प्रश्नः नेपालमा राजनीतिक विभाजनका आधार के–के हुन्? वर्णन गर्नुहोस्। (५)
राज्यको उपस्थिति देखाउन वा कुनै स्थानको प्रशासनिक एवं राजनीतिक सरलताका लागि गरिएको विभाजनलाई राजनीतिक विभाजन भनिन्छ । सन्तुलित विकास र मानवीय व्यवस्थापनका लागि पनि यस्तो विभाजन गरिन्छ। नेपाललाई पनि यसै आधारमा ७ प्रदेश, ७७ जिल्ला, ४६० गाउँपालिका, २७६ नगरपालिका, ११ उपमहानगरपालिका, ६ महानगरपालिका गरी ७५३ स्थानीय तहमा विभाजन गरिएको छ।
- विगतको राजनीतिक विभाजनका आधारमा
- ऐतिहासिक निरन्तरताका आधारमा
- सेवा प्रवाहको सुगमताका आधारमा
- जनसंख्याको अवस्थितिका आधारमा
- भौगोलिक बनावटका आधारमा
- जातजाति, धर्म–संस्कृतिका आधारमा
- प्राकृतिक स्रोत–साधनको उपलब्धताका आधारमा
- पहिचानका आधारमा (जातीय, धार्मिक, भाषिक वा सांस्कृतिक)
- सम्बन्धित क्षेत्रको बनावटका आधारमा
- राजनीतिक नेतृत्वका आधारमा
- स्थानीय माग र आवश्यकताका आधारमा
- प्रशासनिक क्षमता र आवश्यकताका आधारमा
यसरी नेपाललार्ई पनि भौगोलिक बनावटअनुसार राजनीतिक रूपमा प्रदेश, जिल्ला, स्थानीय तह आदि स्वरूपमा विभाजन गरिएको पाइन्छ।
0 Comments