प्रश्न. सार्वजनिक प्रशासनमा नेतृत्व विकासको फेरिँदो प्रवृत्ति एवं सवालहरूका सम्बन्धमा चर्चा गर्दै सफल नेतृत्व विकासका लागि अपनाउनुपर्ने रणनीतिबारे सुझाब प्रस्तुत गर्नुहोस्।
कुनै पनि संगठनको अगुवाइ गर्ने कला नै नेतृत्व हो। नेता हुनु एउटा कुरा हो भने नेतृत्व क्षमता विकास हुनु भनेकोचाहिँ सफल नेता बन्ने पूर्वाधार हो । सार्वजनिक निकाय वा कार्यालयको प्रमुख वा सो कार्यालयको महाशाखा प्रमुख वा शाखा प्रमुखलाई पनि सापेक्षिक रूपमा नेतृत्वको स्थानमा राखेर हेर्न सकिन्छ।
नेतृत्व विकासको फेरिँदो रूप
- पारिवारिक वा वंशीय नेतृत्वबाट क्षमता तथा लोकप्रियतामा आधारित नेतृत्वमा रुपान्तरण,
- विगतमा व्यक्ति विशेषले हाँक्ने नेतृत्व हाबी भएकोमा केही व्यक्ति वा समिति वा टोलीले अगुवाइ गर्ने शैलीको प्रयोग,
- विचार लाद्नेभन्दा पनि Convince and inspire गर्ने शैलीको प्रयोग,
- नैतिकवान् नेतृत्व र आध्यात्मिक नेतृत्वको अभ्यास प्रारम्भ,
- सम्पर्क सञ्जाल निर्माण गर्ने र भर्चुअल वृत्त निर्माण गरी सूचना धेरैमा पु-याउने शैलीको प्रयोग,
- संवेगात्मक बौद्धिकता (Emotional intelligence)को प्रयोग,
- नेतृत्वलाई परिभाषित गर्ने, नेतृत्व व्यवहारको खोजी गर्ने र अन्तरक्रिया गर्ने,
- जोखिम, अनिश्चितता, जटिलता र अन्योल (Vulnerability, Uncertain, Complex and Ambiguous (VUCA) Situation मा अगुवाइ गर्न सक्ने क्षमता वा कलाको माग तथा विकास गर्ने कार्यक्रम प्रयोगमा।
वर्तमानमा रहेका नेतृत्व विकाससम्बन्धी प्रमुख सवाल
- नेतृत्व पाउनु, नेतृत्व कौशल सिक्नु र व्यवहारमा उतार्नु गरी तीनवटै पक्षको सन्तुलन मिलाउनु अति आवश्यक छ।
- नेतृत्व लिने व्यक्ति र व्यवस्थापक एउटै हुन्छ वा फरक हुन सक्छ भन्ने बहसको विषय छ। तथापि व्यवस्थापकीय कौशलका रूपमा नेतृत्वलाई लिनुपर्छ भन्ने गरिन्छ।
- नेतृत्व कौशल भनेको व्यक्तिगत रूपमा र समूहगत रूपमा पनि मूल्यांकन हुने विषय हो।
- कारोबारी नेतृत्वभन्दा अगाडि बढेर रुपान्तरणकारी नेतृत्वको खोजी।
- कामको प्रकृति र संगठनमा रहने स्थानअनुसार पनि नेतृत्वको उपयुक्त मोडलको चयन आवश्यक पर्छ।
- नेतृत्वका बाधक तत्वहरु न्यूनीकरण र साधक तत्वहरुको प्रवद्र्धन निरन्तर प्रक्रियाका रूपमा रहनुपर्छ।
- नेतृत्व लिनु भनेको अरूलाई सबल बनाई विकल्प तयार गर्नु पनि हो।
नेपालमा नेतृत्व विकासका क्षेत्रमा चाल्नुपर्ने कदमहरू
- कामको प्रकृति र व्यक्तिको कार्यानुभव हेरी नेतृत्वको जिम्मेवारी दिइनुपर्ने,
- व्यक्तिबाट समूह वा संगठन तहसम्म पनि मूल्य शृंखला निर्माण गर्ने,
- आफूलाई चिन्ने, परिस्थितिको जानकारी राख्ने र अरूलाई अगुवाइ गर्ने कार्यबीच सन्तुलन कायम गर्ने क्षमता विकासमा जोड दिने,
- अध्ययनशीलता विकासलाई स्थान दिने, एउटा भनाइ पनि रहेको छ कि Readership and Leadership goes side by side.
- संगठनात्मक संस्कृतिको नदेखिने तह अर्थात् values, norms, faith संगठनका सदस्यको अनुमानलाई सक्दो बुझेर अगुवाइ गर्ने रणनीति अवलम्बन गर्ने,
- नेतृत्व गर्ने व्यक्तिमा काम गर्ने अधिकार, जिम्मेवारी, जवाफदेहिताका साथसाथै सूचनाको स्रोतमा पहुँच र दिएको काम गर्ने क्षमतासमेत हुनुपर्छ।
- आत्मसचेतना वा जागरणको बढीभन्दा बढी प्रयोग, जसमा योग गर्ने, ध्यान गर्ने विषय पर्छन्।
- असल कार्यसंस्कृतिको विकास, समयपालना र समयको असल व्यवस्थापन कलाको व्यवहारमै विकास।
- आ–आफ्नो कार्यक्षेत्रको सीमा र अन्तरसम्बन्ध बुझेर तदनुकूल कार्यसम्पादन गर्ने।
- Vision, mission, goal, strategy, activities, action plan अनुसार परिणामको तहमा पुग्ने र प्राप्त उपलब्धिलाई बजारीकरण गर्ने।
अन्तमा
नेतृत्व विकास जन्मजात हुनेभन्दा पनि समयक्रममा कामबाट र क्षमता विकासका अवसरबाट विकसित हुने हो। नयाँ–नयाँ चुनौतीको सामना गरी परिणाम निकाल्न साधक हुने नेतृत्व नै अहिलेको माग हो। संगठनहरूले पनि यही मर्मबमोजिम नेतृत्व चयन, विकास र प्रयोग गर्नु जरुरी छ।
0 Comments