Advertisement

९ प्रश्न र उत्तरको पृष्ठपोषण

१. वातावरण र विकासबीचको अन्तरसम्वन्ध प्रष्ट पार्नुहोस्? यस प्रश्नको उत्तर लेख्दा कुनै कुरा नछुटाई कसरी लेख्न सकिन्छ?

यो प्रश्नको उत्तर लेख्दा वातावरण र विकासलाई अलग अलग एक एक वाक्यमा परिभाषित गरी यी दुबै विषयहरू अन्तरसम्बन्धित छन् भनेर देखाउन अर्को एक वाक्य लेखेर त्यस्ता अन्तरसम्बन्धलाई वातावरणले कसरी विकासमा प्रभाव पार्छ र विकासले वातावरणमा कसरी प्रभाव पार्छ भन्ने कुरालाई बुँदामा लेख्नु राम्रो हुन्छ। प्रभाव लेख्दा सकारात्मक र नकारात्मक दुबै खाले प्रभाव लेख्नु पर्ने हुन्छ।

२. प्रश्नको शिर्षकमाथि समिक्षा गर्नुहोस् भनेमा कसरी उत्तर लेख्न सकिन्छ?

समीक्षा गर्नुहोस् भन्ने प्रश्नको उत्तर लेख्दा सम्बन्धित विषयका सम्बन्धमा विद्यमान व्यवस्थाको संक्षेपमा चर्चा गरी त्यसबाट प्राप्त उपलब्धी र त्यसमा रहेका कम्जोरी वा समस्याहरूलाई बुँदागत रूपमा लेख्नु पर्छ। समीक्षा गर्दा अलग्गै मागेको अवस्थामा बाहेक सुझाव दिइरहनु भने पर्दैन।

३. वातावरण र विकासबीचको अन्तरसम्वन्ध प्रष्ट पार्नुहोस्? यस प्रश्नको उत्तर लेख्दा कुनै कुरा नछुटाई कसरी लेख्न सकिन्छ?

यो प्रश्नको उत्तर लेख्दा वातावरण र विकासलाई अलग अलग एक एक वाक्यमा परिभाषित गरी यी दुबै विषयहरू अन्तरसम्बन्धित छन् भन्न देखाउन अर्को एक वाक्य लेखेर त्यस्ता अन्तरसम्बन्धलाई वातावरणले कसरी विकासमा प्रभाव पार्छ र विकासले वातावरणमा कसरी प्रभाव पार्छ भन्ने कुरालाई बुँदामा लेख्नु राम्रो हुन्छ। प्रभाव लेख्दा सकारात्मक र नकारात्मक दुबै खाले प्रभाव लेख्नु पर्ने हुन्छ।

४. पारर्दशिता र सूचनाको हकबीच कुन चाही वृहत अवधारणा हो? यी दुइ बीचको समानता र भिन्नता कसरी लेख्न सकिन्छ?

पारदर्शिता र सूचनको हक कुनै एक ठूलो र अर्को सानो विषय होइनन। तर यिनीहरू एक अर्कामा अन्योन्याश्रिम वा अन्तरसम्बन्धित विषय भने पक्कै हुन। अर्को तरिकाले भन्नु पर्दा पारदर्शिता परिणाम हो भने सूचनाको हक पारदर्शिता कायम गर्ने औजार हो । सूचनाको हकले पारदर्शिता प्रवद्र्धन गर्न मद्धत गर्छ भने पारदर्शिता कायम गर्न सके सूचनाको हक कार्यान्वयन गर्न सजिलो हुन्छ । यही अर्थमा आधारित भएर यी दुई बीचको भिन्नतालाई टेवलमा तुलनात्मक ढंगले प्रस्तुत गर्नु राम्रो हुन्छ।

५. ‘अबको शासन भनेको नै सुशासन हो’। यस कथनलाई कसरी पुष्टि गर्न सकिन्छ?

यस्तो कथनलाई पुष्टि गर्न सुशासनको परिभाषा, विशेषता, विधि र महत्वलाई संक्षिप्त रूपमा लेखी वर्तमान विश्वमा शासन प्रणालीबाट अपेक्षा गरिएका उपलब्धीहरूको पहिचान गरेर सुशासनले त्यस्ता अपेक्षित उपलब्धी हासिल गर्न कसरी योगदान पुर्याउँछ भनी लेख्नु पर्ने हुन्छ।

६. व्यवस्थापनको आधुनिक दृष्टिकोण भन्नाले के बुझिन्छ?

व्यवस्थापनको आधुनिक दृष्टिकोण भन्नाले सन् १९८० पछि विकास भएका व्यवस्थापनका नवीन अवधारणाले अघि सारेका मान्यता र सिद्धान्तहरूलाई बुभिन्छ। अर्थात नयाँ सार्वजनिक व्यवस्थापन, सरकारको पुर्नआविष्कार, नयाँ सार्वजनिक सेवा, नयाँ सार्वजनिक शासन जस्ता अवधारणाले अघि सारेका मान्यताहरूको प्रयोग नै व्यवस्थापनको आधुनिक दृष्टिकोण हो।

७. पारर्दशिता र सूचनाको हकबीच कुन चाही वृहत अवधारणा हो? यी दुइ बीचको समानता र भिन्नता कसरी लेख्न सकिन्छ?

पारदर्शिता र सूचनको हक कुनै एक ठूलो र अर्को सानो विषय होइनन्। तर यिनीहरू एक अर्कामा अन्योन्याश्रिम वा अन्तरसम्बन्धित विषय भने पक्कै हुन। अर्को तरिकाले भन्नु पर्दा पारदर्शिता परिणाल हो भने सूचनाको हक पारदर्शिता कायम गर्ने औजार हो। सूचनाको हकले पारदर्शिता प्रवद्र्धन गर्न मद्धत गर्छ भने पारदर्शिता कायम गर्न सके सूचनाको हक कार्यान्वयन गर्न सजिलो हुन्छ। यही अर्थमा आधारित भएर यी दुई बीचको भिन्नतालाई टेवलमा तुलनात्मक ढंगले प्रस्तुत गर्नु राम्रो हुन्छ।

८. 'अबको शासन भनेको नै सुशासन हो'। यस कथनलाई कसरी पुष्टि गर्न सकिन्छ?

यस्तो कथनलाई पुष्टि गर्न सुशानको परिभाषा, विशेषता, विधि र महत्वलाई संक्षिप्त रूपमा लेखी वर्तमान विश्वमा शासन प्रणालीबाट अपेक्षा गरिएका उपलब्धीहरूको पहिचान गरेर सुशासनले त्यस्ता अपेक्षित उपलब्धी हाँसिल गर्न कसरी योगदान पुर्याउँछ भनी लेख्नु पर्ने हुन्छ।

९. व्यवस्थापनको आधुनिक दृष्टिकोण भन्नाले के बुझिन्छ?

व्यवस्थापनको आधुनिका दृष्टिकोण भन्नाले सन् १९८० पछि विकास भएका व्यवस्थापनका नवीन अवधारणाले अघि सारेका मान्यता र सिद्धान्तहरूलाई बुभिन्छ। अर्थात नयाँ सार्वजनिक व्यवस्थापन, सरकारको पुनर्आविष्कार, नयाँ सार्वजनिक सेवा, नयाँ सार्वजनिक शासन जस्ता अवधारणाले अघि सारेका मान्यताहरूको प्रयोग नै व्यवस्थापनको आधुनिक दृष्टिकोण हो।

Post a Comment

0 Comments