Advertisement

गोरखापत्र वस्तुगत, २६ वैशाख २०८१*

१. तेस्रो लगानी सम्मेलन कहिले सम्पन्न भएको हो ?

विसं २०८१ वैशाख १६–१७, काठमाडौँ

पहिलो : विसं २०७३ फागुन १९–२०

दोस्रो : विसं २०७५ चैत १५–१६

२. नेपालको पहिलो व्यावसायिक फिल्म ‘माइतीघर’ का अभिनेता सिपी (चिदाम्बरम प्रसाद) लोहनीको निधन कहिले भएको हो ?

विसं २०८१ वैशाख १७

३. राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस कहिले मनाइन्छ ?

मे २ 

– सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को नारा : समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार 

– साइबर स्पेसलाई सुरक्षित र व्यवस्थित गर्ने उद्देश्यले पहिलो पटक राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी गरिएको छ भने राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना भएको छ । 

– डिजिटल नेपाल फ्रेमवर्क २०७६ लाई आवश्यक परिमार्जन गरेर हरेक क्षेत्रलाई डिजिटलाइजेसन गर्दै डिजिटल रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको छ । 

– सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न निर्देशिका, २०८० जारी गरिएको छ । 

४. आयुर्वेद कुन वेदको उपवेद हो ?

अथर्ववेद 

५. भी–२० अर्थात् भल्नरेबल–२० भनेको के हो ?

जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको समूहलाई भी–२० भनेर चिनिन्छ । 

६. राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८१ वैशाख १८ मा सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को राष्ट्रिय लेखा अनुमान अनुसार मुलुकको अर्थतन्त्रको कुल आकार कति हुने अनुमान छ ?

रु. ५७ खर्ब चार अर्ब 

– गत आव २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ४८ अर्ब रहेको थियो ।

– सो प्रतिवेदन अनुसार आर्थिक वृद्धिदर ३.८७ प्रतिशत हुने अनुमान । 

– नेपालीको प्रतिव्यक्ति आय एक हजार ४५६ डलर पुग्ने अनुमान । 

आर्थिक वृद्धिदर (उपभोक्ता मूल्यमा, प्रतिशत) 

२०७७/७८ : ४.८४

२०७८/७९ : ५.६३

२०७९/८० : १.९५ (संशोधित) 

२०८०/८१ : ३.८७ (अनुमानित) 

– सेवा क्षेत्रको वृद्धिदर ४.५० प्रतिशत,

– कृषि तथा खानी क्षेत्र समेटिने प्राथमिक क्षेत्रको वृद्धिदर ३.०३ प्रतिशत, 

– उत्पादन क्षेत्र समेटिने द्वितीय क्षेत्रको वृद्धिदर १.२० प्रतिशत, 

– उद्योग क्षेत्रको वृद्धिदर १.६० प्रतिशतले ऋणात्मक हुने, 

– त्यस्तै निर्माण क्षेत्र २.०७ प्रतिशतले ऋणात्मक हुने,

– आवास तथा भोजन सेवाको २१.८४ प्रतिशत, विद्युत् ग्यासको १७.४४ प्रतिशत, यातायात तथा भण्डारण सेवाको ११.८९ प्रतिशत, वित्तीय तथा बिमासम्बन्धी सेवाको ७.८० र मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलापको ५.५२ प्रतिशत वृद्धिदर हुने, 

– चालु आवमा नेपालीको वार्षिक औसत आय करिब एक लाख ९५ हजार रुपियाँ पुग्ने अनुमान गरिएको छ । 

– चालु आवमा यस्तो आय गणना गर्दा एक अमेरिकी डलरको विनिमय दर १३३ रुपियाँ ८२ पैसा 

कायम गरिएको, 

– आव २०८०/८१ मा कुल गार्हस्थ उत्पादनको २२.९६ प्रतिशत विप्रेषण प्राप्त हुने अनुमान । आव २०७९/८० मा २२.८२ प्रतिशत विप्रेषण प्राप्त भएको संशोधित अनुमान छ । 

– आव २०८०/८१ मा कुल गार्हस्थ उत्पादनको ७.९४ प्रतिशत निर्यात हुने अनुमान छ । गत आवमा ६.९६ प्रतिशत रहेको संशोधित अनुमान छ । 

– कुल गार्हस्थ उत्पादनको ३३.७० प्रतिशत आयात हुने प्रारम्भिक अनुमान रहेको छ । गत आवमा ३४.६८ प्रतिशत रहेको संशोधित अनुमान छ । 

प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय (अमेरिकी डलर) 

२०७६/७७ : ११८०

२०७७/७८ : १२८४

२०७८/७९ : १४१९ 

२०७९/८० : १४०५ 

२०८०/८१ : १४५६

७. सन् २०२४ मा पुरुषतर्फको लौरेस वल्र्ड स्पोर्ट्सम्यान अफ द इयर अवार्ड विजेता खेलाडी को हुन्?

नोभाक जोकोभिच 

सन् २०२४ को लौरस अवार्ड विजेता

–  वर्ष पुरुष खेलाडी : नोभाक जोकोभिच (टेनिस)

– वर्ष महिला खेलाडी : आइताना बोनमती (फुटबल) 

– टिम अफ द इयर : स्पेन महिला फुटबल टोली 

– लौरेस वल्र्ड स्पोटर्स ब्रेक थ्रु अफ द इयर अवार्ड : जुड बेलिङघम (फुटबल) 

– लौरेस कमब्याक अफ द इयर अवार्ड : सिमोन बाइल्स (जिम्न्यास्टिक) 

– पारा वर्ष खेलाडी : डिडे डे ग्रुट (टेनिस) 

– एक्सन स्पोर्ट्सपर्सन : अरिसा ट्र (स्केटबोर्डिङ)

– स्पोर्ट फर गुड अवार्ड : राफेल नाडाल (टेनिस) 

– सन् १९९९ मा स्थापित यो अवार्ड सन् २००० बाट प्रदान गर्न थालिएको । 

– यो समग्र खेलकुदका उत्कृष्ट खेलाडीलाई वार्षिक रूपमा प्रदान गरिने अवार्ड हो । 

८. मिस इन्टर–कन्टिनेन्टल नेपाल–२०२४ को उपाधि जित्ने सुन्दरी को हुनुहुन्छ ?

डा. आयुष्नोभा ढुङ्गाना

– ढुङ्गानाले ‘मिस एलिगेन्स’ को उप–उपाधिसहित मिस्टर एन्ड मिस नेसनल नेपाल–२०२४ मा मिस इन्टर कन्टिनेन्टलको उपाधि जित्नुभएको हो । 

– प्रतियोगितामा सजिना खनालले मिस सुप्रा नेसनल २०२४ तथा धीरजकाजी बस्नेतले मिस्टर सुप्रा नेसनल–२०२४ को उपाधि हात पार्नुभयो । 

– मिस ग्लोबल नेपाल–२०२४ को उपाधि मोनिका अधिकारी तथा मिस्टर इन्टरनेसनल नेपाल 

२०२४ को उपाधि क्षितिज श्रेष्ठ क्षेत्रीले जित्नुभएको छ । 

९. मधेश प्रदेशको पहिलो बालमैत्री घोषित नगरपालिका कुन हो ?

कञ्चनरूप नगरपालिका (सप्तरी)

१०. कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको बिमा गर्ने कार्यको सुरुवात कहिलेदेखि गरेको हो?

विसं २०७५ मङ्सिर १

११. तामाङ र नेपाल भाषा बागमती प्रदेशको सरकारी कामकाजी भाषाका रूपमा कहिलेदखि लागु भएको हो ?

विसं २०८१ वैशाख २४

– संविधानको धारा ७ को उपधारा (२) मा नेपाली भाषाको अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्र भाषालाई सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने उल्लेख गरिएको छ ।

– योसँगै नेपाली भाषाका अतिरिक्त प्रदेशभित्र बहुसङ्ख्यकले बोलिने दुई वटा भाषालाई कामकाजी भाषा निर्धारण गर्ने संविधानको महत्वपूर्ण प्रावधान पहिलो पटक कार्यान्वयनमा आएको छ। 

– प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८० राजपत्रमा प्रकाशित भएको १८० दिनपश्चात् ऐनका रूपमा लागु गरिएको हो । सो ऐन, २०८० कात्तिक २३ गते प्रमाणीकरण भई सोही दिन राजपत्रमा प्रकाशित गरिएको थियो । 

– बागमती प्रदेश सरकारद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन, २०८० शुभारम्भ भएको घोषणा गरियो । 

– सो घोषणासँगै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्ड नेपाली भाषा (देवनागरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा (रञ्जना लिपि) मा लेखिएको राखिने छ । 

१२. कर्णाली प्रदेशकै पहिलो चारतारे होटल कुन हो ?

सिद्धार्थ होटल (वीरेन्द्रनगर, सुर्खेत) 

– (पर्यटन विभागले होटललाई चारतारे होटलमा स्तर वर्गीकरण गरेको हो ।)

१३. राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालीको औसत आयु कति रहेको छ ? 

७१.३ वर्ष (पुरुष : ६८.२ वर्ष र महिला : ७३.८ वर्ष)

– राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसाङ्ख्यिक सूचकमा सो कुरा उल्लेख भएको । 

– पुरुषको तुलनामा महिलाको औसत आयु ५.६ वर्ष बढी रहेको । 

– २०६८ को राष्ट्रिय जनगणनामा नेपालीको औसत आयु ६६.६ वर्ष थियो । सो जनगणनामा पुरुषको औसत आयु ६५.४ वर्ष र महिलाको ६८ वर्ष रहेको ।


– पाँच दशकको अन्तरमा नेपालीको प्रजनन दरमा ह्रास आएको । कार्यालयका अनुसार २०७८ मा कुल प्रजनन दर १.९४ रहेको । 

– २०६८ मा प्रजनन दर २.५२, २०५८ मा ३.२५, २०४८ मा ५.३९, २०३८ मा ६.२७ र २०२८ मा ६.३ थियो । 

– शिशु मृत्युदर चार दशकमा ११७ बाट झरेर १७ कायम भएको छ । यो प्रतिहजार जीवित जन्मेका शिशुमध्ये एक वर्षको उमेर नपुग्दै मृत्यु हुने शिशुको सङ्ख्या हो । 

– दुई दशकको अन्तरालमा बाल मृत्युदर २८.६ प्रतिशतबाट ६.१ प्रतिशत पुगेको छ । 


१४. सन् २०२४ अप्रिल–मे महिनामा सम्पन्न स्पेनिस ला लिगाको उपाधि कसले जित्यो ?

रियल मेड्रिड

१५. नेपाली स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले हालसम्म कति पटक रक्तदान गर्नुभएको छ ? 

१७८ पटक (विसं २०८१ वैशाख १९ सम्म)

१६. खाद्य अधिकार अभियन्ताहरूको राष्ट्रिय सम्मेलन हालै कहाँ सम्पन्न भयो ?

नेपालगन्ज, २०८१ वैशाख १४–१५ 

– सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र मधेश प्रदेशका विभिन्न जिल्लामा खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको क्षेत्रमा क्रियाशील खाद्य अधिकार अमियन्ताहरूको सम्मेलनले खाद्य अधिकार सुनिश्चितताका लागि १७ बुँदे नेपालगन्ज घोषणापत्र जारी गरेको छ । 

– फियान नेपाल, राष्ट्रिय खाद्य अधिकार सञ्जाल र याक नेपालको संयुक्त आयोजनामा सम्मेलन सम्पन्न भएको छ । 

१७. चीनले नेपाली नागरिकलाई कहिलेदेखि भिसा निःशुल्क गरेको छ?

सन् २०२४ मे १

१८. गौतम बुद्धप्रति समर्पित श्लोक ‘बुद्धम् शरणम् गच्छामी ....’ कति जना कलाकारद्वारा स्वरबद्ध गरिएको छ? 

१०८ जना (विसं २०८१ वैशाख)

Post a Comment

0 Comments