१. इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेनलाई कुन प्रकरणमा मृत्युदण्ड दिइएको थियो?
- इराकको डुजेल गाउँमा भएको नरसंहार
२. पाकिस्तानको पहिलो महिला प्रधानमन्त्री को हुन्?
- बेनजिर भुट्टो
३. अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्मा अमेरिकाको उम्मेदवार बन्न नपाउने राज्य कुन-कुन हुन्?
- कोलोराडो र मेइन (KM)
४. नेपाली वनस्पतिका पिता को हुन्?
- फ्रान्सिस बुकानन ह्यामिल्टन
५. मरूभूमिको जहाज भनेर कुन जनावरलाई चिनिन्छ?
- ऊँट
६. चाक्चाकुर पर्व कुन समुदायले मनाउने पर्व हो?
- कुलुङ
७. मधेस सरकारले जनलोकपाल आयोग कहिले स्थापना गरेको हो?
- २०७८ भदौ २२ गते
८. वुमन आइकन आईसीटी अवार्ड-२०२३ को विजेता को हुन्?
- सुनैना घिमिरे पाण्डे
५. नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा विश्व बजार प्याराग्लाइडिङ जोन घोषित क्षेत्र कुन हो?
- काभ्रेको देवीस्थान डाँडा
१०. नेवार समुदायमा प्रचलित परिकार योमरीको उत्पत्ति कुन ठाउँबाट मानिन्छ?
- राजा अशुवर्माको पालामा पाञ्चाल नगर (अहिलेको पनौती)
११. रूप्से झरना कुन जिल्लामा पर्दछ?
- म्याग्दी
१२. विश्वको पहिलो स्वच्छ वाणिज्य आणविक रिएक्टर बनाउने देश कुन हो?
- चीन
१३. क्याटरपिलर फङ्गस भनेर कुन जडीबुटीलाई चिनिन्छ?
- यार्सागुम्बा
१४. नेपालको पहिलो संविधान नेपाल सरकार वैधानिक कानुन-२००४ को निर्माणमा संलग्न भारतीय संविधानविद को-को हुन्?
- श्रीप्रकाश, डा. राम उग्र सिंह र रघुनाथ सिंह
१५. कोशी, गण्डकी र कर्णाली नदीको कुल जलभण्डार क्षमता कूल जलभण्डार क्षमताको कति प्रतिशत रहेको छ?
- ७४ प्रतिशत
१६. शाही कर्णाली शिकार आरक्षलाई बर्दिया राष्ट्रिय निकुञ्जका रूपमा कहिले नामकरण गरिएको हो?
- २०४१ साल भदौ ११ गते
१७. नेपालको संविधानअनुसार श्रमिक भन्नाले कसलाई बुझिन्छ ?
- पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदुर
१८. दन्किँदो भुटान पुस्तकका लेखक को हुन्?
- देवीभक्त लामिटारे
१८. फतह-२ मिसाइलको सफल परीक्षण गर्ने मुलुक कुन हो?
- पाकिस्तान
२०. अरनिको अन्तर्राष्ट्रिय पुरस्कार-२०७५ प्राप्त गर्ने व्यक्ति को हुन्?
- विजय हितान (लाहुरे दाइको रेलिमाई उपन्यासका लागि प्राप्त)
२१. सामाजिक व्यवहार सुधार ऐन-२०३३ अनुसार विवाह भोजमा नजिकको नातेदार बाहेर कति जना व्यक्तिलाई आमन्त्रण गर्न पाउने व्यवस्था रहेको छ?
- ५१ जना (जन्ति वा वरियात ५१ जना लान सकिने, छैठी, न्वारन, जन्मदिवस, पास्नी, व्रतबन्धको भोजमा २५ जनालाई आमन्त्रण गर्न सकिने)
0 Comments