१. दर निर्धारण नगरी निष्काशन गरिएको सिक्कालाई के भनिन्छ?
- मेडालियन
- राष्ट्रिय जनावर गाईको चित्र अंकित भएको
- १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का बिक्री शुरू भएको
- १० ग्राम सिक्काको मूल्य १ हजार ६ सय र २५ ग्राम सिक्काको मूल्य ४ हजार रुपियाँ निर्धारण गरिएको।
- २०८० साल असोज ७ गते सार्वजनिक भएको दुवै सिक्कामा ९ सय ९९ टचको चाँदीको प्रयोग गरिएको
- २०८० जेठ १९ गते बसेको बैठकले उक्त सिक्काको टकमरी गर्न स्वीकृति गरिएको
२. अमेरिकामा कहिलेदेखि राष्ट्रपति उम्मेदवारबीच टेलिभिजन बहसको शुरूआत भएको हो?
- सन् १९६० सेप्टेम्बर २६ ( राष्ट्रपतिका उम्मेदवारद्वय जोन एफ केनेडी र रिचार्ड निक्सनबीच अमेरिकाको सिकागोस्थित सीबीएस (कोलम्बिया ब्रोडकास्टिङ सिस्टम) को स्टुडियोमा पहिलो टेलिभिजन बहस भएको)
३. नोबेल पुरस्कारमा अर्थशास्त्र तर्फको विधा कहिले थप भएको हो?
- सन् १९६९ (नोबेल पुरस्कारको स्थापना सन् १९०१ मा गरिएको, हाल शान्ति, साहित्य, अर्थशास्त्र, चिकित्सा, भौतिकशास्त्र र रासायनशास्त्र गरी ६ वटा विधामा पुरस्कार प्रदान गर्ने गरिएको)
४. वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग कति प्रतिशत रहेको छ?
- ७१ प्रतिशत
५. धरहरा कति क्षेत्रफलमा फैलिएको छ?
- ४२.२ रोपनी
६. गुगलको स्थापना कसले गरेका हुन्?
- सर्जि ब्रिन र ल्यारी पेज ( गुगलको शुरुआत सन् १९९८ सेप्टेम्बर ४ मा भएको र औपचारिकरूपमा सेप्टेम्बर २७ मा सार्वजनिक भएको)
७. १९औं एसियाडमा नेपालले मंगोलियालाई कति रनले पराजित गरेको थियो?
- २ सय ७३ रन
- नेपालले दुर्लभ ३ सय १४ रन पनि बनाएको
- कुशल मल्लले ३४ बलमै शतक पूरा गरी सर्वाधिक छिटो शतकको विश्व कीर्तिमान राखेको
- दीपेन्द्रसिंह ऐरीले ९ बलमै अर्धशतक बनाएर सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान कायम गरेको
८. काण्डरक राक्षसको पूजा कुन पर्वमा गरिन्छ?
- साउने संक्रान्ति
९. कालु पाण्डे कुन युद्धमा मारिएका थिए?
- कीर्तिपुरमाथिको आक्रमण
१०. विश्व अल्जाइमर्स दिवस कहिले मनाइन्छ?
- सेप्टेम्बर २१
११. २०७९ सालको मदन पुरस्कार विजेता कृति कुन हो?
- विवेक ओझाको ऐँठन
- जगदम्बाश्री सम्मान अक्षरलाई कलाको आवारणमार्फत पाठकसँग जोड्ने टेकवीर मुखियालाई अर्पण गर्ने निर्णय गरिएको
- २०१३ सालमा पहिलोपटक हाम्रो लोक संस्कृतिका लागि सत्यमोहन जोशी, जनरल भीमसेन थापाका लागि चित्तरञ्जन नेपाली तथा अधिक विभव स्थिर विद्युत् उत्पादकका लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गरेको
- २०३१ र २०३३ सालमा पुरस्कार प्रदान नगरिएको
- २०२५ सालसम्म गुठीले ४-४ हजारका जम्मा चार वटा सम्मान पुरस्कार प्रत्येक वर्ष दिन सक्ने व्यवस्था गरेको
- २०३३ सालपछि एक मात्र सम्मान दिने व्यवस्था गरिएको र सम्मान रकम २५ हजार कायम भएको
- पुरस्कार राशी २०४० सालमा ३० हजार, २०४२ सालमा ४० हजार, २०४३ सालमा ५० हजार, २०५१ सालमा १ लाख, २०६१ सालमा २ लाख तथा २०७५ सालमा ४ लाख भएको )
- २०८० साल असोज १४ गते ( उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा गठित अन्य सदस्यहरुमा अर्थ मन्त्रालयका किशोरजंग कार्की, गृह मन्त्रालयका प्रेमराज जोशी र पूर्वएआईजी सहकुल थापा रहेको)
0 Comments