Advertisement

गोरखापत्र वस्तुगत, ९ जेठ २०८१*

१. आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका पहिलो व्यक्ति को हुन् ? 

रिचर्ड स्लेम्यान

– सन् २०२४ मार्च १६ मा उनलाई सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

– सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको दुई महिनामा उनको निधन भयो । उनको मृत्यु प्रत्यारोपणको परिणाम हो भन्ने यकिन नभएको चिकित्सकले जनाएका छन् । 

२. नेपाल र गणतन्त्र कोरियाका आरोही सम्मिलित आरोहण टोलीद्वारा जुगल–१ हिमालको आरोहण कहिले गरियो? 

विसं २०८१ वैशाख ७

– नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसर पारी सो आरोहण गरिएको हो । 

– सो हिमालको उचाइ ६५९१ मिटर रहेको छ । 

– जुगल हिमालमा विदेशी पर्वतारोहीले औपचारिक आरोहण गरेको यो पहिलो पटक हो । 

– यसअघि २०७५ चैत २६ गते सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा जुगल हिमशृङ्खला अन्तर्गतको ६,१२६ मिटर अग्लो ग्याल्जेन पिक र २०७७ कात्तिक ४ गते सगरमाथा आरोही शर्मिला लामाको नेतृत्वमा सात जनाको टोलीले ६,१५१ मिटर अग्लो जुगल हिमाल आरोहण गरेका थिए । 

३. नेपालको पहिलो महिला सचिव चन्द्रकला किरणको निधन कहिले भयो? 

विसं २०८१ वैशाख २० (९४ वर्षको उमेरमा)

– २०४१ सालमा सचिव बनेकी किरणले विभिन्न मन्त्रालयको सचिवका रूपमा काम गर्नुभएको थियो । 

– उहाँ २०४६ सालमा सेवा निवृत्त हुनुभएको थियो । 

४. विश्व प्रेस स्वतन्त्रता दिवस कहिले मनाइन्छ ? 

मे ३

– सन् २०२४ (३१ औँ) को नारा : विश्वका लागि प्रेस : वातावरणीय सङ्कटको सामनामा पत्रकारिता

– संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आयोजनामा नामिवियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । 

५. बारबरा फाउन्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार–२०८१ कसलाई प्रदान ग¥यो ?

प्रथम पुरस्कार : देवेन्द्र भट्टराई र मातृका दाहाल (राशि : रु. १६ लाख)

– द्वितीय पुरस्कार : दीपा दाहाल (राशि : रु. छ लाख)

– तृतीय पुरस्कार : रमेश कुमार (राशि : रु. तीन लाख)

– फाउन्डेसनले खोजमूलक रिपोर्ट प्रकाशित गर्ने चार जना पत्रकारलाई सो पुरस्कार प्रदान गरेको हो । 

– २०७९ वैशाखदेखि २०८० चैतसम्म प्रकाशन/प्रसारणमा आएका अनुसन्धानपरक समाचार सामग्रीमध्येबाट उक्त पुरस्कार दिइएको फाउन्डेसनले जनाएको छ । 

६. पर्सा पूर्ण खोपयुक्त जिल्ला घोषणा कहिले भएको हो ? 

विसं २०८१ वैशाख ३

– पर्सामा पूर्ण खोपयुक्त कार्यक्रम २०७३ वैशाखबाट थालिएको थियो । 

– अब मधेश प्रदेशका आठमध्ये रौतहट, धनुषा र महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन बाँकी छन् । 

७. भिक्टोरिया फल्स कुन कुन देशको सीमामा पर्छ?

जिम्बाबे र जाम्बिया

८. सन् २०२४ जनवरीमा जर्जियामा सम्पन्न वल्र्ड राइजिङ स्टार २०२४ को शीर्ष उपाधि जित्न सफल नेपाली बालप्रतिभा को हुनुहुन्छ ?

लोयाङ शेर्पा

– कपनको त्रिज्योति स्कुलमा कक्षा ७ मा अध्ययनरत लोयाङले ४० देशका बालबालिकालाई पछि पार्दै शीर्ष उपाधि जित्नुभएको हो । 

– प्रतियोगितामा सहभागी एन्जल बाबु कडेलले ‘ट्यालेन्ट अवार्ड’ र सनिस्ता रेग्मीले ‘युरोसिया अवार्ड’ जित्नुभएको थियो । 

९. जगदुल्ला जलविद्युत् आयोजनाको उत्पादन क्षमता कति रहेको छ ? 

२१०६ मेवा

– अर्धजलाशययुक्त यो जलविद्युत् आयोजना डोल्पा जिल्लामा रहेको छ । 

– निर्माणमा जान लागेको कर्णाली प्रदेशकै ठुलो आयोजना हो ।

– तीनै तहको सरकारको लगानी हुने पहिलो आयोजना हो । 

१०. बद्रीकृष्ण वाङ्मय पुरस्कार–२०८० कसलाई प्रदान गरियो ? 

प्राडा महादेव अवस्थी

– सुदूरपश्चिम साहित्य समाजले प्रदान गरेको यस पुरस्कारको राशि १,११,१११ ।– रुपियाँ रहेको छ ।

– त्यस्तै, प्रभास राज्यलक्ष्मी कृति पुरस्कार–२०८० (राशि : रु. १,११,१११।–) यज्ञराज उपाध्याय (अछाम) लाई प्रदान गरिएको छ । जनकपुरका प्राडा राजेन्द्र विमललाई सोही राशिको प्रभास राज्यलक्ष्मी कृति पुरस्कार–२०७९ प्रदान गरिएको छ ।

११. राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८१ कसलाई प्रदान गरियो ? 

विदुर गिरी (नेपाल समाचारपत्र)

– पुरस्कार राशि रु. ५५,५५५।– रहेको छ । 

सम्मानित व्यक्तित्वहरू : 

– राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान : विदुर गिरी (राशि : रु. ५५,५५५।–)

– राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान : कृष्ण भट्टराई र राज श्रेष्ठ (राशि : जनही रु. ५१,०००।–)

– राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार : सुरज खड्का र अशेष अधिकारी (राशि : जनही रु. ५१,०००।–)

– मोफसल चलचित्र पत्रकारिता पुरस्कार : शिव पुन (राशि : रु. २५,०००।–)

– राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार : मदन रिजाल (राशि : रु. २५,०००।–)

– सङ्घले चलचित्र पत्रकारिता दिवसको अवसर पारी जेठ ७ गते ती पुरस्कार र सम्मान प्रदान गरेको हो । 

१२. दक्षिण एसियाका लागि युनिसेफको क्षेत्रीय कार्यालय कहाँ रहेको छ ?

नेपाल 

१३. सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आव २०८१/८२ को नीति तथा कार्यक्रम कहिले पेस गरियो ? 

विसं २०८१ जेठ १ 

प्रमुख प्रावधान

– नागरिकमैत्री शासन प्रणाली स्थापना तथा भ्रष्टाचार नियन्त्रण

– सन्तुलित परराष्ट्र नीति, राष्ट्रिय स्वाभिमानको रक्षा,

– सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण,

– राष्ट्रिय आवश्यकताका क्षेत्रमा वैदेशिक सहायता परिचालन,

– व्यावसायिक वातावरण निर्माण गरी बन्द उद्योग सञ्चालन,

– सहकारीको नियमनका लागि विशिष्टीकृत नियामक निकाय स्थापना,

१४. इतिहासकार ज्ञानमणि नेपालको निधन कहिले भएको हो ? 

विसं २०८१ जेठ १

– नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य रहिसक्नु भएका नेपालको इतिहासको खोज, अध्ययन र अनुसन्धानमा पछिल्लो समयमा समेत सक्रिय हुनुहुन्थ्यो । 

– इतिहासकार नेपालका नेपाल निरूपण, नेपाल निरुक्त, नेपालको महाभारत, पशुपतिनाथको दर्शन, स्पर्शन, पूजन, पुराना कवितालगायत दुई दर्जन कृति प्रकाशित छन् । 

– उहाँको जन्म विसं १९८९ माघ शुक्ल पञ्चमीमा भोजपुरमा भएको हो ।

१५. नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल विद्युत्को जडित क्षमता कति रहेको छ ? 

३०९३ मेगावाट

१६. सरकारले सेनाको व्यवस्थापनमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा नेसनल कोर्स (एनडिसी) कहिलेदेखि सुरु गर्ने भएको छ ?

विसं २०८३ 

– सोका लागि भौतिक पूर्वाधार निर्माण, पाठ्यक्रम तर्जुमाको कार्यलगायत सबै पक्षमा कार्य भइरहेको जनाइएको छ ।

– २०८१ देखि नेसनल डिफेन्स कोर्स (एनडिसी) सुरु गर्ने भनिए पनि कोरोना र बजेटलगायत कारण एनडिसी कोर्स सञ्चालन कार्य दुई वर्षपछि धकेलिएको छ ।

– नेपालमा यो कोर्स पहिलो पटक सञ्चालनमा ल्याउन थालिएको हो, जसमा सहायक रथी दर्जाका सैनिक अधिकृतले अध्ययनको मौका पाउँछन् । सहायक रथीबाट उपरथीमा बढुवाका लागि एनडिसी कोर्स अनिवार्य रहेको छ ।

– सरकारले २०७६ फागुन १२ मा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६ जारी गरेपश्चात् पूर्वाधारको कार्य सुरु भएको थियो । 

– राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवं रणनीति तर्जुमा गर्ने, गहन खोज तथा अनुसन्धान एवं विश्लेषण गरी राष्ट्रिय सुरक्षालाई सुदृढ र समसामयिक बनाउन योगदान दिन सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विश्वविद्यालय स्थापना भएको हो । 

– सुरुमा एनडिसी सेनाका लागि मात्रै हुने र बिस्तारै निजामती सेवा तथा अन्य सुरक्षा निकायका अधिकृतलाई पनि राष्ट्रिय सुरक्षासम्बन्धी उच्च शिक्षा दिने लक्ष्य राखिएको सेनाले जनाएको छ । 

– काभ्रेपलाञ्चोक जिल्लास्थित बनेपा नगरपालिकाको पेरुङे डाँडामा सात सय पचास रोपनी जग्गामा विश्वविद्यालयको पूर्वाधार निर्माण भइरहेको छ । 

१७. भुटानको संसद्लाई शोङ्दु भनिन्छ भने माल्दिभ्सको संसद्लाई के भनिन्छ ?

मजलिस

१८. कोतपर्व, भण्डारखाल पर्व तथा अलौ पर्व कुन राजाको पालामा भएका घटना हुन् ?

राजेन्द्र विक्रम शाह

१९. विश्वकै ठुलो पानीजहाज कुन हो ?

आइकन अफ दि सिज 

– सन् २०२४ जनवरी २८ देखि यो जहाज सञ्चालनमा आएको हो । 

– एक हजार १९७ फिट लम्बाइ भएको यो पानीजहाज २० तलायुक्त रहेको छ ।

– जहाजमा एक पटकमा सात हजार छ सय यात्रुले यात्रा गर्न सक्छन् ।

– रोयल क्यारेबियन ग्रुपको यो जहाजमा ४० वटा रेष्टुरेन्ट र बार, सात वटा स्विमिङ पुल तथा एउटा वाटरपार्क रहेका छन् । 

– सुरक्षाका लागि जहाजमा करिब १७ वटा लाइफबोट राखिएको, एक लाइफबोटमा करिब ४५० मानिस अट्ने दाबी कम्पनीले गरेको छ । 

– फ्लोडियाको मायामीमा जहाजको उद्घाटन गरिएको हो ।

२०. नेपालले कुन आवधिक योजनादेखि वैदेशिक सहयोग लिन सुरु गरेको हो ?

प्रथम पञ्चवर्षीय योजना

Post a Comment

0 Comments