियाली ५ ल्याटिन अमेरिका, २ पूर्वी युरोप, १ पश्चिम युरोप र अन्य राष्ट्र गरी २ राष्ट्रको प्रतिनिधित्व हुन्छ।
  • सुरक्षा परिषद्को अस्थायी सदस्य राष्ट्रहरू महासभाबाट अनुमोदित हुनु पर्दछ।
  • एकपल्ट महासभाबाट अनुमोदिन भएपछि अस्थायी सदस्यहरूको कार्यकाल २ वर्षको हुन्छ।
  • प्रत्येक वर्ष ५ जना नयाँ थपिने र ५ जना पुराना अस्थायी सदस्यलाई सदस्य राष्ट्रको अवधि सकिन्छ।

सुरक्षा परिषदका मुख्य कार्यहरू:

  • अन्तर्राष्ट्रिय शान्ति स्थापना गर्ने।
  • शान्ति स्थापना हेतु UNO को सेना परिचालन गर्ने।
  • महत्त्वपूर्ण प्रस्तावहरू पारित गरी महासभामा लैजाने।
  • मानव अधिकार संरक्षण हेतु अन्तर्राष्ट्रिय समन्वय गर्ने।
  • अन्तर्राष्ट्रिय विवादहरूको शान्तिपूर्ण समाधान गर्ने।

बहुराष्ट्रिय शासनको रूपमा संयुक्त राष्ट्रसंघको समिक्षा:

सबल पक्षहरू:

  • आर्थिक र सामाजिक रूपमा कमजोर राष्ट्रलाई मानवीय सहायता गर्ने।
  • मानव अधिकारको संरक्षण गर्ने।
  • सबै राष्ट्रको सार्वभौम समानताको संरक्षण गर्ने।
  • राष्ट्रिय शासनमा सरकारलाई वित्तीय र प्रावधिकलगायत सहयोग गर्ने।
  • सामाजिक सांस्कृतिक रूपन्तरणमा सरकारलाई मद्दत गर्ने।
  • विश्वव्यापी सरकारको सकारात्मक प्रभाव बढाउने।
  • साना र कमजोर राष्ट्रको सार्वभौम सत्ता र अधिकारको संरक्षण गर्ने।

दुर्बल पक्षहरू:

  • ठूला र शक्ति राष्ट्रको प्रभावमा पर्ने गरेको।
  • अन्तर्राष्ट्रिय शान्ति स्थापनामा भूमिका कमजेर बन्दै गएको।
  • मानव अधिकार संरक्षणको नाममा राष्ट्रभित्र जातीय विभेद बढाएको।
  • सहयोगको नाममा आन्तरिक शासनमा हस्तक्षप गर्ने गरेको।
  • दुई देशबीचको विवादमा कमजोर मध्यस्तता गरेको।

अवसर:

  • अन्तर्राष्ट्रिय चेतनाको स्तर बढेको हुँदा UNO लाई जागरण ल्याउन अवसर छ।
  • विश्वव्यापीकरणको प्रभावले सबै राष्ट्रलाई UNO को आवश्यकता पर्दछ।
  • अन्तर्राष्ट्रिय शान्ति स्थापना हेतु UNO जस्ता संस्था अर्को कुनै छैन। UNO निर्विकल्प संस्था हो।
  • मानव अधिकार संरक्षण हेतु UNO को विशिष्टिकृत संस्था क्रियाशील छन्।

चुनौती:

  • राष्ट्रबीचको द्वन्द्व निराकरण गर्न।
  • अन्तर्राष्ट्रिय विवाद शान्तिपूर्ण समाधान गर्न।
  • साना राष्ट्रको सार्वभौम सत्ता संरक्षण गर्न।
  • गरिबी असमानता र भोकमरीको अन्त्य गर्न।
  • वातावरण संरक्षण र दिगो विकास गर्न।
  •  निशस्त्रीकरण अभियानलाई सार्थक बनाउन।

यसरी

UNO विश्व सरकारको अवधारणा हो। साना राष्ट्रको अधिकारको संरक्षण गर्न र ठूला राष्ट्रको प्रभाव नियन्त्रण गर्न UNO भित्र सुरक्षा परिषदको महत्त्वपूर्ण भूमिका रहन्छ। शान्ति विकास र सहयोगका लागि स्थापना भएको यसको भूमिकालाई प्रभाकारी बनाई UNO लाई अरु बढी शक्तिशाली बनाउने तथा साना र गरिब राष्ट्रको संरक्षण गर्दै विश्व शान्ति कायम गरी मानवको जीवनलाई सार्थकता प्रदान गर्नु आजको माग हो।

Post a Comment

0 Comments